PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • कलेजो प्रत्यारोपण गरेका नाबालकको उपचारमा विश्व हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सनाको ५५ हजार सहयोग

    कलेजो प्रत्यारोपण गरेका नाबालकको उपचारमा विश्व हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सनाको ५५ हजार सहयोग

    काठमाडौं: विश्व हिन्दू महासंघका उपाध्यक्ष ज्योत्सना साउदले कलेजो प्रत्यारोपण गरेका बैतडीका नाबालक शिवांश अवस्थीको उपचारका लागि ५५ हजार रुपैयाँ सहयोग गरेकी छन्। उपाध्यक्ष साउदले उक्त रकम बिहीवार शिवांशका पिता महेशप्रसाद अवस्थीलाई भैंसेपाटीस्थित निवासमै बोलाएर हस्तान्तरण गरेकी छन्। रुडुक नेपालकी महासचिवसमेत रहेकी साउदले नाबालकको कलेजो प्रत्यारोपणपछिको उपचारमा मद्दत पुगाउन थोरै भए पनि सहयोग गरेको बताइन्। ज्योत्सना नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डकी नातिनीको गीत ‘मायालु तिमी कता छौं – २’ मा पल र स्वस्तिमाको जोडी

    प्रचण्डकी नातिनीको गीत ‘मायालु तिमी कता छौं – २’ मा पल र स्वस्तिमाको जोडी

    स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘मायालु तिमी कता छौं – २ (सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ। स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्। गीतमा कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ। गज्जब टिभी युट्युब च्यानलमार्फत म्युजिक भिडिया सार्वजनिक गरिएको छ। गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन्। संगीत गायक शिवाकोटीले नै दिएका…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको सर्भर ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेको आरोपमा सहरी विकास कार्यालयका कर्मचारी समातिए

    टेलिकमको सर्भर ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेको आरोपमा सहरी विकास कार्यालयका कर्मचारी समातिए

    काठमाडौं : नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी)को टोलीले  धनकुटा नगरपालिका ४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधवार पक्राउ गरेको हो। उनी सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत भएको खुलेको छ। उनले नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार बैठक अघि प्रचण्ड निवासमा ६ सचिवालय सदस्यको भेला

    बालुवाटार बैठक अघि प्रचण्ड निवासमा ६ सचिवालय सदस्यको भेला

    काठमाडौं : पार्टीको विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सचिवालय सदस्यले बिहीवार बिहान छलफल गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल सहभागी थिए। शुक्रवारवारको स्थायी कमिटी बैठक रोक्न नहुने विषयमा छलफल भएको सहभागी एक सदस्यले…

    विस्तृतमा पढ्नुस्

  • राजकुमार रावको फिल्म ‘लुडो’ नेटफ्लिक्समा रिलिज हुने

    राजकुमार रावको फिल्म ‘लुडो’ नेटफ्लिक्समा रिलिज हुने

    राजकुमार राव र फातिमा सना शेखको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘लुडो’ नेटफ्लिक्समा रिलिज हुने भएको छ। राजकुमारले इंस्टाग्राममार्फत फिल्मको एक दृश्य सार्वजनिक गर्दै नेटफ्लिक्समा चाँडै रिलिज हुने जानकारी दिएका छन्। उनले लुडोमा ४ खेलाडीको कथा रहेको उल्लेख गरेका छन्। फिल्मलाई अनुराग बसुले निर्देशन गरेका छन्। फिल्ममा अभिषेक बच्चन, सान्या मल्होत्रा, आदित्य राय कपूर, पकज त्रिपाठी, रोहित सराफ र टिभी…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ९९ लाखसहित दुई जना पक्राउ : ७३ लाख कारबाट र २५ लाख घर तथा पसलबाट बरामद

    स्रोत नखुलेको ९९ लाखसहित दुई जना पक्राउ : ७३ लाख कारबाट र २५ लाख घर तथा पसलबाट बरामद

    रुपन्देही : रुपन्देहीमा स्रोत नखुलेको ९९ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको सिद्धार्थनगर नगरपालिका ६ बाट सशस्त्र प्रहरी बल ४३ नम्बर गुल्म र राजश्व अनुसन्धान कार्यालयका कर्मचारीको टोलीले स्रोत नखुलेको ९९ लाख २ हजार ५ सय रुपैयाँसहित मंगलबार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ बस्ने ३८ बर्षिय सुनिल सुनार र ३७…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री ओली

    सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गरिने बताएका छन्। कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सार्मथ्यअनुरुप समाधानमा अग्रसर रहने बताए। ‘कोभिड–१९ को महामारीपछि…

    विस्तृतमा पढ्नुस्

  • चीनमा रोजगार बजार सुधारतर्फ : चिन्ता नयाँ ग्राजुएटको

    चीनमा रोजगार बजार सुधारतर्फ : चिन्ता नयाँ ग्राजुएटको

    कोभिड-१९ पान्डेमिकका कारण विश्व अर्थतन्त्रमा नकरात्मक असर परेको छ। चीनबाट २०१९ को डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। चीन विस्तारै कोरोना भाइरसलाई परास्त गर्दै पुरानो लयमा फर्किँदै गएको छ। पछिल्लो चिनियाँ सर्भे अनुसार जुनमा चीनमा बेरोजगारी दर ५.७ प्रतिशत रहेको छ। सो दर गत मेको तुलनामा ०.२ प्रतिशतले बढि हो। सर्वेक्षणले आन्तरिक रोजगारीले विस्तारै आफ्नो गति…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज कारागारमा महिला कैदीको मृत्यु

    वीरगंज कारागारमा महिला कैदीको मृत्यु

    वीरगंज: वीरगंजस्थित नारायणी अस्पतालमा एक कैदीबन्दी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ। पर्सा जिल्ला अदालतको फैसला अनुसार लागुऔषध (खैरो हिरोइन) मुद्दामा १५ बर्ष कैद र रु ५ लाख जरिवानाको सजाय भुक्तान गरिरहेकी वीरगंज–१५ बस्ने वर्ष ४९ की कान्ति भनिने सविला खातुनको गएराति साढे ११ बजे उपचारको क्रममा मृत्यु भएको हो। १५ बर्ष कैद भुक्तानी गरिसकेकी निज मृतक जरिवाना बापत…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरमा अहिलेसम्मकै ठूलो साइबर हमला : पूर्व राष्ट्रपति ओबामादेखि बिल गेट्ससम्मका अकाउन्ट ह्याक

    ट्वीटरमा अहिलेसम्मकै ठूलो साइबर हमला : पूर्व राष्ट्रपति ओबामादेखि बिल गेट्ससम्मका अकाउन्ट ह्याक

    अमेरिकी राष्ट्रपति चुनावका प्रतिस्पर्धी जो बाइडेनसहित, पूर्व राष्ट्रपति बाराक ओबामा, अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको ट्वीटर एकाउन्ट ह्याक भएको छ। ट्विटरले यो आक्रमण आफ्ना केही कर्मचारीहरुलाई निसानामा पारेर उनीहरुको सिस्टम मार्फत् कम्पनीको आन्तरिक टुल प्रयोग गरेर भएको बताएको छ। बिटकोइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्वीटर एकाउन्ट निशाना बनाएका हुन्। ह्याकरले अर्बपतिका ट्वीटर एकाउन्ट ह्याक गरी त्यसमा बिटकोइन मार्फत्…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायी र मजदूरलाई प्रचण्डले भने : राहतका लागि पार्टी र सरकारसँग छलफल गर्छु

    यातायात व्यवसायी र मजदूरलाई प्रचण्डले भने : राहतका लागि पार्टी र सरकारसँग छलफल गर्छु

    काठमाडौं : यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले बिहीवार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए। सो अवसरमा अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यसलाई उच्च प्राथमिकतामा…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद विकास ऐनले ल्याएको प्रावधानबारे दीपक विष्टको प्रश्न : हामी कस्तो अभ्यास गर्न खोज्दैछौं?

    खेलकुद विकास ऐनले ल्याएको प्रावधानबारे दीपक विष्टको प्रश्न : हामी कस्तो अभ्यास गर्न खोज्दैछौं?

    काठमाडौं:  लकडाउनकै बीच सरकारले खेलकुद विकास ऐन ल्यायो। यसले खेलकुदमा एउटा अन्योलको अवस्था सिर्जना गरेको छ। ऐन कार्यन्वयनमा आएसँगै सदस्य सचिवलगायतका राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पदाधिकारीहरु स्वत पदमुक्त भए। र, आर्थिक वर्षको अन्तिम समयमा खेलकुद मन्त्रालयले सदस्य सचिव कार्यवाहक तोकियो। त्यस्तै परिषद् र संघ दुबैतर्फ आबद्ध हुन नपाउने नियमका कारण एकापट्टी राजीनामा दिने ट्रेन्ड पनि अहिले चलेको छ। यस्तैमा तेक्वान्दोका पूर्व खेलाडी तथा प्रशिक्षक दीपक…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले फेरे चुनावी क्याम्पेनका म्यानेजर, ४ महिनामा हुँदैछ निर्वाचन

    ट्रम्पले फेरे चुनावी क्याम्पेनका म्यानेजर, ४ महिनामा हुँदैछ निर्वाचन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी क्यापेनका म्यानेजर ब्राड पार्स्केललाई हटाएका छन्। आगामी निर्वाचनको जोडतोड चलिरहेकै बेलामा ट्रम्पले बिल स्टेफनलाई पार्स्केलको ठाउँमा ल्याएका छन्। चुनाव हुन ४ महिना भन्दा कम समयमात्र बाँकी रहँदा चुनावी रणनीतिकार परिवर्तन गरेका हुन् उनले। ट्रम्प र पार्स्केलबीचको सम्बन्ध पछिल्लो महिना तनापूर्ण रहँदै आएको छ। गत महिनामा टुल्सामा आयोजति चुनावी र्‍यालीमा मानिसहरुको सहभागिता कम भएको देखेर ट्रम्प…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता खोज्न गएको गोताखोरको डुंगा मेलम्ची खोलामा पल्टियो, रेस्क्युमा जुटेको टोलीका सबै सकुशल

    बेपत्ता खोज्न गएको गोताखोरको डुंगा मेलम्ची खोलामा पल्टियो, रेस्क्युमा जुटेको टोलीका सबै सकुशल

    काठमाडौं : मेलम्चीमा बेपत्ता खोज्न पुगेका प्रहरीको गोताखोर टोली सवार डुंगा पल्टिएको छ। मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीका क्रममा पुगेका चार जना प्रहरी सवार डुंगा पल्टिएको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। घटनामा परेका सबै प्रहरीहरु सकुशल रहेको तामाङले जानकारी दिए। उनले भने, 'एपीएफको गोताखोर टोली बिहानैबाट बेपत्ताको खोजीमा लाग्नुभएको थियो। त्यही क्रममा बोट पल्टिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता खोज्न गएको गोताखोरको डुंगा मेलम्ची खोलामा पल्टियो, रेस्क्यु टोलीका सबै सकुशल

    बेपत्ता खोज्न गएको गोताखोरको डुंगा मेलम्ची खोलामा पल्टियो, रेस्क्यु टोलीका सबै सकुशल

    काठमाडौं : मेलम्चीमा बेपत्ता खोज्न पुगेका प्रहरीको गोताखोर टोली सवार डुंगा पल्टिएको छ। मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीका क्रममा पुगेका चार जना प्रहरी सवार डुंगा पल्टिएको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। घटनामा परेका सबै प्रहरीहरु सकुशल रहेको तामाङले जानकारी दिए। उनले भने, 'एपीएफको गोताखोर टोली बिहानैबाट बेपत्ताको खोजीमा लाग्नुभएको थियो। त्यही क्रममा बोट पल्टिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सम्मानमा विभेद गरिएपछि प्रदेश का १ मुख्यमन्त्रीलाई हरि खड्काको प्रश्न, 'प्रशिक्षकको भूमिका के?'

    सम्मानमा विभेद गरिएपछि प्रदेश का १ मुख्यमन्त्रीलाई हरि खड्काको प्रश्न, 'प्रशिक्षकको भूमिका के?'

    काठमाडौं: पूर्व राष्ट्रिय खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले प्रशिक्षक र व्यवस्थापकको भूमिका के हो भनेर प्रश्न उठाएका छन्। बुधवार प्रदेश १ सरकारले सागमा पदक जितेका खेलाडीहरुलाई पुरस्कार दिएको प्रसङ्गमा खड्काले खेलाडीहरुलाई बधाइ दिँदै प्रशिक्षक र व्यवस्थापन पनि उत्तिकै सम्मानको हकदार हुने तर्क अघि सारेका छन्। 'प्रदेश नम्बर एकले खेलाडीहरुलाई नगदसहित सम्मान गरेकोमा खेलाडीहरुलाइ बधाई अनि प्रदेश प्रमुखलगायत…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ र स्याङ्जामा तीन जना कोरोना सङ्क्रमित थपिए, गण्डकी प्रदेशमा १२ सय ३१ पुग्यो

    बागलुङ र स्याङ्जामा तीन जना कोरोना सङ्क्रमित थपिए, गण्डकी प्रदेशमा १२ सय ३१ पुग्यो

    काठमाडौं : गण्डकी प्रदेशका दुई जिल्लामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बागलुङमा दुई र स्याङ्जामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ। बागलुङ गलकोट नगरपालिका दुई २५ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो। त्यस्तै स्याङ्जा वालिङ नगरपालिकाका १९ वर्षीय युवकमा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। उनीहरू तीनै…

    विस्तृतमा पढ्नुस्

  • जहाँ कोभिड १९ कै कहरमा ९९ डाक्टरको गइसक्यो ज्यान

    जहाँ कोभिड १९ कै कहरमा ९९ डाक्टरको गइसक्यो ज्यान

    मुम्बई : कम्तिमा पनि ९९ जना चिकित्सकको कोरोना भाइरसका कारण मृत्यु भएको इन्डियन मेडिकल एसोसिएसनले जनाएको छ। भारतमा कोभिड १९ संक्रमित हुने डाक्टरको संख्या १३ सय २ रहेको छ। एसोसिएसनका अनुसार महाराष्ट्रमा मात्र २० प्रतिशत डाक्टरको मृत्यु भएको छ। डाक्टरहरुमा भएको संक्रमणको आधारमा मृत्यु दर ८ प्रशित रहेको छ। इन्डियन मेडिकल एसोसिएसनले देशव्यापी रुपमा स्वास्थ्यकर्मीको तथ्याङ्क संकलन गरिरहेको छ। कोरोना…

    विस्तृतमा पढ्नुस्

  • अपहरण शैलीमा बालिकालाई होटेलमा लगेर करणी गर्न खोज्ने समातिए

    अपहरण शैलीमा बालिकालाई होटेलमा लगेर करणी गर्न खोज्ने समातिए

    काठमाडौं : एक बालिकालाई अपहरण गरेर करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मङ्गलवार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १९ वर्षीय पुकार गुरुङ र १८ वर्षको सुशील गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए। उनीहरूले मङ्गलवार बिहान करिब साढे ६…

    विस्तृतमा पढ्नुस्

  • एकै घरका पाँच जना बेपत्ता हुनेगरी झर्‍यो पहिरो

    एकै घरका पाँच जना बेपत्ता हुनेगरी झर्‍यो पहिरो

    काठमाडौं : सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिकामा गए राति पहिरोमा परी पाँच जना वेपत्ता भएका छन्। राति साढे १ बजेतिर आएको पहिरोले भोटेकोशी गाउँपालिका ४ स्थित एकै घरका पाँच जना मानिस वेपत्ता भएका हुन्। पहिरोमा परी एउटा घर पूर्णरुपमा क्षति भएको छ भने अर्को घरमा आंशिक क्षति भएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। 'एक जना दाइको घर पूर्णरुपमा क्षति भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell