PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

  • उपनिर्वाचनका लागि समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

    उपनिर्वाचनका लागि समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

    चिप्लेढुङ्गा : आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो। समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङले वैकल्पिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टी सङ्घीयताको जननी भएको उल्लेख गर्दै देशको परिवर्तनका लागि योग्य उम्मेद्वार उठाएको दाबी गरे। सो…

    विस्तृतमा पढ्नुस्

  • एसियन सिनियर वुमेन्स सेन्ट्रल जोनका लागि नेपाली महिला भलिबल टोलीको घोषणा

    एसियन सिनियर वुमेन्स सेन्ट्रल जोनका लागि नेपाली महिला भलिबल टोलीको घोषणा

    काठमाडौ : बंगलादेशमा आयोजना हुने एसियन सिनियर वुमेन्स सेन्ट्रल जोनका लागि नेपाली महिला भलिबल टोलीको घोषणा भएको छ। अरुणा शाहीको कप्तानीमा आज नेपाली महिला भलिबल टोलीको घोषणा भएको हो। प्रतियोगिता बंगलादेशको ढाकामा ७ देखि १५ नोभेम्बरसम्म आयोजना हुनेछ। यसअघि नेपालले अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमण गरेको थियो। थाइल्यान्डमा प्रशिक्षणका क्रममा गरेको प्रदर्शनका आधारमा नेपाली १२ सदस्यीय टोलीको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • कतार विश्वकप २०२२ 'इकोफ्रेन्ड्ली' बनाउने तयारी, कार्बन उत्सर्जनमा कमी ल्याउन रिसर्च हुने

    कतार विश्वकप २०२२ 'इकोफ्रेन्ड्ली' बनाउने तयारी, कार्बन उत्सर्जनमा कमी ल्याउन रिसर्च हुने

    फुटबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेसनाल डी फुटबल एसोसिएसन (फिफा)ले कतारमा हुने विश्वकप २०२२ लाई 'इकोफ्रेन्डली' बनाउने योजना अघि सारेको छ। यसका लागि कतारको फुटबल आयोजना समिति र खाडी सहयोग परिषद (जिसिसी) ले अध्ययन सुरु गर्नेछन्। कतारका अमिर तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्र संघको महासभामा पनि यस विषयमा सकारात्मक देखिएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ग्लोबल कार्बन फन्ड लगायतका संस्थाहरु कार्बन…

    विस्तृतमा पढ्नुस्

  • बझाङको कालङगा हाइड्रोपावरमा फसेका थप एक जना मजदुरको शव निकाल्यो

    बझाङको कालङगा हाइड्रोपावरमा फसेका थप एक जना मजदुरको शव निकाल्यो

    काठमाडौः बझाङको कालङगा हाइड्रोपावरमा छिरेर सम्पर्क विहीन भएका थप एक जना मजदुरको शव फेला परेको छ। आइतवार दिउँसो साढे तीन बजे सुरुङ खन्न भित्र पसेका चार जना मध्य तीन जनाको शव फेला परेको थियो। सुरुङमा छिरेका ४ मध्ये तीन जनाको शव झन्डै २५ घण्टापछि फेला परेको थियो। हराएका एक जनाको शसस्त्र प्रहरीको टोलीले आज बिहान सरुङबाट शव निकालेको हो। उनीहरू…

    विस्तृतमा पढ्नुस्

  • 'सेन्टी भाइरस'को पोस्टर सार्वजनिक, फागुन ९ गते रिलिज हुने

    'सेन्टी भाइरस'को पोस्टर सार्वजनिक, फागुन ९ गते रिलिज हुने

    काठमाडौं : फिल्म 'सेन्टी भाइरस'को रिलिज मिती तय भएको छ। फागुन ९ गते फिल्म 'सेन्टी भाइरस'को रिलिज हुने तय भएको हो। रामबाबु गुरुङ निर्देशित यस फिल्ममा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।  रिलिज डेटसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा कलाकार…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपतिबाट लिए शपथ

    नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपतिबाट लिए शपथ

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदुरपश्चिम प्रदेश) लाई शपथ गराएकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • सन ह्युङ मिनको रेड कार्डविरुद्ध टोटेनहमको अपिल

    सन ह्युङ मिनको रेड कार्डविरुद्ध टोटेनहमको अपिल

    इङ्ग्लिस क्लब टोटेनहमले एभर्टन विरुद्धको खेलमा सन ह्युङ मिनलाई दिइएको रेडकार्ड विरुद्ध अपिल गरेको छ। १–१ को बराबरीमा रोकिएको टोटेनह्याम र इभर्टनबीचको खेलमा सनको ट्याकलका क्रममा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले खुट्टामा डरलाग्दो चोट बोकेका थिए। जसका कारण सोमबार उनको खुट्टाको अप्रेसननै गर्नु परेको थियो। खेलमा आफ्नो कारण गोमेजलाई चोट लागेको देखेर सन व्याकुल देखिन्थे। गोमेजको चोटसँगै रेफ्रि मार्टन एटकिन्सनले सनलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रदूषणले 'ग्यास चेम्बर' बनेको दिल्ली, यमुना नदीमा जम्यो 'फोम'

    प्रदूषणले 'ग्यास चेम्बर' बनेको दिल्ली, यमुना नदीमा जम्यो 'फोम'

    भारतको नयाँ दिल्ली यतिखेर 'ग्यास चेम्बर' बनेको छ। प्रदूषणका कारण दिल्लीमा धुलोधुँवाको मात्रा अत्यधिक बढेको छ। दिल्ली धुलोको मुस्लोले ढाकिएको छ। प्रदूषण बढेपछि आपतकाल घोषणा गर्दै विद्यालयहरू बन्द गरिएका छन्। लाखौँको संख्यामा मास्क वितरण गरिएको छ। सोमबारदेखि सवारी साधनमा जोर-बिजोर नम्बर प्रणाली लागू गरिएको छ। यसैबीच दिल्लीमा बग्ने यमुना नदीको तस्बिरहरू यतिखेर सामाजिक सञ्जाल तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा भाइरल भइरहेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • झुठा विवरण दिएर नागरिकता बनाइदिएको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

    झुठा विवरण दिएर नागरिकता बनाइदिएको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ

    वालिङः झुठा विवरण पेश गरी कीर्ते नागरिकता बनाइदिएको कसुरमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजीत सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए। सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका– ३० का डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त प्रदेश प्रमुखको आज शपथ

    नवनियुक्त प्रदेश प्रमुखको आज शपथ

    काठमाडौँः नविनियुक्त प्रदेश प्रमुखहरुको आज शपथ हुँदैछ। राष्ट्रपति भवनमा बिहान ९ बजे शपथको कार्यक्रम तय भएको छ। मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। नियुक्ति अनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’ चयन भएका छन्। यस्तै, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ प्रदेश प्रमुख नियुक्त भएका छन्। यस्तै, गण्डकीमा अमिक…

    विस्तृतमा पढ्नुस्

  • अदालतबाट महरालाई लिएर छुटेको प्रहरीको गाडी यसरी छिर्‍यो सदरखोर

    अदालतबाट महरालाई लिएर छुटेको प्रहरीको गाडी यसरी छिर्‍यो सदरखोर

    काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट निस्किएका तीन नीलो रङ्का प्रहरी भ्यान त्यहाँबाट एकाएक डिल्लीबजार सदरखोरतिर कुद्यो। नियमित प्रकृयामा अदालतबाट हिरासत अथवा जेलमा प्रहरीका गाडी जानु सामान्य नै हो। तर, आज जिल्ला अदालतबाट निस्किएका तीनमध्ये बीचको गाडीमा थिए - निवर्तमान सभामुख कृष्णबहादुर महरा। २९ दिन लामो हिरासत र प्रहरी अनुसन्धानपछि जिल्ला अदालतले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउने अथवा धरौटीमा रिहा…

    विस्तृतमा पढ्नुस्

  • अदालतबाट रुँदै निस्किए महरा, हिरासतबाट जेलतिरको यात्रा 

    अदालतबाट रुँदै निस्किए महरा, हिरासतबाट जेलतिरको यात्रा 

    काठमाडौं : सोमबार साँझ काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै थिए निवर्तमान सभामुख कृष्णबहादुर महरा। उनी जसै प्रहरीको भ्यान नजिक पुगे सम्हालिन कठिन परिरहेको देखिन्थ्यो। उनी अन्तत: रुँदै प्रहरीको भ्यान चढे। यसअघि अदालतमा पुग्दा होस् या सभामुख निवासबाट गिरफ्तार भएर बाहिरिँदा, यस्तो दृष्य देखिएको थिएन। महरा आत्मविश्वासिला देखिन्थे।  बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न सोमबार काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • २९ दिन हिरासतपछि महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार लगिँदै

    २९ दिन हिरासतपछि महरालाई जेल चलानको आदेश, डिल्लीबजार कारागार लगिँदै

    काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। सोमबार थुनछेक बहसपछि महरालाई जेल चलान गर्न आदेश दिएको हो। आइतवार सरकारी वकिलका तर्फबाट सह न्यायाधीवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए। सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने एक जना पक्राउ

    ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने एक जना पक्राउ

    काठमाडौः भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो। पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ। अन्यको खोजी भइरहेको उनले जानकारी दिए। गत असोज…

    विस्तृतमा पढ्नुस्

  • भारतमा जारी टी २० सिरिजको तस्बिर देखिए धमिलो, प्रदुषणले बढाएको 'इनभिजिबिलिटी' ले कि रात्रीकालीन खेलले?

    भारतमा जारी टी २० सिरिजको तस्बिर देखिए धमिलो, प्रदुषणले बढाएको 'इनभिजिबिलिटी' ले कि रात्रीकालीन खेलले?

    भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषण र विषाक्त हावाको चर्चा विश्वभर चलेको छ। वातावरणविद्हरुले विषाक्त धुवाँधुलोले वतावारणमा पारेको प्रभावलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदूषण रोक्न सरकारले सुरु गरेको प्रयासमा साथ दिन नागरिकहरूलाई आग्रह गरेका छन्। प्रदुषण घटाउन उनले सवारीमा जोरबिजोर प्रणालीसमेत लागू गरिसकेका छन्। यसैबीच आइतवार बेलुका नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको भारत र बंगलादेशबीचको…

    विस्तृतमा पढ्नुस्

  • विनोद भण्डारीको अर्धशतकमा नेपालको एमसिसीमाथि जित

    विनोद भण्डारीको अर्धशतकमा नेपालको एमसिसीमाथि जित

    काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल भ्रमणको क्रममा आजको दोस्रो खेलमा नेपालले एमसिसीमाथि ५ विकेटको जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसिसीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको थियो। एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए। रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालयले सिफारिस गर्‍यो सातै प्रदेश प्रमुखको नाम

    नेकपा सचिवालयले सिफारिस गर्‍यो सातै प्रदेश प्रमुखको नाम

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा अमिक शेरचन, सोमनाथ अधिकारी,तिलक परियार, धर्मनाथ यादव, विष्ण प्रसाइ, शर्मिला त्रिपाठी र गोविन्द कलौली रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार मन्त्रिपरिषदको सिफारिसमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँद नियुक्त भएका प्रदेश प्रमुखलाई बर्खास्त…

    विस्तृतमा पढ्नुस्

  • सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

    सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

    राँझा : ४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतवार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो। अभियुक्तद्वय लेखा समिति सदस्य…

    विस्तृतमा पढ्नुस्

  • डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, तीन सदस्यीय छानबिन समिति गठन

    डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, तीन सदस्यीय छानबिन समिति गठन

    काठमाडौंः सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न निर्देशन दिएपछि सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले तीन सदस्यीय छानबिन समिति बनाएको छ। राष्ट्र बैंकका सञ्चालक डा श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालक रामजी रेग्मी र डा सुवोधकुमार कर्ण सदस्य रहने गरी समिति बनाइएको हो। छानबिन समितिले एक महिनाभित्र श्रेष्ठमाथि लागेको आरोपलगायतका बारेमा प्रतिवेदन दिनेछ। समितिले श्रेष्ठलाई दोषी देखाएमा एकपटक स्पष्टीकरणको मौका दिनेछ। चित्तबुझ्दो…

    विस्तृतमा पढ्नुस्

  • महराविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

    महराविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

    काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ। आइतबारदेखि बहस सुरु भए पनि समय अभावका कारण सकिएको थिएन।  आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुृमार मैनाली तथा भोजचार आचार्यले बहस गरेका थिए।  सोमबार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी लगायतले बहस गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell