काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँगको छलफलमा समेत पार्टीका नेताहरुको आलोचना गरेका छन्। बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको भन्दै गुनासो गरेका हुन्। उनले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाउँदै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। ओलीले आफ्नै पार्टीका नेताहरु…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट हालसम्म नेपालमा संक्रमितको संख्या २० हजार नाघेको छ। मृतकको संख्या ५७ पुगिसेकको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई हेर्दा मृतकको संख्या ५७ भए पनि प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा मृत्यु भएका संक्रमितको संख्या ६५ पुगिसकेको छ। सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको तथ्यांक तथा प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांकका…
जर्ज फ्लोयडले जीवनका लागि अमेरिकी प्रहरीसँग याचना गरेको भिडियो सार्वजनिक भएको छ। प्रहरीको बडीक्याममा रेकर्ड भएको उक्त भिडियोमा उनले आफ्नो ज्यान जोगाउन गरेको आग्रह र प्रयत्न देख्न सकिन्छ। प्रहरीले उनलाई गिरफ्तार गरेलगत्तै बन्दुक तेर्स्याउँदै गाडीबाट बाहिर निकाल्छन्। फ्लोयडले पटकपटक बन्दुक तल गर्न आग्रह गर्छन् तर मान्दैनन्। उनी प्रहरीको हात समातेर रुन्छन्। हातमा ढोग्छन् तर जबरजस्ती निकालिन्छन्। उनको हातमा हत्कडी लगाउँछन्…
काठमाडौं: काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले पाएका छन्। जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। खेलकुद ऐनको प्रावधानका कारण अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन्। त्यस…
बिहार सरकारले बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सिबीआई) जाँच गर्न सिफारिस गरेको छ। सुशान्तका पिता केके सिंहले मंगलवार भेटेरै सिबीआई जाँचको माग गरेपछि बिहारका मुख्यमन्त्री नितीश कुमारले केन्द्र सरकारलाई सिफारिस पत्र पठाएका हुन्। सुशान्तको मुद्दामा सिबीआई जाँचका लागि मुम्बईसहित देशभरबाट माग उठिरहेको छ। मुम्बई प्रहरीको अनुसन्धानमाथि भने प्रश्न उठिरहेको छ। सुशान्तका पिताले पटना प्रहरीमा प्रेमिका रिया…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १४ प्रहरीसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। एक जना भने चालक रहेका छन्। केन्द्रीय कार्यालयबाट विभिन्न जिल्लामा अपरेसनका क्रममा खटिएर काठमाडौँ फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय प्रहरीमा कोरोना संक्रमण बढेसँगै कन्ट्याक्ट ट्रेसिङकै क्रममा उनीको पनि स्वाब संकलन भएको थियो। अख्तियारमा कार्यरत कर्मचारीसमेत १ सय ८२ जनाको कोरोना परीक्षण…
विराटनगर : मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिकालाई सिल गरिएको छ। नगरपालिका प्रमुख दिलिप बगडियाले नगरपालिका मङ्गलबारदेखि सिल गरिएको जानकारी दिए। रङ्गेलीमा एकै परिवारका १४ सहित २२ जनामा एकैदिन कोभिड–१९ को पुष्टि भएपछि नगरपालिका सिल गरिएको हो। नगरपालिकाले अर्को सूचना प्रकाशित नभएसम्म अस्पताल पनि पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। नगरपालिकाले अस्पताल सेवा तथा नगरपालिका तथा वडा कार्यालयबाट दिइने सेवासमेत मङ्गगलबारदेखि…
काठमाडौँ : नेपाल कानुन व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पूण्यप्रसाद गौतमको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। बार काउन्सिलको अनुशासन समितिको बैठकले गौतमको प्रमाणपत्र रद्द गरेको हो। काठमाडौं जिल्ला अदालतले गौतमलाई कीर्तेमा सजाय गरेको थियो। आफ्नो पक्षको मुद्दाका लागि गलत कागजात तयार पारेकोमा गौतमविरुद्ध मुद्दा चलाइएको थियो। उक्त मुद्दामा उनले कुनै पनि प्रतिवाद नगरेपछि एकतर्फी भएको थियो।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ। गत साउन १३ गतेपछिको संवादहीनता तोड्दै आइतवार र सोमवार भएको छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए। आज बेलुकी ५ बजे भेट हुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पार्टीको किचलो अन्त्य गर्न भन्दै…
नेट्फ्लिक्स इन्डियाले जान्वी कपुर अभिनीत फिल्म 'गुञ्जन सक्सेना: द कारगिल गर्ल'को ट्रेलरमा क्रेडिट लाइन हटाएको छ। ट्रेलरभर फिल्मको कुनै पनि 'कास्ट एण्ड क्रु'को नाम देखाइएको छैन। बलिउड हंगामाले फिल्म क्षेत्रमा नातावादको वहस चर्किएका कारण नेट्फ्लिक्सले क्रेडिट लाइन हटाएको जनाएको छ। फिल्मका निर्माता रहेका करण जौहर 'नेपोटिज्म'को विवादमा छन्। उनले बलिउड स्टार किडलाई मात्र आफ्नो फिल्ममा ब्रेक दिएको र प्राय कलाकार…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोली(पुरुष)को गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटीले जापानका हिरो मित्सुमरोको स्थानमा मल्ललाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो। मल्ललाई उनको समयताको उत्कृष्ट गोलकिपरका रुपमा लिइने गरिन्थ्यो। आर्मीका पूर्व कप्तान तथा गोलकिपरसमेत रहिसकेका मल्लले नेपाली राष्ट्रिय टोलीबाट सन् २००५ देखि २०१३ सम्म खेलेका थिए। उनले एएफसीबाट लेभल १ गोलकिपिङ कोचिङ…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको छ। प्रचण्ड मंगलवार दिउसो गौतम निवास पुगेका थिए। प्रचण्ड र गौतमबीच ४० मिनेट कुराकानी भएको गौतम निकट स्रोतले जानकारी दियो। छलफलमा के भयो भन्ने खुलाइएको छैन। वामदेवलाई आफूतिर तान्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड लागि परेका छन्। गत वैशाख १३ गते…
भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सोमवार मात्र ५२ हजार ५० जनामा संक्रमण पुष्टि भएको हो भने ८ सय ३ जना मानिसको संक्रमणकै कारण मृत्यु भएको छ। लगातार छैटौं दिन भारतमा ५० हजारभन्दा बढी नयाँ केस देखिएको हो। हालसम्म भारतमा १८ लाख ५५ हजार ७ सय ४६…
कैलाली : मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका धनगढीका दुई किशोरको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्कास्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज भेटिएको हो। वडाध्यक्ष विजयराज जोशीले बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दुरीमा किशोरद्वय मृत फेला परेको बताए। उनीहरुको शव परीक्षणका…
काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत सांस्कृतिक पर्व ‘गाइजात्रा’लाई विधि पुर्याएर घरमै मनाउन आग्रह गरेका छन्। यो पर्व एक वर्षभित्र देहावसान आफन्तको सम्झना र दुःख विर्साउन धुमधामसँग मनाउने चलन भए पनि यस्तो विषम परिस्थितिमा भिडभाड नगरी मनाउन उनले आग्रह गरेका हुन्। ‘यो जात्रा आफूलाई मन पराउने वा आफूले मन पराउने देहावसान आफन्तको पीडा विर्साउने परम्पराका रुपमा मनाउने चलन छ,’…
काठमाडौं : एक साता अघिमात्र महावौद्धमा व्यवसाय गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमण देखियो। उनी नेपाली थिएनन्। लकडाउन र सीमा बन्द भएकै अवस्थामा उनी काठमाडौं आइपुगेर व्यापार व्यवसाय चलाउन थालिसकेका थिए। भारतसँगको सीमादेखि काठमाडौंसम्म सबैतिर कडा गरेको सरकारी दावी कति कमजोर छ भन्ने दृष्टान्त दिन यो केस पर्याप्त छ। अहिले दैनिक ५० हजारभन्दा धेरै संक्रमित रेकर्ड गर्न थालेको ६ दिन भइसक्यो…
नयाँ दिल्ली : भारतको कर्नाटकका पूर्व मुख्य मन्त्री तथा कांग्रेस नेता सिद्धरमहियाले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्। ट्विटरबाट उनले संक्रमण भएको र उपचारका लागि अस्पताल भर्ना भएको जानकारी गराएका हुन्। 'मेरो परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको छ र चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु। मसँग सम्पर्कमा आउनु भएका सबैजनालाई क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आग्रह गर्छु,' उनले ट्विटमा…
इन्डियन प्रिमियर लिग आइपीएलमा चिनियाँ प्रायोजकलाई निरन्तरता दिने आइपीएल गभर्निङ काउन्सिलको निर्णयविरुद्ध भारतमा तीव्र विरोध सुरु भएको छ। सामाजिक सञ्जालमा त यसको आलोचना चलिरहेको छ नै राष्ट्रिय स्वयंसेवक संघसँग आबद्ध स्वदेशी जागरण मञ्च तथा कन्फिडरेसन अफ इन्डियन ट्रेडर्स (केइट) लगायतले पनि औपचारिक रुपमै विरोध गरिरहेका छन्। पछिल्लो समय भारत र चीनबीच तनावको अवस्था छ। जसमा जुन १५ मा चिनियाँ सैनिकको आक्रमणमा…
नयाँ दिल्ली : भारतले चिनियाँ प्रभावशाली सर्च इन्जिन बैदु सर्च र सोसल साइट विभोलाई ब्लक गरेको छ। विभो सन् २००९ मा सुरु भएको हो जसका ५० करोड प्रयोगकर्ता रहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि तीमध्ये एक हुन् जसले सन् २०१५ मा चीनको भ्रमणमा जानुअघि यसको प्रयोग थालेका थिए। चीनसँग सम्बन्ध चिसिँदै गएपछि मोदीले यसको प्रयोग बन्द गरेका छन्। बैदु…
काठमाडौं : साउन ८ गते राति काठमाडौंको बाफलमा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेको घटना योजनाबद्ध रुपमा भएको पुष्टि भइसकेको छ। प्रहरीले अभियुक्तको साविति बयान, घटनामा प्रयोग भएको एसिडको बोतल, सीसी क्यामरा फुटेज तथा केही प्राविधिक पक्षलाई आधार बनाएर घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीले रौतहट लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने ४७ वर्षीय मोहम्मद आलम र भारत…