PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

  • श्रीलंका विरुद्ध नेपालको पहिलो गोल, पेनाल्टीमा सुजलले चुमाए जाली

    श्रीलंका विरुद्ध नेपालको पहिलो गोल, पेनाल्टीमा सुजलले चुमाए जाली

    काठमाडौं : साग अन्तर्गत अहिले जारी फुटबल प्रतियोगिमा नेपालले श्रीलंका विरुद्ध १-० को लिड गरेको छ। पहिलो हाफको ३३ मिनेटमा डिबक्स भित्र अनन्त तामाङलाई फाउल गरेपछि नेपालले पेनाल्टी पाएको हो। पेनाल्टीलाई नेपाली टिमका कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरेका हुन्। हिजो भएको भुटानसँगको खेलमा पनि उनले दुई गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेल यतिखेर दशरथ रंगशालामा जारी छ।

    विस्तृतमा पढ्नुस्

  • धरानमा उपनिर्वाचन हारेपछि करको दर घटाउन नेकपाको निर्देशन

    धरानमा उपनिर्वाचन हारेपछि करको दर घटाउन नेकपाको निर्देशन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपमहानगर निर्वाचन परिचालन कमिटीले करको दर बढाइएका कारण धरान उपमहानगरपालिकामा पराजय बेहोर्नु परेको निष्कर्ष निकालेको छ। गत शनिवार मेयर पदका लागि भएको उपनिर्वाचनमा नेकपाले हार बेहोरेको थियो। निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतले जारी गरेको विज्ञप्तिमा कर पुनरावलोकन गरी करको दर घटाउन निर्देशन दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘जनताको अभिमत तथा सुझावको उच्च सम्मान…

    विस्तृतमा पढ्नुस्

  • 'सेल्फी किङ'को टिजर सार्वजनिक, जोकरको भूमिकामा विपिन कार्की

    'सेल्फी किङ'को टिजर सार्वजनिक, जोकरको भूमिकामा विपिन कार्की

    काठमाडौं : केही साताअघि विपिन कार्की अभिनित फिल्म 'सेल्फी किङ'को पोस्टर हलिउड फिल्म जोकरसँग मिलेको भन्दै विवादमा तानिएको थियो। उक्त पोस्टरमा विपिन कार्की कमेडी गेटअपमा देखिएका थिए। यतिबेला निर्माण टिमले 'सेल्फी किङ'को टिजर सार्वजनिक गरेको छ। सार्वजनिक टिजरमा कलाकारको जिवनमा आउने उतारचढाव, स्टारडम र नैराश्यतालाई प्रस्तुत गरिएको छ। विशाल सापकोटा निर्देशित फिल्म 'सेल्फी किङ'मा विपिन कार्की हाँस्य कलाकारको भूमिकामा देखिएका छन। त्यसो…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीले माग्यो ५८ जना प्रहरी निरिक्षक र २३९ जना सहायक निरिक्षकमा नयाँ भर्ना

    सशस्त्र प्रहरीले माग्यो ५८ जना प्रहरी निरिक्षक र २३९ जना सहायक निरिक्षकमा नयाँ भर्ना

    काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ। मंगलबार सूचना प्रकाशित गरी २ सय ९७ जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो। प्रहरी निरिक्षक तर्फ ५८ जना र सहायक निरिक्षकतर्फ २सय ३९ जनाको लागि नयाँ भर्ना माग गरेको हो। खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। खुल्लातर्फ प्रहरी निरिक्षकमा ३१ जना…

    विस्तृतमा पढ्नुस्

  • उसु खेलमा भारत र नेपालको असन्तुष्टी, अफिसियलहरु धर्नामा

    उसु खेलमा भारत र नेपालको असन्तुष्टी, अफिसियलहरु धर्नामा

    काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)  अन्तर्ग आज भएको उसु खेलमा विवाद भएको छ। रेफ्रीले श्रीलंकालाई बढी अंक प्रदान गरेको भन्दै भारत र नेपालका प्रतिनिधिहरुले असन्तुष्टी व्यक्त गरेको थिए। खेलका अफिसियलहरुले असन्तुष्टी व्यक्त गरिरहँदा दर्शकले भने पानीको बोतले प्रहार गरेका थिए। तनावको अवस्था उत्पन्न भएपछि खेल केही समय रोकिएको हाम्रा सम्वादाता मुकुन्द घिमिरेले जानकारी दिए। केही अफिसियलहरु केही समय धर्नामा समेत…

    विस्तृतमा पढ्नुस्

  • १० हजार मिटर दौडमा नेपाललाई कास्य

    १० हजार मिटर दौडमा नेपाललाई कास्य

    काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद ( साग)  अन्तर्ग आज भएको १० हजार मिटर दौडमा नेपालले कास्य पदक जितेको छ। आज बिहान भएको खेलमा दीपक अधिकारीले कास्य पदकमा नै चित्त बुझाउनु परेको हो। भारतका सुरेश कुमारले स्वर्ण पदक जितेका छन्। त्यस्तै श्रीलकाले रजत पदक जितेको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले कार्यकारी अधिकार पाएपछि पहिलोपटक बस्दै नेकपा सचिवालय बैठक

    प्रचण्डले कार्यकारी अधिकार पाएपछि पहिलोपटक बस्दै नेकपा सचिवालय बैठक

    काठमाडौं : चुनावी समीक्षा र पार्टीको सांगठानिक एकीकरणको बाँकी कामबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेपछि पहिलोपटक बैठक बस्न लागेको हो।  बिहान ९ बजे बैठक बोलाइएको हो।  प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारकाक क्रममा रहदा बैठक डाकेका थिए। त्यसयता पहिलोपटक उनले बैठकको अध्यक्षता गर्न लागेका हुन्।  बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • पाँच सिडिओको सरुवा, को कहाँ?

    पाँच सिडिओको सरुवा, को कहाँ?

    काठमाडौं :  गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ। यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पाँच न्यायाधीशको सरुवा, ७ जनाको नियुक्ति एवम् पदस्थापन

    पाँच न्यायाधीशको सरुवा, ७ जनाको नियुक्ति एवम् पदस्थापन

    काठमाडौं : आज बसेको न्याय परिषदको बैठकले ५ न्यायाधीशको सरुवा र ७ जनालाई जिल्ला न्यायाधीशमा नियुक्ति एवम् पदस्थापन गरेको छ। आजको बैठकले भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मीलाई बारा जिल्ला अदालतमा सरुवा गरेको छ भने सोलुखुम्बुका न्यायाधीश अमृतबहादुर बस्नेतलाई झापा जिल्ला अदालतमा सरुवा गरेको छ। त्यसैगरी नवलपुर जिल्ला अदालतका न्यायाधीश अम्विकाप्रसाद निरौलालाई काठमाडौं जिल्ला अदालत सरुवा गरेको छ। दोलखा जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० गोलले हरायो

    महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० गोलले हरायो

    पोखरा : १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको अन्यतिर एक गोल गर्दै जित सुनिश्चित गरेको छ। नेपालका तर्फबाट सरु भण्डारीले गरेको गोल नै निर्णायक बन्यो। सरुले अनिता केसीको क्रसलाई गोलमा परिणत गर्न…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

    बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

    गुल्मी : गुल्मीको इस्माबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो। कुल पूजाका लागि निसिखोलाका लागि हिँडेको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो। जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : भारतसँग भिड्दै नेपाल, कसले जित्ला स्वर्ण?

    महिला भलिबल : भारतसँग भिड्दै नेपाल, कसले जित्ला स्वर्ण?

    काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपालले भारतको सामना गर्दैछ। नेपालले सेमिफाइनलमा समूह 'बी'को विजेता श्रीलंकालाई सोझो सेटमा हराएको थियो। नेपालले २५-१४, २५-१८ र २५-२१ सेटमा श्रीलंकालाई हराउँदै फाइनलमा यात्रा सुनिश्चित गरेको थियो। भारतले पनि माल्दिभ्सलाई १४-२५, ६-२५ र १७-२५ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपाल र भारत दुबैले बंगलादेशलाई सोझो सेटमा हराउँदा भारतले…

    विस्तृतमा पढ्नुस्

  • गढीमाईमा बलीका लागि ल्याइएका राँगोमा ‘कोल्ड डायरिया’

    गढीमाईमा बलीका लागि ल्याइएका राँगोमा ‘कोल्ड डायरिया’

    बारा : गढीमाई मेलामा बली दिनका लागि जम्मा पारिएका राँगामा कोल्ड डायरिया रोगको संक्रमण भएको छ। तीन दिनअघि ६ वटा राँगा मरेका थिए। आइतवार र सोमवार थप ४० वटा राँगा मरेका छन्। पशु चिकित्सक हरेराम यादवले केही राँगाहरु डायरियाका कारण मरेको बताए। वीरगंजबाट इन्जेक्सन मगाई संक्रमित राँगाको उपचार गरिएको यादवले जानकारी दिए। एक साताअघिदेखि राँगाहरु रंगशालामा जम्मा पारिएकाले  पर्याप्त आहारको अभावमा…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीलाई छैटौँ पटक बालोन डि'ओर अवार्ड

    मेस्सीलाई छैटौँ पटक बालोन डि'ओर अवार्ड

    बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले बालोन डिओर अवार्ड जितेका छन्। सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै मेस्सीले छैटौँ पटक उपाधि जितेका हुन्। उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए। योसँगै छैटौँ पटक बालोन डिओर जित्ने उनी पहिलो खेलाडी बनेका छन्। यसपटक मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका…

    विस्तृतमा पढ्नुस्

  • सवारी ज्यान मुद्दाका कसुरदार तीन वर्षपछि पक्राउ

    सवारी ज्यान मुद्दाका कसुरदार तीन वर्षपछि पक्राउ

    दमौली : सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका ३ बस्ने ३४ वर्षीय थमन भुजेल छन्। विसं २०७३ कात्तिक १७ गते पृथ्वी राजमार्गस्थित म्याग्दे ३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मंसिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमवार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज…

    विस्तृतमा पढ्नुस्

  • आज मध्यरातबाट २ रुपैयाँ महँगो हुँदै पेट्रोल, डिजेल र मट्टितेल, ग्यासको भाउ यथावत

    आज मध्यरातबाट २ रुपैयाँ महँगो हुँदै पेट्रोल, डिजेल र मट्टितेल, ग्यासको भाउ यथावत

    काठमाडौं : नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आज राति १२ बजेपछि प्रतिलिटर २ रुपैयाँ महँगो हुँदैछ। इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा जारी नयाँ खरीद मूल्यका आधारमा निगमले मूल्यवृद्धि गरेको हो। काठमाडौं उपत्यकामा प्रति लिटर पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णको दिन : कुन कुन खेलमा कसकसले जिते आज स्वर्ण?

    स्वर्णको दिन : कुन कुन खेलमा कसकसले जिते आज स्वर्ण?

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले १५ वटा स्वर्ण पदक हात पारिसकेको छ। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएका विभिन्न प्रतिस्पर्धामा नेपालले १५ वटा स्वर्ण पदक जितेको हो। तेक्वान्दो र कराँतेमा नेपालले ७/७ स्वर्ण जितेर पदक तालिकमा आफूलाई अब्बल सावित गरेको हो। कसले कुनमा स्वर्ण जिते ? अनु अधिकारी - कराँते आयशा शाक्य…

    विस्तृतमा पढ्नुस्

  • भद्रकुमारी घलेलाई यस वर्षको 'भारती खरेल स्मृति पुरस्कार'

    भद्रकुमारी घलेलाई यस वर्षको 'भारती खरेल स्मृति पुरस्कार'

    भारती खरेल प्रतिष्ठानले यस वर्षको 'भारती खरेल स्मृति पुरस्कार' प्रदान गरेको छ। सोमबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेलाई सम्मान पत्रसहित नगद पुरस्कार हस्तान्तरण गरिएको हो। पुरस्कृत घले उमेरले ९० वर्षको भएपनि साहित्य रचना एवं सामाजिक कार्यमा सक्रिय छिन्। उनका एक सय ४२ कृति प्रकाशित छन्। त्यस्तै उनले भद्रकुमारी सेवा सदनमार्फत् विविध सामाजिक सहयोगका काम पनि…

    विस्तृतमा पढ्नुस्

  • कुसम खड्काले थपिन् कराँतेमा अर्को स्वर्ण

    कुसम खड्काले थपिन् कराँतेमा अर्को स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कुसुम खड्काले महिला कराँते ४५ केजीमुनिको समूहमा स्वर्ण पदक हासिल गरेकी छिन्। यससँगै कराँतेमा नेपालले ५ स्वर्ण हासिल गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई स्वर्णमा छलाङ : १२ औं सागमा जितेको कूल स्वर्णको तेब्बर एकै दिन हासिल

    नेपाललाई स्वर्णमा छलाङ : १२ औं सागमा जितेको कूल स्वर्णको तेब्बर एकै दिन हासिल

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले ९ वटा स्वर्ण पदक हात पारिसकेको छ। यो पदक सङ्ख्या अघिल्लो पटक भारतमा भएको भन्दा झन्डै तीन गुणा हो। सन् २०१६ मा भारतमा भएको १२औं सागमा नेपालले तीन वटा स्वर्णमै चित्त बुझाएको थियो। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएको खेलमा नेपालले ९ वटा स्वर्ण पदक जितिसकेको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell