काठमाडौं: न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहका पाँच राजपत्राङ्कित कर्मचारीलाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरेको छ। परिषद्को बुधबार बसेको बैठकले पाँच जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। यसअघि मंगलबार २४ जनालाई खुला तथा आन्तरिक प्रथियोगितात्मक प्रतिस्पर्धाबाट न्यायाधीशमा सिफारिस गरेको थियो। परिषद्का अनुसार काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठ, उच्च अदालत जनकपुर, राजविराज इजलासका रजिष्टार रोशनकुमार भट्टराई, रक्षा मन्त्रालयका कानुन…
काठमाडौं : मादक पदार्थ सेवन गरी टिपर चलाएको अभियोगमा प्रदेश ३-०१-००३ क ५८६३ नम्बरको टिप्पर चालक ललितपुर महानगरपालिका-२४ घर भएका ५० वर्षीय दिपक तिमिल्सिनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगा र महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित काठमाडौंबाट धादिंङतर्फ जाँदै गरेको उक्त टिपरलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी टिपर चलाई…
काठमाडौं : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा संक्रमण पुष्टि हुनेको संख्या दुई हजार ३४ पुगेको प्रदेशको सामाजकि विकास मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १८ जना सुर्खेतका रहेका छन्। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगरका ११ जना महिला र ७ जना…
मंगलवार बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भयो। मानिस सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् उनको स्वास्थ्य लाभको कामना दिइरहेका छन्। अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जयका लागि कामना गरेकी छिन्। लेखेकी छिन् : तिम्रो अस्वस्थताका बारेमा सुनेको खबर निकै दु:खद् छ बाबा। तर, तिमी कति बलियो छौ मलाई थाहा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्याराहरूलाई पार…
वीरगंज : कोभिड १९ को संक्रमण नियन्त्रणमा चुकेको भन्दै गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरिएको छ। सिडिओ कार्कीले बुधवार पर्सा छोड्नेछन्। उनको ठाउँमा धादिङमा प्रमुख जिल्ला अधिकारी रहेका आशमान तमाङ आउन लागेका…
विराटनगर : प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य कुसुम श्रेष्ठलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। सांसद् श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्तै आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएकी हुन्। श्रेष्ठसँगे उनका श्रीमान् नयन श्रेष्ठ पनि कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। ‘२४ गते स्वाब परीक्षण गराएकी थिएँ आज रिपोर्ट पोजेटिभ आएछ’, श्रेष्ठले लेखेकी छन्, ‘नयनजी र मसँगस १ हप्ताभित्र…
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले साढे ३ महिनाअघि उद्घाटन गरेको लेभल–३ को कोभिड–१९ अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन। मुख्यमन्त्री राई र मन्त्री घिमिरेले गत वैशाख ११ गते धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उद्घाटन गरेको कोभिड–१९ अस्पताल सञ्चालनमा आउन नसकेको हो। उद्घाटनका अवसरमा मुख्यमन्त्री राई र मन्त्री घिमिरले यस अस्पताललाई…
काठमाडौं : कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको शव फेला परेको छ। बनियाँको शव मकवानपुर जिल्लाको सिस्नेरीमा फेला परेको हो। मंगलवार करिव ६ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्वर ०८ दोभानवेशी स्थित बागमती नदी किनारमा रहेको माण्डु हाईड्रो हेडवक्समा शव फेला परेको थियो। काठमाडौंको बल्खुबाट उनलाई खोलाले बगाएको थियो। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले शव भेटिएको पुष्टि गरेका छन्। कान्तिपुर…
काठमाडौं : नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी तीन पाकिस्तानी खेलाडी डोपिङमा पोजेटिभ देखिएका छन्। प्रतियोगितामा वर्ल्ड एन्टी डोपिङ एजेन्सीका नियम अनुसार सहभागी भएका खेलाडीको 'इन कम्पिटिस डोपिङ कन्ट्रोल टेस्ट' गरिएको थियो। उक्त परीक्षण मार्फत् संकलन गरिएको युरिन स्याम्पल एन्टी डोपिङ परीक्षणका लागि कतारको दोहा पठाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। जसमा तीन पाकिस्तानी खेलाडीमा डोपिङमा परेका हुन्।…
काठमाडौं : कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ तीन दिनेदखि बेपत्ता भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ। कान्तिपुर पब्लिकेसनले तीन दिनदेखि पत्रकार बानियाँ हराएको भन्दै प्रहरीमा खोजी गर्दिन निवेदन दर्ता गराएको हो। आज बिहान कान्तिपुर पब्लिकेसनले उनको खोजी गर्नका लागि निवेदन दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनको खोजीका लागि महानगरीय अपराध महाशाखाको टोली पनि…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमले अक्टोबर र नोभेम्बरमा खेल्ने भनिएको फिफा कतार विश्वकप २०२२ र एएफसी एसिया कप चीन २०२३ को छनोट अन्तर्गतका खेल फेरि स्थगित भएको छ। यस अघि चैतमा हुने भनिएको खेल कोभिड १९ का कारण स्थगित भएपछि एएफसीले अक्टोबर र नोभेम्बर महिनामा खेल सञ्चालन गर्ने तयारी गरेको थियो। यसपटक पनि कोरोना महामारी नरोकिएकाले एएफसीले निर्धारित खेलहरु स्थगित गरेको…
जनकपुरधाम : जनकपुर-ढल्केवर राजमार्गको जनकपुधानम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियामा मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। जनकपुर –ढल्केवर सडकखण्ड अन्तर्गत रहेको महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको लु ५६ प ५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित दिसाबाट गइरहेको लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा गएराती ठोक्किँदा लु ५६ प ५७ नम्बरका मेटरसाइकल चालक अशोक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी…
काठमाडौं : भरतपुरका विभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा अस्पतालमा उपचाररत विरामीसहित २१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण पुष्टि भएका मध्ये भरतपुरका ७ पुरुष र ५ महिला छन्। उनीहरु भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर असपताल, पुरानो मेडिकल कलेज, नेसनल सिटी अस्पताल, भरतपुर…
अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो वाइडनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेद्वार घोषणा गरेका छन्। वाइडनले ट्वीटमार्फत् उक्त जानकारी दिए। लेखे,'कमला ह्यारिसलाई उपराष्ट्रपतिको रुपमा उठाउँदा गर्व महसुस भएको छ। उनी एक बहादुर अमेरिकी योद्धा हुन्।' उपराष्ट्रपति पदका लागि लड्ने उनी पहिलो अश्वेत महिला हुनेछिन्। यसअघि सन् २००८ मा रिपब्लिकन पार्टीले सारा प्यालिन र सन् १९८४…
काठमाडौं : 'कमलादी १५ किलो सुन' प्रकरणमा मुछिएका ट्याक्सी चालक निर्दोष देखिएपछि छुटेका छन्। भैरहवाका सन्दीप गुरुङलाई सरकारी वकिल कार्यालय काठमडौंले छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।' उनको संलग्नता नदेखिएकाले छोडेका हौं,' महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने। साउन १३ गते कमलादीमा बरामद भएको भनिएको १५ किलो सुन प्रकरणमा प्रहरीले भोलिपल्ट सन्दीप गुरुङसहित तीन जनलाई नियन्त्रणमा लिएको थियो।…
फोर्ब्स म्यागजिनका अनुसार ड्वेन 'द रक' जोनसन यस वर्ष पनि सर्वाधिक महङ्गो पुरुष कलाकार बनेका छन्। उनले निरन्तर दोस्रो वर्ष महङ्गो कलाकारको स्थान पाएका हुन्। पूर्व रेस्लरले सन् २०१९ को जुन देखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाए। नेट्फ्लिक्स थ्रिलर 'रेड नोटिस'बाट मात्र उनले २३.५ मिलियन डलर कमाएका हुन्। उनले लुगाको व्यवसाय 'प्रोजेक्ट रक' पनि आय स्रोत…
युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा वुल्भरह्याम्टन वन्डरर्समाथि संघर्षपूर्ण जित निकालदै सेभिया सेमिफाइनलमा पुगेको छ। डुइसबर्गमा भएको खेलमा सेभियाले खेलको अन्तिम समयमा गोल गर्दै १-० जितमा सेमिफाइनलको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लुकास ओकाम्पोसले ८८ औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफमा वुल्भ्सले पेनाल्टीको अवसर पाए पनि त्यसमा चुकेको थियो। खेलको १३ औं मिनेटमा रउल…
बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। गत साता उनको स्वासप्रस्वासमा समस्या देखिएपछि लीलावती अस्पताल पुर्याइएको थियो। त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ। सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ। उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्। सञ्जय लकडाउनयता मुम्बईमा एक्लै थिए। उनकी श्रीमती र…
न्यूजिल्याण्डमा फेरि कोभिड-१९ को नयाँ केस देखिएको छ। बुधवार देश कोरोना भाइरस मुक्त भएको १०२ औं दिनमा नयाँ संक्रमण पुष्टि भएको हो। एकै परिवारका ४ जनामा संक्रमण देखिएको हो। उनीहरूमध्ये कसैको पनि केही समय यताको 'ट्राभल हिस्ट्री' नभएको बीबीसीले जनाएको छ। संक्रमण देखिए पछि न्यूजिल्याण्ड पुन: लकडाउन भएको छ। अकल्याण्ड बुधवारदेखि तीन दिनका लागि ठप्प रहनेछ। घरबाहिर कोही निस्कन पाउने…
काठमाडौँः मृत्युपछि एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का निश्चित क्षेत्र सिल गरिएको छ। साउन २३ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका ८४ वर्षीय पुरुषको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको भन्दै नगरपालिकाले वडाका केही क्षेत्र सिल गरेको हो। मंगलबार परीक्षणको रिपोर्ट आएको हो। बाह्रबिसे नगरपालिकाले वडा नम्बर २ को पूर्वको कर्थली बुदेपा, उत्तरमा वडा…