विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रभित्र फोहरमैला व्यवस्थापनको ठेक्का लिएको वेस्ट म्यानेजमेन्ट ग्रुपले दुई हप्तादेखि फोहर उठाएको छैन। समयमा तलब र पारिश्रमिक नपाएको भन्दै ग्रुपका कामदारहरू हड्तालमा उत्रिएपछि फोहमैला उठ्न नसकेको हो। विराटनगरमा दैनिक २ सय मेट्रिक टन फोहर उत्पादन हुन्छ। वेस्ट म्यानेजमेन्टले फोहर नउठाएपछि महानगरवासीहरू बोरामा फोहर पोको पार्दै सडकका किनार वा च्यापमा फ्याल्दै गर्न थालेका छन्। वेस्टका सञ्चालक देवीप्रसाद…
काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको मध्य शहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ। सोमबार बागबजार स्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताएका हुन्। उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने दाबी गरे। मानन्धरले ६ किलोमिटरको टुकुचा…
पूर्वराजकुमारी पूर्णिका शाहले आफ्नो कुनै प्रेमी नभएको बताएकी छन्। सञ्चारमाध्यममा प्रेमी रोजेको खबर सार्वजनिक भएपछि पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमार्फत खबरमा सत्यता नभएको स्पष्ट पारेकी हुन्। जनआस्था साप्ताहिकले अघिल्लो अंकमा पूर्वराजकुमारीले रोजिन् प्रेमी शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारलाई धेरै अनलाइनले सभार गरेर प्रकाशन गरेका थिए भने सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ। आफ्नो बारेमा खबरहरु छापिएपछि पूर्णिमाले हाँस्दै भनेकी…
अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ। क्यान्सरको उपचार गराइ रहेकी उनको सोमबार निधन भएको हो। ५७ वर्षीया अभिनेत्रीको निधन बारे उनका श्रीमान तथा कलाकार जोन ट्रावोल्टाले इन्स्टाग्राममार्फत् जानकारी दिएका हुन्। जोनले लेखेका छन्,'मेरी सुन्दर श्रीमती केलीले स्तन क्यान्सरविरुद्धको दुई वर्ष लामो लडाइ हारेकी छिन्। उनको लडाइ भने साहसिक थियो। त्यसमा यहाँहरूको साथ र माया थियो।' उनले पोस्टमार्फत् आफ्नी श्रीमतीको…
काठमाडौं : विश्वभर कोरोना संक्रमण फैलिरहेको छ। यही मौका छोपेर ठग्नेदेखि झुक्याउनेसम्म यतिखेरै सक्रिय छन्। केही समयदेखि मोबाइलमा म्यासेज पठाएर मानिसलाई ठग्नेक्रम सुरु भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। विभिन्न एप्स प्रयोग गरेर मोबाइलमा तपाईँलाई कोरोना पोजेटिभ भएकाले परीक्षण गर्नुहोला नत्र १५ हजार ५ सय ५० रुपैयाँ जरिवान गरिने छ भन्ने संदेश एसएमएसबाट पठाउने गरेको खुलेको हो। 'हाम्रो रेकर्ड अनुसार तपाईँ…
काठमाडौं: मार्च ९ पछि कोरोना महामारीको कारण रोकिएको क्रिकेटमा इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेलसँगै लामो 'ग्याप' सकिएको छ। वेस्टइन्डिजले ४ विकेटले जितेको यो टेस्टमा कोरोनाका कारण उत्पन्न तनावका बीच समर्थकहरुले क्रिकेट हेरेर मनोरन्जन गर्ने अवसर पाए। समर्थक मात्र होइन सँधै जसो व्यस्त रहने क्रिकेटरहरुले पनि बसेर क्रिकेट हेर्न भ्याए यसपटक। वेस्टइन्डिज पछि पाकिस्तान पनि इङ्ग्लयान्डसँग तीन टेस्ट र तीन टी२० सिरिज…
काठमाडौं : पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए। शुक्रवार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए। शुक्रवार भर्ना भएका शाहलाई उपचारपछि शनिवार डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। 'शुक्रवार भर्ना गरेर शनिवार डिस्चार्ज…
सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि बलिउडकी 'भेट्रान' अभिनेत्री रेखाको पनि स्वाब लिइएको छ। उनले ब्रिहनमुम्बई म्युनिसिपल कर्पोर्सनलाई यसबारे जानकारी गराएकी छिन्। हालैमात्र बान्द्रास्थित उनको निवासमा कार्यरत एकजना सुरक्षा गार्डमा कोरोनाको संक्रमण देखिएको थियो। उनको निवास बाहिर एउटा सार्वजनिक सूचना नै टासिएको छ र क्यान्टोन्मेन्ट जोन घोषणा गरिएको छ। साथै उक्त क्षेत्र ओरिपरि सबै स्यानिटाइज गरिएको छ। हिजोमात्रै अमिताव बच्चनको…
काठमाडौं : केहीदिन यतादेखि देशभर बदलीका कारण निरन्तर वर्षा भइरहेको छ। अत्याधिक वर्षासँगै धेरै स्थानमा बाढी पहिरो गइरहेको छ। जसबाट धेरै जनधनको क्षति भएको छ। वर्षायाममा हरेक वर्ष बाढीपहिरोको समस्या देखिने गर्छ। यता सरकार भने पहिरो बाढी नियन्त्रणका लागि प्रयास गरिरहेको दाबी गर्दै आएको छ। तर, पहिरोविद् सुबोध ढकाल भने नेपालमा पहिरोका लागि पूर्व तयारी नै नगरिएको बताउँछन्। राहत र…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हटस्परले आर्सनललाई हराएको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। खेलमा अग्रता आर्सनलले बनाएको थियो। १६ औं मिनेटमा अलेक्जेन्ड्रे लाकाजेट्टेले आर्सनलाई अग्रता दिलाए। र त्यसको ३ मिनेट भित्रै टोटेनहमका सन ह्युङ मिनले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।…
सुर्खेत : सुर्खेतमा भोलि (सोमवार) सम्पूर्ण पसल, बजार, यातायातलगायत सबै निजी क्षेत्र अनिश्चित कालका लागि बन्द हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ति निकाल्दै भोलिदेखि सबै आर्थिक कारोबार पूर्ण रुपमा बहिष्कार गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ। दैनिक जीवनयापनकै समस्या टड्कारो बन्दै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिनै लागेको नाममा मानसिक तनाव हुने गरी ब्याज तथा…
जनकपुरधाम : महोत्तरीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको महोत्तरी गाउँपालिकाबाट ज ९ प २८७९ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका २ बुद्ध चोक बस्ने ३५ वर्षीय जीवन लामा र वडा नम्बर १४ स्थित कटुवाल टोल बस्ने २५ वर्षीय गणेश ठाकुरलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो। महोत्तरी गाउँपालिका ३ डाम्ही मडैस्थित बर्दिबास-जलेश्वर सडक खण्डबाट इलाका प्रहरी कार्यालय बलवाबाट…
जनकपुरधाम : नालाको पानीले डाइभर्सन बगाउँदा जनकपुर-ढल्केबर सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षाले नालाबाट बग्ने पानीको तीव्र वेगले लक्ष्मीनिया गाउँपालिकाको सपहीस्थित डाइभर्सन बगाएको हो। छ लेन सडकमा पुल निर्माणको काम चलिरहेकोले पूर्वपट्टि छेउमा डाइभर्सन बनाइएको थियो। शनिवार दिउँसो डाइभर्सन बगाएपछि अवागमन अवरुद्ध भएको हो। अहिले डाइभर्सन निमार्णको काम चलिरहेको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष बिन्देश्वर यादवले बताए।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिएका छन्। आइतवार कोषको समीक्षा बैठकमा मन्त्री भट्टराईले बृहत्तर पशुपति क्षेत्र विकास अन्तर्गतका हरेक योजनाहरु सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवाहरु राखेर सार्वजानिक सुनुवाईमार्फत…
प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्। अमिताभलाई शनिवार कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। अमिताभका छोरा अभिषेक पनि संक्रमित भएर अस्पतालमा छन्। बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यामा पनि पोजेटिभ देखिएपछि घरमै सेल्फ क्वारेन्टाइनमा छन्। अमिताभ र अभिषेक अस्पताल भर्ना भएको खबर आएसँगै आइतवार अपराह्न प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शिघ्र स्वास्थ्य लाभको…
काठमाडौं : सलहको एउटा झुण्ड नेपाल प्रवेश गरेकाले सतर्क रहन किसानलाई सरकारले सचेत गराएको छ। बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङको गढवा गाउँपालिकाको २ र ३ नम्बर वडा प्रवेश गरेको प्वान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा देखिएको र कृषकले…
काठमाडौं : कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक सुर्खेतको प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ११ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा…
कैलाली : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आइतवार अपरान्ह २ वजेसम्म २६३ जनामा परीक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमण पुष्टि हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका-७ का २५ वर्षीय पुरुष र दार्चुलाको नौगाड गाउँपालिका-७ का २८ वर्षीय पुरुष रहेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। जसमा एक महिला विभिन्न प्रकारका खानाका परिकारबारे वर्णन गर्दैछिन्। भिडियोले दक्षिण भारतीय संस्कृति बोलेको छ। जहाँ ससुरालीमा ज्वाईको स्वागत सत्कार भव्य हुन्छ। यो भिडियोमा सासुले ज्वाईको भव्य स्वागतको तयारी गरेकी छिन्। भिडियो हो दक्षिण भारतस्थित आन्ध्र प्रदेशको। जहाँ ज्वाईंका लागि पष्ठी नामको परम्परा छ। परम्पराअनुसार ज्वाईं आउने खुसीमा एक सासुले ६७…
काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको हो। तनहँमा ६, पर्वतमा २, बाग्लुङमा २, नवलपरासी पूर्व, स्याङ्जा, गोरखामा एक एक जनामा संक्रमण देखिएको हो। त्यस्तै लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार १ सय ९२ जनामा…