लेबनानको राजधानी बेरुतमा मंगलवार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १३७ पुगेको छ। सो घटनामा बिहीवार बिहानको तथ्यांक अनुसार कम्तीमा ५ हजार जना घाइते भएको द गार्डियनले उल्लेख गरेको छ। दजनौँ मानिसहरु अझै हराइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्। ‘यो तथ्यांक अन्तिम होइन,’ उनले भने। घटनास्थललाई सेनाले नियन्त्रणमा लिएको छ। दुई हप्ता लामो संकाटकाल घोषणा गरिएको पहिलो दिनमै सेनाले…
काठमाडौं : अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोरोना संक्रमण रोकथाममा लकडाउन मात्रै गर्दा स्वास्थ्य सम्बन्धी अरु कारणले नागरिकको मृत्यु नहोस् भन्ने पक्षमा सरकार रहेको बताएका छन्। उनले सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कोभिड-१९ मानिसको मृत्यु हुने मुख्य ५० वटा रोगमध्ये कान्छोमा पर्ने समेत बताए। ‘लकडाउन मात्रै गरिरहँदा ५० वटा मुख्य रोगहरु जसले मान्छेलाई मार्छ, त्यो रोगमध्ये कोभिड चाहिँ कान्छोतिर…
काठमाडौं : पत्रकार एवं लेखक राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक 'कबाल्स एन्ड कार्टेल्स' सार्वजनिक भएको छ। विहीवार आयोजित कार्यक्रममा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरे। पुस्तकबारे अर्थशास्त्री विश्व पौडेलले पुस्तकले नेपालमा बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्वदेखि गणतन्त्रसम्म आइपुग्दाको परिवर्तनलाई सूक्ष्म रुपमा प्रस्तुत गरेको बताए। विश्व बैंकमा काम गर्दा राजीव…
बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले आफ्नो गल्तीका लागि फ्यानसँग माफी मागेका छन्। भर्खरै कोरोनालाई जितेर घर फर्किएका अमिताभले आफूबाट भएको गल्तीका लागि माफी मागेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय अमिताभले एक कविता शेयर गर्दै उक्त कविता आफ्ना पिता हरिवंश राय बच्चनले रचना गरेको उल्लेख गरेका थिए। तर वास्तविकता के थियो भने उक्त कविता प्रसून जोशीले रचना गरेका थिए। ट्वीटरमा भएको…
सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ गतेदेखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गर्ने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै कार्यालयले नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिस समेतको सेवा प्रवाह बन्द गर्ने जनाएको छ। बैठकले मानिसहरु जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, तालिम, जात्रा,…
काठमाडौं: राष्ट्रिय सभाका ४ वटा विषयगत समितिको सभापतिमा चार जनाको एकल उम्मेदवारी परेको छ। हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हो। उम्मेदवारको बिहीवार मनोनयन पत्र दर्ता गरिएको छ। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङको उम्मेदवारी परेको छ। गुरुङको नाम तारामान स्वारको समर्थनमा देवेन्द्र दाहालले प्रस्ताव गरेका थिए। त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीले…
झापा : बाह्रदशी गाउँपालिका-३ स्थित बस बिसौनीबाट १३ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही स्थान बस्ने २७ वर्षीय मिलन भुजेललाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनसुन्धान गरिरहेको जनाएको छ।
काठमाडौं : नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम)ले सिभिल मलको अनलाइन साझेदार बनेको छ। अब ग्यापुले मलका सबै पसलका सामान घरघरमै नि:शुल्क डेलिभरी गर्ने भएको हो। सिभिल मलका १ सय ५० वटा पसलमा चार लाख भन्दा बढी सामान उपलब्ध छन्। ग्राहकले ग्यापुको वेबसाइट वा मोबाइल एप प्रयोग गरी आवश्यक सामान अर्डर गर्न सक्नेछन्। त्यसका लागि ग्यापुको सेल्स सपोर्ट टिमको…
विराटनगर : मोरङको दक्षिणपूर्वी सीमा क्षेत्रबाट अवैध चोरी निकासी गर्न लागिएको ५ लाख रुपैयाँ बराबरको ६ हजार २ सय ५० किलोग्राम हरियो केराउ प्रहरीले बरामद गरेको छ। धनपालथान गाउँपालिका वडा नम्बर २ मा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्र पौठाबाट प्रहरीले साउन २१ गते राति साढे १० बजे केराउ बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मायागञ्ज…
काठमाडौं: बिहीवार थप ३ सय ६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ६० लाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई सय ३३ जना डिस्चार्ज भएको बताए। ६ हजार २ सय ९६ संक्रिय…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए।…
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा १० जना प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। यससँगै प्रहरी प्रधान कार्यालय नक्सालमा मात्र संक्रमितको सङ्ख्या ८५ पुगेको छ। त्यस्तै, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यारत १४ जना प्रहरीमा पनि संक्रमण देखिएको थियो। अहिले देशभर ३ सय १९…
काठमाडौं: भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर शिलान्यास (भूमि पूजन) भएको खुशीयालीमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा दिपावली गरिएको छ। बुधबार साँझ विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ क्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलन कार्यक्रममा भगवान रामको जयजयकार गरिएको थियो। कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी, शुभचिन्तक लगायत उपस्थित सर्वसाधारणहरुले हर्षोल्लासपूर्वक दीप प्रज्वलन गरेका थिए। काठमाडौंका विभिन्न…
काठमाडौं : डोल्पामा घरभित्र जबरजस्ती घुसेर किशोरीमाथि जबरजस्ती करणी गर्ने २ जना ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको जगदुल्ला गाउँपालिका-६ झ्याकोटस्थित भवन निर्माणसम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका-६ घर भएका ३१ वर्षीय कर्ण बहादुर महतरा र जगदुल्ला गाउँपालिका-४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरा पक्राउ परेका हसन्। आइतबार साँझ पीडितकै घरमा जबरजस्ती…
काठमाडौं: जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका २६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङसहित १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँर ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट…
फिल्म 'सडक २' आउँदो अगस्ट २८ देखि प्रदर्शन हुने भएको छ। बलिउड अभिनेत्री आलिया भट्ले ट्वीटरमार्फत् उक्त जानकारी दिएकी हुन्। यसअघि उक्त फिल्म पनि डिजिटल प्ल्याटफर्म डिज्नी प्लसमार्फत् प्रदर्शनमा आउने बताइएको थियो। महेश भट् निर्देशित ‘सडक २’ कोरोना भाइरस संक्रमण रोकथामका लागि बन्द गरिएका सिनेमा घरहरु खुल्ने टुंगो नभए पछि डिजिटल प्रदर्शन तय भएको थियो। फिल्ममा आलिया भट्, आदित्य रोय कपुर,…
नेटफ्लिक्सको डकुमेन्ट्री 'औड्री एण्ड डेजी'की पात्र डेजी कोलेम्यानले आत्महत्या गरेकी छिन्। उनकी आमाका अनुसार उनी बुधवार मृत भेटिएकी हुन्। प्रहरीले उनको आत्महत्या पुष्टि गर्यो। २३ वर्षीय डेजी यौन हिंसाको पीडित हुन्। सन् उनी १४ वर्षको हुँदा उनको बलात्कार भएको थियो। मिसौरीको म्यारीभिलामा एक पार्टी सकिए पछि उनलाई रक्सी खुवाएर उनीविरुद्ध दुर्व्यवहार गरिएको थियो। डेजीको बलात्कार देशव्यापी आन्दोलनको मुद्दा बनेको थियो।…
काठमाडौं: संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित सांसद प्रदीप यादवको कन्ट्याक्ट ट्रेसिङमा परेका पाण्डेको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। लेखा समितिका सचिवसमेत रहेका पाण्डे केही समयअघि सांसद यादवको टोलीमा सामुदायीक वनको अवलोकन गर्न सिन्धुली गएका थिए।
डिज्नीले अमेरिकन इपिक ड्रामा ‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने निर्णयको बेलायती सिनेमाका प्रतिनिधि संस्थाहरूले विरोध गरेका छन्। फिल्म सिनेमा घरहरूमा प्रदर्शनको तयारीमा थियो। तर, तोकिएको मितिमा संसारभर महामारी फैलियो जसको असर फिल्म क्षेत्रमा पनि पर्यो। मुलानको प्रदर्शन पनि स्थगित भयो। तीन महिनामा करिव डिज्नीलाई करिव ४.७ बिलियन डलर घाटा भएपछि फिल्म डिजिटल प्ल्याटफर्म मार्फत् नै रिलिज गर्ने घोषणा भएको हो।…
गुजरातको अहमदाबाद शहरमा रहेको कोरोना संक्रमितको लागि खोलिएको विशेष अस्पतालमा आगलागी भएको छ। श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त दूर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र अन्य पुरुष रहेका छन्। अहमदाहबादका मुख्य अग्निनियन्त्रण अधिकारी राजेश भट्टले बीबीसीलाई बताए अनुसार बिहान करिव ३ बजे आगो लागेको हो। आगलागीका कारण विद्युत सट भएको बताए। भने,'पीपीई…