भारतको मध्य प्रदेशमा एक युवकले दुई युवतीसँग एकसाथ बिहे गरेका छन्। मध्य प्रदेशको एमपीस्थित बैतुलका सन्दीप उइकेले ८ जुलाईमा जिल्लाको घोडाडोंगरी ब्लकको केरिया गाउँमा दुई युवतीसँग बिहे गरेका हुन्। रोचक के छ भने बिहेका लागि दुबै युवती र उनका परिवार सहमत थिए। एक त युवकले आफै मन पराएकी प्रेमिका थिइन् भने अर्की बुवाआमाले मन पराएकी मंगेतर। इण्डिया टाइम्सका अनुसार सन्दीपले…
काठमाडौं : नेपालमा भेटिएका कोरोना संक्रमितको अधिकांश हिस्सा भारतबाट फर्केका नेपालीहरुमा देखियो। अहिले भारतबाट नेपाल आउनेक्रम घटेको छ त्यसको असर क्वारेन्टाइनहरु रित्तिँदै गएका छन् भने संक्रमितको संख्या पनि क्रमश: ओरालो लागिरहेको छ। तर, नेपाल जोखिममुक्त भने भइसकेको छैन। भारतमा रहेका नेपालीको संख्या कति छ भन्ने आधिकारिक तथ्याङ्क छैन। कति फर्किए भन्ने पनि यकिन तथ्याङ्क छैन। किनभने भारतबाट नेपाल भित्रिनेहरु औपचारिक…
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि ऐश्वर्या र जयासहित परिवारका सबै सदस्य तथा कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। ऐश्वर्या र जयाबाहेक अरुको रिपोर्ट भने आएको छैन। कोरोनाबाट संक्रमित अमिताभ र अभिषेकलाई अस्पताल भर्ना गरेर आइसोलेसनमा राखिएको छ।
इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र एटलान्टा बराबरीमा रोकिएका छन्। अलिआनज स्टेडियममा भएको खेलमा भएको खेलमा घरेलु टोली युभेन्टसले एटलान्टासँग २-२ को बराबरी खेलेको हो। युभेन्टसका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। खेलको १६ औं मिनेटमा डुभान जापटाको गोलबाट अग्रता बनाएको एटलान्टा पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा रोनाल्डोले…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि सानदार जित निकालेको छ। फलमेर स्टेडियममा भएको खेलमा सिटीका रहिम स्टर्लिङ चम्किँदा घरेलु टोली माथि ५-० को सानदार जित निकाल्न सफल रह्यो। खेलको २१ औं मिनेटमै गाब्रियल जिससको पासमा गोल गर्दै स्ट्रलिङले सिटीलाई अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा रोड्रिगो होन्डारेजको पासमा गोल गाब्रियल जिससले गर्दा पहिलो हाफ सिटी…
चार महिनादेखिको कोरोना भाइरसको पेन्डेमिक र १ लाख ३४ हजार अमेरिकनको मृत्युपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा मास्कसहित देखिए। कोरोना भाइरस संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग प्रभावकारी हुने तथ्य लामो समयदेखि सार्वजनिक हुँदै आएको हो। सेन्टर फर डिसिस कन्ट्रोल एन्ड प्रिभेन्सनले अप्रिलको सुरुमै सामाजिक दुरी र मास्कको प्रयोगका लागि सुझाव दिँदै आएको थियो। सेन्टरले मास्क…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। जोस जोरिल्ला स्टेडियममा भएको खेलको घरेलु टोली भालाडोलिडमाथि बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकालेको हो। बार्सिलोनाको जितमा निर्णायक गोल आर्थुर भिडालले गरेका थिए। उनले खेलको १५ औं मिनेटमा लियोनेल मेस्सीको पासमा गरेको गोल नै खेलमा निर्णायक बन्न पुग्यो। त्यस्तै गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसमाथि…
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग बराबरीमा रोकिएको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली लिभरपुल अंक बाँड्न पुग्यो। खेलको ३४ औं मिनेटमा फ्याबिनोको पासमा गोल गर्दै एन्ड्रिउ रोबर्टसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलसँग बर्नलीले दोस्रो हाफमा बराबरी बनायो। खेलको ६९ औं मिनेटमा जे रोड्रिगुइजले गोल गर्दै…
काठमाडौँः बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अमिताभले ट्वीट गर्दै आफूमा कोभिड १९ पोजेटिभ देखिएको बताएका हुन्। कोरोना संक्रमण पुष्टि भएसँगै बच्चन अस्पताल भर्ना भएको छन्। T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited .. All that have been in close proximity to me…
काठमाडौँः प्रहरीले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का चिकित्सकसहित चार जनालाई पक्राउ गरेको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बालकृष्ण कालाखेती, राकेश वर्मा सुप्रभात श्रेष्ठ छन्। एक जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी रहेको खुलेको छ। 'हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ। थप अनुसन्धान काठमाडौँ ल्याएपछि खुल्छ',…
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले शनिवार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाइ थियो। ‘केही तत्व कहिले मलाई र कहिले…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन्। गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँगको भर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए। उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए। वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण…
काठमाडौं : नेपालमा थप ७० जनामा शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २५ प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको २४ घण्टामा पीसीआर परीक्षण गर्दा ७० जना संक्रमित भेटिएका हुन्। ४ सय ३१ जना शनिवार डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ७० जनामा मात्रै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरस…
संयुक्त राज्य अमेरिकामा एकै दिन झन्डै ६९ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। रोयटर्सले तयार गरेको तथ्याङ्कका अनुसार लगातार तेस्रो दिन रेकर्डतोड संख्यामा संक्रमित थपिएका हुन्। संक्रमितको संख्या झन्डै ७० हजारको नजिक पुग्दाकै दिन वाल्ट डिज्नीले भने फ्लोरिडामा रहेको पार्क खुला गर्ने निर्णय गरेको छ। अलास्का, जर्जिया, लुसियाना, मोन्टाना, ओहायो लगायतका अमेरिकी राज्यहरुमा संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ।…
जम्मु : भारत पाकिस्तान सीमामा भएको गोलीवारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो। ‘नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि उनलाई अस्पताल पुर्याइयो त्यही उनको मृत्यु भयो,’ जम्मुका रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले भने। जम्मु कस्मिरको रजोरी जिल्लामा भारत पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा गोली हानाहान भएको थियो। केही…
इस्लामावाद : विदेश मन्त्री शाह मेहमुद कुरैसीले शुक्रवार नेपालका समकक्षी प्रदीप ज्ञवालीलाई बाढी र पहिरोमा परेर ज्यान गुमाएका नेपालीप्रति समवेदना प्रकट गरेका छन्। ट्विट गर्दै उनले दुखद् घटनाले ल्याएको विपत्तीमा आफ्नो सहानुभूति रहेको जनाएका छन्। संकटको यस्तो अवस्थामा आफूहरु सधैं पीडित नेपाली जनता र उनीहरुका परिवारका लागि प्रार्थना गरेको जनाएका छन्।
टिकटक एप आफ्नो फोनबाट डिलिट गर्न इमेलमार्फत् आफ्ना कर्मचारीलाई निर्देशन जानुलाई अमेजनले गम्भीर गल्ती भएको जनाएको छ। चर्चित भिडियो एप्लिकेसन टिकटक डिलिट गर्न भन्दै अमेजनले इमेल गरेको थियो। चिनियाँ कम्पनीको एप्लिकेसनले सुरक्षा खतरा बढाउने भन्दै पत्राचार भएको थियो। विश्वभर नै अहिले टिकटकको विषय चर्चामा छ। हालै भारतले यसलाई निषेध गरेको छ। भारतीय सेना र चिनियाँ सेनाबीच मुठभेड भएपछि टिकटक लगायतका…
नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या ८ लाख पार भएको छ। चार दिनमा एक लाख नयाँ संक्रमित थपिएपछि भारतले यो सीम पार गरेको हो। साथै भारतमा मर्ने संक्रमितको संख्या २२ हजार पार भएको छ। शुक्रवार भारतमा २७ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् जुन उच्चतमतर्फको रेकर्ड हो। शुक्रवार एकै दिन ५ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले अलाभेसलाई हराउँदै चार अंकको अग्रता बनाएको छ। इस्टेडियो अलफ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले २-० को जित निकालेको हो। खेलको ११ औं मिनेटमा करिम बेन्जेमाको गोलमा अग्रता बनाएको मड्रिड पहिलो हाफमा १ गोलले अघि रह्यो। बेन्जेमाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए। दोस्रो हाफमा घरेलु…
काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) को अफिसियल ट्वीटर ह्यान्डलबाट शुक्रबार साँझ एउटा ट्वीट आयो। ‘कमब्याक इज अल्वेज बेटर देन सेटब्याक...’ A comeback is always better than a setback and that is what we have learnt over this period of time. Thank you twitter family for this humongous love and support during our absence on this platform. Back to the crease…