काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ओलीलाई आज साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर प्रचण्डले पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै राम्रो प्रगति भएको आफूले पाएको बताए। प्रधानमन्त्री ओलीले उपचुनाव, पार्टी…
काठमाडौं : विज्ञहरुले इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग न्यूनीकरण गर्न नेपालमा इन्टनेट साक्षरता जरुरी रहेको बताएका छन्। सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गरेको नेपालमा इन्टरनेट फ्रिडम सम्बन्धी सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्ने र त्यसमाथि टिपप्णी गर्ने विज्ञहरुले नेपालमा इन्टरनेट साक्षरता कम भएकाले नागरिकदेखि नीति निर्मातासम्मलाई इन्टरनेटको सही जानकारीबारे चेतना बढाउन आवश्यक रहेको बताएका हुन्। सेन्टर फर मिडिया रिसर्च नेपालका संस्थापक…
सुमित मिश्र - जनकपुरधाम : विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरेकी छिन्। विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि आएका जन्तीको स्वागतमा जनकपुरधाम स्थित रंगभूमि मैदान (बाह्र बिगाह)मा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जन्तीलाई दोसल्ला र फूलमाला लगाई सम्मान गरेकी हुन्। उनले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्त रामेश्वर दासजी महाराज, दशरथको भूमिकामा रहेका कन्हैया दास,…
सुमित मिश्र - जनकपुरधाम : जनकपुरबाट घुस सहित एकजना प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार ९० हजार घुस रकम सहित इन्स्पेक्टर राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साहलाई जनकपुर उपमहानगरपालिका–८ को एक होटलबाट अख्तियारले नियन्त्रणमा लिएको हो। ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुस रकम लिन…
विराटनगर : सुनसरीको चतरा धाममा रहँदै आएका जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। बलात्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता भएसँगै जिल्ला अदालत सुनसरीमा प्रहरीले उनको पक्राउका लागि अनुमति मागेको थियो। जिल्ला अदालत सुनसरीका तहसिलदार ईश्वर भण्डारीले अदालतले पक्राउ अनुमति दिएको जानकारी दिए। अनुमति पाएसँगै प्रहरीले गिरीलाई नियन्त्रणमा लिने तयारी गरेको…
विराटनगर : सुनसरीको चतरा धामस्थित जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी विरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छ। बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता गरेको हो। 'उजुरी दर्ता भइसकेको छ। थप अनुसन्धान गर्दै छौं,' नेपाल प्रहरीका एक नम्बर प्रदेश डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए। एक महिलालाई बलत्कार गरेको आरोप उनीमाथि लागेको छ। महिलाले बलात्कार भएको उजुरी…
काठमाडौं : सरकारी कागजात कीर्ते गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीवार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला रानीवन-७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका-९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर-१६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाभन्दा धेरै सुधार आएको बताउँदै चिकित्सकहरुले अझै एक साता अस्पतालमै रहनुपर्ने बताएका छन्। उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमा सुधार आउन उनको आत्मविश्वासले निकै काम गरेको डा अरुण सायमिले बताए। उनले ओली गृहमन्त्री रहँदाको अवस्था पनि…
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ। आझ साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने खेलमा नेपालले बलियो प्रतिद्वन्दी मानिएको भारतको सामना गर्नेछ। पहिलो खेलमा बंगलादेशसँग बंगला ३–२ को सेटमा पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाव रहेको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-२१ ले जितेको थियो भने दोस्रो सेटमा बंगलादेशले २३-२५ को सेटमा जित निकालेको। त्यस्तै…
भक्तपुरः मंसिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गरेका हुन्। उनले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका हुन्। त्यसैगरी उनले मतगणनास्थल विद्युत् प्राधिकरण तालिम…
काठमाडौँः १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ। ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्।…
काठमाडौँः सामाजिक सुरक्षा योजना घोषणाको एक वर्ष पुगे पनि रोजगारदाता र श्रमिकको सूचीकरण भने अत्यन्त न्यून देखिएको छ। सामाजिक सुरक्षा कोषका अनुसार एक वर्षका अवधिमा करिब साढे १० हजार रोजगारदाता र एक लाख १५ हजार श्रमिक मात्र सूचीकरण प्रक्रियामा सामेल भएका छन्। अझै पनि ठूलो सङ्ख्यामा रोजगारदाता र श्रमिक यस प्रक्रियाबाट बाहिरै रहेका छन्। केन्द्रीय तथ्याङ्क विभागले गत वर्ष गरेको एक…
काठमाडौँः द्वन्द्वपीडित साझा चौतारीले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुरानै पदाधिकारी पीडितलाई स्वीकार्य नभएको जनाएको छ। चौतारीका अध्यक्ष भागीराम चौधरीले चार वर्षसम्म आयोगमा बसेर काम गर्न नसक्ने भनी अयोग्य सावित गरेर संसद्ले हटाएको पदाधिकारीलाई पुनः त्यही पदमा ल्याउने तयारीप्रति पीडितलाई स्वीकार्य नभएको बताए। अध्यक्ष चौधरीले पदाधिकारी सिफारिस समितिले पीडितको सहभागितामा दुवै आयोगको ऐन संशोधन गरेर मात्र पदाधिकारी नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउनुपर्नेमा…
काठमाडौँःआठ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानमा आएका चिनियाँ नागरिक चेन क्युङहाङलाई भन्सार चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। बिहीबार राति करिब ११ बजे नियमित चेकजाँचका क्रममा सुनसहित उनीहरुलाई समातिएको हो। पक्राउ परेका दुबैलाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
युरोप लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड एस्टनासँग पराजित भएको छ। पहिलो हाफमा अग्रता बनाएर घरेलु टोलीलाई दबाबमा राखे पनि दोस्रो हाफमा अग्रता कायम राख्न नसक्दा युनाइटेड २–१ ले पराजित भएको हो। खेलको १० औं मिनेटमा नै युनाइटेडले अग्रता लिएको थियो। जेस्से लिङ्गाडले खेलको दशौँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर खेलको ५५ औं मिनेटमा एस्टनाका लागि डिमिट्री सोमोकोले…
सुमित मिश्र - जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ। चौधरीको घरमा बिहीवार अपरान्ह बम विष्फोट भएको हो। पिपरा गाउँपालिका ४ स्थित उनको घरको पछाडि बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। विष्फोटबाट कुनै प्रकारको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चौधरीले प्रचारप्रसार…
काठमाडौं : सरकारले गुठी विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै संचार मन्त्री बाँस्कोटाले गुठी समाहित गरेर भूमि सम्बन्धी एकीकृत विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको बताएका हुन्। भूमिमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुन भूमिसम्बन्धी एकीकृत विधेयक आवश्यक रहेको उनले बताए। सरकारले यस अघि राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण…
सुमित मिश्र - जनकपुरधाम : राम जानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ। बुधवार महोत्तरीको मटिहानीमा विश्राम गरेको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा प्रवेश गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गरेका हुन्। त्रेता युगमा माता सीतासँग विवाहका लागि जसरी भगवान रामको जन्ती आएको थियो सोही स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाहपञ्चमीको अवसरमा जन्ती आउने गर्छ।…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर र बिजोर प्रणाली लागू हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने भएको हो। 'हामीले यातायात व्यवस्थालाई ध्यान दिएर दुई दिन यो व्यवस्था लागु गरेका हौं,' महाशाखाका एसपी रवि पौडेलले भने।…
काठमाडौं : निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले देशका विभिन्न ६ वटा शहरमा 'एनसेल मेला' गर्ने भएको छ। मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गर्ने कम्पनीले जनाएको छ। एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागेको हो। भ्रमण वर्षलाई सघाउन मेला गर्न लागेको कम्पनीले जनाएको छ। चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुती,…