बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरण थप जटिल बनेको छ। अनुसन्धानका लागि महाराष्ट्र आएको बिहार प्रहरीलाई मुम्बई प्रहरीले सहयोग नगरेपछि सुशान्तको मुद्दा सुरक्षा निकायको टकरावमा अल्झिएको छ। सुशान्तका पिता केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध ब्ल्याक मेल गरेर पैसा हडपेको तथा आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएर पटना प्रहरीमा उजुरी दर्ता गरेका थिए। नयाँ मोड लिएको मुद्दामा हाल मुम्बई प्रहरीले असहयोग गरेको आरोप लगाइएको छ। …
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताएका हुन्। उनले एन्फाले सूचना दिए काठमाडौं उपत्यका भित्र वा नजिकै कुनैपनि…
काठमाडौं : पछिल्लो समय एसिड आक्रमणका घटनाहरु बढ्दै गएपछि सांसदहरुले दण्ड, सजायको दायरा बढाउनुपर्ने माग गरेका छन्। विद्यमान ऐन, कानुनहरु अधुरा र अपरिपक्व भएका कारण पीडितले न्याय पाउन नसकेको भन्दै सांसदहरुले दण्ड सजायको दायरा बढाउनुपर्ने माग गरेका हुन्। सोमवार कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसदहरुले सजाय बढाएर १५ वर्ष पुर्याउनेदेखि जन्मकैदसम्मको प्रस्ताव गरेका छन्। अहिले बढीमा ८ वर्षसम्म…
काठमाडौं: काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ। सो कार्यका लागि महानगरले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ। स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने प्रक्रियालाई सरल, सहज, व्यवस्थित एवं प्रभावकारी…
काठमाडौं : काठमाडौं उपत्यकमा ५१ जना सहित देशभर ४१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणका क्रममा ३० जिल्लामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी पर्साका ७१, कैलालीका ६७, सिरहाका ५१ र मोरङका ४६ जना छन्। त्यस्तै, काठमाडौंका ४३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये वीपी…
काठमाडौं: मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो सार्वजनिक भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले चासो दियो। भिडियोबारे विहीवार जानकारी पाएको दूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन पीआईकेएममार्फत घटनाबारे जानकारी लियो। पीआईकेएमले शुक्रवार प्रहरीमा उजुरी दर्ता गरायो। राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्यो। घटनाका पीडित…
काठमाडौं : कर्णाली प्रदेशमा थप ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणका क्रममा ६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा एक हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका भेरीगंगाका एक पुरुष र एक महिला रहेका छन्। त्यस्तै दैलेखको नारायण नगरपालिका २७…
कोभिड-१९ को लागि अक्सफोर्ड यूनिभर्सिटीले बनाएको भ्याक्सिनको दोस्रो र तेस्रो ‘ह्यूमन क्लीनिकल ट्रायल’ भारतमा हुने भएको छ। जसका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले अनुमति दिएको हो। समाचार एजेन्सी एएनआईका अनुसार भ्याक्सिन र ट्रायलको तथ्याङ्कको गहन मूल्याङ्कन पछि डीसीजीआईले सब्जेक्ट एक्सपर्ट कमेटीको सिफारिसमा ट्रायल अनुमति दिएको हो। बीबीसीका अनुसार उक्त ट्रायल सीरम इन्स्टिच्युट अफ इन्डियाले गर्नेछ। संक्रमितलाई ४ साताभित्र…
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषदमा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको दाबी गरेका छन्। आफ्नो सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले उक्त धारणा राखेका हुन्। श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। साउन १५ गते…
काठमाडौः गृह मन्त्रालयको प्रवक्तमा चक्रबहादुर बुढा नियुक्त भएका छन्। आज गृहमन्त्रिस्तरीय बैठकले बुढालाई गृह प्रवक्ता सहित सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि उनी मन्त्रालयकै नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थिए।
ईरानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको तथ्याङ्कमा भन्दा तीन गुना बढी हुनसक्ने देखिएको छ। बीबीसी फारसी सेवाले गरेको अनुसन्धानमा तथा तथ्य देखिएको हो। ईरान सरकारको रेकर्डहरू अनुसार जुलाई २० सम्ममा करिव ४२ हजार संक्रमित र कोरोनाको लक्षण मिल्दो बिरामीहरूले ज्यान गुमाएका छन्। तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले उक्त समयसम्ममा २४ हजार ४ सय ५ जना संक्रमितको मृत्यु…
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आफूमाथिको विश्वास टुट्न नदिने दाबी गरेका छन्। नेपाल भलिबल संघले आयोजना गरेका कार्यक्रममा सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका हुन्। राखेप सदस्यसचिवमा नियुक्त भएसँगै उनको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै सदस्य–सचिव सिलवालले आफू इमान्दार भएर अघि बढ्ने दाबी गरे। ‘खेलकुदको विकासका…
काठमाडौः महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँद एक जनाको मृत्यु भएको छ। कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको आज बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
माइक्रोसफ्टले चीनीयाँ भिडियो सेयरिङ एप टिकटकको अमेरिकाका लागि अधिकार किन्ने तयारी थालेको छ। माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्य नन्डेलाले आइतवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उक्त जानकारी दिएका हुन्। नन्डेलाले राष्ट्रपतिको चासोलाई सम्बोधन गर्न टिकटकको अमेरिकी सर्वाधिकार खरिद् गर्न खोजेका बताएका हुन्। उनले टिकटकको सुरक्षा प्रावधान बारे समीक्षा समेत गर्ने बताएका छन्। ट्रम्पलाई उनले अमेरिकी टिकटक प्रयोगकर्ताको निजी जानकारीहरू अमेरिकामै सीमित र सुरक्षित…
भारतकी वरिष्ठ गायिका लता मंगेशकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएकी छन्। कोरोना महामारीका कारण यसपालि राखी पठाउन नसकेकोमा दु:ख व्यक्त गर्दै लताले मोदीसँग भारतलाई उचाईंमा लैजान आग्रह गरेकी छिन्। ट्वीटरमा एउटा भिडियो शेयर गर्दै लताले क्याप्सन लेखेकी छन्, ‘नमस्कार आदरणीय प्रधानमन्त्री नरेन्द्र भाइ। तपाईको लागि मेरो यो राखी।’ उनले मोदीले राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरेकी छन्।…
अभिनेता राजेश हमाल दिवंगत भाइ राकेश हमालको १३ औ पुण्यतिथिमा ‘फ्ल्यास ब्याक’मा फर्किएका छन्। हमालले भाइका बाल्यकालदेखिका तस्विर शेयर गर्दै बालापन स्मरण गरेका छन्। भाइसँग विताएका पललाई उनले तस्विरमार्फत सम्झिएका छन्। फेसबुकमा उनले लेखेका छन्, ‘आज भाइ राकेशको १३ दिनको पुण्यतिथि। अब केवल सम्झनामा। तिम्रो आत्माले सधै आन्ति पाओस।’ उनले आफ्ना पितासँगको दुई भाइको तस्विर पनि सार्वजनिक गरेका छन्। राजेशका…
बलिउडमा करिव १० वर्ष बिताएका रणवीर सिंह अब निर्माता बन्ने भएका छन्। उनले फिल्म निर्माण कम्पनी ‘मां कसम फिल्म्स’ खोलेका हुन्। बलिउड हंगामाले जनाए अनुसार उनले आफ्नी आमा अन्जु भावनानीसँग सहकार्यमा खोलेको कम्पनी सन् २०१७ को डिसेम्बरमा दर्ता भएको हो। फिल्मकर्मीहरूले रणवीरको व्यक्तित्व अनुरुप कम्पनीको नाम राखेको टिप्पणी गरेका छन्। रणवीरले यसअघि नवजार इरानीसँग स्वतन्त्र संगीत उत्थानका लागि म्यूजिक कम्पनी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र अर्का अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। नेकपाको आन्तरिक विवाद समाधानका लागि भन्दै ओली प्रचण्ड फेरि वार्तामा बसेका हुन। आइतवार पनि ओली-प्रण्डले तीन घण्टा लामो छलफल गरेका थिए। आइतवारको छलफलमा दुवै अध्यक्षले पुरानै एजेण्डा अघि सारेपछि विना निष्कर्ष भेटवार्ता सकिएको थियो। वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास…
हालसम्म दूनियाँभर १ करोड ७० हजारभन्दा बढी मानिस कोरोना भाइरसको चपेटामा परेका छन्। जोन होप्किन्स यूनिभर्सिटीको तथ्याङ्कका अनुसार हालसम्म एक करोड ७९ लाख ६५ हजार ५ सय ६७ मानिसमा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। संक्रमणकै कारण ६ लाख ८७ हजार ७२ जना मानिसले ज्यान गुमाएका छन्। संक्रमण र मृत्यु दुवैको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित छ। त्यहाँ हालसम्म ४६ लाख…
कर्णालीः देशभर भइरहेको वर्षाको कारण खोला तथा नदीनालामा पानीको सतह बढेको छ। केही खोला तथा नालामा पानीले पुल बगाउँदा दैनिक आवतजावत गर्न समेत समस्या समेत परेको छ। यस्तै चपेटामा छन् कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने तिलागुफा नगरपालिकाका बासिन्दाहरु। नगरपालिकाको टाकुल्ला खोलामा पुल नहँदा खोलामा आएको बाढीमा जोखिम मोलेर हाम्फालेर आवतजावत गर्नु परेको छ। जोखिम मोलेर नै एक पुरुषले खोला पार…