इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा उपाधि विजेता बनिसकेको लिभरपुलले २-१ गोलअन्तरले पराजय ब्यहोरेको हो। खेलको २० औं मिनेटमा रोबर्टसनको पासमा सार्डियो मानेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर ३२ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेट्टेले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ४४ औं मिनेटमा रेइस नेल्सनले गोल…
कमल देवकोटा - विश्वभर करिब तीन हजार सात सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् , जसमध्ये करिब छ सय प्रजातिका सर्प मात्र विषालु छन्। नेपालमा करिब ८३ प्रजातिका सर्प पाइन्छन् , जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका सर्प मात्रै विषालु रहेको तथ्यांक छ। नेपालमा बर्सेनी २० हजार मानिस सर्पदंशबाट प्रभावित हुने र करिब एक हजार मानिसले सर्पको टोकाईबाट ज्यान गुमाउने गरेका…
युवा उद्यमी तथा अन्तर्राष्ट्रिय ‘राइड सेयरिङ’ कम्पनी ‘पठाओ’का सह-संस्थापक मृत फेला परेका छन्। ‘पठाओ’का सह-संस्थापक फहिम सलेह सोमवार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका अमेरिकी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। प्रहरीले यसबारे सार्वजनिक रुपमा कुनै जानकारी दिएको छैन। तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको…
काठमाडौं : नेपाल प्रहरीमा रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवाका लागि दुई डीआइजीको नाम सिफारिस भएको छ। डीआइजीद्वय निरजबहादुर शाही र प्रधुम्म कार्कीको नाम सिफारिसमा परेको हो। शाही पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन्। सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। थापा महानिरीक्षकमा नियुक्त र अर्का एआइजी तारणीप्रसाद लम्साल ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि…
काठमाडौं : स्थानीय प्रशासनबाट लकडाउनको समयमा जारी भएको सवारी पास दुरुपयोग गरेर यात्रु बोक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले तनहुँ व्यास नगरपालिका वडा नम्बर ४ घर भएका ३८ वर्षीय ओमबहादुर दरैलाई पक्राउ गरेको हो। दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ च ६५४५ नम्बरको टाटा सुमो गाडी जाँच गर्दा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी…
काठमाडौं : यौन दुर्व्यवहार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका एक जना एसएसपी पक्राउ गरेका छन्। एसएसपी राजेन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएको हो। एक महिलाले एसएसपी अधिकारीले बलात्कार गरेको मौखिक जानकारी प्रहरीलाई दिएपछि प्रहरीले एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको हो। ‘सय नम्बरमा कल आएपछि हामीले घटनास्थल पुगेर नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनकुमार श्रेष्ठले बताए।…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन र पारदर्शितामा जोड दिएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका कार्य समयमा नै सम्पन्न गराउन भूमिका खेल्न निर्देशन दिइन्। सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखा परीक्षकबाट हुने लेखा परीक्षणले ठूलो महत्व राख्ने उनको…
काठमाडौं : पाकिस्तानले त्रिवि शिक्षण अस्पताललाई दुई वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा रोहित कुमार पोख्रेललाई बुधवार दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। अस्पतालको ३८ औँ वार्षिकोत्सवको अवसरमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको पाकिस्तानी दूतावासले जनाएको छ। सो अवसरमा दूतावासका उच्च ओहदाका कूटनीतिज्ञ तथा अस्पताल कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यकारी…
हेटौंडा: जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले बुधबारको थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको हत्या गरेको अभियोगमा उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा…
काठमाडौं: निजी विद्यालयले साउन १ गतेदेखि सम्पूर्ण प्रकारका अनलाइन कक्षा बन्द गर्ने भएका छन्। निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले बुधवार विज्ञप्ति जारी गर्दै सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने घोषणा गरेको हो। दुबै संस्थाले निजी विद्यालयका शिक्षक र कर्मचारीलाई बेतलवी घर विदामा पठाउने निर्णय समेत गरेका छन्। कोरोना महामारी र लकडाउनकै बीचमा वैशाखदेखि अनलाइन कक्षा सुरु…
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो अफिसियल वेभसाइट रिलञ्च गरेको छ। राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतको उपस्थितिमा एन्फाले वेभसाइट रिलञ्च गरेको हो। कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सूचनालाई सहज गरी पाउने वातावारण मिलाउने प्रतिबद्दता ब्यक्त गरे। सूचना आयोगका आयुक्त गुरुङले नेपालका अधिकांश वेभसाइट अपडेट नहुने उदाहरण दिँदै तुरुन्त अपडेट गरेर पारदर्सिता…
तेलेगु कप थ्रिलर 'हिट'को हिन्दी संस्करण बन्ने भएको छ। बुधवार रिमेक घोषणासँगै फिल्ममा राजकुमार रावको मुख्य अभिनय रहने बताइयो। 'होमिसाइड इन्टर्भेन्सन टिम' (हिट)ले एक प्रहरी जवानको कथा भन्छ जसले एक हराएको घटनामा संलग्नताको आरोप खेप्दै हुन्छन्। फिल्ममा विश्वके सेन र रुहानी शर्माको मुख्य अभिनय रहेको छ। शैलेश कोलानुको निर्देशन रहने फिल्म बारे राजकुमार रावले भनेका छन्,'मैले हिट पहिलोपटक हेर्दै त्यस…
महानायक विवादमा राजेश हमालले मुख खोलेका छन्। हमालले मंगलवार राती सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै दिपाश्री निरौलालाई क्षमा गरिदिन दर्शक तथा स्रोतासँग अनुरोध गरेका छन्। दिपाश्रीले एक अन्तर्वार्तामा राजेश हमाल महानायक हो र? भन्दै प्रश्न उठाएपछि उनको चर्को आलोचना भइरहेको छ। दर्शकमात्रै होइन पुराना कलाकारहरु पनि राजेश हमालको पक्षमा उत्रिँदै दिपाश्रीको कडा आलोचना गरिरहेका छन्। यो प्रकरणमा दिपकराज…
धनगढी : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुनसँगै उनकी पत्नी पूर्णिमा पनि पक्राउ परेकी छिन्। नेकपाकै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र विशेष व्यूरोको टोलीले कैलालीको कनरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। 'फूलबारीबाट धनगढी आउने क्रममा नियन्त्रणमा लिएका हौं,' एक प्रहरी अधिकृतले भने। सरकारले चन्द…
काठमाडौं: भारत्तोलनमा १३ औं सागमा स्वर्ण जितेकी खेलाडी सञ्जु चौधरीले सम्मान गर्ने भन्दै स्थानीय तहले अपमान गरेको आक्रोश पोखेकी छिन्। नेपालगञ्ज उपमहानगरपालिकाले सम्मानको लागि बोलाएर त्यतिकै फर्काए पछि उनी आक्रोशित बनेकी हुन्। 'हामी खेलाडीको स्वभिमान हुँदैन र? कुरा नमिली नबुझी सम्मान छ भन्दै बोलाउने। आफू नसके परिवारको सदस्यलाई पठाउनु भन्ने,' उनले फेसबुकमा लेखेकी छिन्, 'अनि परिवारको सदस्य पुगेपछि कुरा मिलेन भनेर…
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा मेची महाकाली व्यूरो इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले कैलालीको कनरीबाट उनलाई नियन्त्रणमा लिएको हो। 'फूलबारीबाट धनगढी आउने क्रममा नियन्त्रणमा लिएका हौं,' एक प्रहरी अधिकृतले भने। उनीसँगै एक जना पूर्व केन्द्रीय सदस्य महिलालाई पनि नियन्त्रणमा लिइएको छ। सरकारले चन्द…
मंगलवार मेलम्ची खानेपानीको सुरुङमा राखिएको बाँधले पानीको भार थम्न नसक्दा चार कर्मचारीलाई बगायो। इन्जिनियर सतिस गोहित र चालक राधाकृष्ण थापामगर बेपत्ता भए। मंगलवार साँझसम्म मेलम्चीदेखि दोलालघाट खोलासम्म खोज्दा पनि उनीहरुको पत्तो लागेको छैन। दुई कर्मचारीको ज्यान जोगियो, उनीहरुको उपचार जारी छ। पहिलो चरणमा १७ करोड लिटर पानी काठमाडौं ल्याउन २७ वर्ष अघिबाट शुरु भएको खानेपानीको २७ किलोमिटर सुरुङ भराउन पानी पथान्तरण…
नयाँ दिल्ली : कोभिड १९ का पेन्डेमिकका कारण भारतको अवस्था थप खराबतिर लागेको छ। मंगलवार एकै दिन भारतमा ३० हजार भन्दा धेरै संक्रमित भेटिएका छन्। संक्रमितको संख्याले पहिलो पटक ३० हजारको सीमा पार गरेको हो। कोरोना भाइरसका कारण संसारका सबैभन्दा खराव मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतको हालत सबैभन्दा कमजोर देखिएको हो। भारतमा कोरोना संक्रमणबाट मृत्यु…
दोहा : संयुक्त राष्ट्रसंघीय न्यायालयले कतारमाथि लगाइएको हवाई नाकाबन्दीलाई गलत ठहर्याएको छ। बहराइन, इजिप्ट, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले लगाएको एअर ब्लकेडविरुद्ध न्यायालयले फैसला सुनाएको हो। इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसीजे)ले चार मुलुकको दावी खारेज गरेको हो। न्यायालयले हवाई नाकाबन्दीले अन्तर्राष्ट्रिय नागरिक उड्डययन महासन्धीको ठाडो उल्लंघन गरेको समेत ठहर्याएको छ। 'आइसीजेको आदे कतारका लागि ठूलो जित भएको छ र…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा भएको खेलमा घरेलु टोली चेल्सीले रेलिगेशनमा गइसकेको नर्विच सिटीमाथि १-० को जित निकालेको हो। चेल्सीको जितमा एकमात्र निर्णायक गोल ओलिभिअर जिराउडले गरे। क्रिस्टियन पुलिसिकको पासमा पहिलो हाफको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका हुन्। जितसँगै चेल्सी अंकतालिकाको शीर्ष तीनमा छ। अर्को सिजन च्याम्पियन्स…