नेत्र तामाङ- विनय कसजू मेरो खुल्ला कक्षाका गुरु एवम् अभिभावक। पछिल्लोपटक उहाँलाई कात्तिक १४ गते भेट्न उहाँकै निवास सानेपामा पुगेको थिएँ। यसअघि व्यक्तिगतभन्दा साहित्यिक भेटघाट हुन्थ्यो। त्यो दिनको भेट भने अलि फरक सहयोगका लागि थियो। 'विनय सर' मैले उहाँलाई सम्बोधन गरी बोलाउने नाम। मैले त्यसैगरी सम्बोधन गरी उहाँलाई अनुरोध गरेको थिएँ। मेरो व्यक्तिगत कामको कुराकानी सकेर उहाँसँग वर्तमान साहित्य र…
च्याम्पियन्स लिगको गएराति भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै इटालियन क्लव युभेन्टस समूह बिजेता बनेको छ। गएराति भएको खेलमा युभेन्टसले एथ्लेटिकोलाई १–० ले हराएको हो। युभेन्टसको जितमा पाउलो डिब्यालाले निर्णायक गोल गरे। डिब्यालाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहमले उत्कृष्ट प्रदर्शन पुनरागमन गर्दै ओलम्पियाकोसलाई हराएको छ। सुरुमै २–० ले पछि परेको टोटेनहमले उत्कृष्ट…
च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजीले) २–२ गोलको बराबरी खेलेका छन्। घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जेमाले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा रियलले १–० ले अग्रता कायम राख्यो। दोस्रो हाफमा अझ रोमाञ्चक बन्यो। बेन्जेमाले फेरि ७९ मिनेटमा गोल थपेसँगै मड्रिड…
काठमाडौँः सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच अतिरिक्त शुल्क फिर्ताको सहमति भएको छ। शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म भएको वार्तामा कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ता बुधबारदेखि नै हुने सहमति भएको हो। किङ प्रणालीबाट विद्यार्थी भर्ना प्रक्रिया थालिएको शैक्षिक सत्र २०७४/०७५ तथा २०७५/०७६ को शुल्क बुधबारदेखि फिर्ता गर्नेगरी सहमति भएको हो। वार्तामा शैक्षिक सत्र २०७६/०७७ बाट भने चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क…
काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले प्रतिक्रियामात्र जनाएको आक्षेप नेपाली कांग्रेसले लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइलाई लिएर कडा टिप्पणी गरेका थिए। सीमाकै विषयलाई लिएर देउवाले सरकारकै सहमतिमा भारतले नक्सा जारी गरेको आक्षेप लगाएका थिए। त्यसको ओलीले प्रतिवाद गरेका थिए। कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै कालापानी विषयान्तरको…
काठमाडौं : दक्षिण एसियाली खेलकुद आउनै लाग्दा यसको विषयमा चर्चा परिचर्चा चुलिएको छ। केही दिन अघि ओलम्पिक टर्च लिएर ओलम्पियनहरु सातै प्रदेशको भ्रमणमा समेत निस्किए। सागको मस्कटमा कृष्णसारले त्यस्तै ओलम्पिक टर्च लिएको तपाईँले पनि नोटिस गर्नु भएकै होला। यसको अर्थ के हो भन्नेमा धेरैको जिज्ञासा रहेको पनि पाइयो। ब्ल्याक बक अर्थात् कृष्णसार। यो नेपालको बर्दिया राष्ट्रिय निकुन्जमा पाइने जनावर हो।…
भारतको महाराष्ट्रमा सरकार निर्माण गर्दै भारतीय जनता पार्टी (बिजेपी) का देवेंड फंडणवीसले चार दिन अघि राज्यपाल भगत सिंह कोश्यारीबाट सपथ लिए। सरकार बनाउन साथ दिएका थिए, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता अजित पवारले। अजितले जब बिजेपीलाई समर्थन गरे तब महाराष्ट्रमा हलचल मच्यो। कारण थियो एनसीपीले शिवसेनालाई समर्थन गर्ने गरी सरकार निर्माणको बहस। साथमा थियो भारतीय कांग्रेस। २८८ विधानसभा सिटका…
काठमाडौं : काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार 'मर्निङवाक'मा हिँडेका पैदलयात्री डा प्रभु जोशीलाई ठक्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको हो। बसको ठक्करबाट जोशीको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरीले सिसिटिभी क्यामराको सहयोगमा चालकलाई रामेछापबाट नियन्त्रणमा लिएको हो। तर चालकले घटना आफैंले गरेको भन्ने स्वीकार गरेका छैनन्। 'हामीले चालकलाई…
चितवन : भरतपुर महानगरपालिका-२६ खयरघारीमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार गएराति राति ११ बजे ना ७ त ४७० नम्बरको ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर र…
काठमाडौं : आज बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'एपेन्डिसाइटिस' भएको छ। प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलवार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एपेन्डिसाइटिस भएको आशंका गरिएको र अप्रेसनको तयारी भइरहेको जानकारी दिए। उनले भने, 'प्रधानमन्त्रीलाई एपेन्डिक्ससाइट भएको आशंका गरिएको छ। आज नै अप्रेसन गर्ने/नगर्ने चिकित्सकसँग…
काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्याइएको छ। बिहान ९ बजेतिर प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो। ‘नियमित स्वास्थ्य प्ररीक्षणका लागि अस्पताल जानुभएको हो,’ प्रेस सल्लाहकार सूर्य थापाले भने। आइतवार मात्र प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा मिर्गौलाको नियमित डाइलायसिस गरेर फर्किएका थिए। प्रधानमन्त्रीको चार पटक डाइलायसिस भइसकेको छ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन्। सिंहदरबारमा सोमवार साँझ भएको मन्त्रालयगत चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले विकास आयोजनालाई निर्धारित समयभित्रै सम्पन्न गर्नेगरी गति बढाउने स्पष्ट मार्गचित्रसहित अगाडि बढ्न मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले ‘नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ’…
काठमाडौं : गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो। मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै…
रुकुमपूर्व : लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन्। उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको प्रहरीले जनाएको छ। चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन…
काठमाडौं : प्रहरीले अवैध तरिकाबाट भित्र्याएको सुनसहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले सोमवार बिहान गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीस्थित नेपाल-चीन सिमानाबाट गोसाईकुण्ड गाउँपालिका-१ थुमन बस्ने ४१ वर्षीया छो माया तामाङ र ३३ वर्षीया म माया तामाङलाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट प्रहरीले ७ सय ४२ ग्राम सुन समेत बरामद गरेको छ। सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले चीनबाट…
काठमाडौं : प्रधानमन्त्री ओलीले चौमासिक समीक्षा बैठक डाकेका छन्। अहिले सिंहदरबारमा बस्ने बैठकमा मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई चौमासिक प्रगति विवरणको ब्रिफिङ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'आजको समिक्षा बैठकमा मन्त्रीहरुले प्रगति विवरण सुनाउनु हुनेछ। प्रगति विवरणमाथि छलफल हुन्छ। प्रगति विवरणपछि प्रधानमन्त्रीले मन्त्रीलाई केही निर्देशन दिनुहुन्छ,' थापाले भने। थापाका अनुसार आजको बैठकमा सचिवहरु पनि सहभागी हुनेछन् र मन्त्रीहरुले सचिवलाई निर्देशन…
काठमाडौं : प्रहरीले विभिन्न तस्कर र प्रयोगकर्ताबाट समातेको लागुऔषध के गर्छ? धेरैलाई यो जिज्ञाशा होला। प्रहरीले यसरी बरामद गरेको लागुऔषध अदालती प्रकृया पुरा गरेपछि नष्ट गर्ने गर्दछ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमवार बरामद गरेको लागुऔषधलाई खोलाको किनारमा लगेर आगो लगाएको छ। प्रहरीले भिमफेदी गाउँपालिका-१ स्थित खोलाको बगरमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, भिमफेदी गाउँपालिका वडाध्यक्ष श्यामकुमार बल, जिल्ला…
काठमाडौं : प्रहरीले अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले आइतवार पि ९२२६३३३ नम्बरको राहदानी भएका ४८ वर्षीय अश्फिक मिर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मिर्जा फ्लाइ दुवईको उडान नम्बर ५७६ मार्फत काठमाडौंबाट दुबई जान लाग्दा पक्राउ परेका हुन्। उनको साथमा रहेको खैरो रंगको ब्याग विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स…
काठमाडौं : त्रिचन्द्र कलेजका प्रमुखमाथि कुटपिट भएको छ। कलेजका विद्यार्थीहरुले प्रमुखमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। सोमवार बिहान प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि कुटपिट भएको हो। विज्ञान संकाय तर्फको शुल्क फिर्ता गराउने विषयमा विवाद हुँदा विद्यार्थीले न्यौपानेमाथि कुटपिट गरेका थिए। न्यौपानेको अनुहार र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : जापानको टोकियोमा दोस्रो पटक आयोजना गरिएको सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ। आइतवार जापानमा सम्पन्न भएको अवार्डमा फिल्म 'क्याप्टेन' बाट अनमोल केसी र फिल्म 'कायरा'बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर हिरो र हिरोईनको अवार्ड पाएका छन्। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म 'छक्का पञ्जा ३'बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन्। यस्तै 'गोपी'बाट अभिनेत्री वर्षा राउतले पपुलर सह अभिनेर्त्रीको…