मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -११ मा रहेको मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा ८ जना बेपत्तामध्ये तीन जनाको शव फेला परेको छ। बजारको पिपलबोट नजिकै कबर्ड हल निर्माण भइरहेको ठाउँमा पहिरो खस्दा सोमबार राती ८ जना बेपत्ता भएका थिए। शव फेला परेका मध्ये ३५ वर्षीय प्रदिप चौरसिया र २१ वर्षीय राजेश चौधरीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका डिएसपी माधवप्रसाद…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहित अन्य चिनियाँ एप अनि सफ्टवेयरहरू अमेरिकामा ब्यान गर्ने चेतावनी दिएपछि यस विषयमा वहस चर्किएको छ। राज्यका सचिव माइक पोम्पोयका अनुसार ट्रम्पले चिनियाँ सफ्टवेयरका कारण राष्ट्रिय सुरक्षामा खतरा बढेको बताएका छन्। उनले भने,’टिकटकले चिनियाँ कम्युनिस्ट पार्टीलाई प्रत्यक्ष रुपमा अमेरिकी तथ्याङ्क दिइरहेको छ।‘ बीबीसीले जनाएको छ। सचिवले टिभी अन्तर्वातामा टिकटक र चीनको कम्युनिस्ट पार्टीबीच सहकार्य रहेको दावी…
काठमाडौः प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जना नक्कली प्रहरी पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले शनिवार दुई जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल र घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए। नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी…
काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा मनाइँदैछ। विश्वभर फैलिएको कोरोना संक्रमणको प्रभाव भने जनैपूर्णिमा पर्वमा परेको छ। श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ। मन्दिरमा मानिसको चाप कम छ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने…
काठमाडौं : गत असार दोस्रो साता प्रहरीले दाम्लोमा बाँधेर चितुवा डोहोर्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। चितुवाको वरपर फोटो र भिडियो खिच्नेको भिड थियो। असामान्य लाग्ने उक्त दृश्यबारे विविध चर्चा भयो। पर्वत, लामागरास्थित सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयले असार ८ गते साँझ चितुवा देखे। गाउँलेले जनप्रतिनिधि र प्रहरीलाई खबर गरे। मिलनचोक चौकीबाट प्रहरीहरू घटनास्थल पुग्दासम्म शान्त रह्यो चितुवा। पछि…
रियो दि जेनेरियो : ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति सङ्क्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ सङ्क्रमितको मृत्यु भएको छ। ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने…
नयाँ दिल्ली : कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। भारतमा कोरोना संक्रमितको संख्याले १७ लाखको सीमा पार गर्दा मुख्यमन्त्री यदियुरप्पामा पनि संक्रमण देखिएको हो। हिजोमात्र गृह मन्त्री अमित साहमा कोरोना भाइरस पुष्टि भएको थियो। संक्रमण देखिएलगत्तै उनलाई अस्पताल भर्ना गरिएको छ।
नयाँ दिल्ली : भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आइतवार साँझ एक ट्विटमार्फत सो जानकारी दिएका हुन्। उनको स्वास्थ्य अवस्था ठीक भएपनि चिकित्सकको सल्लाहवमोजिम उनलाई गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ। एम्सको एक टोलीले समेत उनको निगरानी गर्ने बताइएको छ। एम्सका निर्देशक डा रणदीप गुलेरियाको नेतृत्वमा चिकित्सकको एक टोली मेदान्दा जानेछन्। सुरुवाती लक्षण देखिँदा…
बलिउड अभिनेता अमिताभ बच्चनले कोभिड १९ संक्रमणविरुद्धको लडाईं जितेका छन्। अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कोरोनामाथि जित हासिल गरेसँगै उनी डिस्चार्ज भएका छन्। छोरा अभिषेकले ट्वीटरमार्फत पिताले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद दिँदै अमिताभ अब घरमै आराम गर्ने उल्लेख गरेका छन्। 🙏🏽 my father, thankfully, has tested negative on his latest Covid-19 test and…
काठमाडौं: नेपाल बार एशोसिएशनले अदालतका गलत आदेश तथा फैसलाविरुद्ध निगरानी गर्ने भएको छ। सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालत नै विवादमा तानिएका बेला बारको केन्द्रीय कार्यसमिति बैठकले अबदेखि न्यायालयका गलत निर्णयविरुद्ध निगरानी तथा खबरदारी गर्ने र सम्बन्धित निकायमा सच्चाउनका लागि पहल गर्ने निर्णय गरेको हो। शुक्रवारको बैठकको निर्णयानुसार देशभरका अदालतहरुबाट विकृति, विसगंतिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका २९ प्रयोगशालामा ८ हजार ८६१ नमुना परीक्षण गर्दा २५ जिल्लामा २४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। नयाँ संक्रमितमा काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी पर्सा जिल्लामा ८१…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन्। आयोग पदाधिकारी तथा केही सांसदहरुसँग भएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी हुन्। ‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘यो काम छिटो अगाडि बढाउनुपर्छ। तपाईहरु त्यसमा लाग्नुस्।’…
बेलायतका ७ सयभन्दा बढी संगीतकर्मीहरूले नश्लवादविरुद्ध सामूहिक पत्र लेखेका छन्। गायक, संगीतकार, रचनाकार, व्यवस्थापक, निर्माता एवं म्युजिक कम्पनीहरूले 'नश्लवाद हटाउँ' भन्ने अभियान सुरु गरेका हुन्। लिटल मिक्स, नाइल रोड्गर्स, लिउस् कपाल्डी, रीटा ओरा लगायत स्टारहरूले यस अभियान आह्वान गरेका हुन्। जारी खुला पत्रमा लेखिएको छ : हामी एकअर्का विरुद्ध प्रहार गरिरहँदा आफ्नै सबैभन्दा खराब स्थितिमा हुन्छौं। संगीतकर्मीहरूले हस्ताक्षरसहित भनेका छन्…
भारतका गृहमन्त्री अमित शाहलाई कोभिड १९ को संक्रमण देखिएको छ। गृहमन्त्रीले शाहले आफ्नो ट्वीटर एकाउन्टमार्फत कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्ता अस्पताल भर्ना भएका छन्। गृहमन्त्री शाह भारतमा कोरोना महामारी नियन्त्रणका लागि कमाण्डर तोकिएका छन्। उनकै नेतृत्वमा गृह मन्त्रालयले महामारी नियन्त्रणमा विभिन्न प्रयासहरु गर्दै आएको छ। कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट…
कोरोना भाइरसको संक्रमणबाट पीडित बलिउड अभिनेता अमिताभ बच्चनले निराशाजनक तस्विर सार्वजनिक गरेका छन्। कोरोना संक्रमणपछि अमिताभ दुई सातादेखि मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन्। अमिताभले ट्वीटरबाट आफू निराश भएको तस्विर सार्वजनिक गरेका छन्। तस्विरमा झोक्राएको मुडमा उनी देखिन्छन्। क्याप्सन भने केही लेखेका छैनन्। किन झोक्राए? भारतीय सञ्चारमाध्यमले अमिताभको झोक्राएको तस्विरलाई शनिवार निधन भएका राज्यसभा सांसद अमर सिंहसँग जोडेर हेरेका छन्। भारतीय…
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा महानायक को? भन्ने बारे विवाद चर्कियो। कलाकार एवं निर्देशक दीपाश्री निरौलाले राजेश हमाल आफ्ना लागि महानायक नभएको बताए पछि उक्त विषयले सामाजिक सञ्जालदेखि संचार माध्यमहरूमा राम्रै ठाउँ ओगट्यो। दीपाश्रीविरुद्ध आम मानिस उर्लिए। राजेश हमाल स्वयंले भिडियो सन्देशमार्फत् दीपाश्रीलाई 'माफी दिन' आग्रह गरेपछि विवाद केही साम्य भएको थियो। यसैबीच अभिनेत्री निरुता सिंहले यस विषयमा बोलेकी छिन्।…
काठमाडौं: नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ। कोर्समा ट्रायथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए। प्रशिशक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइन मार्फत प्रशिक्षण गराएका थिए। कोभिड १९ का कारण खेल गतिविधी ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्वन्धि ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर बृद्धि गर्न कोर्सले महत्वपूर्ण…
धनगढी : सेती प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको २३ नयाँ केस देखिएका छन्। कैलाली र बैतडीका गरी ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो। धनगढीका २, गोदावरीका १, घोडाघोडीका १, जोशीपुरका १, मोहन्यालका २, बर्दगोरियाका ८ र टीकापुरका ७ जनामा संक्रमण देखिएको हो। त्यसैगरी बैतडीको पाटनका एक जनामा पनि संक्रमण देखिएको छ। २४ घण्टामा २…
काठमाडौं : गण्डकी प्रदेशका ५ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएअनुसार ४ महिला र १६ जना पुरुषमा संक्रमण देखिएको हो। पोखरा महानगरपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको छ भने रुपा नगरपालिकामा ५ जनामा संक्रमण देखिएको छ। रुपामा दुई महिला संक्रमित भएका छन्। तनहुँको म्याग्दे र आबुखैरेनीमा एक/एक जनामा संक्रमण देखिएको छ। स्याङ्जामा ८…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि छलफल गरेका छन्।आइतवार बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए। छलफलमा के कुराकानी भयो भन्ने खुल्न सकेका छैन। प्रचण्डका निकटस्थले भने, 'छलफलको सुरुवात भयो। छलफल सकारात्मक वा नकारात्मकतातिर गएको छैन।' दुई अध्यक्षको गत…