काठमाडौं : भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा बढिरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतले चीन र पेरुलाई संक्रमितको संख्यामा उछिनेको छ। आज बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरस संक्रमतिको संख्या ८५ हजार ७ सय ८४ पुगेको छ। कोरोनाको उद्गम मुलुक मानिएको चीनमा यो संख्या ८४ हजार ३१ छ। भारतमा हरेक दिन ३ हजार ५ सयदेखि ४ हजारको संख्यामा संक्रमितहरु थपिइरहेका छन्।…
वीरगंज : पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठले गाउँपालिकाको भारतीय सीमा क्षेत्रको तारबार तीन वर्षदेखि लगाइदै आएको बताएका छन्। उनले नेपाल–भारत सीमा क्षेत्रमा नागरिकको आवतजावत रोक्न तारबार नलगाइएको स्पष्ट समेत पारेका छन्। ‘आज आएर तारबार लगाइएको होइन, तीन वर्ष पहिलेदेखि भारतबाट पस्ने जनावर रोक्न वडा नम्बर ३ को क्षेत्रमा करिब ५ किलोमिटर क्षेत्रमा तार लगाइएको हो,’ उनले भने। धेरै…
काठमाडौँः नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ। उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकता अनुरुप नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढङ्गबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा…
काठमाडौं : पर्साको संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण देखिएर अस्पतालको आइसोलेसनमा रहेका बिरामी भाग्न खोजे आवश्यकता परे गोली समेत चलाउन सकिने भन्ने निर्णय संशोधन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले विज्ञप्ति जारी गर्दै सो निर्णयबाट आम सर्वसाधारण एवं अन्य सरोकारवालाहरूमा अस्पष्टता सृजना भएकाले निर्णय संशोधन गरेको जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित…
काठमाडौं : शुक्रवार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार वीरगंजमा ४ जनामा संक्रमण देखिएको छ। जसमा ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला छन्। यस्तै, उदयपुरमा २५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ। पछिल्लो तथ्यांकका अनुसार दाङमा ३ जनामा संक्रमण देखिएको छ। संक्रमितहरुमा २३, ३६ र ३४ वर्षीय पुरुष छन्। दाङमा…
काठमाडौं : कोरोना संक्रमणको महामारीका कारण सरकारले ठूलो लगानी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा केन्द्रित गरेको छ। विश्वव्यापी रूपमा आएको कोरोना संक्रमणसँगै सार्वजनिक स्वास्थ्य कमजोर रहेको देखिएपछि ठूलो लगानी पूर्वाधार क्षेत्रमा गर्न लागिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आगामी बजेटमा ठूलो लगानीको संकेत गरिएको छ। नीति तथा कार्यक्रम…
काठमाडौं : सरकारले नेपाली सेनासहित सुरक्षाकर्मीलाई क्षमतावान बनाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराएर सुरक्षाकर्मीलाई दक्ष, व्यावसायिक र उच्च मनोबल बनाउने उल्लेख छ। सुरक्षाकर्मीलाई नियमित तालिमले क्षमतावान बनाइराख्ने सरकारको नीति छ। त्यसैगरी, सरकारले सैनिक विश्वविद्यालय स्थापना, सैनिक सामग्री उत्पादनमा राष्ट्रिय क्षमता बढाउने नीति पनि लिएको…
काठमाडौं : सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गरी अघि बढाइने उल्लेख छ। संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एसियाली खेलकुदमा ५१ स्वर्ण पदकसँगै हाल सम्मकै ठूलो सफलता भएको बताइन्। त्यस्तै, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय पदक हात पार्न…
काठमाडौं : सरकारले विद्युतीय राहदानी कार्यान्वयनमा ल्याउने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले यसै वर्ष इ-पासपोर्ट सञ्चालनमा ल्याउने र सुरक्षाको पाटोलाई मजबुद गरिने उल्लेख गरेको छ। त्यसैगरी, सरकारले आमसञ्चार क्षेत्रलाई मर्यादित बनाउन कानुनी र संरचनागत सुधार गर्ने भएको छ। पत्रकार दुर्घटना बीमा लागु गरिनेछ। हुलाकको पुनःसंरचना गरिने भएको छ। आगामी वर्ष राष्ट्रिय परिचयपत्र विरतण गर्ने सरकारको योजना छ।…
काठमाडौं : सरकारले नेपाललाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गराउन विद्युत जडित क्षमता ३ हजार मेगावाट पुर्याउने भएको छ। राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएका विद्युत केन्द्रहरुको हाल कुल जडित क्षमता १ हजार ३ सय ८६ मेघावाट रहेको छ। यसलाई बढाएर अर्को वर्ष ३ हजार मेगावाट पुर्याउने सरकारको नीति तथा कार्यक्रम रहेको छ। राष्ट्रिय प्रसारण तथा वितरण प्रणालीलाई विस्तार गर्ने, सौर्य प्रणालीमा हिमाली…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सेटको व्यवस्था गरेको छ। त्यससँगै ४६ स्थानमा फेस सिल्ड (भाईजर) र पञ्जा लगाई ड्युटी गर्ने व्यवस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन्। दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरणका लागी महाशाखाले…
काठमाडौँः सरकारले आगामी वर्ष पनि पानीजहाज सञ्चालनको कानुनी आधार तय गर्ने लक्ष्य राखेको छ। चालु वर्षका लागि संघीय संसदमा पेस भएको नीति तथा कार्यक्रममा पनि सरकारले नीतिगत, कानुनी र पूर्वाधार निर्माणलाई नै प्राथमिकतामा राखेको थियो। चालु वर्षमा पूरा नभएको प्रतिवद्धता नै सरकारले पुनः दोहोर्याएको हो। आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमको अंश नीति तथा कार्यक्रममा आफ्नै ध्वजावहाक पानीजहाज सञ्चालनका लागि…
सन् २००८ को सफल बलिउड फिल्म 'दोस्ताना'को सिक्वेल बन्दैछ। भारतको समलिङ्गी आन्दोलनमा विशेष भूमिका खलेको यस फिल्मको दोस्रो भाग यसै वर्षको अन्त्यमा प्रदर्शनको तयारी थियो। फिल्मको छायाँकनबीच कोरोना भाइरसको संक्रमण फैलियो। 'दोस्ताना २' गत वर्ष घोषणा भएको थियो। फिल्ममा कार्तिक आर्यान र जान्वी कपुरको केन्द्रिइ भूमिका रहने बताइएको थियो। त्यसतै कलाकार लक्ष्यले यसै फिल्ममार्फत् डेब्यू गर्दै थिए। फिल्मलाई कोलिन डि'सुन्हाले…
काठमाडौं : सरकारले पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने भएको छ। संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा नारायणघाट-बुटवल सडक चार लेनमा विस्तार शुरु भएको र पूर्व-पश्चिम राजमार्ग सबै ४ लेनको बनाउने उल्लेख छ। नारायणघाट-बुटवल र कमला-कञ्चनपुर सडकखण्ड तीन वर्षभित्र विस्तार गरिने सरकारको लक्ष्य छ। सरकारले आउँदो वर्ष ३ सय सडक/पुलको निर्माण, सडक कालोपत्रे/मर्मतलाई तीव्रता, आगामी तीन वर्षमा फास्ट ट्रयाक निर्माण, जटिल…
काठमाडौं : सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्याउने भएको छ। संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी वर्ष ९४ प्रतिशत जनतालाई खानेपानी पुर्याउने उल्लेख छ। त्यसैगरी आगामी तीन वर्षभित्र प्रदेश, स्थानीय तहको समन्वयमा सबै घरमा खानेपानी पुर्याउने सरकारको लक्ष्य छ।
काठमाडौं : सरकारले आगामी तीन वर्षभित्र सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तीन वर्षभित्र सुकुमबासी र अव्यवस्थित बसोबास समस्या समाधान गरिने उल्लेख छ। पश्चिमको कञ्चनपुरमा १९ वर्षदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापितहरुको अझै पुनर्स्थापना हुन नसकेको तथा देशका धेरै ठाउँमा सकुमबासीहरु शिविरमा बसिरहेका बेला सरकारले अबको तीन वर्षमा…
काठमाडौं : सरकारले यस वर्षको शैक्षिक सत्रमा २ लाख ७० हजार बालबालिका विद्यालय भर्ना गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य पूरा गर्न सरकारले ‘बालबालिकालाई विद्यालय ल्याउँ, पढाइमा टिकाउ’ अभियान सञ्चालन गर्ने भएको छ। त्यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा नयाँ प्रविधि र ज्ञानको विस्तार गर्ने सरकारले योजना बनाएको छ। सार्वजनिक विद्यालय र शिक्षालाई गुणस्तरीय बनाउन योग्य र दक्ष शिक्षण पेसामा रुची राख्ने शिक्षकको…
काठमाडौं : जिल्ला प्रशासन कार्यालयले लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास र पहेलो रङको सबारी पास खारेज गरेको छ। आजबाट जारी हुने पासको रङ नीलो हुने कार्यालयले जनाएको छ। लकडलाउन कार्यान्वयनलाई थप कडाई गर्नका लागि जिल्ला प्रशासन कार्यालयले यस्तो रङको नयाँ पास जारी गर्न लागेको हो। काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाएपछि बाहिरबाट मानिसहरु भित्रने क्रम बढ्यो भने कोरोनाका संक्रमितहरु पनि उपत्यकामा देखिए।…
काठमाडौं : सरकारले कोरोना भाइरस महामारीका कारण विदेशबाट फर्किरहेका नेपाली कामदारलाई रोजगार दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘दक्ष श्रमिक, कामको सम्मान, उचित पारिश्रमिक सरकारको श्रम नीति’ अन्तर्गत सरकारले व्यापक रोगजारी र अवसर सिर्जना गर्ने उल्लेख छ। आन्तरिक रोजगारी नभएको अवस्थामा महामारीले स्वदेशको रोजगारी संकुचित गरेको र विदेशमा रहेकाहरु फर्किँदा बेरोजगार बढ्ने भएकाले सरकारले बेरोजगार…
काठमाडौँः सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने भएको छ। हाल कार्यक्रम अन्तर्गत कामको आह्वान गरेर स्थानीय तहले कार्यान्वयन गर्ने गरेका छन्। सदनमा प्रस्तुन नीति तथा कार्यक्रममा उक्त कार्यक्रम परिमार्जन गर्ने जनाइएको हो। सञ्चालित कार्यक्रमलाई अब सीप, दक्ष जनशक्ति र रोजगारी सिर्जनामा जोडिनेछ। रोजगारसँग सम्बन्धित अन्य परियोजनासँग पनि कार्यक्रमलाई जोडिनेछ। बाटो सफा गर्ने, मकै खन्ने लगायतका काममा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम…