काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई घुस सहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सामुदायिक वन उपभोक्ता समूह उदासिपुर, कैलालीका अध्यक्ष बिर्ख धामीलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। धामीले सेवाग्रहीको घरायसी झगडा सम्बन्धी उग्र बनाई इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दु:ख हैरानी दिइ सेवाग्राहीसँग…
काठमाडौं : पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राजनीतिक किचलो बढ्दै गएको छ। राजनीतिक किचलो बढ्दै जाँदा चिनियाँ दूतावासको सक्रियतासमेत बढ्दै गएको छ। कोरोना भाइरसको संक्रमण बढ्दो संक्रमण र नेकपामा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता माधव नेपाललाई छुट्टाछुट्टै भेट गरेकी छिन्। राजदूत…
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधवार बसेको सचिवालय बैठकमा राखेको प्रस्ताव यति बेला चर्चामा छ। बैठकमा आफ्नो राजीनामा माग भएपछि ओलीले उपाध्यक्ष वामदेव गौतमलाई कोरोना सङ्क्रमणपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए। तर, पटक-पटक कार्ड फालेर अलमल्याउँदै आएका ओलीको यो प्रस्ताव पनि त्यसैको उपज भएको…
काठमाडौः निजी वायुसेवा कम्पनी बुद्ध एयरले शुक्रबार १६ जना यात्रु लिएर काठमाडौं-बंगलादेश चार्टर उडान गरेको छ। १६ जना यात्रु लिएर बिहान १० बजेर १४ मिनेटमा उडान भएको जहाज आज साँझ फर्कने योजना रहेको कम्पनीका प्रक्ता रुपेश जोशीले जानकारी दिए। बुद्धको एइटिआर-४२ मार्फत् गरिएको यो चार्टर उडान बंगलादेशको निजी क्षेत्रको तर्फबाट कुटनीतिक पहलमा गरिएको प्रवक्ता जोशीले जानकारी दिए। उनका अनुसार १६ जनामध्ये…
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले देखिएको अस्थिरताको जड प्रधानमन्त्री स्वयं भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसको शुभकामना दिने क्रममा केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला कांग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत कोरोनाको संकटमा राजनीतिक घटनाक्रम विकास गरेर आफै अस्थिरता निम्त्याउन लागेर मिडियालाई दोष…
केही दिनअघि भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको संक्रमणमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई सम्बोधन गर्दै भनेका थिए – 'यस्तो संकटको अवस्थामा पत्रकारहरु अग्रमोर्चामा खटिएर सूचना प्रवाह गरिरहनु भएको छ, उहाँहरुलाई सलाम। कोरोनाको जोखिममा पत्रकारहरु पनि हुनुहुन्छ, उहाँहरुलाई परीक्षणका लागि व्यवस्था गरिएको छ।' कोरोना संक्रमणको अवधिमा पत्रकार जोखिमपूर्ण अवस्थामा रहेर काम गरिरहेको विषयमा उनले जसरी अभिव्यक्ति दिएका थिए त्यसको ठीक…
काठमाडौं : फिरन्ते परिवारको जीवनकथामाथी बनेको डकुमेन्ट्री 'लास्ट नोम्याड्स अफ एभरेस्ट' युट्युबमार्फत् रिलिज भएको छ। सगरमाथा क्षेत्र वरपर चौरी पालन गर्ने परिवारको जीवनशैली यस डकुमेन्ट्रीमा समेटिएको छ। चौरी पालनका लागि उपयुक्त मौसम र ठाउँ खोज्दै घुम्ने लोपोन्मुख परम्परा र पेशा सम्हालेको शेर्पा परिवारको कथा देखाइएको छ। डकुमेन्ट्रीमा एभरेस्ट आधार शिविरमा रहेको निर्कुम गाउँमा छायाँकन गरिएको हो। 'लास्ट नोम्याड्स अफ एभरेस्ट'…
काठमाडौं : रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ। शुक्रबार राती उनको स्वास्थ्यमा समस्या देखिएको थियो। ८६ वर्षीय उनलाई अस्पताल लाने क्रममा निधन भएको हो। उनको पशुपति आर्यघाटमा दाह संस्कार भयो। बिराटनगरकी स्थानीय उनी हाल बत्तिसपुलतीस्थित कान्छी छोरीसँग बस्दै आएकी थिइन्। भारतको वाराणसीमा शास्त्रीय संगीत अध्ययन गरेकी उनका ‘जुनेली रात हजुर’, ‘जाग नेपाली’, 'मेरो मुटुको माँझ कसको तस्विर', 'तिमी दूर…
तेजेन भट्टराई- ए बालुवा चाल्ने दाइ, तिमीले बालुवा छान्न सिक्दा, भाग्य छान्न बिर्सेउ क्या नि! काम लाग्ने अरुलाई, काम नलाग्ने लिन्छौं क्या नि! दिउँसो महल सिर्जिएर, राती झुपडी साट्छौ क्या नि! दिनमा चुहाउँछौ पसिना क्यारे, साझमा भट्टी सोस्छौ क्या नि! भरिएको साक्षी मात्रै, रित्तिएको भोग्छौ क्या नि! धुर्तहरुको गालीसँग आफ्नो मुस्कान साट्छौ क्या नि! मक्किएको मन लुकाई बलिया हात बाड्छौ…
बेलायतमा लकडाउन उल्लङ्घन गर्ने एक पुरुषलाई प्रहरीले गिरफ्तार गर्यो। बद्लामा ती पुरुषले प्रहरीलाई थुके। डानियल ह्यागर्टी नामक ३२ वर्षीय पुरुषले नटिंघम्सायरका प्रहरी अधिकारी एन्थोनी ब्रिस र उनका सहकर्मीमाथि दुर्व्यवहार गरेका हुन्। लकडाउन उल्लङ्घन गरेका कारण उनलाई गिरफ्तार गरी हिरासतमा लगिँदै थियो। 'अचानक हामीमाथि थुक वर्षदा रीस उठ्यो। छक्क पर्यौं,' एन्थोनीले बीबीसीसँग सुनाएका छन्, 'तत्काल आँखामा स्यानिटाइजर लगाएँ। बरु मेरो अनुहारमा मुक्का…
काठमाडौं : लकडाउनले श्रमिकहरु कष्टकर अवस्थामा रहेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले कोरोनाका कारण लकडाउन हुँदा श्रमिकको अवस्था कष्टकर भइरहेको जनाएका हुन्। 'अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ। नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण…
काठमाडौं : लकडाउन उल्लङ्घन गर्दै हिँड्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिनेक्रम रोकिएको छैन। आज बिहान ८ बजेसम्म काठमाडौं उपत्यकाभित्रबाट १ हजार १ सय ९२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। यसरी नियन्त्रणमा लिएकामा ३ सय ३३ जना महिला समेत रहेका छन्। सरकारले चैत ११ बाट लकडाउन घोषणा गरेपछि अनावश्यक सडकमा हिँड्ने मानिसलाई नियन्त्रणमा लिने गरेको छ। नियन्त्रणमा लिएका मानिसलाई सडका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्। प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना…
रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कलमा उक्त जानकारी दिएका हुन्। उनीहरु बीचको संवाद टेलिभिजनमार्फत् प्रसारण गरिएको थियो। बिहीवार प्रसारित संवादमा उनले भनेका छन्, 'सम्माननीय राष्ट्रपति, मैले भर्खरै पाएको जानकारी अनुसार मेरो कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा पोजेटिभ आएको छ। अब डाक्टरको सुझाव अनुसार आफैलाई आइसोलेसनमा राख्छु। यो मेरा सहकर्मीहरुको सुरक्षाका…
काठमाडौं : अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुभकामना दिएका छन्। सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गर्दै संसार मनाइने मे दिवसको अवसरमा प्रचण्डले कोभिड-१९ पान्डेमिकका कारण काठमाडौं लगायतका क्षेत्रमा काम गर्ने मजदूरहरुलाई खाद्यान्न लगायतका सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। 'यतिबेला संसारभरका श्रमजीवी मजदूरहरुको…
नयाँ दिल्ली : भारतमा कोभिड १९ का कारण ज्यान गुमाउने आधाभन्दा धेरै ६० वर्षभन्दा माथिको उमेरका छन्। ६० देखि ७५ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा देखिएको छ। यस उमेरका ४२ प्रतिशतले ज्यान गुमाएका छन्। ४५ देखि ६० वर्ष समूहकका ३४ प्रतिशतले ज्यान गुमाएको तथ्याङ्क भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको छ। मन्त्रालयका अनुसार ज्यान गुमाउनेहरुमा धेरैजसो डाइवेटिज, मुटूको समस्या भएका…
पाकिस्तानी संसदका सभामुख असद कैसरलाई कोरोना भाइरस संक्रमण भएको छ। उनले आफ्नो ट्वीटरमार्फत् यसबारे जानकारी दिएका हुन्। कैसर पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का वरिष्ठ नेता समेत हुन्। आफूमा संक्रमण पुष्टि भएपछि उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जनाएका छन्। भनेका छन्,'म चाहन्छु हाम्रो राष्ट्र सुरक्षित रहोस्। यो मेरो कामना हो र सावधान रहन आग्रह पनि।' जिओ टिभीका अनुसार उनका छोरा तथा छोरीमा पनि…
काठमाडौं : अहिले अधिकांश मानिस लकडाउनको कारण घरभित्र छन्। धेरै मानिसको व्यस्तता सामाजिक सञ्जालमा बढी देखिन्छ। राजनीतिक क्रमदेखि विभिन्न सामाजिक घटनामा ट्रोल अत्याधिक बनिरहेका छन्। ट्रोलको सिकारमा महिला पनि परेका छन्। यस्ता ट्रोलले महिलाको हिंसा भएको आवाज पनि उठिरहेको छ। त्यस्तै, अन्य महिला हिंसाका घटना पनि हुन सक्ने अनुमान गरिएको छ। के काठमाडौंमा महिला हिंसाका घटना बढेको छ? महानगरीय प्रहरी परिसर…
काठमाडौँः पार्टी उपाध्यक्ष बामदेव गौतमलाई अबको प्रधानमन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा गरेपछि नेकपाभित्रको राजनीतिमा फरक तरंग निम्त्याएको छ। प्रधानमन्त्रीको प्रस्तावलाई पार्टीभित्रका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले नयाँ कार्डका रूपमा व्याख्या गरेको छ। यद्यपि प्रधानमन्त्री ओली समूहले भने सचिवालयमा प्रधानमन्त्रीले राखेको प्रस्तावलाई तोडमोड गरी सार्वजनिक गरिएको भन्दै बचाउ गरिरहेको छ।…
काठमाडौं : गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरु (एसएसपी)को सरुवा तथा पदस्थापन गरेको छ। बिहीवारको मन्त्रीस्तरको निर्णयानुसार बुधवारबाटै लागू हुने गरी जनपद प्रहरी समूह तर्फका एसएसपीहरुको सरुवा तथा पदस्थापन भएको हो। जसअनुसार प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय नक्सालका उमेश राज जोशी संघीय प्रहरी एकाई कार्यालय काभ्रे सरुवा भएका छन् भने प्रहरी कल्याण महाशाखाका टेक बहादुर तामाङ १…