PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • सरकारले सबै अन्तर्राष्ट्रिय सीमामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने

    सरकारले सबै अन्तर्राष्ट्रिय सीमामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने

    काठमाडौं : सरकारले सबै अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आधुनिक अन्तर्राष्ट्रिय सीमामा हेल्थ डेस्क तथा क्वारेन्टाइन स्थापना गरिने बताइन्। एकीकृत एम्बुलेन्स सेवा, प्रमुख राजमार्गमा ट्रमा सेवा विस्तार, त्रिवि अस्पतालमा नेट्रोलोजी र युरोलोजी केन्द्र स्थापना, यसलाई प्रदेश र केन्द्रमा लैजाने, कान्ति बाल अस्पतालाई उत्कृष्ट अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  • विदेशको श्रम बजार जोखिम हुनुलाई रोजगारीको अवसर मानिने छ : राष्ट्रपति

    विदेशको श्रम बजार जोखिम हुनुलाई रोजगारीको अवसर मानिने छ : राष्ट्रपति

    काठमाडौं : महामारीका कारण रोजगारी गुमेकाहरुका लागि रोजगारी स्वास्थ शिक्षाका लागि सरकारले आवश्यक कदम अवलम्बन गर्ने भएको छ। कोरोनाको महामरी लम्बिरहँदा कार्यक्रमहरुको प्राथिमिकीकरण गरिने राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताइन्। विषम परिषस्थितिमा पनि समृद्द नेपाल बनाउन अघि बढ्ने उनले बताइन्। खानेपानी सरसफाइ लगायतमा सबैको समवेशिकरण गराइने जानकारी दिँदै उनले शिक्षा तथा स्वास्थ्यमा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै निजी…

    विस्तृतमा पढ्नुस्

  • ‘मेरो सरकार’ हट्यो ‘यो सरकार’को इन्ट्री, नीति कार्यक्रमबाट हटाइयो आलोचित वाक्य 

    ‘मेरो सरकार’ हट्यो ‘यो सरकार’को इन्ट्री, नीति कार्यक्रमबाट हटाइयो आलोचित वाक्य 

    काठमाडौँः आर्थिक वर्ष २०७६/०७७ सालमा नीति तथा कार्यक्रममा परेको शब्द मेरो सरकार निकै विवादित बन्यो। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचनका क्रममा प्रयोग भएको मेरो सरकारले राजनीतिक वृत्त समेत ततायो।  सरकारले मेरो सरकारलाई अन्तर्राष्ट्रिय प्रचलन भएको दलील पेश गर्‍यो। प्रतिपक्ष दलका संसदीय दलका नेता शेरबहादुर देउवाले समेत राष्ट्रपतिलाई ‘महारानी’ बनाउन लागिएको भन्दै सदनमै टिप्पणी गरे।  कतिपयले त्यसलाई राष्ट्रपतिको शक्ति अभ्याससँग पनि जोडे।  निकै…

    विस्तृतमा पढ्नुस्

  • २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने सरकारको लक्ष्य

    २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने सरकारको लक्ष्य

    काठमाडौं : सरकारले २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने लक्ष्य राखेको छ। संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै विकासशील राष्ट्र बन्ने र २०९९ सालसम्म समुन्नत राष्ट्रमा गनिने गरी सामाजिक र आर्थिक कार्यक्रमहरु अगाडि बढाइएको बताइन्। सरकारले कृषि उत्पादन १० वर्षमा दोब्बर पार्ने र यसका लागि पूर्वाधारमा लगानी बढाउने राष्ट्रपतिले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षमा सरकारका काम उत्साहजनक : राष्ट्रपति भण्डारी

    दुई वर्षमा सरकारका काम उत्साहजनक : राष्ट्रपति भण्डारी

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २ वर्षको अवधिमा उत्साहजनक काम गरेको बताएकी छिन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विभिन्न सूचकाङ्कले सरकार सफल रुपमा अगाडि बढेको बताइन्। ती सूचकले सरकारको प्रभावकारिता पुष्टी उनले बताइन्। त्यस्तै, संविधान कार्यन्वयनामा आएको तथा संघीयता कार्यान्वयनमा सरकारले काम गरेको उनले बताइन्। भण्डरीले संघ, प्रदेश र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक स्थायित्वले जनमतको सम्मान हुन्छ : राष्ट्रपति भण्डारी

    राजनीतिक स्थायित्वले जनमतको सम्मान हुन्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वले जनमतको सम्मान हुने बताएकी छिन्। संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नीति बलियो हुने र त्यस्तो नीतिबाट आएको कार्यक्रम कार्यान्वयन हुने बताइन्। यसले जनमतको सम्मान हुने उनको भनाई छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता निम्त्याउने गरी ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक हतार हतार पारित गरेकी राष्ट्रपतिले आजको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयले भन्यो : अति आवश्यक नपरी अस्पताल नजानुस्

    स्वास्थ्य मन्त्रालयले भन्यो : अति आवश्यक नपरी अस्पताल नजानुस्

    काठमाडौं : सरकारले शुक्रवारसम्म २३ हजार ९ सय २४ जनाको पीसीआर प्रविधिमार्फत् कोरोना भाइरस परीक्षण गरेको छ। आरडीटीबाट ६३ हजार ८५ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ हजार २ सय ५० जनाको गत २४ घण्टामा पीसीआर परीक्षण गरिएको बताए। उनका अनुसार १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा…

    विस्तृतमा पढ्नुस्

  • मास्क लगाएर नै राष्ट्रपति पुगिन् संसद भवन

    मास्क लगाएर नै राष्ट्रपति पुगिन् संसद भवन

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेकी छिन्। राष्ट्रपति भण्डारी मास्क नै लगाएर संसद भवन पुगेकी हुन्।

    विस्तृतमा पढ्नुस्

  • गाउँ गएकाहरु कीर्तिपुर नगरपालिकामा फर्किन कोरोना परीक्षण रिपोर्ट चाहिने

    गाउँ गएकाहरु कीर्तिपुर नगरपालिकामा फर्किन कोरोना परीक्षण रिपोर्ट चाहिने

    काठमाडौं: कीर्तिपुरमा कोठा भएर गाउँ गएकालाई अब फर्किन कोरोना भाइरस परीक्षण रिपोर्ट चाहिने भएको छ। रिपोर्ट नेगेटिभ भएमात्रै नगरपालिकामा प्रवेश गर्न पाइनेछ। कीर्तिपुर नगरपालिकाले कोठामा लकडाउनका बेला फर्कनुपर्ने कुनै अत्यवश्यक काम भएमा आरडिटी वा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने निर्णय गरेको हो। लकडाउन अवधिमा कसैलाई कोठा भाडामा नदिन घरधनीलाई नगरपालिकाले आग्रह गरेको छ। 'नयाँ मानिसहरुलाई यस अवधिभर घरभाडामा नदिने, आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेना प्रमुखको आरोप : कसैको (चीन) इसारामा नेपालले लिपुलेकको कुरा उठायो

    भारतीय सेना प्रमुखको आरोप : कसैको (चीन) इसारामा नेपालले लिपुलेकको कुरा उठायो

    काठमाडौं : नेपालले अर्कैको इसारामा लिपुलेकको विषयमा कुरा उठाएको आरोप भारतीय सेना प्रमुख मनोज मुकन्द नरवानेले लगाएका छन्। उनले भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने गरी बनाएको बाटोमा कुनै विवाद नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन्। शुक्रवार भारतीय सेना प्रमुखले कुनै पनि देशको नाम नलिइकन अर्कैको इसारामा नेपालले यस विषयमा मुद्दा उचालेको आरोप लगाएका हुन्। उनले नाम नलिए पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा लेख्ने पक्राउ

    प्रधानमन्त्रीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा लेख्ने पक्राउ

    काठमाडौं: नेपाल प्रहरीको साइबर ब्यूरोले प्रधानमन्त्री केपी शर्माको तस्विर तोडमोड गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने एक जनालाई पक्राउ गरेको छ। विद्युतीय कारोवार ऐन २०६३ विपरित प्रधानमन्त्री ओलीसहित अन्य विशिष्ट व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरेर सार्वजनिक नैतिकता, शिष्टारचारविरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने हिसाबले गैरकानुनी कुरा प्रकाशन गरेको आरोपमा सिन्धुली तिनपाटन १ बेलघारीका २२ वर्षीय मधु पौडेल भनिने तोरुणराज पौडेललाई…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रका कोरोना संक्रमित प्रहरी जो पुगेका थिए नाईदेखि आफन्तसम्मको सम्पर्कमा

    सशस्त्रका कोरोना संक्रमित प्रहरी जो पुगेका थिए नाईदेखि आफन्तसम्मको सम्पर्कमा

    काठमाडौं : मंगलवार काठमाडौं उपत्यकाभित्र तीन जना कोरोना संक्रमित थपिए। जसमा दुई महिला र एक पुरुष थिए। दुई जना भक्तपुर जिल्लाका परे। भक्तपुरकै यो पहिलो केस थियो। सशस्त्र प्रहरीमा कार्यरत दुवाकोट बस्ने पुरुष संक्रमित पुष्टि भए। पछि खुल्यो उनी पूर्व गृहमन्‍त्री भीम रावलका सुरक्षा गार्ड हुन्। उनी एक महिनाअघि बिदा लिएर बसेको अनुसन्धानमा खुलेको छ। उनको स्थायी घर भने रामेछाप…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगामा ओर्लिए स्थानीय : लुकिछिपी काठमाडौं आउनेलाई रोक्न स्वयम् सेवक परिचालन

    नागढुंगामा ओर्लिए स्थानीय : लुकिछिपी काठमाडौं आउनेलाई रोक्न स्वयम् सेवक परिचालन

    काठमाडौं : काठमाडौंमा कोरोना भाइरसको संक्रमण फेरि सलबलाएसँगै नागढुंगावासीले आजबाट आफैँले नाका अनुगमन थालेका छन्। काठमाडौंमा कोरोनाको 'जिरो केस' भइसकेको अवस्थ पुन: भाइरसको संक्रमण देखिएको र सबै नागढुंगाबाट नै काठमाडौं भित्रिएको तथ्य बाहिरिएलगत्तै स्थानीय सक्रिय भएका हुन्। आज नागढुंगामा स्थानीय नै खटिएर सवारी जाँच गरेका छन्। चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेतीले भने, ' उपत्यका प्रवेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • साउदीमा ४७ हजार संक्रमित : ६ सय बढी नेपाली, महिला र बालबालिका बढी प्रभावित

    साउदीमा ४७ हजार संक्रमित : ६ सय बढी नेपाली, महिला र बालबालिका बढी प्रभावित

    साउदी अरबमा हालसम्म ४६ हजार ८ सय ६९ मानिसमा कोरोना भाइरस संक्रमण दिखएको छ। जसमध्य ७७ प्रतिशत संक्रमित मक्का, रियाद, जेद्दा, मदीना र दम्माम शहरमा छन्। तीमध्य पनि सर्वाधिक धेरै मक्कामा छन्। मक्कामा कुल ९ हजार ९ सय मानिसमा संक्रमण पुष्टि भएको छ। त्यस्तै रियादमा ८ हजार ४ सय ३० मा संक्रमण देखियो। जेद्दा र मदीनामा क्रमश: ८ हजार ३४…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित भागे गोली नै प्रहार किन? अधिकारकर्मी भन्छन्, 'भाग्दैमा गोली चलाइनु जायज हैन'

    संक्रमित भागे गोली नै प्रहार किन? अधिकारकर्मी भन्छन्, 'भाग्दैमा गोली चलाइनु जायज हैन'

    काठमाडौं : बिहीवार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक बस्यो। बैठकमा जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तदेखि सात जनाको उपस्थिति थियो। बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनलाई कडाइ गर्ने सातवटा निर्णय गर्‍यो। निर्णय नम्बर ३ को बुँदा भने गम्भीर प्रकृतिको देखिएको छ। कोरोना संक्रमण देखिएर अस्पतालको आइसोलेसनमा रहेका बिरामी भाग्न खोजे…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको मोडल बदल्ने उच्चस्तरीय समितिको निर्णय, नेपालमा अड्किएकालाई जापान र हङकङ जान दिने

    लकडाउनको मोडल बदल्ने उच्चस्तरीय समितिको निर्णय, नेपालमा अड्किएकालाई जापान र हङकङ जान दिने

    काठमाडौं : सरकारले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी बदल्ने भएको छ। कोरना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितको शुक्रवारको बैठकले लकडानको समीक्षा गर्दै मोडालिटी बदल्ने निर्णय गरेको हो। समितका सदस्य सचिव तथा प्रवक्ता नारायण बिडारीले विज्ञहरुसँग लकडाउनका बारेमा समीक्षा गरेको बताए। 'चिकित्सा क्षेत्रका विज्ञ विशषज्ञसँग छलफलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सल्लाह लिने काम भयो,' उनले भने। विज्ञको सल्लाहका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना उच्चस्तरीय समितिको बैठक जारी, मन्त्रिपरिषद् बैठक पनि बस्दै

    कोरोना उच्चस्तरीय समितिको बैठक जारी, मन्त्रिपरिषद् बैठक पनि बस्दै

    काठमाडौं : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको बैठकमा लकडाउनलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको हो। पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिँदै गएको छ। त्यस्तै लकडाउनको पछिल्लो पटक थपिएको अवधी पनि जेठ ५ गते सकिँदैछ। मंगलवार बसेको मन्त्रपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन प्रभावकारी नभएको भन्दै असन्तुष्टि…

    विस्तृतमा पढ्नुस्

  • बाँके नैनापुरका सबै ८ संक्रमित तीन दिन अगाडि नेपाल आएका

    बाँके नैनापुरका सबै ८ संक्रमित तीन दिन अगाडि नेपाल आएका

    काठमाडौं : आजमात्र बाँकेको नैनापुरमा कोरोना भाइरसको संक्रमणबाट पुष्टि भएका ८ संक्रमितहरु सबै भारतबाट आएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिएका छन्। 'उनीहरु सबै दुई तीन दिन अगाडि मात्र नेपाल आएका हुन्,' अध्यक्ष शाहले भने, 'खुला सीमानाका कारण नेपाल प्रवेश गर्नेहरु छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।' गाउँपालिकाको वडा नं १ र ३ को क्वारेन्टाइनमा राखिएका एक/एक जना र वडा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा तीन करोड ६० लाखभन्दा धेरै बेरोजगार, निम्न आय भएका बढी प्रभावित

    अमेरिकामा तीन करोड ६० लाखभन्दा धेरै बेरोजगार, निम्न आय भएका बढी प्रभावित

    कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा तीन करोड ६० लाखभन्दा बढी मानिसले रोजगार गुमाएका छन्। त्यहाँ बेरोजगारको संख्या सन् १९३० पछि को सबैभन्दा बढी हो। गत वर्ष अक्टोबरमा मात्रै अमेरिकाको इतिहासमै सबैभन्दा बढी रोजगारी सिर्जना भएको थियो। अवसर बढ्दा बेरोजगार भत्ताका लागि आवेदन दिनेको संख्यामा कमी आइसकेको थियो। कोरोना भाइरस संक्रमण र लकडाउनका कारण भने धेरैको रोजगारीमा असर परेको…

    विस्तृतमा पढ्नुस्

  • युपी र बिहारको संक्रमणले घेरिँदै नेपाल : तराईबाट अरुतिर सल्किँदै जोखिम

    युपी र बिहारको संक्रमणले घेरिँदै नेपाल : तराईबाट अरुतिर सल्किँदै जोखिम

    काठमाडौं : भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल कोरोनाको थप जोखिमतिर फस्दैछ। उत्तर प्रदेशका कारण नेपालमा संक्रमित ह्वात्तै बढ्ने सम्भावना छ किनकि त्यहाँका मुख्यमन्त्रीले नेपाल सीमासम्म नेपालीलाई पठाउन निर्देशन दिइसकेका छन्। भारतमा काम गर्न पुगेका मजदूरलाई नेपाल सीमासम्म पुर्‍याउन उनले निर्देशन दिएका हुन्। बिहारबाट नेपाल भित्रिने संख्या पनि उत्तिकै छ। विभिन्न राज्यबाट बिहारका लागि छुटेको श्रमिक रेलमा नेपालीहरु पनि आएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell