काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक सुरु भएको छ। अध्यादेश प्रकरण, समाजवादी पार्टीका सांसदको अपहरण प्रकरण, सरकारका काम कारवाही र कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ,…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र बढ्दै गएको समस्याको संस्थागत प्रणालीबाटै समाधान खोज्न नेतृत्वलाई सुझाव दिएका छन्। कृषिमन्त्री समेत रहेका भुसालले पार्टीमा समस्या बढ्दै गएकाले संस्थागत संवादमार्फत् हल खोज्न आग्रह गरेका हुन्। भुसालले बुधवार फेसबुकमा स्टाटस लेख्दै नेतृत्वलाई मुलुकको जिम्मेवारी बोध गर्न पनि सुझाएका छन्। पार्टी एकता बचाउन नहडबडाइ संवादको जरुरी रहेको उनको भनाइ…
काठमाडौं : सरकारले बुधबारसम्म ११ हजार ५ सय २४ को पिसिआरबाट कोरोना परीक्षण गरेको छ। बितेको २४ घण्टामा ७ सय १७ को पीसीआर गरिएको हो। मंगलबारसम्म पिसिआरमार्फत १० हजार ८ सय ७ को पिसीआर गरिएको थियो। ४५ हजार ६ सय ६५ को आरडिटी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ। कुल ५७ हजार १ सय ८९ को बुधबारसम्म परीक्षण गरिएको छ। मन्त्रालयको प्रेस…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीहरुको आज बसेको बैठकले ३ सदस्यीय राहत तथा सहयोग समिति गठन गरेको छ। विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणले फुटबल खेलेर तथा खेलाएर जीविकोपार्जन गर्दै आएका खेलाडी, रेफ्री, प्रशिक्षक लगायतका फुटबल कर्मीहरु लगायत समग्र फुटबलमा नै नकारात्मक असर परेको एन्फाले ठहर गरेको छ। ‘एन्फामा आवद्द सम्पुर्ण संस्थाहरुलाई (जिल्ला फुटबल संघ, क ख ग श्रेणीका क्लबहरु,…
काठमाडौँः लकडाउनलाई कडाइ गर्न भन्दै मंगलबारदेखि गृह मन्त्रालयले उपत्यकाबाहिर जाने र भित्रने दुबैलाई कडाइ गर्न निर्देशन दिएको थियो। तर, कतिपय स्थानीय तहले भने आफ्ना नागरिक लैजाने प्रक्रिया अझै जारी राखेका छन्। बुधवार बौद्ध नारायणटार क्षेत्रमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका पाँच सयभन्दा बढी नागरिक गाउँ फर्कने भेला भएका छन्। स्थानीय जनप्रतिनिधि दशभन्दा बढी बस लिएर नागरिक लिन आएका छन्। वडाध्यक्ष स्वयम…
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ। जोनसनकी मङ्गेतर क्यारी साइमन्ड्सले आज छोरालाई जन्म दिएको बीबीसीले उल्लेख गरेको छ। प्रधानमन्त्रीका प्रवक्ताले हाल आमा र बच्चा दुवैको अवस्था स्थिर रहेको बताएकी छिन्। केही दिनअघि मात्रै कोरोना भाइरसलाई जित्दै काममा फर्केका जोनसन बच्चा डेलिभरी हुने समयमा अस्पतालमा नै थिए। ५५ वर्षीय जोनसनले सन् २०१९ को अन्त्यतिर ३२ वर्षीय साइमन्ड्ससँग इन्गेज्मेन्ट गरेका थिए।…
काठमाडौं : ए डिभिजन क्लब फ्रेन्डस क्लबका पूर्वखेलाडी महेश पन्थीको कोरोना सङ्क्रमणका कारण अमेरिकामा मृत्यु भएको छ। अमेरिकामा बस्दै आएका उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। उनी एकदशक यता अमेरिकामा बसोबास गर्दै आएका थिए। फ्रेन्डस क्लबले समवेदना दिँदै एक उत्कृष्ट खेलाडी तथा कार्यकारी समितिका व्यक्ति गुमाएको उल्लेख गरेको छ। पन्थीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले पछिल्लो घटनाक्रमबारे नेतृत्वमाथि आक्रोश पोखेका छन्। उनले बुधवार समाजिक सञ्जाल फेसबुकमा आफूहरुलाई नेताहरुको झोला बोक्ने झोले कि पार्टीको झण्डा बोक्ने इमान्दार कार्यकर्ता भन्दै प्रश्न गरेका हुन्। तामाङले देश र जनताको पक्षमा काम गर्ने कि व्यक्तिगत स्वार्थ निहीत भन्दै आक्रोश समेत व्यक्त गरेका छन्। उनी लेख्छन्, 'ए नेताहरु हो!…
अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएसँगै उनलाई श्रद्धाञ्जली दिनेक्रम जारी छ। उनको मृत्युको खबरसँगै बलिउड क्षेत्र स्तब्ध बनेको छ। उनको पार्थिव शरीरमा अन्तिमपटक विदाई गर्न धेरै मानिस इच्छुक रहेको तर लकडाउनका कारण त्यो सम्भव नभएको भारतीय मिडियाहरुले जनाएका छन्। सन् १९८८ मा सलाम बम्बे नाम गरेको क्षेत्रिय फिल्ममा लेटर र्याइटरको भूमिकाबाट अभिनय सुरु गरेका इरफानले भारतीय सिनेमा क्षेत्रमा…
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ। मुम्बईको कोकिलाबेन अस्पतालमा आज विहान उनको निधन भएको हो। न्यूरो इंडोक्राइन ट्यूमरको उपचार गरेर स्वदेश फर्किएका इरफान पेटमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए। उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। निर्देशक शुजीत सिरकारले इरफानको निधनको खबर दिएका हुन्। न्यूरो इंडोक्राइन ट्यूमर भएपछि इरफानले मनोबल उच्च बनाएर…
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ। मुम्बईको कोकिलाबेन अस्पतालमा आज विहान उनको निधन भएको हो। इरफानको निधनको खबर सबैभन्दा पहिले ती निर्देशकले दिए, जसको फिल्म अधुरै छोडेर इरफान चिरनिन्द्रामा गए। इरफान र निर्देशक सुजित सिरकार मित्रता गहिरो थियो। इरफानसँग पछिल्लो फिल्म पिकु बनाएका सुजितले उनसँग नयाँ फिल्म बनाउने तयारीमा थिए। इरफान उपचारका लागि विदेशमा…
भारतीय अभिनेता इरफान खानको निधन भएको छ। आमा साइदा बेगमको निधन भएको चार दिनपछि इरफानको उपचारको क्रममा निधन भएको हो। मंगलवार स्वास्थ्यमा खराबी देखिएका कारण उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पताल पुर्याइएको थियो। त्यहाँ उनको आसियूमा उपचार भइरहेको थियो। ५३ वर्षीय इरफानको उपचारका क्रममा निधन भएको हो। दुई वर्षअघि न्यूरो इंडोक्राइन ट्यूमरबाट ग्रस्त उनमा फेरि कोलनमा इन्फेक्सन देखिएको उनका निजी प्रवक्ताले बताएका थिए। गत शनिवार उनकी…
वीरगंज : बुधवार विहान तीन जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन्। बारामा २ र पर्सामा १ गरी ३ जना थपिएको नारायणी अस्पताल वीरगंजले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परिक्षणमा बारा, जितपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय र बाराको दक्षिणी पूर्वी भेगमा पर्ने सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय पुरुषमा कोरोना देखिएको हो। साथै पर्साको वीरगंज-२ छपकैयाका ४६ वर्षीय पुरुषमा पनि…
काठमाडौं: बाराका २ जना र पर्साको एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको कुल संख्या ५७ जना पुगेको छ। यसअघि ५४ जना संक्रमित थिए। बाराको सिमरा उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको क्वारेन्टाइन स्रोतले जानकारी दियो। त्यसैगरी एक जना वीरगंजका युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा…
काठमाडौं : संसारभर कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा विदेशबाट फर्किएका नेपालीलाई स्वदेशमै रोजगारीमा जोड्ने अभियान विवेकशील नेपाली दलले सुरु गरेको छ। विवेकशीलले स्वदेश फर्किएका नेपालीहरुलाई नेपालमा रहेका रोजगारदातासँग जोड्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने गरी अभियान थालेको हो। अभियानका लागि दलले रोजगारी संकटमा परेका नेपालीको सहयोग गर्न सूचना तथा सहायता हुनेगरी वेबसाइट बनाउँदै छ। विदेशबाट नेपाल फर्किने नेपाली जनशक्ती र रोजगारदाता…
कोरोना भाइरस संक्रमणको गम्भिरतालाई ध्यानमा राख्दै एकेडेमी (अस्कर) अवार्डको पनि केही नियम परिवर्तन भएका छन्। आयोजकले कुनै पनि स्ट्रिमिङ प्ल्याटफर्ममार्फत् सार्वजनिक भएको फिल्म 'उत्कृष्ट फिल्म' विधाका लागि प्रतिस्पर्धाका लागि योग्य ठहरिने बताएको हो। यसअघि अवार्ड नोमिनेसनका लागि फिल्म लस एन्जलसस्थित सिनेमा घरहरुमा कम्तिमा एक साता प्रदर्शन भएको हुनुपर्थ्यो। एकेडेमीका अध्यक्ष डेभिड रुबिन र सिइओ डन ह्युड्सनले मंगलबार कोरोना भाइरस संक्रमणको…
काठमाडौं : बुधवार पनि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ। उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने १६ सय ९७ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लडकाउनको समय लम्बिँदै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट १२ सय ६१ जना पुरुष र ४ सय ३६ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणका लिएका सबैभन्दा…
अशेद रहमान - लखनउ : खल्तीमा ५ हजार रुपैयाँ बोकेर मुम्बई देखि १ हजार ५ सय किलोमिटर दुरी तय गर्दै चौध दिनमा उत्तर प्रदेशको सावरमती जिल्ला आइपुगे इन्साफ अली। प्रहरीका चेकपोस्ट छल्दै कतै हिँड्दै त कतै ट्रकमा चढ्दै उनले यति लामो दुरी तय गरे। मुम्बईमा कामदार रहेका ३५ वर्षका उनलाई माथेकान्वा गाउँ आइपुग्नासाथ गाउँलेले क्वारेन्टाइनमा लगिहाले। क्वारेन्टाइनमा पुगेको केही घन्टामै…
फ्रान्समा मेको ११ तारिखदेखि लकडाउन लचिलो बन्दैछ। शैक्षिक संस्थाहरु खुल्नेछन्। सार्वजनिक सवारी साधनहरु फेरि सञ्चालनमा आउने छन्। महिनौं पछि लकडाउन खुल्दा मानिसको चहलपहल बढ्ने छ। त्यो अवस्थामा कोरोना भाइरसको सम्भावित चुनौतिविरुद्ध सावधानी अपनाउँदै विद्यालय र सार्वजनिक सवारी साधनमा मास्कको प्रयोग अनिवार्य घोषणा गरिएको छ। प्रधानमन्त्री एडौर्ड फिलिपले किन्डर गार्टेन्स र निम्न माध्यमिक तह पहिले खुल्ने बताएका छन्। त्यसैले ११ देखि…
नयाँ दिल्ली : भारतमा पछिल्लो एक दिनमा १ हजार ८ सय ४० नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको यसैका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार ४ सय ११ जना पुगेको छ भने मर्नेको संख्या १ हजार माथि। मंगलवार अहिलेसम्मकै धेरै केस पहिचान भएको हो भने एकै दिन मृत्यु हुनेको संख्या पनि यो सबैभन्दा…