PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • …अनि खुल्यो महाकालीको गेटः मातृभूमि प्रवेश पाउँदाको खुसी, हेर्नुस् तस्विरमा

    …अनि खुल्यो महाकालीको गेटः मातृभूमि प्रवेश पाउँदाको खुसी, हेर्नुस् तस्विरमा

    ३५ दिनदेखि सीमापारि क्वारेन्टाइनमा बसेका दुई हजारभन्दा बढी नागरिक बिहीबार स्वदेश फर्किएका छन्। लकडाउनको अवधिमा भारतबाट नेपाल फर्किएका उनीहरुलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। गृह मन्त्रालयको निर्देशनपछि बिहीबार उनीहरु मातृभूमि फर्किए। स्थानीय प्रशासनका अनुसार दार्चुलाका दुई नाकाबाट एक हजार २९६ जना स्वदेश फर्किए। यस्तै आठ सयभन्दा बढी स्वदेश फर्किएका छन्। स्थानीय प्रशासनले उनीहरुको आधारभूत स्वास्थ्य जाँच गरेको छ। स्थानीय सरकारले…

    विस्तृतमा पढ्नुस्

  • लोक सेवाको परीक्षा र विज्ञापन स्थगित गर्ने सरकारको निर्णय

    लोक सेवाको परीक्षा र विज्ञापन स्थगित गर्ने सरकारको निर्णय

    काठमाडौँः सरकारले लोक सेवा आयोगले सञ्‍चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण व्यवस्था हाललाई स्थगित गर्ने…

    विस्तृतमा पढ्नुस्

  • रोल्पाको गौरीगाउँमा बम विस्फोट, चार बालबालिकाको मृत्यु

    रोल्पाको गौरीगाउँमा बम विस्फोट, चार बालबालिकाको मृत्यु

    काठमाडौँः रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका ७ गौरीगाउँमा विस्फोट भएको हो। विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए। मृत्यु हुनेहरुमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री र वडा नम्वर ४ का गौरव नेपाली…

    विस्तृतमा पढ्नुस्

  • बढी मूल्य लिएर मास्क र पीपीई बिक्री गर्ने सर्जिकल हाउसलाई दुई लाख जरिवाना

    बढी मूल्य लिएर मास्क र पीपीई बिक्री गर्ने सर्जिकल हाउसलाई दुई लाख जरिवाना

    कैलालीः धनगढीमा रहेको ग्लोवल सर्जिकल हाउसलाई मास्क र पीपीईमा तोकिएभन्दा बढी रकम लिएर बिक्री गरेको भन्दै जरिवाना गरिएको छ। पीपीई र मास्कमा कालोबजारी गरेको भन्दै सयुक्त बजार अनुगमन समितिले हाउसलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो। मास्कमा ६० प्रतिशतभन्दा बढी र पीपीईमा ४४ प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुन मगरले…

    विस्तृतमा पढ्नुस्

  • इन्फ्रारेड थर्मोमिटरको कालोबजारीमा समातिएका अग्रवालाई २५ लाख धरौटीमा रिहाको आदेश

    इन्फ्रारेड थर्मोमिटरको कालोबजारीमा समातिएका अग्रवालाई २५ लाख धरौटीमा रिहाको आदेश

    काठमाडौं : जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। महानगरीय अपराध महाशाखाको टोलीलाई अग्रवाललाई चैत २५ गते कालोबजारीको अभियोगमा नियन्त्रणमा लिएको थियो। अग्रवालको कम्पनीले ज्वरो नाप्ने इन्फ्रारेड थर्ममिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • अपहरण भएको भन्दै सांसद यादवले दिए मानव अधिकार आयोगमा निवेदन

    अपहरण भएको भन्दै सांसद यादवले दिए मानव अधिकार आयोगमा निवेदन

    काठमाडौं : समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध अपरहणको निवेदन दिएका छन्। सांसद यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लगाउँदै बिहिवार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका हुन्। यसअघि उनले महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिन खोजे पनि दर्ता भएको थिएन।…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियामा किमको हस्ताक्षरसहित सरकारी अधिकारीहरुलाई निर्देशन

    उत्तर कोरियामा किमको हस्ताक्षरसहित सरकारी अधिकारीहरुलाई निर्देशन

    काठमाडौं : उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य अवस्थाका बारेमा चलेको दुई साता लामो हल्लालाई चिर्दै नेता किमको निर्देशन सार्वजनिक गरेको छ। उत्तर कोरियाले किमले हस्ताक्षर गरेको निर्देशन सार्वजनिक गर्दै मौनतालाई चिरेको डेली एनकेले जनाएको छ।सामान्य अवस्थामा किमले पार्टीका प्रान्तिय कमिटी र सरकारका निकायहरुलाई यस्ता निर्देशन हरेक बुधवार वा बिहीवार दिँदै आएका थिए। अघिल्ला निर्देशनहरुमा सामान्य रुपमा १० बुदेँ…

    विस्तृतमा पढ्नुस्

  • महाकाली पारी अलपत्र नेपाली स्वदेश ल्याउने सरकारी पहल स्वागतयोग्य: कमल थापा

    महाकाली पारी अलपत्र नेपाली स्वदेश ल्याउने सरकारी पहल स्वागतयोग्य: कमल थापा

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिक स्वदेश ल्याउने सरकारी पहलको स्वागत गरेका छन्। गृह मन्त्रालयको निर्देशनमा दार्चुला र बैतडी प्रशासनले भारतीय पक्षसँग समन्वय गरी तीन वटा नाकाबाट आज करिब १८ सय नेपालीलाई स्वेदश फर्काइरहेका छन्। यो खबर आएसँगै थापाले ट्वीटरमार्फत सरकारी पहलको स्वागत गरेका हुन्। 'ढिलो भएपनि ठिक निर्णय भएको छ,' उनले…

    विस्तृतमा पढ्नुस्

  • ऋषि कपूरको त्यो फिल्म... जसलाई इन्दिरा गान्धीले जयप्रकाश नारायणको र्‍याली भाड्न प्रयोग गरिन्

    ऋषि कपूरको त्यो फिल्म... जसलाई इन्दिरा गान्धीले जयप्रकाश नारायणको र्‍याली भाड्न प्रयोग गरिन्

    बलिउडका भेट्रान अभिनेता ऋषि कपूरको क्यान्सरबाट ६७ वर्षको उमेरमा बिहीवार निधन भएको छ। बबी फिल्मबाट बलिउडमा उदाएका कपुरको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ऋषिको निधनसँगै उनको करियरलाई उचाईंमा पुर्‍याएको फिल्म बबीसँग जोडिएका विभिन्न किस्सा सार्वजनिक भइरहेका छन्। जसमा एउटा तत्कालीन राजनीतिक घटनाक्रमसँग पनि सम्बन्धित छ। सन् १९७३ मा प्रदर्शनमा आएको यो फिल्ममा ऋषि कपूर र डिम्पल कपाडिया…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्डलाई रायमाझीको प्रश्न: बैठकको कुरा गरेर हस्ताक्षर गर्दै हिँड्ने? डबल स्ट्यान्ड नदेखाउनुस्

    ओली-प्रचण्डलाई रायमाझीको प्रश्न: बैठकको कुरा गरेर हस्ताक्षर गर्दै हिँड्ने? डबल स्ट्यान्ड नदेखाउनुस्

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद टोपबहादुर रायमाझीले दोहोरो चरित्र नदेखाउन नेतृत्वलाई सुझाव दिएका छन्। एकातिर पार्टी बैठकको कुरा गर्ने र अर्कोतिर हस्ताक्षरमा उत्रिँदा एकतामा असर पर्ने भन्दै एकताबद्ध गर्ने दिशातिर सोच्न आग्रह गरेका छन्। नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्षकमल दाहाल तथा माधव नेपाल समूह आफ्नो पक्षमा बहुमत देखाउन खुलेरै हस्ताक्षर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसँग एक्लै छलफलमा

    प्रधानमन्त्री ओली गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसँग एक्लै छलफलमा

    काठमाडौं : राजनीतिक संकट गहिरिएकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसँग छलफलमा बसेका छन्। प्रधानमन्त्री ओली दलभित्रै संकटमा फसेपछि दुई दिनअघि काठमाडौं आएर सक्रिय भएका सुब्बाले हिजो पार्टीका नेताहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा पद छाड्न नहुने अभिव्यक्ति दिँदै आएका गुरुङले अध्यादेश फिर्तासँगै विवाद सकिएको बताउँदै आएका…

    विस्तृतमा पढ्नुस्

  • भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन

    भेट्रान बलिउड अभिनेता ऋषि कपुरको निधन

    बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको निधन बारे टाइम्स नाउले ट्वीट गरेको छ। बलिउडका अर्का भेट्रान अभिनेता अमिताभ बच्चनले पनि लेखेका छन्, 'ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।'  सन् २०१८ कपूरले आफू उपचारका लागि अमेरिका जान लागेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार दिपक पाठक पक्राउ

    पत्रकार दिपक पाठक पक्राउ

    काठमाडौं : सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा प्रहरीले रेडियो नेपालका संचालक समिति सदस्यसमेत रहेका पत्रकार दिपक पाठकलाई पक्राउ गरेको छ। आज बिहान केन्द्रीय साइवर ब्यूरोले पाठकलाई नियन्त्रणमा लिएको हो। पत्रकार पाठकले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा आलोचना गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो। पाठकलाई आज बिहान नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • मलाई फेरि राष्ट्रपति हुन नदिन चीनले सक्दो कोसिस गर्छ : डोनाल्ड ट्रम्प

    मलाई फेरि राष्ट्रपति हुन नदिन चीनले सक्दो कोसिस गर्छ : डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई पुन: राष्ट्रपति भएको हेर्न नचाहने बताएका छन्। उनले बुधवार रोयटर्ससँगको अन्तर्वातामा भनेका छन्, 'मलाई फेरि राष्ट्रपति हुन नदिन चीनले जे पनि गर्न सक्छ।' ट्रम्पले श्रृङ्खलावद्ध रुपमा चीनविरुद्ध आरोप लगाइरहेका छन्। चीनले कोरोना संक्रमणबारे आधिकारिक तथ्याङ्क लुकाएको आरोप र चीनमा संक्रमण कसरी फेलियो भन्नेबारे अन्तर्राष्ट्रिय अनुसन्धान उनको माग रहेको छ। विश्व स्वास्थ्य संगठनलाई त चीन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरससँग जुध्दै चीनले मनाउँदै पाँच दिन लामो मजदुर दिवस? होटल बुकिङ र गन्तव्यहरु खुला

    कोरोना भाइरससँग जुध्दै चीनले मनाउँदै पाँच दिन लामो मजदुर दिवस? होटल बुकिङ र गन्तव्यहरु खुला

    काठमाडौं : चीनमा नयाँ वर्ष र स्प्रिङ फेस्टिवल कोरोना भाइरसको चपेटामा पर्‍यो। यसैबीच चीनले अबको पाँच दिन मजदुर दिवस 'मे डे' मनाउँदै छ। यसपटक पहिलो पटक २००८ पछि मजदुर दिवसको दिन पाँच दिन बिदा दिइएको छ। कुनै समय 'स्वर्णिम साता'को रुपमा सात दिन दिइने बिदा २००८ देखि तीन दिनमा झारिएको थियो। यसपटक भने चीनले पाँच दिन बिदाको घोषणा गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रभाव : अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

    कोरोना प्रभाव : अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

    कोरोना भाइरसका कारण यस वर्षको प्रथम त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि तीव्र रुपमा ओरालो लागेको छ। कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन लागू गरेसँगै अमेरिकाको अर्थतन्त्रमा ४.८ प्रतिशत् वार्षिक दरले गिरावट आएको हो। सन् २००७ देखि २००९ सम्मको आर्थिक मन्दीपछि अमेरिकाको अर्थव्यवस्थामा यति ठूलो गिरावट आएको हो। फेडेरल रिजर्भका प्रमुख जेरोम एच पावेलले आगामी दिनमा अमेरिकाको अर्थतन्त्र झन् कमजोर हुने…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन : १५ सय मानिस बिहानै सडकमा होल्ड

    लकडाउन : १५ सय मानिस बिहानै सडकमा होल्ड

    काठमाडौ : प्रहरीले मंगलवारदेखि उपत्यकाभित्र लकडाउनमा थप कडाइ गरेको छ। लकडाउन कडाइ हुँदा अनावश्यक रुपमा सकडका निस्किएका मानिसहरु कारबाहीमा पर्ने गरेका छन्। बिहीवार बिहान ८ बजेसम्म १५ सय ८ जना मानिसलाई प्रहरीले कारबाही गरेको छ। जसमा ४ सय १६ जना महिला समेत रहेका छन्। सरकारले लकडाउनको समयमा मानिसलाई घरबाहिर ननिस्कन उर्दी जारी गरेको छ। तर मानिस विभिन्न बहानामा बाहिर निस्किने गरेको…

    विस्तृतमा पढ्नुस्

  • विना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक , प्रवक्ता श्रेष्ठ भन्छन्, 'जनादेश अनुसारको निर्णय २० गतेको बैठकले गर्नेछ'

    विना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक , प्रवक्ता श्रेष्ठ भन्छन्, 'जनादेश अनुसारको निर्णय २० गतेको बैठकले गर्नेछ'

    काठमाडौंः अध्यादेश प्रकरण, समाजवादी पार्टीका सांसदको अपहरण प्रकरण, सरकारका काम कारवाही र कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण लगायत समसामयिक विषयमा छलफल गर्न डाकिएको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा समसमायिक विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी थिए। स्थायी कमिटी बोलाउनेबारे निर्णय भएको छैन। सचिवालयको बैठक आगामी शनिवारका लागि पुनः बोलाइएको छ। 'सरकार…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री निवासको मूल गेटमा पत्रकारको धर्ना, सचिवालय बैठकको समाचार संकलनमा अवरोध

    प्रधानमन्त्री निवासको मूल गेटमा पत्रकारको धर्ना, सचिवालय बैठकको समाचार संकलनमा अवरोध

    काठमाडौँः समाचार संकलनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ। प्रधानमन्त्री निवासको मूल गेटमा नै पत्रकारहरुलाई रोकिएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनमा गएका उनीहरुलाई प्रवेश निषेध गरिएको हो।  बैठक सुरु भएको करिब एक घण्टासम्म प्रवेश दिइएको छैन। सञ्चारकर्मीहरु अहिले मूल गेटमा धर्नामा बसेका छन्।  लामो विवादपछि नेकपाको सचिवालय बैठक बुधबार साँझ…

    विस्तृतमा पढ्नुस्

  • बुधवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८८९ जना प्रहरीको कारबाहीमा

    बुधवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८८९ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ४ सय ७९ जना महिलासहित १ हजार ८८९ जना प्रहरीको कारबाहीमा परेका छन्। बुधवार बिहान ६ बजे देखि साँझ ४ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell