PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • नेपालको रामसँग आत्मीय सम्बन्ध, मन्दिर निर्माणको खबर सुनेर सुखद अनुभूति भइरहेको होला : मोदी

    नेपालको रामसँग आत्मीय सम्बन्ध, मन्दिर निर्माणको खबर सुनेर सुखद अनुभूति भइरहेको होला : मोदी

    भारतको उत्तर प्रदेशस्थित राम मन्दिर निर्माणका लागि शिलान्याश (भूमि पुजन) कार्यक्रम सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ट अथितिको उपस्थितिमा बुधवार शिलन्याश गरिएको हो। शिलन्याश समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले शताब्दीदेखिको पर्खाई समाप्त भएको बताए। ‘पूरा भारत राममय भएको छ। पूरा देश रोमाञ्चक भएको छ। हरेक मन दीपमय छ। पूरा भारत भावुक छ। सदियौंको पर्खाई आज समाप्त भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • तुल्सीलाल प्रतिष्ठानमा जसपा कार्यकारिणी समितिको बैठक

    तुल्सीलाल प्रतिष्ठानमा जसपा कार्यकारिणी समितिको बैठक

    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।   बुधवार राजपा र समाजवादी पार्टीको एकीकरणपछि बनेको जसपा कार्यकारिणीको पहिलो बैठक बसेको हो। बालकुमारीस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको जसपाका नेता केशव झाले जानकारी दिए । तुल्सीलाल अमात्य नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता हुन्। कार्यकारिणी समितिमा ५१ सदस्य छन्। बैठक ६ दिन चल्ने…

    विस्तृतमा पढ्नुस्

  • जटिल बन्दै सुशान्त सिंह राजपूतको केस, केन्द्र सरकारले सीबीआईलाई दियो अनुसन्धान गर्ने अनुमति

    जटिल बन्दै सुशान्त सिंह राजपूतको केस, केन्द्र सरकारले सीबीआईलाई दियो अनुसन्धान गर्ने अनुमति

    भारत केन्द्र सरकारले अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु बारे केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई जाँच गर्ने अनुमति दिएको छ। सालिसिटर जनरल तुषार मेहताले उक्त जानकारी त्यहाँको सर्वोच्च अदालतलाई दिएका छन्। जसका लागि बिहार सरकारले सिफारिस गरेको थियो। मंगलवार सुशान्तका बुवा केके सिंहले सिबीआई जाँचको माग गरेका हुन्। लगत्तै बिहारका मुख्यमन्‍त्री नितीश कुमारले केन्द्र सरकारलाई सिफारिस पत्र पठाएका थिए। बिहार प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तसिंह राजपुत आत्महत्या मुद्दा सिबीआईलाई हस्तान्तरण

    सुशान्तसिंह राजपुत आत्महत्या मुद्दा सिबीआईलाई हस्तान्तरण

    बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अब केन्द्रीय अन्वेषण ब्यूरो (सिबीआई)ले अनुसन्धान गर्ने भएको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले सुशान्तको मुद्दा सिबीआईलाई हस्तान्तरण गरेको छ। मंगलवारमात्रै नितीश कुमार नेतृत्वको बिहार सरकारले सिबीआई जाँचका लागि केन्द्र सरकारलाई सिफारिस गरेको थियो। उक्त सिफारिसलाई स्वीकार गर्दै केन्द्र सरकारले सुशान्तको मुद्दा सिबीआईलाई जिम्मा लगाएको हो। सिबीआईलाई अनुसन्धानको जिम्मा दिएको जानकारी सर्वोच्च अदालतमा गराइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको प्रभाव : सिंहदरबार प्रवेशमा थप कडाई

    कोरोना संक्रमणको प्रभाव : सिंहदरबार प्रवेशमा थप कडाई

    काठमाडौं : पछिल्लो समय प्रहरीभित्र कोरोना संक्रमितको सङ्ख्या थपिदै गएपछि सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ। अत्यआवश्यक कामबाहेक अन्य व्यक्तिहरुलाई भेटघाट तथा अनावश्यक रुपमा नआउन आग्रह गरिएको छ। 'सिंहदरबारमा पूर्ण प्रवेश नै रोक लगाएको भने होइन। अनावश्यक रुपमा पनि मानिस भेट्न, गफ गर्न आउने गर्छन्। त्यस्तो नगर्नुहोला मात्र भनेका हौं,' गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले भने। सिंहदरबारभित्र रहेका मन्त्रालयमा पनि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसका कारण ७ लाख बढीको मृत्यु, प्रत्येक १५ सेकेन्डमा १ जनाले गुमाउँदै छ ज्यान

    कोरोना भाइरसका कारण ७ लाख बढीको मृत्यु, प्रत्येक १५ सेकेन्डमा १ जनाले गुमाउँदै छ ज्यान

    दूनियाँभर कोरोना भाइरसका कारण मर्नेको संख्या ७ लाखभन्दा बढी भइसकेको छ। अमेरिका, ब्राजिल, भारत र म्याक्सिकोमा मर्नेको संख्या बढ्दो छ। रोयटर्सले जनाए अनुसार महामारी यता हरेक दिन करिव ५९ हजार मानिसको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भइरहेको छ। दुई हप्ता यता प्रत्येक घण्टा २ सय ४७ मानिस अर्थात् हरेक १५ सेकेन्डमा एक संक्रमितको मृत्यु भइरहेको हो। अमेरिका र ल्याटिन अमेरिका…

    विस्तृतमा पढ्नुस्

  • ‘नि:शुल्क शिक्षा कमजोर होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधारे निजी आफै बन्द हुन्छन्’

    ‘नि:शुल्क शिक्षा कमजोर होइन, सामुदायिक विद्यालयको गुणस्तर सुधारे निजी आफै बन्द हुन्छन्’

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। ज्ञानोदय माध्यामिक विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेको छन् अब त्यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • एक लाख नाघ्यो सुनको मूल्य, तोलाको १ लाख १ हजार ४०० रुपैयाँ

    एक लाख नाघ्यो सुनको मूल्य, तोलाको १ लाख १ हजार ४०० रुपैयाँ

    काठमाडौः सुनको मूल्यले तोलाको एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनभन्दा १ हजार ६ सय रूपैयाँले बढेको हो। मंगलबार ९९ हजार ८ सय मा आइपुगेको थियो। यसअघि आइतबार र सोमबार प्रतितोला ९९ हजार ६ सय मा स्थिर थियो। साउन लागेयता लगातार बढेको सुनको भाउसँगै व्यवसायमा मन्दी झन…

    विस्तृतमा पढ्नुस्

  • अयोध्यामा आज हुँदै राम मन्दिरको भूमि पूजा, हिन्दुत्वको राजनीतिमा मोदीको जित

    अयोध्यामा आज हुँदै राम मन्दिरको भूमि पूजा, हिन्दुत्वको राजनीतिमा मोदीको जित

    लखनउ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राम मन्दिरको भूमी पूजा गर्दैछन्। अयोध्यामा बन्न लागेको राम मन्दिर भारतको राजनीतिको केन्द्रमा रहँदै आएको छ। हिन्दुत्वको अभियानसहित मोदीको चुनावी मुद्दा बनेको राम मन्दिर निर्माणसँगै भारतीय जनता पार्टी नयाँ चरणमा प्रवेश गर्नेछ। अयोध्यामा राम मन्दिर बनाउनका लागि भारतको सर्वोच्च न्यायालयले फैसला सुनाएको १० महिनापछि निर्माण कार्यको पहिलो प्रकृया अगाडि बढ्न लागेको हो। सन्…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीबाट अख्तियारमा छिरेको कोरोना : आयुक्तमा कोरोना नेगेटिभ, ३ सय कर्मचारीको परीक्षण हुने

    प्रहरीबाट अख्तियारमा छिरेको कोरोना : आयुक्तमा कोरोना नेगेटिभ, ३ सय कर्मचारीको परीक्षण हुने

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत निजामती कर्मचारी र प्रहरीसहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीको कार्यदलमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको हो। १३ जना प्रहरी र दुई जना आयोजमा काम गर्ने निजामती कर्मचारीमा कोरोना देखिएको हो। केन्द्रीय कार्यालयबाट विभिन्न जिल्लामा अपरेसनका क्रममा खटिएर काठमाडौँ फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको हो। पछिल्लो समय प्रहरीमा कोरोना संक्रमण बढेसँगै कन्ट्याक्ट…

    विस्तृतमा पढ्नुस्

  • सिरिजको अन्तिम खेलमा इङ्ग्लयान्डमाथि आयरल्यान्डको जित, सिरिज इङ्ग्यान्डलाई नै

    सिरिजको अन्तिम खेलमा इङ्ग्लयान्डमाथि आयरल्यान्डको जित, सिरिज इङ्ग्यान्डलाई नै

    इङ्ग्लयान्ड र आयरल्यान्डबीचको अन्तिम एकदिवसीय सिरिजमा इङ्ग्लयान्ड पराजित भएको छ। अन्तिम खेलमा पराजयको बावजुत इङ्ग्लयान्डले सिरिज २-१ ले जितेको छ। गएराति भएको सिरिजको अन्तिम खेलमा आयरल्यान्डले इङ्ग्लयान्डमाथि ७ विकेट जित हात पार्‍यो। साउथ ह्याम्टनमा भएको खेलमा इङ्ग्लयान्डले दिएको ३२८ रनको लक्ष्य आयरल्यान्डले अन्तिम बल बाँकी रहँदा ३ विकेट गुमाएर भेट्टाएको थियो। सुरुवाती ब्याटिङ गरेको इङ्ग्लयान्डका लागि इयान मोर्गानले सर्वाधिक १…

    विस्तृतमा पढ्नुस्

  • कम्तिमा ७८ को मृत्यु भयो लेबनानको विस्फोटमा, संकटकाल घोषणा गर्न मन्त्रिपरिषद डाकियो

    कम्तिमा ७८ को मृत्यु भयो लेबनानको विस्फोटमा, संकटकाल घोषणा गर्न मन्त्रिपरिषद डाकियो

    लेबनानको राजधानी बेरुत हल्लाउने गरी भएको विस्फोटमा परी कम्तिमा ७८ जनाको मृत्यु र ३ हजार ७ सय मानिस घाइते भएका छन्। बेरुतको बन्दरगाह नजिकै भएको विस्फोटले शहरमा कम्प महसुस भएको थियो जसले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मृत्यु हुनेको संख्या अझ बढ्ने अनुमान गरिएको छ। शहरको बन्दरगाह क्षेत्रमा विस्फोट भएको हो। विस्फोटको कारण खुलेको छैन। तर, विस्फोटक पदार्थ शक्तिशाली थियो।…

    विस्तृतमा पढ्नुस्

  • लेबनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट, ठूलो मानवीय क्षति भएको आकलन

    लेबनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट, ठूलो मानवीय क्षति भएको आकलन

    लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ। सन् २००५ मा हत्या गरिएका पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्यासम्बन्धी मुद्दाको फैसला आउनु केही समयअघि विस्फोट भएको हो। ठूलो संख्यामा मानवीय क्षति भएको आकलन गरिएको छ। बीबीसीका अनुसार विस्फोट शहरको एक बन्दरगाह क्षेत्रमा भएको हो। सोही क्षेत्रमा दोस्रो विस्फोट पनि भएको जनाइएको छ। विस्फोटको कारण खुल्न सकेको छैन। सार्वजनिक भएको भिडियोमा ठूलो विस्फोट…

    विस्तृतमा पढ्नुस्

  • के फेरि पूर्ण लकडाउन हुन्छ? सरकारको तयारी : सतर्कतासहितको आर्थिक गतिविधि, परिस्थिति अनुसार नियन्त्रण

    के फेरि पूर्ण लकडाउन हुन्छ? सरकारको तयारी : सतर्कतासहितको आर्थिक गतिविधि, परिस्थिति अनुसार नियन्त्रण

    काठमाडौं : लकडाउन अन्त्य भएसँगै कोरोनाको जोखिम ह्वात्तै बढेपछि सरकार पुनः जोखिम न्यूनीकरणको खोजीमा जुटेको छ। प्रदेश २ तथा उपत्यकामा संक्रमितको संख्या समुदायस्तरमा नै पुगिसकेको आशंका बढेपछि सरकारले राजनीतिक दलका नेतृत्वकर्ता तथा विज्ञसँग परामर्श शुरु गरेको छ। पछिल्ला दिनमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा पनि संक्रमण बढिरहेको छ। संक्रमण बढेपछि जोखिम नियन्त्रणबारे छलफल गर्न मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता…

    विस्तृतमा पढ्नुस्

  • लगानी बोर्डको सिइओ नियुक्तिमा प्रचण्ड असन्तुष्ट, ओलीलाई प्रश्न, ‘स्वेच्छाचारी रुपमा विवादित व्यक्तिलाई किन नियुक्ति?

    लगानी बोर्डको सिइओ नियुक्तिमा प्रचण्ड असन्तुष्ट, ओलीलाई प्रश्न, ‘स्वेच्छाचारी रुपमा विवादित व्यक्तिलाई किन नियुक्ति?

    काठमाडौँः लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरेको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच विमति देखिएको छ। मंगलबार साँझ बालुवाटारमा पार्टी विवादबारे छलफल गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टलाई नियुक्ति गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका हुन्। यस्तै, नियुक्तिप्रति वरिष्ठ नेता झलनाथ खनालले पनि असन्तुष्टि जनाए।  सोमबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई सिइओ नियुक्ति…

    विस्तृतमा पढ्नुस्

  • ३१ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि, उपत्यकामा सबैभन्दा बढी संक्रमित

    ३१ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि, उपत्यकामा सबैभन्दा बढी संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३ जना सहित देशभर २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६८७ नमुना परीक्षणका क्रममा ३१ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका रहेका छन। काठमाडौंका मात्र ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ओली-प्रचण्ड छलफलमा, खनाल र नेम्वाङ पनि सहभागी

    बालुवाटारमा ओली-प्रचण्ड छलफलमा, खनाल र नेम्वाङ पनि सहभागी

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच अहिले बालुवाटारमा छलफलमा भइरहेको छ। छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्। दुई अध्यक्षबीच गत साउन १३ गतेपछिको संवादहीनता तोड्दै आइतवार र सोमवार छलफल भएको थियो। सो…

    विस्तृतमा पढ्नुस्

  • राम मन्दिरको शिलान्यास भोलि: नेपालमा उत्सव मनाइने, भजन कीर्तन, शोभा यात्रा र दीप प्रज्वलन गर्न आह्वान

    राम मन्दिरको शिलान्यास भोलि: नेपालमा उत्सव मनाइने, भजन कीर्तन, शोभा यात्रा र दीप प्रज्वलन गर्न आह्वान

    काठमाडौं: विश्व हिन्दु परिषद् नेपालले भारतको उत्तर प्रदेशस्थित अयोध्यामा श्रीराम मन्दिर निर्माण प्रारम्भको दिनलाई उत्सवका रुपमा मनाउने भएको छ। परिषद्का राष्ट्रिय अध्यक्ष टिकाबहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहले मंगलवार विज्ञप्ति जारी गर्दै अयोध्यामा भोलि (बुधवार) राम मन्दिरको शिलान्यास (भूमि पूजन) हुने दिनलाई उत्सवका रुपमा मनाउने उल्लेख छ। विज्ञप्तिमा अयोध्यामा पुन: श्रीराम मन्दिर निर्माण हुनु सम्पूर्ण सनातनी हिन्दूहरुको लागि गौरवपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारी बीच श्रीलंकामा चुनाव : विशेष व्यवस्थापन र मतदानको तयारी

    कोरोना महामारी बीच श्रीलंकामा चुनाव : विशेष व्यवस्थापन र मतदानको तयारी

    कोरोना भाइरसको महामारी बीच श्रीलंकामा चुनाव हुने भएको छ। बुधवार त्यहाँ आम चुनाव हुन लागेको हो जसका लागि सरकारले विशेष सुरक्षा व्यवस्थापन गर्दैछ। २ सय २५ सदस्यीय संसदको चुनावको लागि ७ हजार ४ सय ५० जनाले उम्मेद्वारी दिएका छन्। करिव एक करोड ६२ लाख जनाले मतदान गर्नेछन्। बीबीसी हिन्‍दीले जनाए अनुसार ४ सय मतदाताले कोरोना भाइरस संक्रमणका कारण मताधिकार प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको छ : डोनाल्ड ट्रम्प

    अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको छ : डोनाल्ड ट्रम्प

    अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको बताएका छन्। पत्रकारसँग उनले एक साता यता नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतले कमी भएको बताएका हुन्। बीबीसीले जनाए अनुसार राष्ट्रपति ट्रम्ले अमेरिकामा संक्रमणको स्थिति सुध्रदै गएको दावी गरेका छन्। भने,'अमेरिकामा मर्ने संक्रमितको संख्या कम छ। मृतकको हकमा अमेरिका युरोपभन्दा राम्रो छ।' ट्रम्पले देशमा महामारीको अवस्था सुध्रेको भन्दै गर्दा त्यहाँ संक्रमणकै कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell