काठमाडौं : नेपाल चलिचत्र पत्रकार संघले रक्तदान कार्यक्रम आयोजना गर्दैछ। संघले साउन २४ गते, शनिवार बाढी पीडितहरूका लागि रगत संकलन गर्न लागेको हो। रेडक्रससँगको सहकार्यमा हुन लागेको रक्तदान कार्यक्रम सुरक्षा व्यवस्थापनसहित हुने संघका सचिव समिर बलामीले जानकारी दिए। भने,'कोरोना महामारीबीच देशभर धेरै स्थानका मानिसहरू बाढीबाट पीडित छन्। बाढीका कारण घाइते भएकाहरूका लागि रक्तदान कार्यक्रम आयोजना गरेका हौं। संक्रमण फैलन नदिने…
काठमाडौं: भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पुजन गरे। मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भूमिमा मन्दिरको शिलान्याश गर्न पुगेका मोदीलाई भूमि पूजन पुरोहित आचार्य दुर्गाप्रसाद गौतमले गराए। गौतम नेपाली नागरिक भएको तथ्य बीबीसी नेपाली सेवाले पत्ता लगाएको छ। कार्यक्रमपछि पुरोहित गौतमले अयोध्यास्थित भव्य समारोहमा मोदीलाई भूमि पुजन गराउन पाउँदा र गौरवपूर्ण ऐतिहासिक दिनको…
भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले विहीवार अभिनेत्री रिया चक्रवर्तीसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। रियाका भाइ सोविक, बुवा इन्द्रजि, आमा सन्ध्या, सुशान्तका व्यवस्थापकहरू स्यामुयल मिरन्डा र श्रुती मोदीविरुद्ध पनि उजुरी दर्ता भएको हो। उनीहरूलाई आत्महत्या दुरुत्साहन, आपराधिक षडयन्त्र, चोरी, धोका, धम्की लगायत आरोप छ। आइपिएस अधिकारी मनोज शशिधरको नेतृत्वमा सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान टोली गठन गरिएको छ।…
धनगढी : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबैभन्दा बढी कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उनले…
फ्लाइट छुटाएका कारण वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन्। ३ अगस्टको फ्लाइटबाट उनी बार्बाडोस पुगेर त्यहाँबाट टिमको चार्टड् फ्लाइटबाट ट्रिनिडाड एन्ड टोबागो जानुपर्ने थियो। तर एयरपोर्ट ढिला पुग्दा एलनको फ्लाइट छुट्यो। अर्कोतर्फ ट्रिनिडाड पुगेका सबै १६२ खेलाडी, अफिसियल्स् र एडमिनिस्ट्रेटरको कोरोना नेगेटिभ आइसकेको छ। नेपाली स्पिनर सन्दीप लामिछाने पनि साउन १५ गते प्रस्थान गरिसकेका…
गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको गीत ‘माया गरौला ओए माया गरौला’ सार्वजनिक भएको छ। गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोमा नायक पल शाह र टिकटकमा पछिल्लो लोकप्रिय कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेतीको रोमान्स देख्न सकिन्छ। प्रेम कथामा आधारित गीतमा पल नेवारी पहिरन र सुधिर मधेसी भेषमा प्रस्तुत हुन्छन्। सार्वजनिक गीतको शब्द दिनेश थपलियाले…
चीनमा हलिउड फिल्म बजार बन्द हुन नदिनका लागि हलिउडका मालिकहरूले फिल्म सेन्सर सुरु गरेका छन्। पेन नामक एक संस्थाले अमेरिकी फिल्म कम्पनीहरूले चीनको आकर्षक बक्सअफिसबाट पहुँच गुमाउन नचाहेको जनाएको हो। उक्त रिपोर्टले हलिउड फिल्मका कलाकार, फिल्मको विषयवस्तुदेखि संवाद र प्लट समेत बेइजिङको सेन्सर समूहलाई खुशी बनाउने केन्द्रित हुन थालेको छ। पेनको अध्ययनका अनुसार हलिउड चिनियाँ बक्सअफिस केन्द्रित हुन थाले पछि…
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सरकारबाट विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म सञ्चालन नगराउन निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सूचना जारी गर्दै कोभिड १९ को सङ्क्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा केही विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको भन्दै सरकारको निर्णय नआइ परीक्षा सञ्चालनसम्बन्धी कार्य नगर्न निर्देशन दिएको छ। 'कोभिड १९ को सङ्क्रमणका कारण…
श्रीलंकाका राष्ट्रपति गोटब्या राजपक्षेले त्यहाँको संसदीय चुनावमा आफ्नो पार्टीको जीत भएको घोषणा गरेका छन्। आम चुनावमा श्रीलंका पीपुल्स फ्रन्ट (एसएलपीपी)ले दुई तिहाइ बहुमतले जीतेको हो। एसएलपीपीको जीतसँगै राष्ट्रपतिका भाइ महिंदा राजपक्षे फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। महिंदाले नोभेम्बरदेखि कार्यवहाक प्रधानमन्त्री हुन्। यसअघि उनी सन् २००५ देखि २०१५ सम्म प्रधानमन्त्री थिए। पार्टीले कुल २ सय २५ मा १ सय ४५…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको कम्पनी बाइट डान्ससँगको आर्थिक लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ४५ दिनदेखि लागू हुने गरी आदेश जारी गरिएको हो। उक्त आदेशमा लेखिएको छ - अमेरिकाको राष्ट्रिय सुरक्षाको रक्षाका लागि टिकटकविरुद्ध आक्रामक कारवाही गर्न आवश्यक छ। ट्रम्पले टिकटकले अमेरिकी जनताको निजी जानकारीहरूको दूरुपयोग गरेको र चिनियाँ सरकारलाई दिएको आरोप लगाउँदै आएको छ। टिकटकले…
लेबनानमा कोरोना भाइरस संक्रमणको संख्या बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रीले बताएका छन्। राजधानी बेरुतमा भएको विष्फोट पछि त्यहाँको स्वास्थ्य सेवा तथा सुविधामा पारेको असरका कारण संक्रमण दर बढ्ने मन्त्री हमद हसनले बताएका हुन्। स्थानीय मिडियासँग उनले भने,' स्वास्थ्य सुविधामा निश्चित रूपले दबाव बढेको छ। जसको असर संक्रमण फैलनमा पर्न सक्छ।' घाइतेहरूको सहायता र सुरक्षात्मक आपूर्तिका कारण कोरोना भाइरसका संक्रमित हरूको…
काठमाडौं : बिहीवार देशभर थप ३ सय ६० जनामा कोभिड १९ संक्रमण भएको पुष्टि भयो। यी थपिएका कोरोना संक्रमिति बिरामी ४१ जिल्लाका थिए। त्यसमध्ये देशको केन्द्रीय राजधानी काठमाडौं पनि समेटियो। कुनै समय कम सङ्ख्यामा कोरोना संक्रमित देखिने काठमाडौंमा भने बिहीवार ४१ जिल्लामध्ये सबैभन्दा धेरै बिरामी भेटिए। काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। काठमाडौंसँगै सोही दिन भक्तपुर १ र ललितपुरमा…
काठमाडौं : विश्वमा कोरोना भाइरस संक्रमितको मृत्यु ७ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ७ लाख १३ हजार ४ सय ६ जना संक्रमितको मृत्यु भएको हो। सबैभन्दा धेरै मृत्यु हुने मुलुक अमेरिका हो। त्यहाँ अहिलेसम्मभ १ लाख ६० हजार ९० जनाको मृत्यु भइसकेको छ। धेरै संक्रमितको मृत्यु हुने मुलुकमा दोस्रो स्थानमा ब्राजिल छ। त्यहाँ ९८ हजार ४…
नयाँ दिल्ली : बिहीवारबाट भारत विश्वमा २० लाख भन्दा धेरै संक्रमित हुने तेस्रो मुलुक बनेको छ। अमेरिका र ब्राजिल पछि भारतमा मात्रै २० लाखभन्दा धेरै संक्रमित छन्। भारतमा १० लाख संक्रमित त पछिल्लो तीन सातामा मात्रै थपिएका हुन्। यस अवधिमा ४२ प्रतिशत संक्रमित त भारतका आन्द्र प्रदेश, कर्नाटक, उत्तर प्रदेश, पश्चिम वंगाल र बिहारबाट थपिएका छन्। उत्तर प्रदेश बिहार र…
मुम्बई : कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला परेका छन्। हसी तो फसी फिल्मका ४४ वर्षीय एक्टर शर्मालाई टेलिभिजन सो कहानी घर घरकी र वो रहेनी वाली महलोकी मा दर्शकले रुचाएका थिए। किचेनको सिलिङ फ्यानमा उनले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। पत्नीसँग छुट्टिएर लामो समयदेखि उनी एक्लै बस्दै आएका थिए। प्रहरीले कुनै सुसाइड नोट नभेटिएको जनाएको छ।…
काठमाडौँ : नेपाल बार एसोसिएसनको गत निर्वाचनमा वामपन्थी र लाकतान्त्रिक समूह दुवैका एकअर्कालाई केही संस्थागत र समान आरोप थिए। वामपन्थी समूहले तत्कालीन अध्यक्ष शेरबहादुर केसी नेतृत्वको कार्यसमितिले बारको गरिमा कायम राख्न नसकेको, न्यायलयका बेथितिमा चुप बसेको, बोल्नु पर्नेभन्दा नबोल्नुपर्ने विषयमा बोलेको लगायतका आरोप लगाए। त्यही कारणले निर्वाचनमा आफ्नो समूहलाई जिताउन अपील गरे। ठीक विपरीत लोकतान्त्रिक समूहले वामपन्थी समूह विजयी भए…
काठमाडौं : चुच्चेपाटीमा एक पुरुषले श्रीमती र छोरीलाई थिनर (एसिड) प्रहार गरेका छन्। घरायसी विवाद हुँदा श्रीमती र छोरीलाई उनले थिनर प्रहार गरेको प्रहरीले जनाएको छ। ‘श्रीमती र छोरीलाई प्रहार गरेको देखियो। थप बुझ्द्छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने। थिनर एक प्रकारको केमिकल हो। केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको छ। हेटौंडा…
काठमाडौं : वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ओपीडीमा रहेका एक चिकित्सकमा कोरोना पुष्टि भएको अस्पतालका कार्यकारी निर्देशक डा केदार सेन्चुरीले जानकारी दिए। उनीसँग सम्पर्कमा आएका अन्य पाँच कर्मचारी क्वारेन्टाइनमा रहेको र उनीहरुको पनि परीक्षण गर्न लागिएको डा सेन्चुरीले बताए। कार्यकारी निर्देशक डा सेन्चुरीले भने, ‘आजै पुष्टि भएको हो। ओपीडीमा हुनुहुन्थ्यो। उहाँको सम्पर्कमा रहेका अरु ५…
काठमाडौँः न्यायालयमा बेथिति बढ्दा समेत नेपाल बार एसोसिएसन मूकदर्शक भएको भन्दै पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले पछिल्ला दिनमा श्रृंखलावद्ध रूपमा परामर्श गरेर न्यायालय, बार, तथा सरोकारवालाले कार्यान्वयन गर्नुपर्ने विषय समेटेर एक अपिल जारी गरेका छन्। पूर्व अध्यक्षहरू हरिहर दाहाल, शम्भु थापा प्रेमबहादुर खड्का तथा वरिष्ठ अधिवक्ताहरूले गत शुक्रबारदेखि परामर्श श्रृंखला सुरु गरेका थिए। परामर्शमा वरिष्ठ…
काठमाडौं: शिक्षा मन्त्रालयले विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरण गरेर ६ बुँदे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित परिपत्रमा कोभिड १९ का…