बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ केन्द्रीत भएको छ। पिता केके सिंहले विभिन्न गम्भीर आरोप लगाउँदै उजुरी दिएपछि विहार पुलिस अनुसन्धानमा जुटेको छ। अर्कोतिर मुम्बई पुलिसले पनि अनुसन्धान गरिरहेको छ। पिताले परिवारबाट अलग गराएको, ब्ल्यामेल गरेको, माया जालमा फसाएर पैसा हडपेको आरोप लगाइरहेका बेला यी आरोपमा बल पुग्नेगरी केही अभिनेत्रीले आफ्नो अनुभव शेयर गरेका…
काठमाडौं : द क्लिफ प्रालिले विश्वकै अग्लो र लामो स्काइ साइकलिङ बनाएको छ। स्टिल कोर केबलमा गरिने साइकलिङ तयार भएको हो। बाग्लुङको बलेवा र पर्वतको कुश्मा बीच कालीगण्डकी खोचमा निर्माण गरिएको स्काइ साइकलिङको उचाई दुई सय २८ मिटर रहेको छ भने लम्बाई तीन सय मिटर रहेको छ। एक पटकमा दुई जनाले साइकलिङ गर्न मिल्नेगरी तयारी गरिएको छ। द क्लिफ प्रालिका…
काठमाडौं : कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ घर भएका २५ वर्षीय कुलदीपराज धामीलाई पक्राउ गरेको हो। २१ वर्षीय रोजिन गुरूङलाई हत्या गरेको अभियोगमा अदालतले २० वर्ष कैद सजाय तोकेको थियो। भीमभेदी कारागारमा कैद भुक्तान गरिरहेको धामी २०७६ कार्तिक ३० गते त्यहाँबाट भागेका थिए। प्रहरीको खोजीमा रहेका धामीलाई…
भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनऊस्थित पीजीआई अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कमलाको निधनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन्। प्रदेशले एक समर्पित जननेत्री गुमाएको उनको भनाई छ। कमलालाई १७ जुलाईमा कोरोना संक्रमण भएको थियो। लखनऊ पीजीआईमा…
काठमाडौं : प्रहरी अनुसन्धान अघि बढेसँगै 'कमलादी १५ केजी सुन' प्रकरणका विभिन्न पाटाहरु खुल्दै गएका छन्। आजको दिनसम्म आइपुग्दा सुन प्रकरणका मुख्य योजनाकार बारा घर भएका इल्ताफ हुसेन अन्सारी भएको देखिएको छ। उनी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परी सजाय भुक्तान गरेका व्यक्ति हुन्। नेपालमा बसेर नक्कली नोटको कारोबारीको सूचीमा हुसेन अग्रपंक्माति पर्छन्। प्रहरीले यस घटनामा उनको संलग्नता भएको भन्दै खोजी…
काठमाडौं : लकडाउनको बहानामा सेवासुविधा कटौती गरेर जागिरबाट निकालेको भन्दै मजदुरहरु आन्दोलित भएका छन्। ६ वटा ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा विभिन्न क्षेत्रका मजदुरहरुले माइतीघर मण्डलामा मजदुरहरुले प्रदर्शन गरेका हुन्। मजदुरहरुले मजदुर विरोधी सम्झौता र कानुन खारेज गर्नुपर्ने, रोजगारी पाउनुपर्ने लगायत माग राखेका छन्। समाजवादी पार्टी निकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड…
रोल्पाः जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन्। सोही ठाउँका २४ वर्षीय ईश्वर…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा 'बग्गीखाना' पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ। 'अहिले सिल गरेर हामी को को सँग सम्पर्कमा आएका थिए भन्ने लिष्ट बनाउँदै छौं,' महाशाखाका एसएसपी भीमप्रसाद ढकालले…
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको कोरोना संक्रमण नभएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा सभामुख सापकोटाको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो। त्यस्तै, सभामुख सापकोटा लगायत उनका सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि…
कोलकाता : गएको बिहीवार ५७ वर्षीय बैंक म्यानेजरको मृत्यु भयो। उनलाई ल्याबले नक्कली रिपोर्ट दिँदै कोरोना भाइरस नरहेको जनाएको थियो। उनलाई दिएको रिपोर्ट नक्कली भएको त्यतिखेर पुष्टि भयो जतिखेर उनको मृत्यु भयो र रिपोर्टमा देखायो - पोजेटिभ। कोलकाता पुलिसले तीन जनालाई पक्राउ गरेको छ, यस प्रकरणमा। मृतकको पत्नीको उजुरीका आधारमा नक्कली रिपोर्ट दिनेहरुलाई पक्राउ गरिएको हो। यसैगरी अरुलाई पनि झुटा…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले नेपाली फुटबलको व्यवसायिक विकासलाई लिएर प्रश्न उठाएका छन्। उनले पूर्वाधारको अभाव रहेको र सबै जिल्लामा फुटबल नपुगेको भन्दै असन्तुष्टि पोखेका हुन्। 'व्यवसायिक क्लब, ट्रेनिङ ग्राउण्ड, एकेडेमी, २५ हज़ार सीट क्षमता माथिको रंगशाला अनिवार्य जस्तै हो फुटबल क्लबका लागि तर एएफसीबाट धेरै पटक जरिवना झेलेर नेपाली अमेच्यर फुटबल चलिरहेको छ। विकेन्द्रीकरण गर्नुपर्ने फुटबल टोली…
दीपकप्रकाश भट्ट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं कञ्चनपुरका सांसद हुन्। परराष्ट्र मामिलाका विज्ञ भट्ट संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पनि हुन्। नेकपामा पछिल्लो समय देखिएको सत्ता समीकरण विवादमा भट्ट विधि र पद्धतिमा पार्टी चल्नुपर्ने भन्दै सक्रिय छन्। पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीको सामना गरेर अघि बढ्नुपर्ने पक्षमा उनी…
इटालियन सिरि ए अन्तर्गत गएराति भएको सिजनको आफ्नो अन्तिम खेलमा च्याम्पियन युभेन्टस रोमासँग पराजित भएको छ। एलिनाज स्टेडियममा भएको खेलमा घरेलु टोली युभेन्टस ३-१ गोलअन्तरले पराजित भएको हो। खेलको ५ औं मिनेटमै गोन्जाओ हिग्विनले घरेलु टोलीलाई अग्रता दिलाए पनि रोमाले उत्कृष्ट पुनरागमन गरेको थियो। खेलको २३ औं मिनेटमा निकोलस कलिनिकले गोल गर्दै रोमालाई बराबरीमा ल्याएका थिए। त्यस्तै पेनाल्टीमा पाएको अवसर…
एफए कप अन्तर्गत गएराति भएको फाइनल खेलमा चेल्सीलाई हराउँदै आर्सनल च्याम्पियन बनेको छ। वेम्बले स्टेडियममा भएको खेलमा चेल्सीलाई हराउँदै आर्सनलले १४ औं पटक उपाधि चुमेको हो। 🏆 1930 🏆 1936 🏆 1950 🏆 1971 🏆 1979 🏆 1993 🏆 1998 🏆 2002 🏆 2003 🏆 2005 🏆 2014 🏆 2015 🏆 2017 🏆 2020 Always. Forward. 🔴 pic.twitter.com/J7KxYk8J6m — 🎗…
काठमाडौं : समाजमा व्याप्त गलत प्रवित्तिले पार्ने असर र त्यसले जन्माउने मनोवैज्ञानिक 'भूत' को कथा समेटेर गीति भिडियो सार्वजनिक भएको छ। ‘बदला बरिलै’ बोलको गीत युट्युब रिलिज भएको हो। गीतमा प्रकाश सपुतको शब्द तथा संगीत रहेको छ भने देवी घर्तीले स्वर दिएकी छिन्। गीतको भिडियोमा गायिका बन्ने सपना देखेकी एक किशोरीको कथा देखाइएको छ। जो कथित गायन निर्णायकबाटै बलात्कृत हुन्छिन्।…
कैलाली : सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापा सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुद्ध चोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकलमा सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी प्रतिक…
काठमाडौँः ग्राहकले रिचार्ज गरिसकेपछि समयमै सेवा सुरु नगरेका कारण नेपाल टेलिकमले ग्राहकलाई क्षतिपूर्ति दिनपर्ने फैसला भएको छ। उच्च अदालत पाटनले अधिवक्ता रामकुमार सुवालले दायर गरेको मुद्दामा फैसला गर्दै ग्राहकले रिचार्ज गरिसकेपछि १४ घण्टासम्म सेवा नदिएका कारण सेवाग्राहीलाई परेको आर्थिक र मानसिक क्षति बापतको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। न्यायाधीश ठाकुरप्रसाद शर्मा पौडेल र नातीबाबु लामिछानेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको…
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समिति पुनर्गठन गरेका छन्। नियमावली अनुसार समितिको कार्यवधि दुई वर्ष हुने व्यवस्था छ। शुक्रवार समिति गठन भएको दुई वर्ष पुगेको थियो। शनिवार नै समितिका सदस्य मनोनयन गरेर पूर्णता दिइएको हो। समिति पुनर्गठनसँगै सभापति चयनको प्रक्रिया पनि आरम्भ गर्नुपर्नेछ। जसको कार्यतालिका अध्यक्षको निर्देशनमा राष्ट्रिय सभा सचिवले गर्ने नियमावलीमा व्यवस्था छ। राष्ट्रियसभामा चार विषयगत…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन्। सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन्। असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन्। अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे। उनले सरकारले…
विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलमाथि कुटपिट भएको छ। नेपाल सरकारका उपसचिव तहका सञ्जेल शनिवार आफ्नै कार्यकक्षमा कुटिएका हुन्। उनलाई महिला कर्मचारीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार कार्यालय सहयोगी दुई महिलाले कुटपिट गरेका हुन्। कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि…