गत फेब्रुअरीमा 'अमेरिकन आइडल २०२०'को पहिलो चरणको अडिसन पार गरिन् सामन्था डियाजले। दोस्रो चरणका लागि हवाई पुगिन्, पहिलो पटक प्लेन चढेर। त्यहाँ उनका लागि मानिस, अनुभव लगायत सबै कुराहरु नयाँ थिए। कार्यक्रममा दोस्रो प्रस्तुतिका लागि मञ्चमा छिरिन्। त्यस समय उनको हातमा एउटा कागजको बट्टा थियो। जसलाई उनले भुईंमा राखिन् र प्रस्तुतीको तयारी गरिन्। उनले गाउन थाल्नु अघि निर्णायकहरुले उक्त बाक्साको…
विश्वभर कोरोना भाइरसबाट ४७ लाख १३ हजार ६ सय २० जना मानिस संक्रमित भएका छन्। विश्वभर यसैका कारण ३ लाख १५ हजार १ सय ८५ जनाको ज्यान समेत गुमिसकेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार सोमवार बिहानसम्म अमेरिकामा कोरोनाका संक्रमित १४ लाख ८६ हजार ५ सय १५ पुगेका छन्। अमेरिकामा ८९ हजार ५ सय ६२ जानाको मृत्यु भइसकेको छ। संक्रमितको संख्याको…
विराटनगर : आइतवार थप दुई जिल्लामा कोरोना भाइरसका नयाँ बिरामी फेला परे। मोरङ र धनकुटाका तीन केस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो। धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङको विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। विराटनगरमा…
काठमाडौँ : सुरक्षा सतर्कताको नाममा कसैले पनि टोल तथा बाटो बन्द नगर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ। कोरोना सङ्क्रमणबाट बच्न भन्दै अहिले टोल टोलमा प्रवेश निषेध गरिएको छ। स्थानीय तथा जनप्रतिनिधिहरुले सडक तथा बाटो रोकेका छन्। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै यसरी बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने तथा आवागमनमा अवरोध नपुर्याउन निर्देशन दिएको हो। कोरोना सङ्क्रमणको…
दिवेश पोख्रेल 'अमेरिकन आइडल २०२०'को फस्ट रनर अप भएका छन्। आइतबार उक्त गायन रियालिटी शोको फिनाले डिजिटल प्ल्याटफर्ममार्फत् आयोजना भयो। यस वर्षको शीर्ष उपाधी भने २० वर्षीया सामन्था डियाज 'जस्ट साम'ले जितेकी छिन्। स्टेजमा अर्थर गन नामले चिनिने दिवेशले अमेरिकन रक ब्यान्ड क्रिडेन्स क्लियरवाटर रिभाइभलको 'ह्याब यु एभर सिन द रेन' गाएका थिए। प्रस्तुति पछि निर्णायक रहेका लियोनेल रिचीले दिवेश यीनै…
नयाँ दिल्ली : एकै दिन संक्रमितको संख्या ५ हजार भन्दा माथि पुगेपछि भारतमा २४ घन्टामा कोभिड १९ संक्रमितको नयाँ रेकर्ड बनेको छ। तेस्रो अवधिको लकडाउन सकिँदा आइतवार ५ हजारभन्दा धेरैमा संक्रमण देखिएको हो। भारतको महाराष्ट्रमा मात्र एकै दिन २ हजार ३ सय ४७ जना नयाँ संक्रमित थपिए, जुन अहिलेसम्मकै धेरै हो। आइतवारमात्रै भारतमा १ सय ५४ जनाको मृत्यु भयो, कोरोनाका…
काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले ६० जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक( डिएसपी)मा बढुवा सिफारिस गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। प्रहरी निरीक्षक पृथ्वीनारायण ओली ९२ दशमलव ९१६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्। प्रहरी निरीक्षक केदार पन्त, जयराम कुइँकेल, कविन्द्र कुमार कार्की क्रमशः दोस्रो, तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका…
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बायर्नले घरेलु टोली युनियन बर्लिनमाथि २-० को सहज जित निकालेको छ। पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै बायर्नले खेलमा अग्रता बनाएको थियो। खेलको ४० औं मिनेटममा रोबर्ट लेवानडोस्कीले पेनाल्टी मार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अगाडि रहेको बायर्नले दोस्रो हाफमा अर्को गोल थप्यो। बेन्जामिन पाभार्टले खेलको ८० औं…
काठमाडौँः सरकारले जारी लकडाउनलाई जेठ २० गतेसम्म थप गरेको छ। लकडाउन थपसँगै सरकारले लकडाउनको भावी मोडालिटी कस्तो हुने पनि छलफल गरेको छ। तर, ती मोडालिटीबारे निर्णय भएका छैनन्। सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मोडालिटीबारे अबको उच्चस्तरीय समितिको बैठकले निर्णय गर्ने बताए। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले ती विकल्पबारे भने जानकारी दिए। जसमा विदेशमा रहेका नेपालीको उद्दाकारो तयारी र स्वदेश…
काठमाडौँः कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले उद्दार गर्ने भएको छ। यसरी उद्दार गरेर ल्याइनेलाई क्वारेन्टाइन बस्न अनिवार्य गरिने छ। आइतवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वदेश फर्काउने तयारी भइरहेको जनाएका हुन्। पहिलो चरणमा विदेशमा रहेका २० हजारलाई ल्याउने तयारी सरकारको छ। विभिन्न देशमा नेपालीले रोजगारी गुमाउन थालेपछि सरकारले नेपाल ल्याउने तयारी गरेको…
जनकपुरधामः सर्वोच्च अदालतले नागरिकता वा अन्य परिचय खुल्ने कागजात नभए पनि महामारी पीडित नागरिकलाई राहत उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकुमार कार्की र हरि फुँयालको संयुक्त इजलासले महामारीको अवस्थामा प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने हकको सम्मान गर्न पनि आदेशमा भनेको छ। नागरिकता तथा परिचयपत्र खुल्ने कागजात अभावमा नागरिकको संविधानप्रदत्त बाँच्न पाउने हक छिन्न नमिल्ने भन्दै…
काठमाडौं : नेपाली सेनाले आफू मातहतको सैनिकको हिँडडुलमा निगरानी गर्न तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिन उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्न शुरु गरेको छ। ट्राफिक प्रहरीसँगको समन्वयमा सेनाले आइतवार सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिकहरुको जाँच गरेको छ। सो क्रममा दोलखा घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैरसैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग…
काठमाडौँः जारी लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय मन्त्रिपरिषदले गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो। सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो। उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन बढाइएको हो। लकडाउनका कारण संक्रमण जोखिम न्यूनीकरणमा सहयोग भइरहेको भन्दै समय थव गरिएको हो। चैत ११ गतेदेखि लकडाउन जारी छ। अघिल्लो पटक…
काठमाडौं : आफ्ना नेताहरुविरुद्ध अनर्गल रुपमा प्रचार गरी मानमर्दन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध सरकारी वकिल कार्यालयमा दर्ता गरेको मुद्दा तामेलीमा राखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुविरुद्ध पूर्वप्रधानमन्त्री भट्टराईले गलत प्रचार गरेको भन्दै विद्यार्थी संगठनले सरकारी वकिल कार्यालयमा ‘साइबर क्राइम’को मुद्दा दायर गरेका थिए। अनुसन्धानमा साइबर अपराध पुष्टि नभएकाले मुद्दा तामेलीमा राखिएको सरकारी…
काठमाडौँः थप दुई जिल्लामा कोरोना भाइरसका नयाँ बिरामी फेला परेका छन्। आइतबार साँझ मोरङ र धनकुटाका तीन केस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि संक्रमण २८ जिल्लामा फैलिएको थियो । अब ३० जिल्ला पुगेकोछ। मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो। धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङको विराटनगर…
काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवसँग जोडिएको अपहरणको मुद्दा तामेलीमा राखिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा तामेलीमा राख्ने निर्णय गरेको हो। एक साता लामो अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। ‘उजुरीमा दर्ता भए अनुसार अपराध भएको प्रारम्भिक अनुसन्धानमा पुष्टि हुन सकेन त्यसैले तामेलीमा राखेका छौं,’ सरकारी वकिल कार्यालय…
काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीस्थित जोरपाटी स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ। सामाजिक अभियन्ता तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एका पूर्वगर्भनर कुमारराज सुवेदीले स्वास्थ्य चौकीलाई कोरोना भाइरसको महामारीले रोकिएको खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन्। अब नियमित रुपमा खोप सोमवारदेखि शुरु हुने जनाइएको छ। आइतवार आयोजित एक कार्यक्रमका बीच अभियन्ता…
काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लकडाउनको अवधि थप्ने तथा अन्य विषयमा निर्णय लिने बताइएको छ। लकडाउन थप्न उच्चस्तरीय समितिले पनि सिफारिस गरिसकेको छ। कोरोना भाइरसको संक्रमणको दायरा दिन प्रतिदिन बढ्दै जाँदा लकडाउन बढाउन तथा परीक्षणको दायरा बढाउनुपर्ने उच्चस्तरीय समितिको निष्कर्ष छ।
काठमाडौं: बहराइनमा कोरोना भाइरसबाट संक्रमित नेपाली नागरिकको संख्या ३ सय ३१ पुगेको छ। बहराइनको मनामास्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा शनिवारसम्म ३ सय ३१ नेपाली संक्रमित भएको उल्लेख छ। रोजगारीका लागि बहराइन पुगेका नेपालीहरु विभिन्न ठाउँमा कार्यरत छन्। नेपाली दूतावासका अनुसार बहराइनमा कुन ३ हजार ९ सय ७३ जना संक्रमित रहेकोमा २ हजार ७ सय ६२ जना संक्रमणमुक्त भई…
काठमाडौं : राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ। आयोगको आइवार बसेको बैठकपछि अध्यक्ष समिम मिया अन्सारीले ईद–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन्। रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामूहिक नमाज पढ्ने गरिन्छ। यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर…