PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • भारतीय हक्की टिमका कप्तानसहित ४ जनामा कोरोना संक्रमण

    भारतीय हक्की टिमका कप्तानसहित ४ जनामा कोरोना संक्रमण

    भारतीय हक्की टिमका कप्तान मनप्रीत सिंहसहित चार जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ। अभ्यासका लागि फर्कन बेंगलुरु हक्की सिविरमा गरिएको परीक्षणमा कप्तानसहित ४ जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको स्पोर्टस्ट अथोरिटी अफ इन्डिया (एसएआई) ले जनाएको छ। कोरोना पुष्टी हुने खेलाडीहरुमा कप्तान सिहंसहित सुरेन्द्र कुमार, जसकरण सिंह र वरुण कुमार रहेका छन्। कोरोना संक्रमित खेलाडीहरुले सँगसँगै यात्रा गरेको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    युरोपियन च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस महारथि रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ। इतिहाड स्टेडियममा भएको गएरातिको खेलमा २-१ ले जित निकालेको सिटीले समग्रमा ४-२ ले मड्रिडलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो। सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जिससले गोल गरे। खेलको नवौं मिनेटमै स्टर्लिङले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको…

    विस्तृतमा पढ्नुस्

  • १९१ यात्रु सवार एयर इन्डियाको विमान केरलामा दुर्घटना, जहाज दुई टुक्रा

    १९१ यात्रु सवार एयर इन्डियाको विमान केरलामा दुर्घटना, जहाज दुई टुक्रा

    एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ। भारतको दक्षिणी राज्य केरलाको एयरपोर्टमा विमान दुर्घटना भएको हो।  विमान चालकसहित दुई जनाको मृत्यु भएको समाचारहरुमा जनाइएको छ। विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको बीबीसीले उल्लेख गरेको छ। दुबईबाट आएको सो बिमान कालिकट एयरपोर्टमा भारी वर्षाका बीच दुर्घटनामा परेको भारतको उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटना स्थानीय समय अनुसार करिब ७ वजेतिर भएको हो। …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको कारोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।  प्रधानमन्त्रीको शुक्रबार बिहान स्वाब लिइएको थियो। साउन १६ गते प्रधानमन्त्रीसँग भेट गरेका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्रीको पनि स्वाब लिइएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रिपोर्ट नेगेटिभ आएको बताए। शुक्रबार बिहान बालुवाटारबाट प्रधानमन्त्रीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सुवासचन्द्र नेम्वाङ,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले पेसी तोक्ने व्यवस्था अन्त्य गर्न बारको माग, विवादास्पद फैसला अध्ययन गर्ने

    प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले पेसी तोक्ने व्यवस्था अन्त्य गर्न बारको माग, विवादास्पद फैसला अध्ययन गर्ने

    काठमाडौं : नेपाल बार एसोसिएसनले अदालतको दैनिक पेसी सूची तोक्ने प्रक्रिया फेर्न माग गरेको छ। शुक्रवार बसेको कार्यसमितिले बैठकले यसअघि उठाएको उक्त माग कार्यान्वयनका लागि माग गरेको हो। मागबारे परामर्शका लागि आइतवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पनि बार पदाधिकारीले भेट्दै छन्। दैनिक पेसी सूचीलाई अटोमेसन प्रणालीमा लैजान बारले माग गर्दै आएको छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु शीतल निवासमा

    ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु शीतल निवासमा

    काठमाडौं: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारबाट भए/गरेका काम कारवाहीबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउन मन्त्रीहरु शीतल निवास पुगेका हुन्। उपप्रम पोखरेलका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतको टोलीले शीतल निवासमा राष्ट्रपति भण्डारीलाई कोभिड-१९ महामारीविरुद्ध सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ : चार देशबाट एक हजारभन्दा बढी नेपाली आइपुगे, दुबईबाट एक नेपालीको शव पनि ल्याइयो

    कोभिड १९ : चार देशबाट एक हजारभन्दा बढी नेपाली आइपुगे, दुबईबाट एक नेपालीको शव पनि ल्याइयो

    काठमाडौं: सरकारले शुक्रवार चार देशबाट एक हजार भन्दा बढी नेपालीको उद्धार गरेर स्वदेश फर्काएको छ। कोभिड १९ महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकलाई सुरक्षित साथ स्वदेश ल्याउने सिलसिलामा आज चार देशबाट एक हजार भन्दा बढी नेपाली स्वदेश फर्किएको सरकारको कोभिड १९ विपद व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ। सीसीएससीको तथ्यांकअनुसार साउदी अरबको दमामबाट…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय नआउने शिक्षकलाई कारवाही हुन्छ, निर्देशनमा पुनर्विचार हुँदैन: शिक्षा मन्त्री

    विद्यालय नआउने शिक्षकलाई कारवाही हुन्छ, निर्देशनमा पुनर्विचार हुँदैन: शिक्षा मन्त्री

    काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठन पाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने बताएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवस्था विभागको अनुगमन : अधिकांश सवारी साधनले पालना गर्दैनन् स्वास्थ्य मापदण्ड

    यातायात व्यवस्था विभागको अनुगमन : अधिकांश सवारी साधनले पालना गर्दैनन् स्वास्थ्य मापदण्ड

    काठमाडौं : उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड-१९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ। लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ। तर, अधिकांश सार्वजनिक सवारी साधनले स्यानिटाइजर प्रयोग नगरेको पाइएको हो। यातायात व्यवस्था विभागले शुक्रवार अनुगमन गर्दा अधिकांश सवारी साधनमा स्यानिटाइजर नै थिएन। भएकाहरुमा पनि सानो बट्टा रहेको…

    विस्तृतमा पढ्नुस्

  • पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई मन्त्री भट्टराईको चेतावनी : स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस्

    पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई मन्त्री भट्टराईको चेतावनी : स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस्

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्। उनले आर्थिक लेनदेनलाई प्रशय दिएकै…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ प्रतिकार्यमा प्रगति: २५० आईसीयू बेड र भेन्टिलेटर थप, प्लाज्मा थेरापी सफल, सक्रिय केस थोरै

    कोभिड १९ प्रतिकार्यमा प्रगति: २५० आईसीयू बेड र भेन्टिलेटर थप, प्लाज्मा थेरापी सफल, सक्रिय केस थोरै

    काठमाडौं: सरकारले कोभिड १९ प्रतिकार्य प्रगति विवरण सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रवार प्रगति विवरण प्रस्तुत गरेका हुन्। सरकारले आइसीयू बेड र भेन्टिलेटर थपिएको, प्लाज्मा थेरापी सफल भएको र सक्रिय केसहरु अनुमान गरिएभन्दा थोरै भएको कुरालाई प्रगति विवरणमा राखेको छ। यस्ता छन् प्रगति: संक्रमितहरुसँग सम्पर्कमा रहेको व्यक्तिहरुको खोजी गरि प्रयोगशाला परीक्षणमा ल्याउने कार्यका लागि…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ : चार सय ६४ संक्रमित थपिए, ५ जनाको मृत्यु

    कोभिड १९ : चार सय ६४ संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं: शुक्रवार कोभिड १९ बाट ४ सय ६४ जना संक्रमित भएका छन्। ७ हजार ९ सय २६ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ६४ जनामा संक्रमण देखिएको हो। संक्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। आज ४२५ जना सक्रमित निको भएर डिस्चार्ज भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • साम्राज्ञी र आनासँग स्क्रिन शेयर गर्दै मनिष

    साम्राज्ञी र आनासँग स्क्रिन शेयर गर्दै मनिष

    नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्माको अभिनय रहने नयाँ फिल्ममा ‘प्रेम गीत ३'का हिरो मनिष राउतले काम गर्ने भएका छन्। आफ्नो पहिलो फिल्म रिलीज नहुँदै नायक राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन्। ‘प्रेम गीत ३'मा नायक प्रदीप खड्कासँग काम गरेका मनिषले आगामी चलचित्रमा प्रमुख भूमिका निभाउँदै छन्। तीनै कलाकारसँग बिहीवार सम्झौता भएको छ। सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र संक्रमित क्षेत्रमा सिल गरिने : पहिलो चरणमा न्युरोड र टेकु

    काठमाडौं उपत्यकाभित्र संक्रमित क्षेत्रमा सिल गरिने : पहिलो चरणमा न्युरोड र टेकु

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको सङख्या हेरेर संक्रमित क्षेत्रमा सिल गरिने भएको छ। आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रभावित क्षेत्रलाई हेरेर सिल गर्ने निर्णय गरेको हो। निर्णयअनुसार नै काठमाडौंको न्युरोड र टेकु क्षेत्र आजबाट सिल गर्ने तयारी गरिएको छ। त्यस्तै आज नै काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै न्युरोडको उत्तरी क्षेत्रमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका प्रधानमन्त्रीलाई ओलीको फोन, जितका लागि दिए बधाई

    श्रीलंकाका प्रधानमन्त्रीलाई ओलीको फोन, जितका लागि दिए बधाई

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई टेलिफोन गरेका छन्। आज दिउँसो फोन गर्दै ओलीले संसदीय निर्वाचनमा श्रीलंका पीपुल्स फ्रन्ट (एसएलपीपी) को दुई तिहाइ बहुमत जितका लागि प्रधानमन्त्री राजापाक्षेलाई बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले ट्वीटरमा एसएलपीपीको जितका लागि सरकार, नेपाली जनता, नेकपा र आफ्नो व्यक्तिगत तर्फबाट राजापाक्षेलाई टेलिफोन गरी बधाई दिएको उल्लेख गरेका छन्। I called Prime Minister…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका तीनवटै जिल्‍ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा दुई साताका लागि बन्द

    उपत्यकाका तीनवटै जिल्‍ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक अन्य सेवा दुई साताका लागि बन्द

    काठमाडौं: उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यआवश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ। आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको वैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्याआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।' दुई साताको लागि अत्यआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भयो,' जिल्ला प्रशासन कार्यकलय भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाका चार वटै समितिका सभापति निर्विरोध निर्वाचित

    राष्ट्रिय सभाका चार वटै समितिका सभापति निर्विरोध निर्वाचित

    काठमाडौं: राष्ट्रिय सभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका छन्। सभापतिका लागि बिहीवार चार वटा समितिमा चार जनाको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : फिल्म हल ठप्प अवस्थामा दामी एपले प्रदर्शनमा ल्यायो ४ नेपाली फिल्म

    फ्राइडे रिलिज : फिल्म हल ठप्प अवस्थामा दामी एपले प्रदर्शनमा ल्यायो ४ नेपाली फिल्म

    काठमाडौँ : दामी म्युजिक एपले नेपाली फिल्महरू प्रदर्शनमा राखेको छ। महामारी र लकडाउनका कारण सिनेमा घरहरू ठप्प रहेको अवस्थामा उक्त डिजिटल प्ल्याटफर्ममार्फत् फिल्म रिलिज भएको हो। नेपाली गीत संगीत उपलब्ध दामी म्युजिक एपले आजै (शुक्रवार)बाट फिल्म समेत प्रदर्शनमा राखेको हो। नेपालमा प्राय: नयाँ फिल्म शुक्रवारनै सार्वजनिक गरिन्छ। एपका संस्थापन सुदिप पोखरेलले भने,'महामारी बीच फ्राइडे रिलिजलाई निरन्तरता दिन लागेका हौं।' अबदेखि दामीमार्फत् हरेक…

    विस्तृतमा पढ्नुस्

  • न्युरोडका कपडा व्यापारीमा कोरोना देखिएपछि पसल तथा कार्यालय बन्द गर्न वडाको निर्देशन

    न्युरोडका कपडा व्यापारीमा कोरोना देखिएपछि पसल तथा कार्यालय बन्द गर्न वडाको निर्देशन

    काठमाडौं : व्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन्। काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै बन्द गर्न निर्देशन दिएका हुन्। न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष महर्जनले बताए। काठमाडौं महानगरपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा क्रिकेटको फाइनल खेल चलिरहँदा गोलीबारी

    पाकिस्तानमा क्रिकेटको फाइनल खेल चलिरहँदा गोलीबारी

    पाकिस्तानको पख्तुनख्वा प्रान्तको ओराक्जइ जिल्लामा बिहीवार एउटा लोकल क्रिकेट टुर्नामेन्टको क्रममा अन्धधुन्ध गोलीबारी भएको छ। यद्यपि गोलीबारीको कसैको मृत्यु नभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। ओराक्जइ जिल्लाको माथिल्लो भेगमा रहेको ड्रादर मामाजाइ क्षेत्रमा बिहीवार एम्न क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा आक्रमण भएको हो। द न्युजले प्रत्यक्षदर्शीको हवाला दिँदै ठूलो संख्यामा दर्शकहरुलगायत स्थानीय राजनीतिज्ञहरु पनि त्यहाँ उपस्थिति भएको दाबी गरेको छ। म्याच सुरु हुँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell