काठमाडौं : अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका १९ मध्ये १० जनाको सनाखत भएको छ। सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिकास्थित घुम्ती र नरपानीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर प्रकाश खत्रीले जानकारी दिए। मृत्यु हुनेमध्ये १७ जनाको घटनास्थलमै तथा एक जनाको प्राथमिक उपचार केन्द्र ठाडामा र अर्काको चौराहा हस्पिटल बुटवलमा…
काठमाडौं : चिनियाँ नागरिकले नेपाली बैंकका एटिएम बुथबाट अनधिकृत पैसा झिकेपछि राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले संचारकर्मीलाई फोन गर्दै आग्रह गरेका थिए- 'आत्तिनु पर्ने अवस्था छैन। एक पटक समाचार लेखेर सहयोग गरिदिनु पर्यो।' केन्द्रीय बैंकको आग्रहलाई सञ्चार माध्यमहरुले स्वीकार गर्दै 'आत्तिनु पर्ने अवस्था नभएको' समाचार सम्प्रेषित भयो। त्यसपछि कृषि विकास बैंकमा फेरि लुट काण्ड मच्चियो। बैंकको सर्भर छेडछाड गरेर पैसा…
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा भारतको सामना गर्नेछ। बंगलादेशसँगको जित पछि कुरा गर्दै महिला टिमका प्रशिक्षक जगदीश भट्टले भारत बलियो टोली भएकाले कम्पिटिसन पनि ठूलै हुने बताए। 'दोस्रो खेलमा भारतसँग खेल्नुछ। भारत दक्षिण एसियाकै एउटा उत्कृष्ट टिम हो। उसले लामो…
तिङ काङ- नेपालको राजधानी काठमाडौँबाट दक्षिण पश्चिम लुम्बिनीसम्म पुग्ने सबै 'एयर मिनीबस' हुन्। यी विमानहरूले काठमाडौँबाट उडान भरेको केही समयमा नै हिमालयका खोचहरु छिचोल्दै यात्रुहरूलाई सुन्दर दृश्य अवलोकन गराउँदै आधा घण्टामा नै तराईका समथर भूभागहरूको अवलोकन गराउँछन्। यो हिन्दु सभ्यताको मुख्य प्रवेश द्वार हो। गुगल म्यापले लुम्बिनी र नयाँ दिल्लीको दुरी आठ सय किलोमिटर देखाउँछ। लगभग १५०० बिसीतिर मध्ये एसियाका…
काठमाडौं : मंसिर १५ गतेबाट सुरु हुने दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सेभ दि मिसन नेपाल ओलम्पिक कमिटीका उपमहासचिव एवम् राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना बन्ने भएका छन्। नेपाल ओलम्पिक कमिटीको बुधबार बसेको बैठकले तिम्सिनालाई सेभ दि मिसन बनाउने निर्णय गरेको हो। त्यस्तै डेपुटी सेभ दि मिसनमा राष्ट्रिय टिम तयारी समितिका रिम रानाभाट र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ…
शर्मिला पाठक- काठमाडौँ एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ। निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ। भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण सुरु गरेको छ। रु तीन अर्ब ४८ करोड लाग्ने धरहराको पुनःनिर्माणमा हालसम्म रु ६२ करोड सकिएको जनाइएको छ। विसं २०७२ वैशाख…
सिमकोट : दुर्घटनामा परेका १३ मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको छ। हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा १३ जना घाइतेमध्ये थप एक जनाको मृत्यु भएको हो। जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला अस्पतालका…
काठमाडौं : काठमाडौंमा साँझ १० बजेर ८ मिनेट जाँदा भूकम्प भएको छ। राजधानीमा लामो समयपछि भूकम्पको महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो। भूकम्पको केन्द्र सिन्धुपाल्चोकको फुलपिङकोटमा रहेको छ।
सुमित मिश्र - जनकपुरधाम : रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलवारी लीला कार्यक्रम भएको छ। सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत जानकी मन्दिरसंँगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लीला गरिएको हो। जानकी मन्दिरबाट माता सीता र भगवान रामको प्रतीकात्मक स्वरुपलाई विवाह मण्डपको बगैचामा लगेर फूलबारी लीला मनाइँदै आएको मन्दिरको सह–महन्थ रामरोशन…
काठमाडौं : अर्घाखाँचीमा एक यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका-७ घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा परी १४ जना गम्भीर घाइते भएका छन्। मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। दुर्घटनामा परी ५ नम्बर बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको…
पोखरा : राप्रपाका वरिष्ठ नेता दीपक बोहराले उप निर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहता विरुद्ध मिनी जनमत संग्रह रुपमा हुने बताएका छन्। आज प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं-२ को पोखरामा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता बोहराले आसन्न निर्वाचन धर्म परिवर्तन विरुद्ध र हिन्दु राष्ट्रको पक्षमा सशक्त र नयाँ जनमतको रुपमा अभिव्यक्त हुने पनि बताए। सीमाको सुरक्षा आज राष्ट्रको…
काठमाडौं: काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टुँडिखेल, खुलामञ्च र रानीपोखरीको अनुगमन गरेकी छिन्। खुलामञ्च खुला हुनुपर्ने मागसहित 'अकुपाइ टुँडिखेल' अभियान चलिरहँदा उनी टुँडिखेल पुगेकी हुन्। अनुगमनका क्रममा उनले टुँडिखेलमा जनताको सहज पहुँच पुर्याउन सबैले भूमिका खेल्न पर्ने बताइन्। त्यस्तै, खुलामञ्चमा बनाइएका संरचनाको अनुगमनमा पुगेकी उनले दरबार हाइ स्कुल र वीर अस्पतालको निर्माणको लागि बनाइएको अस्थायी संरचनाहरु छिटो हटाइने उनले…
काठमाडौं : निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने 'शक्तिशाली व्यक्ति' पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ। बुधवार दिउँसो कञ्चनपुर जिल्ला अदालतमा निर्मला प्रकरणमा जोडिएका भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुष विष्टले उनीविरुद्ध मुद्दा दर्ता गराएका हुन्। खेम भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिक पत्रिका तथा सामाजिक सञ्जालमा आफूलाई बदनाम गराउने गरी समाचार लेखिएको भन्दै विष्टले गाली बेइजतीमा मुद्दा दर्ता गराएका…
काठमाडौं : बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानवबेचविखन अनुसन्धान ब्यूरोको टोलीले आइतवार दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले धनुषा बेंगाडावर ६ घर भएकी जोस्ना भन्ने जुनाकुमारी खड्का र सीता लामा भन्ने सिम्रन तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तामाङ बालिकालाई नेपालबाट भारतसम्म पुर्याउने महिला हुन्। उनीहरुले तीन वर्षअघि ९ कक्षामा अध्ययनरत १२ वर्षीय बालिकालाई भारतमा राम्रो…
काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनमा आचार संहिता पालना गर्न आग्रह गरेको छ। आयोगले आज पत्रकार सम्मेलन गर्दै आज राति १२ बजेबाट मौन अवधी शुरु हुने जानकारी दिएको छ। मौन अवधीभर सञ्चार माध्यम तथा सोसल मिडियाबाट मत माग्न तथा निर्वाचनको प्रचार गर्न निषेध गरिएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले भने, 'मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर, एसएमएस तथा विद्युतीय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल पुगेका छन्। मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको उपचार जारी छ। प्रधानमन्त्रीको अवस्था बुझ्न पुगेका देउवाले परिवारका सदस्य तथा चिकित्सकहरुसँग ओलीको अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी पाएपछि देउवा फर्केका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी…
काठमाडौं : नक्कली चेक बनाएर बैंकका कर्मचारी समेतको मिलेमतोमा रकम चोरी भएको छ। विभिन्न १९ वटा बैंकबाट रकम चोरी भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बैंकका कर्मचारी समेत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकरी दिए। 'विभिन्न बैकको नक्कली कागजपत्र बनाएर रकम झिकिएको छ। थप अनुसन्धान गरिरहेका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। मंगलवार 'एपेन्डिसाइटिस'को अप्रेशनपछि स्थिर रहेको प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार आएको अस्पतालले जनाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार ओलीको 'एपेन्डिसाइटिस'को शल्यक्रिया गरिएको थियो। मंगलवारसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न थालेका छन्।…
दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आजबाट भलिबलका खेल सुरु हुँदैछन्। औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै सुरु हुन लागेका हो। नेपाली पुरुष भलिबल टोली र महिला भलिबल टोली दुवैले आज पहिलो खेल खेल्दैछन्। दुबै टिमको पहिलो प्रतिद्वन्दी बंगलादेश हो। प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह…
काठमाडौं : उपनिर्वाचन अन्तर्गत बुधबार (आज) राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। मौन अविधको अन्तिम दिनसम्म उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा छन्। चुनावी प्रचारमा राजनीतिक दलका शीर्ष नेताहरु केही दिनदेखि दौडधुपमा छन्। नेताहरुले आज पनि दौडधुप गर्दै चुनावी प्रचारको मैझारो गर्दैछन्। प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि अर्का अध्यक्ष भने चुनावी दौडधुपमा छन्। चुनाव…