ललितपुर: खोकनामा दे: पुखु जात्रा सम्पन्न भएको छ। यस जात्रामा दे: पोखरीमा पाठी डुबाएर जात्रा गर्ने गरिन्छ। एउटा पाठीलाई रुद्रायणी मन्दिर नजिकै रहेको दे: पोखरीमा डुबाएर गरिने जात्रा पहिला निकै विवादित बनेको थियो। केही वर्षअघिसम्म त्यहाँ पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै टोकेर मार्ने गरिन्थ्यो। यसरी पाठीलाई यातना दिने गरेको कुरा उठेपछि भने २०७४ देखि खोकनावासीले यो जात्राको स्वरुप…
काठमाडौं : नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौँका चार महिलालाई कुवेतमा राम्रो तलबमा काम…
काठमाडौँः सर्वोच्च अदालतका एक चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। पुल दरबन्दीमा रहेका ती चालकमा संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो तीन जना चालकलाई संक्रमण पुष्टि भएको भन्ने समाचारको अदालतले खण्डन पनि गरेको छ। सोमबार सर्वोच्चमा १८१ जनाको स्वाब संकलन भएको थियो। जसमध्ये १८० जनाको नतिजा नेगेटिभ आएको प्रवक्ता भद्रकाली पोखरेलले बताए। उनले एक सवारी चालकलाई भने संक्रमण पुष्टि भएको…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितको सम्पर्कमा आएका उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता झाले जानकारी दिइन्। संक्रमितहरू ३५ र ३९ वर्षीय रहेको मिश्रले जानकारी दिइन्। उपमहानगरका ती दुवै जना कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको उपमेयर मिश्रले बताइन्।
भारतको तमिलनाडुस्थित कोयंबटुरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी भएको छ। विरामी परेपछि कोयंबटुर मेडिकल कलेज एण्ड हस्पिटलमा सोमवार विहान ३ बजे भर्ना भएकी ६० वर्षीया महिलाको विहान ४ बजे निधन भयो। भर्ना भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो। महिलाको साथमा छोरी अस्पतालमा थिइन्। आमाको मृत्युपछि उनी वार्डमा पुगिन्। त्यहाँ उनकी आमाको शव थियो। आमाको…
बेलायतको एबर्डिनमा कोभिड १९ को संक्रमण फैलदो छ। जसका कारण शहरमा पुन: लकडाउन घोषणा भएको छ। त्यहाँ संक्रमण फैलनुको मुख्य कारण खुला सीमा र सीमा नीतिलाई मानिएको छ। यस विषयमा त्यहाँका सांसदहरूले भने, 'महामारी बीच बनाइएका सीमा नीति गम्भीर गल्ती बन्यो।' कोरोना भाइरस संक्रमणको सेकेन्ड वेभ युरोप र एसियाबाट आएको हुनसक्ने आन्तरिक मामिला मन्त्रीद्वारा गठित सांसदहरूको समूहले बताएका हुन्। दोस्रो…
भक्तपुर: भक्तपुर नगरपालिका-२ व्यासीबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ सिद्धपोखरी बस्ने २२ वर्षीय प्रवेग श्रेष्ठ र सोही नगरपालिका-१० कमलविनायक बस्ने २१ वर्षीया रितु श्रेष्ठ रहेका छन्। मादक मादक पदार्थ सेवन गरी उनीहरु २ जना र भक्तपुर नगरपालिका-६ बस्ने २३ वर्षीय अमित अवासबीच झै-झगडा हुँदा उक्त स्थानमा महानगरीय…
काठमाडौं: लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो। कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको…
काठमाडौं : उपत्यकामा ६२ जनासहित देशभर ३८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ६ हजार ३५९ नमुनाको परीक्षणका क्रममा २७ जिल्लाका ३८१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको संख्या २१ हजार ३९० पुगेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १३० जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार १५६ जनामा डिस्चार्ज भइसकेका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधव नेपालले राजदूतले आफूलाई फकाउन नसक्ने बताएका छन्। विदेशी राजदूतले आफूलाई भेटे पनि आफू त्यसको प्रलोभनमा नपर्ने बताए। ‘धम्की काम लाग्दैन। हामीले कुरा सुन्ने हो। कुनै राजदुतले फकाउन सक्दैन,’ उनले भने। नेपालले अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीको कार्यशैलीका कारण पार्टीको विवाद बढ्दै गएको बताए। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली स्थायी…
काठमाडौं: काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। ललितपुरको बंगलामुखी आसपास केन्द्र बनाएर अपराह्न ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनका अनुसार भूकम्पको धक्का ३ दशमलव ५ म्याग्निच्युड क्षमताको रहेको छ। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको छ।
काठमाडौं: काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे। थप विवरण हेरिरहेको र केही समयमा आउने उनले बताए।
काठमाडौं: भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले दुई देशको सम्बन्धलाई आधुनिक समयअनुसार सुदृढ बनाउनुपर्ने बताएका छन्। अयोध्यामा राम मन्दिरको शिलान्याशका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको रामसँग आत्मीय सम्बन्ध माता जानकीबाट जोडिएको भन्ने अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै राजदूत आचार्यले सम्बन्धलाई बढ्दो सहयोगात्मक र सुदृढ बनाउन राम-जानकीले प्रेरणा दिइरहुन् भन्ने कामना गरेका छन्। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारण सम्बन्धमा…
काठमाडौं : देशभर कोरोना संक्रमण फैलिँदै जाँदा सर्वोच्च अदालतमा कार्यरत कर्मचारीको पनि पीसीआर परीक्षण गरिएको छ। कार्यलय सहयोगीदेखि फ्रन्टलाइनमा खटिएका कर्मचारीहरुको परीक्षण गरिएको हो। १ सय ६२ जनाको परीक्षणको लागि स्वाब पठाइएको थियो। जसमध्ये आज बिहानसम्म ८८ जनाको रिपोर्ट आइसकेको छ। रिपोर्ट आएकामध्ये सबैको रिजल्ट नगेटिभ छ। 'अहिलेसम्म रिपोर्ट आएकोमा सबैको नेगेटिभ नै आएको छ। बाँकी कुरिरहेका छौं,' सर्वोच्व अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले…
डिज्नीले अमेरिकन इपिक ड्रामा ‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने भएको छ। अमेरिकामा यसै वर्ष प्रदर्शनमा आउने फिल्म देश बाहिर भने अर्को वर्ष मात्र रिलिज हुँदैछ। जसका लागि डिस्नीले नयाँ स्ट्रिमिङ प्ल्याटफर्म ल्याउँदैछ। नयाँ प्ल्याटफर्म स्टार ब्रान्डमार्फत् सञ्चालन हुनेछ र डिज्नी प्लसमाभन्दा फराकिलो सेवा प्रदान गर्नेछ। डिज्नी प्लसमा मात्र हाल ६०.५ मिलियन सब्स्क्रायबर छन्। तर, कोरोना भाइरस महामारीका कारण डिज्नी आर्थिक…
काठमाडौं: सरकारले लकडाउन खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधिहरु पनि फाट्टफुट्ट सुरु हुन थालेका छन्। ब्याडमिन्टन, कराँते, बक्सिङ लगायतका खेलका अभ्यासहरु सुरक्षा विधि अपनाउँदै चलिरहेका छन् भने क्रिकेटका खेलाडीहरु पनि ब्यक्तिगत अभ्यासका लागि कीर्तिपुर मैदान जान थालेको धेरै भइसक्यो। यता फुटबलमा पनि विश्वकप छनोट अन्तर्गतका खेलहरु नजिकिँदै गर्दा खेलाडीलाई एन्फाले क्वारेन्टाइनमा बोलाइसकेको छ। यस्तोमा टेबल टेनिस संघले पनि बुधवारबाट खेलाडीहरुको अभ्यास…
काठमाडौं : कोभिड १९ महामारीले गर्दा पुस्तक प्रकाशन घट्दा मदन पुरस्कारका लागि आवेदन घटेको छ। चार लाख रुपैयाँ राशीको यो पुरस्कारका लागि अघिल्लो वर्ष २ सय ५७ पुस्तकको आवेदन परेकोमा यसपटक १५१ पुस्तकको आवेदन परेको थियो। आवेदन परेका पुस्तकहरुमध्येबाट मदन पुरस्कार गुठीले श्रेष्ठ सात किताब बुधवार सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधवार विज्ञप्ति जारी गर्दै 'टप सेभेन' सूची सार्वजनिक…
वीरगंज : विना तयारी लकडाउन खुला गरेसँगै पर्सा जिल्लामा संक्रमण फैलिँदै गएको छ। मास टेस्टिङलाई अगाडि बढाइएको पर्सामा नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणको मंगलवारको रिपोर्टले संक्रमणको अवस्थालाई भयावह देखाएको छ। मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा नारायणी अस्पतालको विवरण समावेश गरिएको थिएन। अबेर गरेर आएको रिपोर्ट अनुसार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो। पोजेटिभ देखिएका नमुनामध्ये…
बलिउड स्टार अमिताभ बच्चनको एक फेसबुक पोस्टमा कमेन्ट आयो : तपाईं आफ्नो केही सम्पत्ती किन असहाय वा गरिबहरूलाई दिनु हुन्न? उक्त प्रश्न गर्ने फेसबुक प्रयोगकर्ता सीमा पटेलले थप लेखेकी थिइन् : मलाई आशा छ तपाईंको थैलो अथाह प्रेम र आशिर्वादले भरिएको छ। उदाहरणीय बन्नुस्। सुझाव ठीक हो त्योभन्दा बढी महत्व व्यवहारमा उतार्नुले राख्छ। जवाफमा अमिताभ बच्चनले निकै लामो पोस्ट नै…
काठमाडौं : सरकारले साउन ७ गतेबाट देशभर लगाइएको लकडाउन खुल्ला भएको घोषणा गर्यो। तर, लामो दुरीका सवारी, आन्तरिक तथा बाह्य उडान लगायत अन्य क्षेत्रहरु भने समय सीमा तोकेर खोल्न जानकारी दिइयो। होटल व्यवसाय साउन १५ गतेबाट खुल्न थाले। तर, पछिल्लो समयमा देशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। त्यसैले केही स्थानीय प्रशासनले अझै लकडाउन लगाइरहेका छन्। केही जिल्लामा लकडाउन लगाउन…