काठमाडौं : टेलिभिजन अन्तर्वार्ता नदिएको कारण पत्रकारद्वारा राष्ट्रिय टेलिभिजनमार्फत् अपमान भोगेकी नायिका पूजा शर्मालाई ऋचा शर्माले समर्थन गरेकी छन्। ऋचाले फेसबुक स्टाटसमार्फत् पूजाको साथ दिएकी हुन्। फिल्म पत्रकार प्रकाश सुवेदीसँगको अन्तर्वातमा देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्? तीन जना मन्त्रीको नाम भन्नुस्? सामान्य ज्ञान सम्बन्धी प्रश्नको जवाफ दिन नसकेपछि पूजा ट्रोलको शिकार बनेकी थिइन्। उक्त कार्यक्रम प्रसारण…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन्। कोभिड १९ को संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले भेटघाट बन्द गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। केही दिन अघि प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोभिड १९ संक्रमण देखिएको थियो। सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि प्रचण्डको सचिवालय, परिवारका सदस्य र अरु सुरक्षाकर्मीको परीक्षण गरिएकोमा सबैको…
काठमाडौं: पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक सञ्जालमार्फत दास आफैँले आफूलाई संक्रमण भएको पुष्टी गरेका हुन्। उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन्। उनले पछिल्लो समय स्थानीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। 'कोरोना पोजेटिभ आएको रहेछ। म सँग १५ गतेपछि सम्पर्कमा आउन हुनेहरु कृपया सुरक्षित रहनुहोला। अरुलाई पनि सुरक्षित राख्नुहोला।' दासले फेसबुकमा…
काठमाडौं : सत्याग्रही ई:ले सरकारसँग भएका पूर्व सहमति कार्यान्वयन गर्न सरकार राजि भएपछि आफ्नो २३ दिन लामो सत्याग्रह तोडेका छन्। इनफ इज इनफको ब्यानरमा २३ दिन सम्म सत्याग्रह बसेका ई: का प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबीच भएको छलपलमा कोभिड-१९ को सबल ब्यस्थापनमा केन्द्रीत सम्झौता कार्यान्वयनमा सरकारले जिम्मेवारी लिएको छ। सरकार र अभियानबीच २०७७ असार २२ गते पहिलो चरणको…
काठमाडौं : काठमाडौंको गोंगबु नजिकै टाउको काटिएको शव फेला परेको छ। टाउको काटेर शव राखिएको अवस्थामा सुटकेस फेला परेको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए। टाउको सुटकेसभन्दा केही पर फेला परेको छ। 'शवको पहिचान भइसकेको छैन। घटनाको थप अनुसन्धान गरिरहेका छौं', डिएसपी खड्काले भने।
काठमाडौं : १० दिनअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएपछि महाशाखामा कार्यरत करिव ३ सय प्रहरी क्वारेन्टाइनमा छन्। महाशाखालाई सिल गरेर क्वारेन्टाइनमा रहेकाहरुको कन्ट्रायक ट्रेसिङको आधारमा पिसिआर परिक्षण भइरहेको छ। अहिलेसम्म गरिएको पिसिआर परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय ८७ जनामा गरिएको परीक्षणमा एक जनामा रिपोर्ट पोजेटीभ आएको हो। 'अहिलेसम्म ६ जनामा…
इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तीनवटा टेस्ट सिरिजमध्ये पहिलो खेलमा इङ्ग्ल्याण्डले जित निकालेको छ। म्यानचेस्टरमा भएको खेलमा इङ्ग्ल्याण्डले पाकिस्तानमाथि ३ विकेटको जित निकालेको हो। म्याचको दोस्रो पारीमा इङ्ग्ल्याण्डले पाकिस्तानबाट कुल २७७ रनको लक्ष्य पाए थियो। जसलाई ७ विकेट गुमाएर इङ्ग्ल्याण्डले पुरा गरेको थियो। इङ्ग्ल्याण्डको जितमा क्रिस वोक्स र जोस बटलरको भूमिका महत्वपूर्ण रह्यो। बटलरले ७५ रन बनाएर आउट हुँदा वोक्सले ८४ रनमा…
काठमाडौं: पोखरामा कोभिड १९ बाट संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम क्षेत्रिय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए। साउन १७ गते कोभिड १९ भई आइसीयुमा उपचार भइरहेका पुरुषको शनिवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए। यसअघि…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकाल्यो। पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोनाले समग्रमा ४-२ को जित निकाल्यो। घरेलु मैदानमा बार्सलोनालाई क्लेमेन्ट लेनग्लेटले १० औं मिनेटमा राकेटीचको पासमा अग्रता दिलाएका थिए। खेलको २३ औं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफको अतिरिक्त समयमा…
काठमाडौं: आजदेखि उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएका छन्। काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द हुने भएको हो। शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।' हामीले दिने सेवाहरु मात्र बन्द गर्ने निर्णय भएको हो।…
काठमाडौं : सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ। कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो…
काठमाडौं : पछिल्लो २४ घण्टामा ३७८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ७ हजार ८८८ जनाको नमुना परीक्षण गर्दा ३७८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमित हुनेहरुको संख्या २२ हजार ५९२ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै संक्रमण पुष्टि भई…
काठमाडौं: शनिवार कोभिड १९ का ३ सय ७८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं सहित देशभर ३ सय ७८ थपिएको जानकारी दिए। २४ घण्टा ७ हजार ७ सय ८८ जनाको विभिन्न ल्यावमा परीक्षण गरिएको थियो। योसँगै देशभर कोरोना संक्रमितको सङ्ख्या २२ हजार ५ सय ९२ पुगेको छ। कोरोनाको कारण अहिलेसम्म ७३…
काठमाडौः केहि दिनयता देशका विभिन्न भागमा बढेको गर्मीका कारण विद्युत माग अहिले सम्मकै उच्च भएको छ। शुक्रबार देशभर करिब २८ हजार मेगावाट आवर विद्युतीय ऊर्जाको माग भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। २७ हजार ८०० मेगावाट आवर विद्युतीय ऊर्जा माग हुँदा नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट १० हजार १४६ मेगावाट आवर ऊर्जा आपूर्ति भएको छ। निजी क्षेत्रका आयोजनाबाट १२ हजार ९८४…
सरला पोखरेल हरेक आमाबुवालाई लाग्छ - छोराछोरीलाई असल संस्कार दिउँ। अभिभावकले सन्तानले पाउने संस्कार बारे सोच्नु स्वभाविक पनि हो। तर, कतिपय अवस्थामा आमाबुवा यस मामलामा चुकिरहेका हुन्छन्, अन्जानमै। लकडाउनका कारण विद्यालयहरू बन्द रहे। आम बालबालिकाले सधैँको भन्दा धेरै समय पाए, आफ्नो अभिभावकसँग बिताउन। यो समय अभिभावक र बालबच्चा दुवैका लागि अवसर बन्यो, एकअर्कालाई बुझ्ने, दूरी घटाउने। तर, उनीहरूलाई सुनेर, उनीहरूसँग…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड-१९ परीक्षण गरिएको थियो। गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन्। कोभिड-१९ देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा…
काठमाडौः प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको कोभिड-१९ रिपोर्ट नेगेटीभ आएको छ। प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि मन्त्री कार्कीको कोशी अस्पतालमा स्वाब परीक्षण गरिएको थियो। कोरोना देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।…
केही समय सामाजिक सञ्जालमा ट्रोलको विषय बनिन् अभिनेत्री पूजा शर्मा। कारण एक अन्तर्वाताको फुटेज भाइरल हुनु। जसमा उनले देशमा कति वटा प्रदेश छन्? कति वटा जिल्ला छन्? तीन जना मन्त्रीको नाम भन्नुस्? उनी अभिनेत्री हुनु र यी सामान्य प्रश्नहरूको जवाफ दिन नसक्नु आम सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बन्यो। जसबारे अभिनेत्री चुप रहिन्। प्रतिवाद गरिनन्, कुनै स्पष्टिकरण दिइनन्। तर,…
बंगलादेश फुटबल टिमका खेलाडी र प्रशिक्षक गरी १८ जनामा कोरोना संक्रमण भेटिएको छ। बन्द प्रशिक्षणका लागि बोलाइएका ३६ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। जसमा एकजना एसिस्टेन्ट कोच पनि रहेका छन्। २०२२ को कतार विश्वकप र २०२३ को चीनमा हुने एएफसी एसिया कपको तयारीका लागि खेलाडीहरुलाई राजधानी ढाका नजिकैको गाजिपुरमा क्याम्प बोलाइएको थियो। कुनै पनि खेलाडीमा…
शुक्रवार राती भारत, केरलास्थित कोझिकोड विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पाइलटसहित १५ जना यात्रुले ज्यान गुमाएका हुन्। बीबीसी हिन्दीले जनाए अनुसार विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको थियो। दुबईबाट आएको उक्त विमान भारी वर्षाका बीच दुर्घटनामा परेको भारतको उड्डयन प्राधिकरणले जनाएको छ। साँझ करिव ७ बजे अवतरण गर्न लागेको…