काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र बिहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन लागेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ५३ जना महिलासहित १ हजार ३१५ जना प्रहरीको कारबाहीमा परेका छन्। आइतवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ४ सय २९ वटा दुई पाङ्ग्रे र ३१ वटा चारपाङग्रे गरी…
काठमाडौं: राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढेको छ। गुटहरु सक्रिय बनेका छन्। सरकारले आफूले ल्याएका अध्यादेशको पार्टीभित्र र बाहिर गरी चौतर्फी विरोध भएपछि चार दिनमै फिर्ता लिएर खारेज गरेको थियो। अध्यादेश खारेज भए पनि पार्टीभित्रको असन्तुष्टि भने बढेको छ। असन्तुष्टिका साथसाथै यो प्रकणले गुटलाई पनि सक्रिय बनाएको छ। भैँसेपाटी गुट,…
काठमाडौँः सरकारले कोरियामा नेपाली कामदार पठाउने प्रक्रिया नरोक्ने भएको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले दुई देशको सहमतिमा उक्त प्रक्रिया जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। दुई देशको सल्लाह र समझदारीमा श्रमिकहरुलाई कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको हो।
काठमाडौँः सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १० दिन थपेर वैशाख २५ सम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। बैठकमा लकडाउनको मोडालिटीबारे पनि छलफल भएको छ। यसअघि थपिएको लकडाउनको अवधि भोलि १५ गते सकिँदैछ। उच्चस्तरीय समितिले भने मोडालिटीसहित एक साता बढाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषदले भने जोखिम…
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी बलिउड गायिका कनिका कपूरले आफूमाथि लागेको लापरवाहीको आरोपमा प्रष्टिकरण दिएकी छिन्। बेलायतबाट फर्केकी कनिकालाई उत्तर प्रदेशको लखनऊमा कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनीमाथि लापरवाही गरेको आरोप लागेको थियो। कोरोना जित्दा जति खुसी भएर घर फर्किएकी थिइन् कनिका, लापरवाहीको आरोपले त्यतिनै दु:खी। त्यसैले त अहिले लामै प्रष्टिकरण दिएकी छिन्। लापरवाही आरोपमा सफाई दिँदै कनिकाले सामाजिक…
काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।
काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एक घण्टा ढिला सुरु भएको बैठकमा लकडाउनको मिति थप्नेबारे छलफल भइरहेको छ। यसअघि २ बजे बोलाइएको बैठक तयारी नपुगेको भन्दै ५ बजेलाई सारिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने लगायत अन्य निर्णय लिने बताए। उच्चस्तरीय समितिले मन्त्रिपरिषदलाई एक साता लकडाउन बढाउन…
काठमाडौँः जनता समाजवादी पार्टीले नेपालले प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललगायत दुई सांसदविरुद्ध अपहरण कार्यमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराउन पुगेपछि प्रहरी र नेताबीच जुहारी चल्यो। प्रहरीले घटना महोत्तरीको भएकाले दर्ता गर्न नमिल्ने भन्दै पन्छिन खोज्यो। प्रहरी परिसर काठमाडौँको कार्यालयमा एक घण्टासम्म नेता तथा प्रहरीबीच विवाद भइरह्यो। प्रहरीले घटना महोत्तरीमा भएकाले उतै गएर दर्ता गर्न सल्लाह दियो। तर नेताहरूले फौजदारी…
काठमाडौं : वीरगंजका चार जनाले आइतबार कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्। नारायणी अन्चल अस्पतालमा उपचाररत एक जना १२औं दिनमा र अरु तीन जना १५ दिनमा संक्रमण मुक्त भएर घर फर्किएका हुन्। वीरगंज २ छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकलाई अस्पतालले डिस्चार्ज गरेको हो। संक्रमण मुक्त भएपछि उनीहरु घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…
काठमाडौं : तेह्रथुम सरोकार समाजले लकडाउनका कारण राजधानीमा अलपत्र परेका तेह्रथुमे विद्यार्थी तथा ज्यालाजारी मजदुरहरूलाई राहत वितरण गरेको छ। शुक्रबारदेखि जारी राहत कार्यक्रम आज काठमाडौंको सिफल चौर, हनुमानस्थान (भाटभाटेनी), नयाँबानेश्वर, कौशलटार, सूर्यविनायक, च्यामासिंह, ठुलोबेंसी, पूरानो ठिमी, पेप्सिकोला, काँडाघारी, नारानटार, गोकर्ण मुल्पानी, साँखु, र बौद्ध क्षेत्रहरुमा वितरण भएको छ। तीन दिनदेखि सुरू भएको उक्त कार्यमा आजसम्म २४५ विपन्न मजदुर तथा विपन्न परिवारलाई…
काठमाडौँः नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा दुई बहालवाला सांसदविरुद्ध जनता समाजवादी पार्टी नेपालका तर्फबाट पेस गरिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले उक्त जाहेरी दर्ता इन्कार गरेको हो। घटनास्थल महोत्तरी भएकाले सम्बन्धित जिल्लामा नै जान प्रहरीको सुझाव छ। वारदात महोत्तरी भए पनि प्रहरीले सूचना लिइ आवश्यक प्रक्रियाका लागि महोत्तरी पठाउन भने सक्छ। तर, उक्त प्रक्रिया पनि…
काठमाडौं : सरकारले आइतबारसम्म ५१ हजार ३६७ जनाको कोरोना परीक्षण गरेको छ। पिसीआरबाट ९ हजार ९३१ र र्यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले २४ घण्टामा २ हजार ९६ को परीक्षण गरिएको बताए। यस्तै १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ११० जना छन्। ६ जना…
काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकीकरण प्रक्रिया बदरको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपीन ढकालले आयोगमा निवेदन दर्ता गराएका हुन्। आइतबार निवेदन दर्ता भएको हो। एकीकरणको सहमति पत्रमा बहुराष्ट्रिय राज्य कायम उल्खेख भएको र उक्त शब्द संविधानको धारा ३ द्वारा परिभाषित राष्ट्रको कल्पना विपरीतको भएको भन्दै निवेदन…
काठमाडौँः लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका अभियान्ता ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ गर्नुका आधार कारणसहित बन्दी उपस्थित गराउन आदेश दिएको हो। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बन्दी उपस्थित गराउन आदेश गरेको हो। लकडाउन उल्लङ्घन गरेको आरोपमा वैशाख ९ गते शाही ललितपुरबाट पक्राउ परेका थिए।
काठमाडौं : पूर्वसचिव भीम उपाध्यायविरुद्ध जिल्ला अदालतमा साइबर अपराध मुद्दा दर्ता भएको छ। अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले उपाध्यायको मुद्दा दर्ता भएको र सोबारदेखि थुनछेकको प्रक्रिया सुरु हुने बताए। सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुकमा दोहोरी…
काठमाडौँः समाजवादी पार्टीले नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल लगायत दुई सांसदविरुद्ध अपहरण कार्यमा संलग्न रहेको भन्दै उजुरी दर्ताको प्रक्रिया अघि बढाएको छ। समाजवादी पार्टीका तर्फबाट नेता बाबुराम भट्टराई निवेदन लिएर महानगरीय प्रहरी परिसर टेकु पुगेका छन्। बुधबार खनाल, नेकपा सासंदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ।' उहाँहरु आउनुभएको…
काठमाडौँः कोभिड –१९ जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग गरिएको खरिद प्रक्रियाबारे सार्वजनिक लेखा समितिले छानविन प्रक्रिया थालेको छ। स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रिया रद्द गरिसकेको छ। खरिद प्रक्रिया रद्द भए पनि अनियमितता भएको भन्दै चौतर्फी रुपमा छानविनको माग भइरहेको थियो। लेखा समितिले आइतबार स्वास्थ्य मन्त्रालयसँग खरिद प्रक्रियाबारेका कागजात माग गरेको हो। छानविन प्रक्रिया अघि बढाउन आवश्यक रहेको भन्दै समितिले मन्त्रालयसँग…
काठमाडौं : विश्वभर कोभिड १९ को महामारीबाट दुई लाख तीन हजार बढीको मृत्यु भइसकेको छ। यसमा संसारभर छरिएर रहेका नेपालीहरु पनि परेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्ले जारी गरेको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट ४९ जना नेपालीको मृत्यु भइसकेको छ। हालसम्म नेपालमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएका बेला बाहिरका विभिन्न देशमा भने मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको…
काठमाडौं: आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक सरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद बैठक साझ ५ बजे सम्मका लागि सरेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा गरिने निर्णयका विषयमा छलफल भइरहेकाले बैठक सारिएको थापाले बताए। लकडाउन लगायतका विषयमा आइतवारको बैठकले निर्णय गर्ने छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमवार सकिँदै छ। कोरोना रोकथाम तथा नियन्त्रणका…