PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • नीति तथा कार्यक्रममा ५ वटा संशोधन प्रस्ताव दर्ता

    नीति तथा कार्यक्रममा ५ वटा संशोधन प्रस्ताव दर्ता

    काठमाडौं: आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दे सांसदहरुबाट एकल र संयुक्त रुपमा विभिन्न ५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा संशोधनकर्ताहरुले नीति तथा कार्यक्रममा कोरोना पछिको मुलुकको आर्थिक अवस्था उकास्ने योजना नभएको, राहत प्याकेज समावेश नभएको तथा अनुत्पादक क्षेत्रमा भएको खर्चलाई उत्पादकत्व क्षेत्रमा लगाउने कार्यक्रम नभएको धारणा राखेका…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

    लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

    काठमाडौँ: कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लकडाउन लम्ब्याउन सुझाव दिएको हो। बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन गरेकै कारण कोरोनालाई काबुमा राखेकोले लकडाउन नै उपयुक्त हुने सुझाव आएको बताए। लकडाउनबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्नेछ। पछिल्लो पटक बढाइएको अवधि सोमवार राति १२ बजेबाट सकिँदैछ। १५ दिन लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या बढेसँगै क्वारेन्टाइन र आइसोलेसन बस्ने थपिए, थप चार सय रेड जोनमा

    संक्रमितको संख्या बढेसँगै क्वारेन्टाइन र आइसोलेसन बस्ने थपिए, थप चार सय रेड जोनमा

    काठमाडौँः आइतवारसम्म २८ हजार १६० जनाको कोरोना भाइरस परीक्षणका लागी आरटी पीसीआर गरिएको छ। पछिल्लो २४ घण्टामा एक हजार ४६९ जनाको परीक्षण गरिएको छ। हालसम्म ६७ हजार ७६९ जनाको आरडीटी गरिएको छ। दुई हजारभन्दा बढी आरडीटीबाट २४ घण्टामा गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३५७ जना क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बस्नेको संख्या केही दिनयता बढिरहेको छ। आइसोलेसनमा बस्नेको संख्या…

    विस्तृतमा पढ्नुस्

  • निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब आरडीटी परीक्षण गर्न पाउने

    निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब आरडीटी परीक्षण गर्न पाउने

    काठमाडौँः निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले पनि अब शुल्क लिएर आरडीटी परीक्षण गर्न पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयले तयार पारेको नयाँ निर्देशिकाले निजी र सामुदायिक अस्पताललाई पनि परीक्षण गर्न दिने बाटो खोलेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा निर्देशिका अनुसार निजी स्वास्थ्य संस्थाले आरडीटी गर्न सक्ने बताए। 'हामीले निर्देशिका जारी गरेका छौं। अब निजी तथा सामुदायिक…

    विस्तृतमा पढ्नुस्

  • बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा पनि कोरोना पोजेटिभ

    बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा पनि कोरोना पोजेटिभ

    काठमाडौँः बाँकेको क्वारेन्टाइनमा निधन भएका युवकको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको हो।  स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले ती युवकको रिपोर्ट पोजेटिभ आएको बताए।  वैशाख ३० गते भारतबाट आएका २५ वर्षीय युवा नरैनापुरको दीपेन्द्र माविमा क्वारेन्टाइनमा थिए।  क्वारेन्टाइनमा नै आइतबार बिहान उनको निधन भएको थियो। शव व्यवस्थापनका लागि टोली…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको सरकारलाई निर्देशन

    विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको सरकारलाई निर्देशन

    काठमाडौं : विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतवार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। समितिले प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउन पर्ने नेपालीहरुका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक रहेकोसमेत बताएको छ। 'कोरोना संक्रमणको अवस्था, नेपालीहरु रहेका विभिन्न देशहरु तथा त्यहाँ रहेका नेपालीहरुको वर्गीकरण गर्ने। यस्तो वर्गीकरणको आधारमा…

    विस्तृतमा पढ्नुस्

  • एक महिनाअघि घनले हानेर हत्या: आफ्नै बारीमा गाडे, प्रहरीको सोधपुछमा खुल्यो पोल

    एक महिनाअघि घनले हानेर हत्या: आफ्नै बारीमा गाडे, प्रहरीको सोधपुछमा खुल्यो पोल

    कास्की : घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ समिनतारा बस्ने २१ वर्षीय ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियार रहेका छन्। ज्ञानबहादुरले करिब १ महिना अगाडि सोही ठाउँ बस्ने २२ वर्षीय बिमल रानाभाटलाई घनले…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रम कोरोना केन्द्रीत छ, सीमाको विषय पहिलोपटक समेटिएको हो: नेम्वाङ

    नीति तथा कार्यक्रम कोरोना केन्द्रीत छ, सीमाको विषय पहिलोपटक समेटिएको हो: नेम्वाङ

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले नीति तथा कार्यक्रम कोरोना केन्द्रीत भएको दावी गरेका छन्। उनले आइतवारको प्रतिनिधि सभामा बोल्दै नीति तथा कार्यक्रम कोरोना केन्द्रीत गरी ल्याइएको दावी गरेका हुन्। कोरोनाको स्थिति अब जटिल छ भन्नेबारे सरकार जानकार रहेको पनि दावी गरे। नेम्वाङ अघि प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र नेता मिनेन्द्र रिजालले सरकारले…

    विस्तृतमा पढ्नुस्

  • नेताको खोजीखोजी परीक्षण, सुत्केरी गराउन पुगेकालाई चाहिँ प्रोटोकल! [सम्पादकीय]

    नेताको खोजीखोजी परीक्षण, सुत्केरी गराउन पुगेकालाई चाहिँ प्रोटोकल! [सम्पादकीय]

    धुलिखेल अस्पतालमा मृत्युवरण गरेकी २९ वर्षीया महिला दश दिन अघिमात्रै सुत्केरी भएकी थिइन्। नेपालको स्वास्थ्य सेवालाई मार्गदर्शन दिने त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा उनलाई प्रसुती गराइएको थियो। सुत्केरी भएको दुई साता पनि नबित्दै उनी वितिन्। उनमा संक्रमण कहाँबाट सल्कियो? प्रश्नको जवाफ अनुत्तरित छ तर जारी छ उनको सम्पर्कमा आएकाहरुको खोजी, जसमा संक्रमणको सम्भावना छ। यो त प्रकृयागत कुरा भयो, कन्ट्याक्ट ट्रेसिङको।…

    विस्तृतमा पढ्नुस्

  • हरिवनमा कोरोना विशेष एमबीबीएस डाक्टर, कृषिमा अनुदान, विदेशबाट फर्किनेलाई विनाधितो ऋण

    हरिवनमा कोरोना विशेष एमबीबीएस डाक्टर, कृषिमा अनुदान, विदेशबाट फर्किनेलाई विनाधितो ऋण

    सर्लाही: यहाँको हरिवन नगरपालिकाले कोरोना भाइरसको महामारीविरुद्ध लड्न एमबीबीएस डाक्टर नियुक्त गर्ने निर्णय गरेको छ। नगरपालिकाको शुक्रवारको विशेष नगरसभाले महामारीको संकटलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप नगरको स्वास्थ क्षेत्रलाई थप मजबुद र सुरक्षित बनाउन कोरोना विशेष क्वारेन्टाइन सञ्चालनका लागि तत्कालै एमबीबीएस डाक्टर नियुक्तिको निर्णय गरेको हो। नगरको स्वास्थ्य सेवालाई थप सक्रिय रुपमा परिचालन गर्न र नागरिकलाई गुणस्तरीय सेवा प्रदानका लागि कोरोना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको प्रश्न : थाहा पाइन भनेर कति दिन उम्कनुहुन्छ?

    प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको प्रश्न : थाहा पाइन भनेर कति दिन उम्कनुहुन्छ?

    काठमाडौं : नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा पाइन भनेर कति दिन उम्किने भन्दै प्रश्न गरेका छन्। रिजालले आजको सांसदमा बोल्दै सरकार अरुलाई दोष देखाएर पन्छिन् नमिल्ने बताएका हुन्। उनले भने, ‘सरकारलाई कठिनाइ छ त देखेको छु। घुस रकममा मोल मोलाई गर्नेलाई पन्छाउन नपाउँदै भ्रष्टाचार गर्नेलाई पन्छाउन नपाउँदै स्वास्थ्य उपकरणमा अनियमितता गर्नेलाई व्यहोर्नुपर्छ। सीमा अतिक्रमण सडक…

    विस्तृतमा पढ्नुस्

  • सांसद अपहरण केस : प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझायो फाइल

    सांसद अपहरण केस : प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझायो फाइल

    काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवसँग जोडिएको अपहरणको अनुसन्धान प्रहरीले सकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। वैशाख २६ गते परिसर काठमाडौंले उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो। परिसरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल महोत्तरी पुगेर अनुसन्धान गरेको थियो। बहालवाला सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ, प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल…

    विस्तृतमा पढ्नुस्

  • कन्टेनरभित्र लुकेर आएका ५० जना भारतीय नागरिक नियन्त्रणमा

    कन्टेनरभित्र लुकेर आएका ५० जना भारतीय नागरिक नियन्त्रणमा

    काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।  सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने…

    विस्तृतमा पढ्नुस्

  • संसदमा देउवा: सरकार कोरोना संक्रमण रोक्न पूर्णरुपमा असफल, नीति तथा कार्यक्रममा कोरा सपना बाँडियो

    संसदमा देउवा: सरकार कोरोना संक्रमण रोक्न पूर्णरुपमा असफल, नीति तथा कार्यक्रममा कोरा सपना बाँडियो

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरसको महामारीले पुर्‍याउने क्षतिबारे ज्ञानै नभएको आरोप लगाएका छन्। संसदको संयुक्त बैठकमा चलिरहेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सरकार जनताको पीडामा संवेदनशील नभएको आरोप लगाए। सरकार कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल भएको देउवाको टिप्पणी छ। उनले सरकारसँग कोरोना रोक्न जनतालाई आश्वस्त पार्ने कुनै योजना नभएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युवाको खोजी गर्न थाल्यो प्रहरी

    नागढुंगामा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने युवाको खोजी गर्न थाल्यो प्रहरी

    काठमाडौं : शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्नेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। कार्कीमाथि दुर्व्यवहार गर्ने युवाको पहिचान भइसकेकाले कारबाही गर्ने तयारी भइरहेको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। 'हामीले अनुसन्धान सुरु गरेका छौं। उनीहरुको पहिचान भइसकेको छ,' एसएसपी ज्ञवालीले भने। गत शुक्रवार अत्यावश्यक कामले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन बढाउन आज बस्दैछ मन्त्रिपरिषद बैठक

    लकडाउन बढाउन आज बस्दैछ मन्त्रिपरिषद बैठक

    काठमाडौं : लकडाउनको विषयमा छलफल गर्नको लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। आज दिउँसो साढे ५ बजेका लागि बैठक बोलाइएको हो। आज बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने छ। भोलि रातिबाट १२ बजेबाट सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय सकिँदैछ। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक पनि आज दिउँसो बस्दैछ। बैठकले गरेका निर्णयहरु मन्त्रिपरिसद्मा छलफल भएपछि…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्युले प्रधानमन्त्री ओली दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने

    सुत्केरीको मृत्युले प्रधानमन्त्री ओली दुखित्, मानवीय क्षति रोक्न थप सशक्त बनाउने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोककी सुत्केरीको मृत्युले दु:खी तुल्याएको जनाएका छन्। आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवराजनमा समवेदना प्रकट गरेका हुन्। 'कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु,'…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन बढाउन र सरकारी बिदाबारे छलफल गर्न समन्वय समितिको बैठक बस्दै

    लकडाउन बढाउन र सरकारी बिदाबारे छलफल गर्न समन्वय समितिको बैठक बस्दै

    काठमाडौं : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ। आज दिउँसो साढे २ बजेको लागि बैठक बोलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकले लकडाउन थप गर्ने विषयमा निर्णय गर्ने छ। सरकारले थप गरेको लकडाउनको समय भोलि राति १२ बजेबाट सकिँदैछ। बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन उपत्यकाभित्र छिर्ने नाकामा सेना परिचान, सरकारी कार्यालय १५ दिनको लागि…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा शाहरुख खानको सिकाइ: हामीलाई धेरै मानिस होइन कुरा गर्न सकिने मानिस चाहिन्छ

    लकडाउनमा शाहरुख खानको सिकाइ: हामीलाई धेरै मानिस होइन कुरा गर्न सकिने मानिस चाहिन्छ

    कोरोना भाइरसका संक्रमण रोक्न लागु गरिएको लकडाउनका कारण मानिसहरु यतिबेला घरमै छन्। सबैलाई अहिले कोभिड१९ बाट कसरी बच्ने भन्ने चिन्ता छ। त्यस्तै सेलिब्रेटी खेलाडी, कलाकारहरु समाजिक सन्जालमा एक्टिभ देखिन्छन्। यस्तैमा बलिउडका किङ शाहरुख खान पनि सामाजिक सन्जालमा सक्रिय छ। कहिले कोभिड १९ सँग लड्नका लागि सहयोग गरेर त कहिले जनचेतनामुलक सन्देशहरु फैलाएर। खान सामाजिक सन्जालमार्फत नै समर्थकहरुलाई सकारात्मक कुराहरुमा मोटिभेट गरिरेहका…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा थपिए १० जना कोरोना संक्रमित : नेपालमा कोरोना पोजेटिभको सङ्ख्या २ सय ९१ पुग्यो

    रौतहटमा थपिए १० जना कोरोना संक्रमित : नेपालमा कोरोना पोजेटिभको सङ्ख्या २ सय ९१ पुग्यो

    काठमाडौ : नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्। रौतहटको राजपुर नगरपालिका फरहदवा वडा नम्वर ९ का सात जना पुरुष र इशनाथ नगरपालिकाका ३ र ५ वडाका ३ पुरुष रहेको मन्त्रालयले जानकरी दिएको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell