PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • ‘डक्टर डेनिम’ले नेपाली फिल्म बनाउने, मनिष राउत मुख्य कलाकार

    ‘डक्टर डेनिम’ले नेपाली फिल्म बनाउने, मनिष राउत मुख्य कलाकार

    काठमाडौं: क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ। आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ। प्रेम कथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३' का अभिनेता मनिष राउत मुख्य भूमिकामा हुनेछन्। ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए। खोजी भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • आइरिस कपको फाइनल आज राति: कोरोनापछि ब्रिटेनको स्टेडियममा दर्शकसहितको पहिलो प्रतियोगिता

    आइरिस कपको फाइनल आज राति: कोरोनापछि ब्रिटेनको स्टेडियममा दर्शकसहितको पहिलो प्रतियोगिता

    आइरिस कपको फाइनल खेल आज राति हुँदैछ। मध्यराति १२ : ४५ बाट शुरु हुने यो खेल ब्रिटेनमा विशेष हुनेछ किनभने मार्च पछि ब्रिटेनमा दर्शकको उपस्थितिमा खेलाइने यो पहिलो खेल हुनेछ। विन्डसोर स्टेडियममा हुने खेलमा ज्लेन्टोरन र बल्लिमेना युनाइटेड आमनेसामने हुनेछन्। आइरिस फुटबल संघले अघिल्लो हप्ता सीमित दर्शकहरुलाई मैदानमा उपस्थित हुन दिने घोषणा गरेको थियो। जसअनुसार १८ हजार ५ सय जनाको क्षमता भएको स्टेडियममा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा बढ्दो कोरोना संक्रमण : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना

    प्रहरीमा बढ्दो कोरोना संक्रमण : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना

    काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत थप १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यससँगै हेर्डक्वाटरमा मात्र ७२ जनामा संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीको अस्पताल महाराजगंजमा भएको परीक्षणमा थप १८ जनामा कोरोना पोजेटिभ भएको जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए। 'आज थप १८ जनामा कोरोना देखिएको जानकारी आएको छ,' एसएसपी कठायतले भने। बिहीवार दुई चरणमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सागमा स्वर्ण जितेका खेलाडीलाई आज सम्मान गर्दै

    कांग्रेसले सागमा स्वर्ण जितेका खेलाडीलाई आज सम्मान गर्दै

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका खेलाडीलाई आज सम्मान गर्दैछ। कांग्रेसको खेलकुद विभागले आज साढे २ बजे सानेपास्थित पार्टी कार्यालयमा खेलाडी सम्मान गर्ने भएको हो। यसअघि साउन ६ मा पत्रकार सम्मेलन गर्दै मोहन बस्नेतको संयोजकत्वमा रहेको विभागले खेलाडी सम्मान गर्ने घोषणा गरेको थियो। स्वर्ण जितेका खेलाडीहरुको सन्दर्भमा एउटा जित्नेलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना

    ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएको छ। शंका लागेर परीक्षण गर्दा दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको एक प्रहरी अधिकृतले जानकरी दिए। 'दुई जनामा पुष्टि भइसकेको छ। उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छौं,' ती प्रहरी अधिकृतले भने। दुई प्रहरीमा कोरोना देखिएपछि उनीहरु बस्दै आएको शाखा सिल गरिएको छ। संक्रमितलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • ऋण तिर्न नसकेपछि अपहरणको 'नाटक'

    ऋण तिर्न नसकेपछि अपहरणको 'नाटक'

    सिन्धुपाल्चोकः अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन्। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको देखिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। उनलाई अपहरणको 'नाटक' गरी झुटा अफवाह फैलाइ समाजमा नकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • बसले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

    बसले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

    काठमाडौं : चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले बिहीवार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट धेरै मृत्यु हुनेको सूचीमा भारत एक कदम अगाडि, इटालीलाई उछिन्यो

    कोरोनाबाट धेरै मृत्यु हुनेको सूचीमा भारत एक कदम अगाडि, इटालीलाई उछिन्यो

    नयाँ दिल्ली : भारतमा कोरोना भाइरसको एकै दिन ५४ हजार नयाँ केस र ७ सय ८६ मृत्यु दर्ता भएको छ। संक्रमित संख्या र मृत्यु दुवैमा भारतको यो अर्को रेकर्ड हो। पछिल्लो सात दिनमा भारतमा ५ हजार मानिसले ज्यान गुमाएपछि यहाँ मृत्यु हुनेको संख्याले ३५ हजारको सीमा पार गरेको छ। मृत्यु संख्याका आधारमा भारत विश्वका पाँचौं खराब मुलुकको सूचीमा उक्लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले विपदमा परी मृत्यु हुनेका परिवारलाई २ लाख रुपैयाँ राहत दिने

    सरकारले विपदमा परी मृत्यु हुनेका परिवारलाई २ लाख रुपैयाँ राहत दिने

    काठमाडौं : सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। परिवारमा एकजना सदस्यको विपदमा परी मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए। राहत वितरण गर्दा कतै दोहोरीने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ अधिवक्ताको उपाधिका लागि अब निवेदन हाल्न पाउने, यस्तो छ सर्वोच्चले पारित गरेको मापदण्ड

    वरिष्ठ अधिवक्ताको उपाधिका लागि अब निवेदन हाल्न पाउने, यस्तो छ सर्वोच्चले पारित गरेको मापदण्ड

    काठमाडौँः सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी मापदण्ड तयार पारेको छ। २०७६ माघ २७ गतेको बैठकबाट मापदण्ड पारित भएको हो। तर, सरोकारवालाको जानकारीका लागि भन्दै मापदण्ड बिहीबारमात्र सार्वजनिक भएको छ। तर, पारित भएकै मितिबाट लागू हुने मापदण्डमा नै उल्लेख छ। कार्यान्वयनका आएको साढे पाँच महिनापछि मापदण्ड सार्वजनिक भएको हो। करिब ६ महिना लामो परामर्शपछि मापदण्ड स्वीकृत भएको हो। सार्वजनिक मापदण्ड अनुसार उपाधि…

    विस्तृतमा पढ्नुस्

  • रञ्जन कोइरालाविरुद्धको मुद्दा शीघ्र सुनुवाइ होस्ः पूर्व न्यायाधीश फोरम

    रञ्जन कोइरालाविरुद्धको मुद्दा शीघ्र सुनुवाइ होस्ः पूर्व न्यायाधीश फोरम

    काठमाडौँः पूर्व न्यायाधीश फोरमले रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्धको पुनरावलोकन निवेदनको शीघ्र सुनुवाइ गर्न आग्रह गरेको छ। प्रधानन्यायाधीश र केही न्यायाधीशको कार्यसम्पादनको विषयले समग्र न्यायपालिकाप्रतिकै जनआस्थामा प्रश्न उठाइनु गम्भीर भएको फोरमको निष्कर्ष छ। फोरमका उपाध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै पुनरावलोकन अनुमति पाइसकेको हकमा मुद्दाको शीघ्र सुनुवाइ गर्न आग्रह गरेका हुन्।  विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादनमा संलग्न न्यायाधीशहरु मध्ये प्रधानन्यायाधीशको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मेयर सरावगीलाई कोरोना पुष्टि, काठमाडौँमा 'होम आइसोलेसन'मा

    वीरगंजका मेयर सरावगीलाई कोरोना पुष्टि, काठमाडौँमा 'होम आइसोलेसन'मा

    वीरगंजः वीरगंजका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आएपछि उपचारका लागि सरावगी काठमाडौँ आएका थिए। परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। उनी सोमबार काठमाडौँ आएका थिए। स्टार हस्पिटलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। बिहीबार रिपोर्ट आएको थियो। हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए। सरावगीले आफ्नो फेसबुकमा पनि आफू…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रुपमा बन्द

    उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रुपमा बन्द

    काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि पूर्ण रुपमा बन्द हुने भएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै उपत्यका भित्रिने यात्रुहरुमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अर्को आदेश नभएसम्मका लागि सो समयमा अत्यावश्यक सेवा र ढुवानी बाहेक अन्य आवतजावत पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।। देशका विभिन्न स्थानबाट उपत्यका प्रवेश गर्नेहरुको नाकामा कोभिड-१९…

    विस्तृतमा पढ्नुस्

  • राखेप बोर्ड सदस्यमा ६ जना मनोनीत, काे-को परे?

    राखेप बोर्ड सदस्यमा ६ जना मनोनीत, काे-को परे?

    काठमाडौँ: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना बोर्ड सदस्य मनोनीत गरेको छ। राखेपका अध्यक्षसमेत रहेका मन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रबाट ६ जनालाई मनोनयन गरेका हुन्। मनोनीत हुनेमा खेलकुद विज्ञ, प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञ रहेका छन्। जसमा रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, गोविन्दप्रसाद भट्टराई रहेका छन्। साथै अन्य क्षेत्रबाट…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन अन्त्यपछि उपत्यका प्रवेश गर्ने साढे तीन हजारमध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि

    लकडाउन अन्त्यपछि उपत्यका प्रवेश गर्ने साढे तीन हजारमध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : लकडाउन खुलेसँगै काठमाडौं उपत्यका भित्रिएका २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुको थ्रोट स्वाब संकलन गरी परीक्षण गरेको थियो। परीक्षण गरिएका मध्ये २४ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयले काठमाडौं प्रवेश गर्ने तीन वटा नाकामा शिविर खडा गरी स्वाब संकलन गरेको थियो। १०…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगाएर बेपत्ता भएका एक बालकको शव फेला

    बाढीले बगाएर बेपत्ता भएका एक बालकको शव फेला

    कैलाली : बाढीले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ। बुधवार दिउँसो बेपत्ता भएका कैलालीको भजनी नगरपालिका-८ जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव बिहीवार फेला परेको हो। भजनीकै काडाँ ढिक भन्ने ठाउँमा बगेको स्थानबाट झण्डै तीन किलोमिटर टाढा उनको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। बुधवारनै बेपत्ता भएका भजनी ८ खौरपुरका ४० वर्षीय ईश्वर शाह र ३३…

    विस्तृतमा पढ्नुस्

  • नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको प्रस्ताव

    नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने तय भएको राष्ट्रपतीय चुनाव सार्न प्रस्ताव गरेका छन्। ट्रम्पले पोस्टल भोटिङबाट नतिजा गलत आउन सक्ने भन्दै निर्वाचन सार्ने प्रस्ताव गरेका हुन्। उनले बिहीवार ट्विट गर्दै नागरिकले उचित तथा सुरक्षित तवरले भोट हाल्न मिल्ने अवस्था नआउन्जेलको लागि चुनाव सार्न सुझाव दिएका छन्। कोरोना भाइरसका कारण जनस्वास्थ्यलाई ध्यानमा राख्दै हुलाकमार्फत भोटिङको व्यवस्थालाई सहज गरिएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • १५ केजी सुन बरामद घटनाका अपरेसन कमाण्डर डीएसपीलाई वृत प्रमुखबाट हटाइयो

    १५ केजी सुन बरामद घटनाका अपरेसन कमाण्डर डीएसपीलाई वृत प्रमुखबाट हटाइयो

    काठमाडौं : महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई वृत प्रमुखको जिम्मेबारीबाट हटाइएको छ। कमलादीमा बरामद भएको भनिएको १५ केजी सुन र दुईवटा हतियार घटनामा छानबिन गर्न उनलाई पदबाट हटाइएको बताइएको छ। मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो गाडी कृष्ण पाउरोटीबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीलाई देखेपछि नरोकी हुइँकिएको उक्त…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला प्रशासन कार्यालय मोरङको सूचना : स्वास्थ्य मापदण्डहरु पालना नगर्नेलाई कारबाही गरिने

    जिल्ला प्रशासन कार्यालय मोरङको सूचना : स्वास्थ्य मापदण्डहरु पालना नगर्नेलाई कारबाही गरिने

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्डहरु पालना नगर्नेलाई कारबाही गर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन समितिको बुधवारको बैठकले सो निणय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। बैठकले कोभिड-१९ को बढ्दो संक्रमणलाई नियन्त्रण गर्न न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको छ। सो आदेशको…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीको विकल्प छैन : लेखराज भट्ट

    केपी ओलीको विकल्प छैन : लेखराज भट्ट

    काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्। रिपोर्टर्स क्लबमा बिहिवार भएको कार्यक्रममा भट्टले स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए। बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताउदै आएका छन्। ‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिनँ। हामीले नेपालको अहिलेसम्मको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell