PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

  • चुनावी परिणामलाई लिएर नेकपाका दुई नेताको विपरीत समीक्षा : एकजना भन्छन् जित, अर्का भन्छन् सुखद् रहेन

    चुनावी परिणामलाई लिएर नेकपाका दुई नेताको विपरीत समीक्षा : एकजना भन्छन् जित, अर्का भन्छन् सुखद् रहेन

    काठमाडौं : नेकपाको मिडियासँग जोडिएक दुई नेताले भर्खरै सम्पन्न उप निर्वाचनको फरक फरक समीक्षा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन परिणामलाई उल्लेख्य ठहर्‍याएका छन्। फेसकुब स्टाटसमा उनले लेखेका छन् '...यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको छ।' पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार रहिसकेका नेकपाका नेता विष्णु रिजालले फेसबुक स्टाटसको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • पार्वतीले दिलाइन् नेपाललाई तेक्वान्दोमा स्वर्ण

    पार्वतीले दिलाइन् नेपाललाई तेक्वान्दोमा स्वर्ण

    काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (सागमा) पार्वती गुरुङले थप एक स्वर्ण हसिल गरेकी छिन्। योसँगै नेपालको पदक तालिकामा ७ स्वर्ण दर्ता भएको छ। तेक्वान्दो तर्फको पुम्सेमा गुरुङले पदक हासिल गरेकी हुन्। उनले ८.२५ स्कोर गरिन्। उनले २३ देखि २९ वर्ष उमेर समूहमा जित हासिल गरेकी हुन्। श्रीलंकाले ८.१४ स्कोर गर्दै रजत तथा भारतले ७.०३ स्कोर गर्दै कास्य पदक हासिल गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको आरोप लागेका 'सिद्धबाबा'लाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति, फेरि नर्सिङहोम नै पुर्‍याइयो

    बलात्कारको आरोप लागेका 'सिद्धबाबा'लाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति, फेरि नर्सिङहोम नै पुर्‍याइयो

    विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो। सिद्धबाबा भनिने गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो। विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर…

    विस्तृतमा पढ्नुस्

  • अञ्जलीको नाममा यसरी बन्यो वर्ल्ड रेकर्ड

    अञ्जलीको नाममा यसरी बन्यो वर्ल्ड रेकर्ड

    दक्षिण एसियाली खेलकूद प्रतियोगिताको महिला किक्रेट टी २० मा नेपालले पहिलो जित हासिल गर्दा चर्चामा रहिन् अञ्जली चन्द। शून्य रनमा लगातार ६ विकेट निकाल्नु नेपालको जितको यात्रा तयमात्र थिएन, विश्वमै इतिहास कायम पनि भइरहेको थियो। पोखरामा जारी प्रतियोगितामा कीर्तिमानी यात्रा तय गर्दै अञ्जलीले ६ विकेट लिएकी हुन्। यो क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ रेकर्ड नै हो। अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघि कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • सीना मादेनले थपिन थप अर्को स्वर्ण, तेक्वान्दोको पुम्सेमा हात लाग्यो जित

    सीना मादेनले थपिन थप अर्को स्वर्ण, तेक्वान्दोको पुम्सेमा हात लाग्यो जित

    काठमाडौं : सीना मादेनले थप एक स्वर्ण हसिल गर्दै नेपालको पदक तालिकामा ५ स्वर्ण पुर्‍याएकी छिन्। तेक्वान्दो तर्फको पुम्सेमा सीनाले स्वर्ण पदक हासिल गरेकी हुन्। उनले ८.१५ स्कोर गरिन्। उनले १८-२३ उमेर समूहमा जित हासिल गरेकी हुन् श्रीलंकाले ७.९६० स्कोर गर्दै रजत तथा वंगलादेशले ७.९१० स्कोर गर्दै कास्य पदक हासिल गरेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पुगेर कमल थापाले नेपालीसँग भने : हस्तक्षेपकारी भूमिका खेल्नुस्

    अमेरिका पुगेर कमल थापाले नेपालीसँग भने : हस्तक्षेपकारी भूमिका खेल्नुस्

    बाल्टिमोर : राप्रपा अध्यक्ष कमल थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्। राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै अध्यक्ष थापाले नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र…

    विस्तृतमा पढ्नुस्

  • नेपालको खातामा अहिलेसम्म ६ स्वर्ण

    नेपालको खातामा अहिलेसम्म ६ स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले ६ वटा स्वर्ण पदक हात पारेको छ। आज पोखरा र ललितपुरमा भएको खेलमा चार स्वर्ण जितेको हो। नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिला तर्फ, तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा  र व्यक्तिगत कराँते काता तर्फ स्वर्ण पदक हात पारेको हो। त्यस्तै सीना मादेनले थप एक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं र पोखरामा सुरु भइसक्दा जनकपुरधाममा भने सागको तयारी अन्तिम चरणमा

    काठमाडौं र पोखरामा सुरु भइसक्दा जनकपुरधाममा भने सागको तयारी अन्तिम चरणमा

    सुमित मिश्र - जनकपुरधाम : उपत्यका बाहिर पहिलो पटक जनकपुरधाममा पनि हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगिसकेको छ। मंसिर १५ गतेदेखि नेपालमा सुरु भएको साग प्रतियोगिताको कुस्ती खेल जनकपुरधाममा २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ। जसका लागि खेल हुने स्थल कबर्ड हलमा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ। आठौँ साग पछिको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • पहिलो ओभर पूरा नहुँदै नेपाली टिम बिजयी : महिला क्रिकेटरले रचे कीर्ति, अञ्जलीको उत्कृष्ट बलिङ

    पहिलो ओभर पूरा नहुँदै नेपाली टिम बिजयी : महिला क्रिकेटरले रचे कीर्ति, अञ्जलीको उत्कृष्ट बलिङ

    पोखरा : दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को महिला क्रिकेटको पहिलो प्रतियोगितामा नेपालले कीर्तिमानी सुरुवात गरेको छ। ५ बलमा नै लक्ष्य भेट्टाउँदै नेपालले मालदिभ्सलाई १० विकेटले हराएको छ। १ सय १५ बल बाँकी रहँदै नेपाली टिमले लक्ष्य निर्धारण गर्दै जित सुनिश्चित गरेको हो। कमजोर प्रदर्शन गरेको मालदिभ्स १६ रन बनाउँदै अल आउट भएपछि नेपाली टिम पूरै हावी भएको हो। पोखरामा सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • महिला ट्रायाथोलनमा थपियो अर्को एक स्वर्ण

    महिला ट्रायाथोलनमा थपियो अर्को एक स्वर्ण

    पोखराः १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पोखरामा भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ। पोखरामा भएको खेलहरुमध्येमा पहिलो र साग अन्र्तगत नेपालको यो दोस्रो स्वर्ण पदक हो। आज विहान पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले महिला तर्फको पहिलो स्वर्ण पदक दिलाएकी हुन। आजै भएको ट्रयाथोलन, पुरुषमा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालले काश्य पदकमा…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दोमा कमलले दिलाए थप एक स्वर्ण

    तेक्वान्दोमा कमलले दिलाए थप एक स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालको तर्फबाट कमल श्रेष्ठले स्वर्ण पदक जितेको छ। तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा श्रेष्ठले स्वर्ण जितेका हुन्। उनले भारतका खेलाडी राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन्। नेपालले अहिलेसम्म तीन स्वर्ण जिति सकेको छ।

    विस्तृतमा पढ्नुस्

  • धरान उपमहानगरमा कांग्रेसका राई विजयी

    धरान उपमहानगरमा कांग्रेसका राई विजयी

    धरान : नेपाल कम्युनिस्ट पार्टीको आधार क्षेत्र मानिएको धरान उपमहानगरमा कांग्रेसका तिलक राई विजयी भएका छन्। शनिवार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलक राई २६ हजार ७०९ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी सत्तारुढ ने क पाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका छन्। मतगणानाको सुरुवातदेखि नै कांग्रेसले अग्रता बनाएको थियो। २०७५ साउन १ गते धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुब्बाको निधन भएको…

    विस्तृतमा पढ्नुस्

  • धरान वडा नम्वर ७ मा ने क पा उम्मेद्वार एक मतले विजयी, पुनः मतगणना गर्न कांग्रेसको माग

    काठमाडौं : शनिवार सम्पन्न भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकको वडा नम्बर ७ मा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उम्मेद्वार विजयी भएका छन्। रिक्त वडा अध्यक्ष पदका जीवनराज सुवेदी एक मतले विजयी भएका हुन्। ने क पा उम्मेद्वार सुवेदीले ६२२ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुवर्णमोहन पालिखाले ६२१ मत ल्याए। नेपाली कांग्रेसले भने पुनः मत गणना गर्नुपर्ने माग गरेको…

    विस्तृतमा पढ्नुस्

  • छाउगोठभित्र महिला मृत अवस्थामा फेला

    छाउगोठभित्र महिला मृत अवस्थामा फेला

    कैलाली : अछाममा छाउगोठमा एक महिलाको मृत अवस्थामा फेला परेकी छिन्। अछामको साँफेबगर नगरपालिका ३ घर भएकी २१ वर्षीया पार्वती रावत छाउगोठभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। आइतवार राति खाना खाएर सुतेकी रावत बिहान मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले घटना बारे प्रहरीलाई जानकारी आएपछि अहिले त्यस क्षेत्रमा प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको आरोप लागेका 'सिद्धबाबा' अस्पतालबाट पक्राउ, आज नै अदालत उपस्थित गराउने तयारी

    बलात्कारको आरोप लागेका 'सिद्धबाबा' अस्पतालबाट पक्राउ, आज नै अदालत उपस्थित गराउने तयारी

    विराटनगर : बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आज बिहान करिव ४ बजे पक्राउ गरेको हो। विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ आइतवार आइसियूमा सारिएको बाबालाई अस्पतालबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आफ्नो स्वास्थ्यमा समस्या भएको भनेपछि प्रहरीले उनलाई जिल्ला अस्पताल सुनसरीमा राखेको…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपालको पदक पक्का

    दक्षिण एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपालको पदक पक्का

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ब्याडमिन्टन टिम ईभेन्ट्समा नेपालको पदक पक्का भएको छ। पोखरा रंगशालामा नवनिर्मित ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। जितसँगै नेपालले ब्याडमिन्टनमा पदक पक्का गरेको हो। नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले भुटानी खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ ले, दिपेश धामीले…

    विस्तृतमा पढ्नुस्

  • वर्षौंपछि रंगिएको दशरथ रंगशालामा यस्तो देखियो सागको भव्य उद्घाटन

    वर्षौंपछि रंगिएको दशरथ रंगशालामा यस्तो देखियो सागको भव्य उद्घाटन

    काठमाडौं : केही महिनाअघि कमैमात्र विश्वस्त थिए होला कि यसपटक समयमै दशरथ रंगशाला बनेर तोकिएकै मितिमा दक्षिण एसियाली खेलकुद (साग) आयोजना होला भनेर। तर अन्तिम समयसम्म लगाएर भएपनि  र‌ंगशाला बन्यो।  देशको प्रतिष्ठा जोगियो। आज सागको औपचारिक उद्घाटन भएको छ। लामो चर्चापछि आयोजना भएको १३ औं सागको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। उद्घाटन समारोहमा झाँकीहरु देखाइए। पटकाहरु पड्काइए। दर्शकको उपस्थितिले दशरथ रंगशाला पुनर्निर्माणपछि नेपाली खेल समर्थक रंगशालामा आएर खेल हेर्न…

    विस्तृतमा पढ्नुस्

  • खार्पुनाथमा ने क पाले उल्ट्यायो नतिजा, उपाध्यक्षमा रुपा शाही विजयी

    खार्पुनाथमा ने क पाले उल्ट्यायो नतिजा, उपाध्यक्षमा रुपा शाही विजयी

    काठमाडौं : हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की रुपा शाही विजयी भएकी छिन्। नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर विजयी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तारा शाहीले एक हजार ३८५ मत प्राप्त गरिन्। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा शाही कांग्रेसकी सिन्धु हमालसँग पराजित भएकी थिइन्। हमालको जिप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथमा उपनिर्वाचन भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकूद : खोखोमा नेपालले बंगलादेशलाई हरायो

    दक्षिण एसियाली खेलकूद : खोखोमा नेपालले बंगलादेशलाई हरायो

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। कीर्तिपुरमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१९ अंकले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो। जितसँगै नेपालले तीन अंक जोडेको छ। खोखोमा नेपालले पहिलोपटक बंगलादेशलाई पराजित गरेको हो। पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अंक जोड्दा दोस्रो टर्नमा बंगलादेशले पनि १२…

    विस्तृतमा पढ्नुस्

  • 'पलेँटी' श्रृङ्खला अब युट्यूबमा पनि

    'पलेँटी' श्रृङ्खला अब युट्यूबमा पनि

    प्रत्यक्ष सांगीतिक कार्यक्रम 'पलेँटी' श्रृङ्खलाहरु युट्युबमा उपलब्ध हुने भएका छन्। नेपालयले सन् २००५ देखि संचालन गर्दै आएको कार्यक्रम 'पलेँटी' युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रशारण हुने भएको हो। युट्युब च्यानल 'पलेँटी नेपालय'मा सन् २०१९ देखिका पलेँटी श्रृङ्खलाहरु क्रमशः राखिने नेपालयका अर्पण शर्माले बताए। हरेक कार्यक्रमलाई ४ वटा श्रृङ्खला बनाएर अपलोड गरिनेछ। 'पलेँटी कार्यक्रमको अनुभवलाई आर शालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell