प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा नेपालीको कपाल खौरिएको घटनालाई दर्ता गर्दै वाराणशी प्रहरीले कारवाही प्रकृया अगाडि बढाएको छ। प्रधानमन्त्री ओलीले रामको जन्म भारतमा नभइ नेपालमा भएको भन्दै अभिव्यक्ति दिएपछि विरोधमा उत्रिएको समूहले नेपालीको कपाल खौरँदै जय श्री राम भन्न लगाएको भिडियो भाइरल भइरहेको छ। प्रधानमन्त्री ओली विरुद्ध नारावाजीसमेत गर्न लगाइएको छ। कपाल खौरिएको व्यक्तिको टाउकोमा जय श्री राम समेत…
काठमाडौं : 'चोर' भन्दै सर्वसाधारणले कुटपिट गर्दा एक जना युवकको मृत्यु भएको छ। उनी निर्दोष रहेको प्रहरीले जनाएको छ। बिहीवार राति स्थानीयले चोर भन्दै कुटपिट गरेपछि रसुवा घर भइ कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो। रातको समयमा नागर्जुन नगरपालिका ५ गोलढुंगामा उनीहरुले रक्सी खाएर होहल्ला गर्दै हिँडेका थिए। त्यसपछि एउटा घरबाट मानिस निस्किएर को हो? के…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सरेको छ। शुक्रवार ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो। दिउँसोलाई सारेर दुई अध्यक्षबीच छलफल भएको थियो। बैठक साउन ४ गते ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपाका प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। पार्टीभित्रको किचलोका कारण नेकपामा बैठक अवरुद्ध हुँदै आएको छ…
काठमाडौँ : नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्ने छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन्। विभिन्न मिडियाका रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिए। उनले भने, 'जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौं,…
कोरोना भाइरसबाट संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनले भगवानलाई याद गरेका छन्। कोरोना पोजेटिभ देखिएपछि अमिताभ केही दिनयता मुम्बईको नानावटी अस्पतालमा उपचाररत छन्। उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको छ। छोरा अभिषेकको पनि उनी भर्ना भएको अस्पतालमै उपचार भइरहेको छ। बुहारी र नातिनी होम क्वारेन्टाइनमा छन्। परिवार नै कोरोनाबाट ग्रसित भएका बेला अमिताभले बिहीवार भगवानलाई सम्झिएका…
विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै एक ६ वर्षे बालकलाई 'मानार्थ डब्लुवीसी च्याम्पियन' ले सम्मान गर्ने जानकारी दियो। बालकले मानवताका लागि देखाएको बहादुरीका कारण सम्मान गरिएको उल्लेख छ। We are honored to name 6-year-old, Bridger Walker, WBC Honorary Champion, for his brave actions that represent the best values of humanity. Bridger, you're a hero 👏🔰 pic.twitter.com/L2FqL0K4vw — World Boxing Council (@WBCBoxing)…
काठमाडौं : आन्तरिक विवादका कारण दुई साता रोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। सहमतिका लागि भन्दै बैठक धकेलिए पनि कुनै निश्कर्ष भने निस्कन सकेन। नेकपाको विवाद अब केन्द्रीय कमिटीमा लैजाने तयारी भएको छ। शुक्रवार बालुवाटारमा बस्ने बैठकले केन्द्रीय कमिटी बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। 'आजको बैठकले स्थायी कमिटी बैठक बोलाउँछ।…
काठमाडौं : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। आज बिहान करिव ६ बजेतिर माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित प्रेम विकको घर पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको हो। १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ रेजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। 'पहिरोमा पुरिएका…
काठमाडौः लकडाउनको समयमा स्थानिय प्रशासनले जारी गरेको सवारी पास दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा २ चौकीटोल बस्ने ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो। घिमिरेले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको मृत्यु संस्कार सम्वन्धि पासको दुरुपयोग गरेर मानिस ओसार्ने गरेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मृत्यु…
ब्राजिलमा बीस लाख र भारतमा दश लाखभन्दा धेरै कोरोना संक्रमित रहेको तथ्य बाहिर आइरहेकै बेलामा अमेरिका, बेलायत र क्यानडाले रसियामाथि गम्भीर आरोप लगाएका छन् - रसियाले कोरोना भाइरस भ्याक्सिनको अनुसन्धान चोर्ने प्रयास गर्यो। विश्वभरी भाइरसले ५ लाख ८५ हजार मानिसको ज्यान लिएको छ भने १ करोड ३६ लाख मानिस यसबाट संक्रमित छन्। विश्वका शक्तिसम्पन्न मुलुकहरुबीच कसले छिटो भाइरसविरुद्धको खोप तयार…
नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्याले १० लाखको सीमा पार गरेको छ भने मृत्यु हुने संक्रमितको स्ख्या २५ हजार पार भएको छ। बिहीवार भारतमा थप ३४ हजार भन्दा धेरै संक्रमित थपिए भने ६ सय ९० जनाको मृत्यु भयो। विश्वका ३ मुलुकहरु मात्र छन् जहाँ कोरोना भाइरसको संक्रमण १० लाख भन्दा धेरैमा रहेको छ। अमेरिका र ब्राजिलपछि तीब्र रफ्तारमा कोरोना संक्रमित…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना ओसासुनासँग पराजित भएको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले २-१ को पराजय भोगेको हो। खेलको १५ औं मिनेटमा जोशे अर्नाइजको गोलमा ओसासुनाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा घरेलु टोली १ गोलले पछि रहे पनि दोस्रो हाफ लियोनल मेस्सीले खेल बराबरीमा ल्याए। उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए। खेलको…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पारेसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ। स्टेडियो अलफ्रेडो डि स्टेफानो मा भएको खेलमा घरेलु टोलीले भिल्ला रियललाई २-१ गोल अन्तरले हराउँदै उपाधि सुरक्षित गरेको हो। रियलको जितमा दुवै गोल करिम बेन्जेमाले गरे। उनले खेलको २९ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। पहिलो हाफमा एक गोलले…
जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतीशकुमार गोइतको सम्झनामा जनकपुरमा बिहीबार दीप प्रज्जवलन गरिएको छ। नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ कमिटीको आयोजनामा स्थानीय जनकचोकमा दीप प्रज्जवलन गरी श्रद्धाञ्जली दिइएको हो। एशोसिएशनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। साथै मृतकको परिवारलाई समेत उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ। मंगलबार दिउँसो आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता…
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लिएको छ। पार्टी फुटको संघारमा पुगेको भन्दै स्थायी कमिटी बैठक नै स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन्। बाढी पहिरोको कारण देखाउँदै शुक्रबारसम्म स्थगन भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा नपुग्दा बैठक अनिश्चित छ। यसै सन्दर्भमा स्थायी कमिटी सदस्य गणेश शाहसँग पहिलोपोस्टका कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश: नेकपाको…
काठमाडौँः वैदशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) को आवेदन अब अनलाइनबाटै दिन सकिने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको हो। उक्त सेवाको मन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरेका छन्। http://noc.moest.gov.np मा आवेदन दिन सकिने व्यवस्था मन्त्रालयले गरेको छ। आवेदन पूरा भए वा नभएके जानकारी पनि वेबसाइटबाटै दिने व्यवस्था छ। तोकिएको राजस्व भने बैंकबाटै बुझाउनु पर्नेछ। राजस्व…
काठमाडौं : साउन ४ गतेदेखि ३ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने भएकोले धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त समयमा मनसुन न्यून चापिय रेखा नेपालको तराई नजिक आउने सम्भावना रहेकोले प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। वर्षासँगै बाढी पहिरो जान…
काठमाडौंः सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतमा आउने मुद्दालाई यसका प्रकृतिको आधारमा वर्गीकरण गर्ने पद्धति सुरु गरेको छ । सर्वोच्च अदालतले न्यायपालिकाको सुधारका प्रयासहरुलाई संस्थागत गर्ने उद्देश्यका साथ बिहीबारदेखि लागू हुने गरी पहिलोपटक मुद्दाको फरक व्यवस्थापन पद्धति शुभारम्भ गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार, रजिष्ट्रारलगायतबाटले देशैभरका उच्च अदालत तथा जिल्ला अदालतमा भर्चुअल माध्यमबाट मुद्दाको फरक…
डोटी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अपराधविरुद्ध सशक्त रुपमा लाग्न मातहत अधिकारीलाई निर्देशन दिएका छन्। प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा तालिमरत ११-७९ औं समूहका प्रहरी जवानहरुको दीक्षान्त समारोहमा डीआईजी सुवेदीले बदलिँदो समयसँगै नयाँ नयाँ स्वरुपका अपराधहरु विकास भइरहेको भन्दै त्यसविरुद्ध कठोरताका साथ उत्रिन निर्देशन दिएका हुन्। प्रहरी नायव महानिरीक्षक सुवेदीले तालिममा सिकेको कुरालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ जनता…
वीरगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको २५ किलो चाँदीका गहनासहित बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पूर्व सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरको हो। पक्राउ पर्नेहरुमा कलैया-५ बस्ने ३२ वर्षीय ईन्द्रदेव यादव र बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३८ का वकील अन्सारी रहेका छन्। बुधवार दिउँसो १ बजे भारतबाट बाराको मटिअर्वा-कलैया सडक…