PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • राखेपको बक्सिङ संघलाई पत्र : सात दिन भित्र सत्यतथ्य विवरण खुलाइ पठाउनू

    राखेपको बक्सिङ संघलाई पत्र : सात दिन भित्र सत्यतथ्य विवरण खुलाइ पठाउनू

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघलाई आर्थिक अनियमितताको सन्दर्भमा सत्यतथ्य विवरण खुलाएर पठाउन भन्दै पत्र काटेको छ। राखेप अन्तर्गतको संघ संस्था समन्वय साखाले आर्थिक अनियमितताबारे खुलाउँदै हप्ता दिन भित्र पत्र पठाउन निर्देशन दिएको हो। पछिल्लो समय बक्सिङ संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीचको असमझदारी सतहमा आइसकेको छ। यसैबीच, महासचिव भट्टाचार्य र कोषाध्यक्ष गौतम सुखजुले…

    विस्तृतमा पढ्नुस्

  • महिला कलाकार निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा डर लागेको छ: प्रियंका कार्की

    महिला कलाकार निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा डर लागेको छ: प्रियंका कार्की

    नायिका प्रियंका कार्कीले महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गइरहेको बताएकी छन्। आफूलाई जोडेर एक सञ्चार माध्यमले बिहेपछि संस्कारी बनेको भनेर उल्लेख गरेपछि उनले मिडिया, कलाकार र जनताको यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता लागेको उल्लेख गरेकी छन्। शुक्रवार साप्ताहिकले 'संस्कारी प्रिंयका' शीर्षकमा छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने उखान मेल खाएको उल्लेख गरेको थियो। बिहेअघि कहिले अर्धनग्न त कहिले…

    विस्तृतमा पढ्नुस्

  • चीनद्वारा ११ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय

    चीनद्वारा ११ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय

    अमेरिकाले हङकङ विशेष प्रशासनिक क्षेत्रका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएपछि चीनले पनि ११ अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ।  प्रतिबन्ध लगाइएकाहरुमा अमेरिकी सांसद मार्को रुबियो, टेड क्रुजलगायत ११ अधिकारीहरु रहेको बताइएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बताएका हुन्। ‘हामी अमेरिकालाई परिस्थिति बुझ्न र चीनको अन्तरिक मामिलामा दखल नपुर्‍याउन चेतावनी दिन्छौं,’ झाओले भने। हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन अन्त्यको तीन सातामै पुनः सार्वजनिक सवारी सञ्चालनमा रोक, यस्ता छन् मन्त्रिपरिषद्को निर्णय

    लकडाउन अन्त्यको तीन सातामै पुनः सार्वजनिक सवारी सञ्चालनमा रोक, यस्ता छन् मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँः सरकारले उपत्यकामा कोरोना जोखिम बढेसँगै सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना जोखिम बढेपछि लकडाउन औपचारिक रुपमा अन्त्य भएको तीन सातामै पुनः उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको एक मन्त्रीले बताए। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यातायात सञ्चालन रोक्ने निर्णय गरेको हो। साथै लामो दूरीका सवारी साधन सञ्चालन र हवाइ उडान पनि भदौ १५ गतेसम्म नै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलले अघि सारे सात बुँदे दृष्टिकोण

    कांग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलले अघि सारे सात बुँदे दृष्टिकोण

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टिकोण अगाडि सारेका छन्। वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत कांग्रेसलाई पुनर्जीवन दिन आफ्नो सात बुँदे दृष्टिकोण अगाडि सारेका हुन्। यस्तो छ पौडेलको पुनर्जागरण दृष्टिकोण : १. पार्टीमा नवजीवन - ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण। सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि। देशभक्ति…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशसँग बारको अनौठो माग, आफ्नै पदाधिकारीको सम्पत्ति छानबिन गर्न ध्यानाकर्षण

    प्रधानन्यायाधीशसँग बारको अनौठो माग, आफ्नै पदाधिकारीको सम्पत्ति छानबिन गर्न ध्यानाकर्षण

    काठमाडौँः नेपाल बार एशोसिएशनले न्यायाधीश र आफ्नै पदाधिकारीको सम्पत्ति छानबिनको माग गरेको छ। न्यायालय सुधारका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई १७ बुँदे ध्यानाकर्षण पेस गरेको बारले आफ्नै पदाधिकारीको सम्पत्ति छानबिनका लागि पनि प्रधानन्यायाधीशसँग माग गरेको हो। न्यायाधीश र बार पदाधिकारीको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्न बारले माग गरेको हो। ध्यानाकर्षण पत्रको बुँदा नम्बर १४ मा भनिएको छ, ‘न्यायाधीश र नेपाल…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशको भूमिकामाथि बारले उठायो प्रश्न, सम्पत्ति छानविनसहित सार्वजनिक गर्न माग

    प्रधानन्यायाधीशको भूमिकामाथि बारले उठायो प्रश्न, सम्पत्ति छानविनसहित सार्वजनिक गर्न माग

    काठमाडौं: नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ। बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताए। उनले २०७५ सालमा बहाली हुँदा न्यायपालिका भित्रको विसंगति विकृती हटाउन नेतृत्व गर्ने भन्ने भए पनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको गुनासो गरे।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ संक्रमण नियन्त्रणमा सरकार असफल, जनता आफैं सुरक्षित रहनुको विकल्प छैन : कांग्रेस

    कोभिड १९ संक्रमण नियन्त्रणमा सरकार असफल, जनता आफैं सुरक्षित रहनुको विकल्प छैन : कांग्रेस

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को संक्रमण नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको छ। पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफैं सुरक्षित राख्न आग्रह गरेको हो। पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गरे।…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण समुदाय स्तरमा पुग्न नदिन उपत्यका नगरपालिका फोरमका ११ निर्णय, सीसीएमसीमार्फत क्याविनेटमा सिफारिस

    संक्रमण समुदाय स्तरमा पुग्न नदिन उपत्यका नगरपालिका फोरमका ११ निर्णय, सीसीएमसीमार्फत क्याविनेटमा सिफारिस

    काठमाडौं : उपत्यका नगरपालिका फोरमले कोभिड १९ संक्रमण फैलिन नदिन नाकामा कडाई गर्नुपर्ने निर्णय गरेको छ। आज राजधानीमा बसेको नगरपालिका फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा भएकाले नाकाबाट मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पूर्णतः नियन्त्रण गर्न सरकारसँग माग गरेको हो। फोरमले आइतवारमात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नाकामा कडाईं…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : उपत्यकामा आज ४४ जना संक्रमित थप, कुन जिल्लामा कति थपिए?

    कोभिड-१९ अपडेट : उपत्यकामा आज ४४ जना संक्रमित थप, कुन जिल्लामा कति थपिए?

    काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनासहित देशभर ३३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका ३७ प्रयोगशालामा भएको ८ हजार ४३२ नमुना परीक्षणका क्रममा ३३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। यसैबीच,…

    विस्तृतमा पढ्नुस्

  • नारायणकाजीकाे निष्कर्ष, 'एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्तिले समस्या जटिल बनायाे'

    नारायणकाजीकाे निष्कर्ष, 'एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्तिले समस्या जटिल बनायाे'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ठाउँ पिच्छे कुरा फेर्दा समस्या जटिल बन्दै गएको ठहर गरेका छन्। श्रेष्ठले आइतवार फेसबुकमार्फत् समस्या समाधानका लागि पार्टी र जनतालाई केन्द्रबिन्दुमा राखी खुल्ला बहस गर्नुपर्ने औंल्याएका हुन्। 'हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको जोखिम न्यूनिकणका लागि विराटनगर महानगरपालिकाद्वारा खोप सेवा स्थगित

    कोरोना संक्रमणको जोखिम न्यूनिकणका लागि विराटनगर महानगरपालिकाद्वारा खोप सेवा स्थगित

    विराटनगर: विराटनगर महानगरपालिकाले खोप सेवा स्थगित गरेको छ। समुदाय स्तरमा कोरोना संक्रमण फैलिएका कारण खोप सेवा स्थगन गरिएको महानगरपालिकाले जनाएको छ। सोमवार एक सूचना जारी गर्दै भदौ १५ सम्मका लागि सम्पूर्ण खोप सेवा स्थगन गरेको हो। सूचनामा भनिएको छ, ‘समुदाय स्तरमा कोरोना फैलिएको अवस्थामा खोप सेवाग्राहीहरुको अत्याधिक भिड हुने भएकाले जोखिम न्यूनिकरणका लागि महानगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने खोप…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुमा विभत्स हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो, शव भेटिए नजिकै घटनास्थल!

    गोंगबुमा विभत्स हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो, शव भेटिए नजिकै घटनास्थल!

    काठमाडौं : आइतवार काठमाडौं, गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा फेला परेको शवको पहिचान भएको छ। प्रहरीले दिएको जानकारी अनुसार मृत भेटिएका व्यक्ति कृष्ण बहादुर बोहोरा भएको खुलेको हो।  उनी दाङका स्थानीय हुन्। बोहोरा काठमाडौंकै एक फ्याक्ट्रीमा कार्यरत् व्यक्ति हुन्। घटनास्थल शव भेटिएको (टोखा नगरपालिकाको वडा नम्बर १०, गणेस्थान) बाट करिव एक सय मिटरको दुरीमा हुनसक्ने प्रहरीले जानकारी दिएको छ। अहिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली, महानगरीय अपराध महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • भारतका विदेश मन्त्रीले नेपाललाई दिए धन्यवाद

    भारतका विदेश मन्त्रीले नेपाललाई दिए धन्यवाद

    काठमाडौं: भारतका विदेश मन्त्री एस जयशंकरले नेपाललाई धन्यवाद दिएका छन्। कोझिकोड विमान दुर्घटनामा दिएको सहानुभूति सन्देशका लागि जयशंकरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई धन्यवाद दिएका हुन्। उनले दुर्घटनाको दु:खद समयमा सहानुभूति र समर्थन विपत्तिसँग लड्ने शक्तिको स्रोत भएको उल्लेख गरेका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले कोझिकोड विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका थिए। शुक्रवार राती केरलास्थित कोझिकोड विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको विमान…

    विस्तृतमा पढ्नुस्

  • एभरेस्ट बैंकको मुख्य कार्यालयका दुई कर्मचारीलाई कोरोना संक्रमण : दुई दिनका लागि कार्यालय 'सिल'

    एभरेस्ट बैंकको मुख्य कार्यालयका दुई कर्मचारीलाई कोरोना संक्रमण : दुई दिनका लागि कार्यालय 'सिल'

    काठमाडौं : एभरेस्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि उक्त कार्यालयको कामकाज दुई दिनलाई बन्द गरिएको छ। संक्रमण नदेखिएका कर्मचारीहरुलाई 'होम आइसोलेसन' मा राखिएको छ। गत शुक्रवार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोभिड १९ संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएपछि बैंकका कर्मचारीमा त्रासको अवस्था रहेको त्यहाँ कार्यरत एक जनाले बताए। उनका अनुसार कर्मचारीलाई दुई दिनका लागि होम आइसोलेसनमा बस्न भनिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीको नयाँ तरिका : सुटकेसमा तार, तारभित्र सुन

    सुन तस्करीको नयाँ तरिका : सुटकेसमा तार, तारभित्र सुन

    काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ उडानहरु बन्द गरिएको छ। अहिले विभिन्न रेस्क्यु फ्लाइट मात्र भइरहेका छन्। तर विभिन्न तस्करी समूहले यस्ता रेस्क्यु फ्लाइटमा पनि तस्करी गरिरहेको खुलेको छ। आइतवार नयाँ तरिका अपनाएर सुन तस्करी गर्नेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ। तस्कर समूहले सुटकेसमा तार प्रयोग गरेर डेढ किलो भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • 'हरिश भुवन चन्द' र 'चेतनारायण बसुन्धरा भुसाल' पुरस्कार क्रमश: शकुन्तला शर्मा र भैरवबहादुर थापालाई

    'हरिश भुवन चन्द' र 'चेतनारायण बसुन्धरा भुसाल' पुरस्कार क्रमश: शकुन्तला शर्मा र भैरवबहादुर थापालाई

    काठमाडौं : भुवन चैत्य बसुन्धरा फाउण्डेसनले यस वर्षको 'हरिश भुवन चन्द पुरस्कार' र 'चेतनारायण बसुन्धरा भुसाल पुरस्कार' हस्तान्तरण गरेको छ। श्रावण २५ गते दुई फरक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिएको हो। ५ दशकदेखि नेपाली फिल्म र रंगमञ्चमा सक्रिय अभिनेत्री शकुन्तला शर्मालाई यस वर्षको चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक यता नेपाली रंगमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई जना खेलाडीमा कोरोना संक्रमण

    च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई जना खेलाडीमा कोरोना संक्रमण

    च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु अघि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुस्टी भएको छ। बिहीवार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने भन्ने खुलाइएको छैन। मड्रिडले ती खेलाडीहरुलाई आइसोलेसनमा पठाएको जनाएको छ। 'पोर्चुगलको राजधानीमा बसाइ र अभ्यास तालिकाको संरचनालाई परिवर्तन गर्न यसले प्रेरित गरेको छ,'…

    विस्तृतमा पढ्नुस्

  • महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् थप ३ प्रहरीमा कोरोना संक्रमण

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् थप ३ प्रहरीमा कोरोना संक्रमण

    काठमाडौं : महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् थप तीन प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। कार्यलयको कन्ट्रोलमा कार्यरत् ३ जना प्रहरीमा कोरोना देखिएको हो। प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत् प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ। यही क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो। यसअघि कोरोना देखिएका…

    विस्तृतमा पढ्नुस्

  • महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप तीन प्रहरीमा कोरोना संक्रमण

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप तीन प्रहरीमा कोरोना संक्रमण

    काठमाडौं: महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् थप तीन प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। कार्यलयको कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना देखिएको हो। प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ। यही क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो। यसअघि कोरोना देखिएका प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell