काठमाडौं : ठमेलमा शुक्रवार साँझ भएको चक्कु हानाहान आपसी विवादका कारण भएको खुलेको छ। चक्कु प्रहारबाट एक जना घाइते भएका थिए। सडकमा बस्दै आएका युवक र अर्को समुहबीच पहिलेदेखि नै विवाद भइरहेको र विवाद उत्कर्षमा पुगेपछि चक्कु हानेको खुलेको हो। 'उनीहरु सडकमा बस्ने गर्छन्। पहिलेदेखि नै विवाद भएको र त्यसदिन चक्कु हानिएको बुझियो,' महानगरीय प्रहरी वृत्त दरवारमार्गका डिएसपी रञ्जन दाहालले भने।…
काठमाडौं : लकडाउनका समयमा शैक्षिक गतिविधिहरु संचालन गर्न गाह्रो भैरहेको अवस्थामा डिजिटल लर्निङका निम्ति आवश्यक नीति तर्जुमा र कम्प्युटरसम्बन्धी पूर्वाधारको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्। कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल सिएफएएनले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर गरेको अनलाइन अन्तरक्रियामा सहभागीहरुले विपदमा मात्र नभई सँधै डिजिटल लर्निङ महत्वपूर्ण भएको बिचार राखे । सिएफएएनका महासचिव रमेश रिमालले संयोजन गरेको अन्तरक्रियामा…
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूमा कोरोना भाइरस संक्रमण देखिएदेखि उपचारको क्रमसँग जोडिएका अनुभवहरु सुनाएका छन्। उनमा मार्च २६ मा कोरोना संक्रमण पुष्टि भएको थियो। लगत्तै लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनको स्वस्थ्य अवस्था सामान्य थिएन। त्यसैले अस्पताल पुर्याइएको दोस्रो दिन उनलाई आइसियूमा सारियो। हाल भने संक्रमण मुक्त भएर काममा फर्किएका जोनसनले सनका लागि दिएको अन्तर्वातामा भनेका…
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको आज ४१ औं दिन। लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अहिले पनि उसैगरी कारबाही गरिरहेको छ। आज बिहानमात्र काठमाडौं उपत्यकाभित्र ७ सय ८४ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। जसमा १ सय ९६ जना महिला समेत रहेका छन्। उनीहरुलाई तीन घण्टासम्म सडकमा राखेर घर फर्काउने गरेको छ। पछिल्लो केही दिनयता कारबाहीमा पर्नेको सङख्यामा केही कमी आएको छ। तर,…
काठमाडौं : तपाईँको भान्छामा तरकारी तथा सब्जी कसरी पुगिरहेको छ? नजिकैको पसलबाट लिनु भएको छ वा अरु कुनै विकल्प? आज सरकारले लकडाउन घोषणा गरेको ४१ दिन। घरबाट ननिस्कन र पसलहरु बन्द हुँदा साँझ बिहान खाने तरकारीको जोहो गर्ने समस्या भएको छ। अनि मूल्य पनि के होला भन्ने छ। अहिले तरकारीको थोक बजारमा भने लकडाउन भएपछि खासै मूल्यमा फरक भएको पाइँदैन।…
नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार ७ सय ७६ पुगेको छ। शनिवारसम्म यहाँ कोरोनाका कारण मर्नेको संख्या १ हजार २ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतामा शनिवारसम्म २६ हजार ५ सय ३५ कोरोनाको एक्टिभ केस पहिचान भएको छ भने १० हजार १७ जना मानिस ठीक भएर फर्किएका छन्। भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा तत्कालाई टरेको बताएका छन्। सचिवालय बैठकमा राजीनामा सम्बन्धी कुनै पनि विषय प्रवेश नभएको पनि खनालले बताए। शनिबारको सचिवालय बैठकमा स्थायी समिति बैठकको मिति तयसँगै प्रधानमन्त्रीको राजीनामा माग्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको थियो। तर, सचिवालय बैठकमा प्रचण्ड–नेपाल समूह…
काठमाडौँः आन्तरिक विवाद हल गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको च्याप्टर क्लोज भएको छ। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त प्रस्ताव अघि अघि नबढ्ने बताएका हुन्। ‘तेस्रो अध्यक्ष बन्ने कुरामा स्वयम माधव कमरेड पनि सहमत हुनुहुन्न। अब यो प्रस्ताव अघि बढ्दैन’ प्रवक्ता श्रेष्ठले भने। विवाद बढ्दै जाँदा नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव…
प्रत्येक वर्ष वर्षायाम सुरु भएसँगै जलमग्न बन्ने पुतलीसडक यो वर्ष पानीमा नडुब्ने भएको छ। लकडाउनमै समयमा यस सडकको ढल निकासको समस्या दिगो समाधान हुनेगरि मर्मत थालिएको छ। राजधानीका अधिकांश सडक ओभर ले, मार्किङ, पेन्टिङ गरेर सुधारिएको भए पनि पुतलीसडक मर्मत हुन सकेको थिएन। ढल मर्मत हुन नसक्दा वर्षौंदेखि यस सडक खण्डमा ओभर ले समेत हुन सकेको थिएन। सडक विभागले पटक–पटक…
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने पाँच महिला बारे संयुक्त राष्ट्रसंघको 'युएन वुमेन'ले जानकारी प्रकाशित गरेको छ। जसमध्य एक नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डाक्टर रुना झा हुन्। रुना झा नेपालमा कोभिड–१९ परीक्षण टोलीको नेतृत्व गरिरहेकी छिन्। प्रयोगशालामा दैनिक ७० जना सम्मको कोरोना परीक्षण हुने प्रकाशित सामाग्रीमा जनाइएको छ। उक्त अन्तर्वातामा उनले भनेकी छन्,'परीक्षणकै शिलशिलामा ढिलासम्म काममा…
काठमाडौं : सरकारले हालसम्म ६१ हजार भन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण परीक्षण गरेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म प्रयोगशाला (पिसिआर) बिधिवाट १३ हजार ९८ र्यापिड (आरडिटी) बाट ४८ हजार ५२९ गरी ६१ हजार ६ सय २७ जनामा परीक्षण गरिएको छ। जसमध्य गत २४ घण्टामा…
निर्माण र प्रसारणको ३३ वर्ष पछि पुन: प्रसारण गरिएको टेलिश्रृङ्ख 'रामायण' सर्वाधिक हेरिएको कार्यक्रम बनेको छ। मनोरञ्जनात्मक विधामा यस धार्मिक तथा पौराणिक कथामा आधारित कार्यक्रमले विश्वव्यापी रेकर्ड बनाएको जनाइएको छ। यसअघि 'गेम अफ थ्रोन्स'को अन्तिम श्रृङ्खला सर्वाधिक हेरिएको थियो। सन् २०१९ को मेमा प्रसारण भएको उक्त श्रृङ्खलामा एक रातमै एक करोड ९३ लाख पटक हेरिएको थियो। उक्त रेकर्ड तोड्दै दूरदर्शनबाट…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता उत्तर कोरियाली नेता किम जोङ उनसँग कुराकानी गर्न सक्ने बताएका छन्। ट्रम्प यसै साताको अन्त्यमा 'रिट्रिट'का लागि क्याम्प डेभिड जाँदैछन्। त्यहाँ केही विदेशी नेतासँग भेटवार्ता एवं छलफल गर्ने बताएका हुन्। सोही क्रममा किम जोङ उनसँग पनि कुराकानी हुने संकेत गरेका हुन्। जसबारे विस्तृत जानकारी भने दिएका छैनन्। ट्रम्पले भने, 'यस विषयमा बाँकी जानकारी समय…
काठमाडौं : कैलाली र कञ्चनपुरमा भारतबाट नेपाल आउन नदिएको भन्दै प्रदर्शन भएको छ। लकडाउनले ३५ दिनदेखि धारचुलामा रोकिएका दुई हजारभन्दा बढी नेपाली नागरिकलाई गत बिहीवार स्वदेश फर्काइएको थियो। भारतसँग जोडिएका दार्चुलाका दुई र बैतडीको एक नाकाबाट उनीहरुलाई नेपाल ल्याइयो। उनीहरुलाई फर्काउँदा भारतसँग जोडिएका सुदूरपश्चिमका कञ्चनपुर र कैलालीका नाकाबाट भने ल्याइएको छैन। यहाँ करिब ५ सय नेपाली रोकिएका छन्। गृहको निर्देशन…
गत महिना हिपहप स्टार एमिनेमको घरमा आपतकालीन अलार्म अचानक बज्यो। त्यो पनि घाम उदाउनु अघि नै। कोही अनुमतिबिना भित्र छिरेको थियो, सुरक्षाकर्मीको आँखा छलेर। ४७ वर्षीय एमिनेम बिउँझिए। उनी उठेर आफ्नो 'लिभिङ रुम'मा पुग्दा त्यहाँ कोही थियो। त्यसरी घुसपैठ गर्ने व्यक्तिलाई एमिनेमले पक्राउ गरे। केही बेरमै सुरक्षाकर्मी आइपुगे र त्यसपछि प्रहरी। पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा रहेको पुष्टि भएको छ। उनका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक ५:३० मा बस्ने भएको छ। यसअघि बैठक दिउँसो ४ बजेका लागि बोलाइएको थियो। बैठक डेढ घण्टापछि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बुधवारको बैठकमा प्रधामन्त्रीले नयाँ प्रस्ताव अघि सारेपछि आजको बैठकको रणनीति तयार गर्न नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन्। सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि गौतम केहीबेर अघिमात्रै बालुवाटार पुगेका हुन्। बुधवारको सचिवालय बैठकमा ओलीले भावी प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रुपमा प्रस्ताव अघि सारेका थिए। आफूलाई प्रधानमन्त्रीको प्रस्ताव अघि सारेपछि कानुनका जानकारहरुसँग वामदेवले छलफल समेत गरेका छन्। आजै अपराह्न ४…
काठमाडौं : आन्तरिक विवाद पेचिलो बनिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज अपराह्न ४ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नुअघि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। आज विहानमात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार निवासमा पूर्व माओवादीका नेताहरुसँग छलफल गरेका थिए। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका प्रचण्डले बेलुकी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी…
हेमन्त केसी– जाजरकोट: जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ। भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ। लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन। यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन्। कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट…
काठमाडौं : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला पारेको छ। सेनाले तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये एक नेपाली र एक कोरियनको शव निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको छ। पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले शवको शुक्रवार उद्धार गरि परीक्षणका लागि…