काठमाडौं : बंगलादेशमा आयोजना हुने एसिसी इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा भएको छ। नोभेम्बर १२ देखि २४ सम्म बंगलादेशमा आयोजना हुने प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली घोषणा भएको हो। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्। त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट…
काठमाडौँः मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन हुँदैछ। सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन हुनेछ। मुख्य राजनीतिक दलहरुले उम्मेदवार टुंग्याइसकेका छन्। बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ। निर्वाचन कार्य तालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ। कात्तिक २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ। उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा…
भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ। 'ग्यास चेम्बर' बनेको दिल्लीमा धुवाँ र धुलोको मुस्लोले सकसपूर्ण यात्रा गर्न दिल्लीबासी बाध्य छन्। दिल्लीमा मात्रै होइन भारतका अन्य प्रदेशमा समेत प्रदूषण बढ्दै गएको छ। यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र वराणसीमा समेत प्रदूषणको मात्रा बढ्दै गएको अधिकारीहरूले बताएका छन्। दिवालीपछि वराणसीमा प्रदूषण ह्वात्तै बढेको जनाइएको छ। प्रदूषण…
काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका विदेशी नागरिकालाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासले पक्राउ परेका चिनियाँ र फ्रेन्च नागरिकलाई थुनामा राख्न आदेश दिएको हो। चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई थुनामा पठाएको हो। त्यस्तै पक्राउ परेका तीन…
काठमाडौं : बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन्। वीरगंजमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाडौंमा पत्रकारसँगको कुराकानीका क्रममा भने, 'मलाई नेपाली दर्शकबाट माया र सम्मान मिल्दै आएको छ, यो माया नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद…
काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्सको खेलमा नेपाल युएइसँग पराजित भएको छ। इरानको तेहरानस्थित पिएएस स्टेडियममा भएको खेलमा नेपाल ४-० ले पराजित भएको हो। युएईले नेपाललाई पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा २ गोल गरेको थियो। नेपालले पनि आक्रमणको प्रयास गरे पनि सफल हुन सकेन। युएईले २७, ३८, ८५ र ९६ मिनेटमा गोल गरेको थियो। प्रतियोगितामा नेपाल समूह 'डी'…
नेत्र तामाङ/प्रवीन रानाभाट - मंगलबार हामी सिन्धुपाल्चोकको सुकुटे पुग्दा सोनाम तामाङ ड्युटीमा आउँदै रहेछन्। ड्युटी चाहिँ सुकुटे बिच रिसोर्टमा । बस दुर्घटनामा उद्दारका लागि खटेपछि मिडियादेखि सामाजिक सञ्जालमा स्याबासी पाएका उनलाई ठम्याउन हामीलाई अलिकति पनि समय लागेन। रिसोर्टको गेटमै भेट भयो सोनामसँग। दुई वर्षयता सुकुटे बिचमा 'फ्रिलान्स गाइड' रहेछन् उनी। हाँसिला र फूर्तिला सोनामको उमेर भर्खरै २२ वर्ष। हामीसँग कुराकानी…
काठमाडौं : परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग रहेको प्रस्ट्याउँदै एक पक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने जनाएको छ। भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्साका विषयमा आएका समाचार र टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्रले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज…
चीन र फ्रान्सबीच १५ अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौता भएको जानकारी आज एक चिनियाँ अधिकारीले दिएका हुन्। सम्झौता अनुसार अब २० फ्रान्सेली कम्पनीहरुले चीनमा कुखुरा, बिफ र पोर्क निर्यात गर्ने अनुमति पाएका छन्। सोमवारदेखि चीनको भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रों आज फर्कनेछन्। दुवै देशले कुखुराजन्य सामग्रीहरुको निर्यात सम्बन्धी सहमतिलाई अन्तिम स्वरुप समेत दिएका छन्। जसअनुसार फ्रान्सले चीनमा हाँससमेत निर्यात…
गुलरिया : आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा गुलरिया नगरपालिका–६ मा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन्। घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन्। घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि…
भारतको रेलवे स्टेसनमा गायिका लता मंगेशकरको 'एक प्यारका नगमा' बोलको गीत गाएर रातारात चर्चामा आएकी रानु मण्डलको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। उक्त भिडियोमा उनले आफ्नो फयानहरुलाई गाली गरेकी छिन्। सार्वजनिक भिडियोमा उनको महिला फ्यानले उनीसँग सेल्फी खिच्नको लागि पछिल्तिरबाट हातले छोएर बोलाउँछिन्। त्यसरी पछाडीबाट आफूलाई छोएको भन्दै उनले महिला फ्यानलाई झपारेकी छिन्। रानु मण्डलले महिला …
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणको बिफिङ गरेका छन्। लामो समयसम्म यस प्रकरणबारे मुख नखोलेका प्रचण्डले महराले नैतिक गल्ती गरेको बताएका छन्। आज दाङमा सत्र्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले घटनाका विषयमा पार्टी नेतृत्वलाई यथार्थ जानकारी नगराउनु पनि महराको गल्ती भएको बताए। उनले भने, 'गल्ती त गर्नुभएकै छ। यो क्रिमिनल…
काठमाडौं : कमलपोखरीस्थित क्युएफएक्स अन्तर्गतको कुमारी हल करिब एक महिनाको लागि बन्द गरिएको छ। रंगरोगन र भवन मर्मत सम्भारको लागि सिनेमा हल एक महिनाको लागि बन्द गरिएको क्युएफएक्स सञ्चालक नकिम उद्धिनले जानकारी दिए। उनी भन्छन्, 'सिनेमा हलको शौचालय र भवन मर्मत गर्ने योजना हामीले ६ महिना अघिदेखि नै बनाएका थियौं र नोभेम्बर महिनामा धेरै फिल्मको चाप नभएकोले यही महिना बेस्ट भएर हामीले…
काठमाडौं : ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन्। प्रेस संगठनले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिक आन्दोलन र परिवर्तनमा दाङले खेलेको भूमिकाले गर्दा प्रदेश ५ को केन्द्र दाङ उपयुक्त हुने बताए। उनले भने, ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा…
काठमाडौं : नेपाली क्रिकेट टोलीले लामो समय पछि आज 'फस्ट क्लास' क्रिकेट खेल्दै छ। मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) को नेपाल भ्रमणका क्रममा नेपाल र एमसिसीले आजबाट 'फस्ट्र क्लास' क्रिकेट खेल्न लागेका हुन। कीर्तिपुरस्थित टियू मैदानमा खेल आज साढे ९ बजेबाट सुरु हुनेछ। नेपालका अधिकांश खेलाडीका लागि आजको खेल 'फस्ट क्लास' क्रिकेटमा पहिलो खेल हुनेछ। नेपाली टोलीका सिनियर खेलाडीहरुको मात्र लामो…
काठमाडौँः बैंकिङ कसुर मुद्दामा सजाय पाएका दुई फरार अभियुक्त पक्राउ परेका छन्। उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको आदेशानुसार हेटौंडा उपमहानगरपालिका २ का सञ्जय पोखरेल र लक्ष्मी देवी पोखरेल पक्राउ परेका हुन्। क्रिष्टल फाइनान्स थापाथलीमा जग्गा धितो राखी धितो राखेको जग्गाको आफुखुशी अस्वभाविक मूल्याङकन गराई कर्जा लिई दुरुपयोग गरेका अभियोगमा उच्च अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो। अदालतले सञ्जयलाई…
धनगढीः प्रहरीले धनगढीबाट चार ग्राम आठ सय मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ का २५ वर्षीय सञ्जय चौधरी र वडा नम्बर १३ का २० वर्षीय अनिल राना रहेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार धनगढी उपमहानगरपालिका २ स्थित त्रिनगर भन्सार गेट अगाडि पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका बेला पक्राउ…
एएफसी यू १९ च्याम्पियनसिप क्वालिफार्सको खेलमा नेपालले आज युएइको सामना गर्दै छ। समूह 'डी' मा रहेको नेपाली टोलीले आज बेलुकी ५ बजे युएइको सामना गर्ने छ। खेल इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुनेछ। खेलाडीको विदाइ कार्यक्रममा प्रशिक्षक मेघराज केसीले नेपाली राम्रो टिम बनाएको भन्दै इरानमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। नेपाली खेलाडीहरुमा पनि राम्रो ट्यालेन्ट भएको भन्दै टिम राम्रो भएको…
भरतपुरः चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना ६२ प ५९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन्। उनको चितवन…
च्याम्पियन्स लिगको गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा गोल गर्न नसक्दा बार्सिलोनाले अंक बाँड्नु परेको हो। लियोनल मेस्सीले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको समूह चरणको खेलमा कुनै पनि एसिस्ट या गोल गर्न नसकेको सन २०१२ यताको यो पहिलो खेल भएको बताइएको छ। त्यस्तै गएराति नै भएको अर्को खेलमा लिभरपुलले जिंकलाई २-१…