PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • यातायात कार्यालय कोशीका तीन तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कसको बिगो कति?

    यातायात कार्यालय कोशीका तीन तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कसको बिगो कति?

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। संकलित राजस्व हिनामिना आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो। आर्थिक वर्ष २०७३/०७४ को २०७३ चैतदेखि २०७४ असारसम्मको संकलित राजस्व दाखिला नगरेको अभियोग अख्तियारको छ। अख्तियारले नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ रुपैयाँ बिगो कायम गरेको छ। यस्तै तत्कालीन कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा उपचाररत संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट लिइयो ३८ जनाको स्वाब

    काठमाडौंमा उपचाररत संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट लिइयो ३८ जनाको स्वाब

    काठमाडौं : काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका एक जनाको कन्ट्र्याक्ट ट्रेसिङबाट ३८ जनाको स्वाब संकलन गरिएको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिकाका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा नेपाल प्रहरीको संयुक्त टोलीले कन्ट्र्याक्ट ट्रेसिङ थालेको थियो। कन्ट्र्याक्ट ट्रेसिङबाट उनको सम्पर्कमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक विकास मन्त्रालयमा छापा मारिएको छैनः अख्तियार*

    सामाजिक विकास मन्त्रालयमा छापा मारिएको छैनः अख्तियार*

    भूल सुधार *प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा आइतवार छापा मारेको समाचार गलत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको जानकारी अनुसार यसअघिको समाचार हटाइएको छ। स्थानीय संवददाताको गलत सूचनामा आधारित समाचारबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। - सम्पादक

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा प्रयोगशाला थप्न नेता साउदको माग, स्वास्थ्यमन्त्रीले भने: ठूलो क्षमताको पीसीआर मेसिन पठाउँछौं

    सुदूरपश्चिममा प्रयोगशाला थप्न नेता साउदको माग, स्वास्थ्यमन्त्रीले भने: ठूलो क्षमताको पीसीआर मेसिन पठाउँछौं

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशाला थप्न माग गरेका छन्। साउदले आइतवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर सुदूरपश्चिममा प्रयोगशाला थप्न, परीक्षणको दायरा बढाउन र थप कोरोना विशेष अस्पतालहरु खोल्न माग गरेका हुन्। ल्याब मेसिन नहुँदा सुदूरपश्चिममा स्वाब संकलन रोकिएको छ। सुपमा अहिले एकमात्र सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण ल्याब छ। ल्याबको…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि

    सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं : सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ईन्द्रावती गाउँपालिका वडा नम्बर ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए। मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा रहेका युवामा संक्रमण पुष्टि भएको हो। उनको स्वाब संकलन गरी गत जेठ २१ गते टेकु पठाइएको थियो। आइतवार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। उनी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थपिए ५४ जना नयाँ कोरोनाका संक्रमित

    कर्णालीमा थपिए ५४ जना नयाँ कोरोनाका संक्रमित

    काठमाडौं : कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले गराएको दिउँसो २ बजेसम्मको अपडेटमा कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ। आज पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी सल्यानका २८ जना छन्। सल्यालनका बनगाड कुपिन्डे नगरपालिकाका २२ जना बेलखोला गाउँपालिकाका ३ र कुमाख गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेश अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • नेकपाले बोलायो सचिवालय, एमसीसीबारे छलफल हुने

    नेकपाले बोलायो सचिवालय, एमसीसीबारे छलफल हुने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक डाकेको छ। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न सोमबार (भोलि) अपरान्ह चार बजेका लागि बैठक बोलाएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। गत शनिवार बसेको सचिवालय बैठकले अर्को बैठकबाट एमसीसीबारे पार्टीको आधिकारीक धारणा बनाउने निष्कर्ष निकालेको थियो। सोमबारको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • जब वर्ल्ड ट्रेड सेन्टरमा ठूलो विष्फोट भयो...

    जब वर्ल्ड ट्रेड सेन्टरमा ठूलो विष्फोट भयो...

    काठमाडौं : आइतवार बिहान ११ ३० बजे दशरथ रंगशालामा 'ड्वाङ्' गरेर चर्को आवाज सुनियो। रंगशालाको मैदानमा काम गरिरहेका कामदारहरु तर्सिए। आवाज आएको थियो वर्ल्ड ट्रेड सेन्टरतिरबाट। कसैले गाडीले घरमा हानेको अनुमान गरे त कसैले लिफ्ट झरेको। रंगशालाको भीआइपी प्यारापिटबाट हेर्दा त्रिपुरेश्वर चोकमा मान्छेहरुको भिड लागिसकेको थियो, वर्ल्ड ट्रेड सेन्टर अगाडि। त्यहाँ पुग्दा थाहा भयो अघि गरेका सबै अनुमान गलत थिए।…

    विस्तृतमा पढ्नुस्

  • स्पेनलाई पछि पार्दै भारतको खराब यात्रामा अग्रता

    स्पेनलाई पछि पार्दै भारतको खराब यात्रामा अग्रता

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाका कारण खराब हालत भोगिरहेका मुलुकमा भारत थप उचाईतिर लम्किरहेको छ। छैटौं स्थानमा रहेको भारतले स्पेनलाई पछि पार्दै पाचौं स्थान बनाएको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाका कारण खराब मुलुकको सूचीमा अमेरिका अग्रस्थानमा छ भने भारत पाचौं। भारतले यसअघि युरोपका दुई मुलुक स्पेन र इटालीलाई खराब सूचीमा पछि पारेको थियो। इटालीमा संक्रमितको संख्या २ लाख ३४…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर फेरि किन पलायो?

    सरकारलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर फेरि किन पलायो?

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अहिलेको व्यवस्था विरोधी भएको बताएका छन्। उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो भन्दै प्रश्न समेत गरेका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले उक्त कार्यक्रममा यस वर्ष बजेट बढाएकोमा आपत्ति जनाए। 'शिक्षा मन्त्रीजी राष्ट्रपतिलाई श्री ६ बनाउने रहर चाहिँ किन पालायो? राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • सरकार आर्थिक र कुटनीतिक रुपमा असफल भयो, सेना परिचान गलत भयोः काँग्रेस नेता सिंह

    सरकार आर्थिक र कुटनीतिक रुपमा असफल भयो, सेना परिचान गलत भयोः काँग्रेस नेता सिंह

    काठमाडौः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री प्रकाशमान सिंहले कोरोना सङ्क्रमणको समयमा सरकारले सेना परिचालन गरेकोमा विरोध गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए। उनले गृहमन्त्री अन्तर्गतको विपद् व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने बताएका थिए। तर, महामारी नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • आरडीटी परीक्षण बन्द गर्न माग गर्दै सांसदहरुले सोधे : क्वारेन्टाइन मृत्यु घर किन भयो?

    आरडीटी परीक्षण बन्द गर्न माग गर्दै सांसदहरुले सोधे : क्वारेन्टाइन मृत्यु घर किन भयो?

    कैलाली : सुदूर पश्चिम प्रदेश सभाका सदस्यहरूले आरडीटीको परीक्षण रोक्न माग गरेका छन्। आरडीटीको विश्वसनीयता विश्वमा कहीँ नभएको भन्दै आइतवार भएको प्रदेश सभाको बैठकमा सुदूर पश्चिममा पनि त्यसको प्रयोग रोक्न प्रदेश सभा सदस्यहरूले माग गरेका हुन्। प्रदेश सभाको आइतवारको बैठकमा ढ्याप–ढ्यापे समय लिएर बोल्दै नेकपाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरतबहादुर…

    विस्तृतमा पढ्नुस्

  • ‘कोरोना महामारी नियन्त्रणमा लाग्नेबेला प्रधानमन्त्री स्वास्थ्य भ्रष्टाचारको ढाकछोपमा लागे, सेना परिचालन गलत’

    ‘कोरोना महामारी नियन्त्रणमा लाग्नेबेला प्रधानमन्त्री स्वास्थ्य भ्रष्टाचारको ढाकछोपमा लागे, सेना परिचालन गलत’

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठीक भएको बताए। उनले गृहमन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने पनि बताए। तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • दश हजार ४ सयले बढ्यो तोलामा सुनको मूल्य, अब एक तोला सुनको मूल्य ८७ हजार ४ सय

    दश हजार ४ सयले बढ्यो तोलामा सुनको मूल्य, अब एक तोला सुनको मूल्य ८७ हजार ४ सय

    काठमाडौः सरकारले भन्सार दर बढाएयता पहिलोपटक आइतबारदेखि सुनचाँदी बजार खुलेको छ। सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ पुगेको छ। लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो। त्यसपछि आज खुलेको बजारमा सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँले बढेको छ। सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार…

    विस्तृतमा पढ्नुस्

  • छुपुमा छुपु... मानोबाट मुरी फलाउन हेर्नुस् भ्याइनभ्याइ

    छुपुमा छुपु... मानोबाट मुरी फलाउन हेर्नुस् भ्याइनभ्याइ

    यतिखेर किसानलाई चटारो छ। ब्याडमा तयार भएको धानको बीऊ रोप्ने रोपारहरुलाई फुर्सद छैन। बाउसे गर्नेलाई पनि भ्याइ नभ्याइ। मानो रोपेर मुरी फलाउने भनिन्छ रोपाईँलाई। धेरै उत्पादन हुने खाद्यान्नमा पर्छ धान। त्यसैले यतिखेर धेरै ठाउँमा रोपाईको चटारो छ। भक्तपुरमा भएको रोपाईका तिनै दृष्यलाई पहिलोपोस्टका अमित मचामसीले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • वर्षकै हिट अभिनेत्री बनिन् तापसी पन्नू, यी हुन करियरलाई उचाईंमा पुर्‍याउने ५ फिल्म

    वर्षकै हिट अभिनेत्री बनिन् तापसी पन्नू, यी हुन करियरलाई उचाईंमा पुर्‍याउने ५ फिल्म

    बलिउड अभिनेत्री तापसी पन्नू वर्षकै सफल अभिनेत्री बनेकी छन्। सन् २०१९ मा प्रदर्शनमा आएका ५ फिल्मले उनको करियरलाई उचाईंमा पुर्‍याएको छ। वर्षभर खेलेका ५ वटै फिल्मको सफलताले उनले बक्स अफिसमा सफल अभिनेत्रीको उपाधि पाएकी हुन्। जुम टिभीको रिपोर्टका अनुसार तापसीका फिल्मले कुल ३५२ करोड रुपैयाँ कमाएको छ। आफू वर्षकै सफल अभिनेत्री बनेपछि तापसीले दर्शकको साथका लागि धन्यवाद दिएकी छिन्। सन्…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको सांसदहरुलाई रुलिङ, ‘अश्लील, अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरेर नबोल्नुस्’

    सभामुखको सांसदहरुलाई रुलिङ, ‘अश्लील, अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरेर नबोल्नुस्’

    काठमाडौँः सभामुख अग्निप्रसाद सापकोटाले सदनका कारबाहीमा भाग लिँदा शिष्टता साथ प्रस्तुत हुन सदस्यहरुलाई रुलिङ गरेका छन्। केही दिनयता व्यक्तिगत आपेक्षसहित एक–अर्काविरुद्ध बोल्ने क्रम बढेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर पछिल्ला केही बैठकमा समाजवादी पार्टीका सांसदहरुले नामै लिएर अभिव्यक्ति दिइरहेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन्। आइतबार पनि राजपा सांसद चन्दा…

    विस्तृतमा पढ्नुस्

  • हेर्थामाथि डर्टमुन्डको संघर्षपूर्ण जित

    हेर्थामाथि डर्टमुन्डको संघर्षपूर्ण जित

    जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टुमन्डले हेर्था बर्लिनमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोली डर्टमुन्डले जित निकालेसँगै अंकतालिकामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँग अंकदुरी घटाएको छ। गएराति भएको खेलमा डर्टमन्डलाई जिताउन इम्रे क्यानले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले दोस्रो हाफमा गोल गरेका थिए। खेलको ५८ ‍‍औं मिनेटमा गरेको गोल नै डर्टमन्डको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी अस्पताल केही दिनलाई सिल, ३० जना नर्स क्वारेन्टाइनमा

    प्रहरी अस्पताल केही दिनलाई सिल, ३० जना नर्स क्वारेन्टाइनमा

    काठमाडौं : शनिवार काठमाडौँमा थपिएका ४ कोरोना सङ्क्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत भएको खुलेको छ। सङ्क्रमितमध्ये दुई जना नेपाल प्रहरीका हुन्। बाँकी एक जना भने नेपाल प्रहरी परिवार सदस्य भएको खुलेको छ। स्वास्थ्य मन्त्रालयले शनिवार काठमाडौँमा चार जनामा कोरोना पोजेटिभ देखिएको जनाएको थियो। अस्पतालमा नै कोरोना सङ्क्रमित भेटिएपछि महाजगञ्जस्थित प्रहरी अस्पताल अहिले सिल गरिएको छ। सङ्क्रमित बिरामीको सम्पर्कमा आएका…

    विस्तृतमा पढ्नुस्

  • संसारका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, कोरोना संक्रमित अमेरिकामा २० लाख नजिक

    संसारका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, कोरोना संक्रमित अमेरिकामा २० लाख नजिक

    इटालीलाई पछि पार्दै भारत कोरोना कारण संसारका सबैभन्दा खराब मुलुकको सूचीमा छैटौं स्थानमा पुगेको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ। कोरोना संक्रमितको संख्याका आधारमा संससारका सबैभन्दा खराब मुलुकको सूचीमा भारतभन्दा अगाडि अब ५ मुलुकमात्र बाँकी छन्, बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिका। ब्राजिल र भारतको संक्रमित वृद्धिदर अन्य मुलुकको भन्दा बढी छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell