आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने…
काठमाडौं : नेपालमा हुनगइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय बिच भलिबल टोली आज श्रीलंका जादैे छ। ८ खेलाडी सहित १२ सदस्यीय टोली आज श्रीलंका प्रस्थान गर्नेछ। नेपाली पुरुष टोलीमा सन्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार रहेका छन्। महिलामा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनिषा चौधरी छन् । प्रशिक्षकमा सुदेश…
जनकपुरधामः आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन्। मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा…
स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोना लेभान्टेसँग पराजित भएको छ। घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ ले पराजित गर्यो। बार्सिलोनाका लागि खेलको ३८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाहेक अरु खेलाडीले गोल गर्न सकेनन्। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो हाफमा १ गोलले अग्रता लिएको बार्सिलोनालाई ६१ औं मिनेटमा लेभान्टेका लागि क्यामपानाले गोल गर्दै बराबरीमा ल्याए। फेरि त्यसको २ मिनेटभित्रै मायोरलले गोल…
काठमाडौं : म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली रास्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज नेपाली टिमको घोषणा गरेका हुन। नेपाल र म्यानमारबीच नोभेम्बर ७ मा मैत्रीपूर्ण खेल हुँदैछ। यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चाइनामा आयोजना हुने एसियनकपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्वालिफायर्सको सबै अवे…
हाम्रो शरीरमा भएको मृगौलाको काम रगत शुद्धिकरण गर्ने हो। यसले रगतमा भएका विकार अथवा काम नलाग्ने वस्तुहरुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ। ती छानिएका विकार वस्तुहरु मृगौलाले मुत्र थैलीतर्फ पठाउँछ जुन पिसाबको माध्यमबाट शरीरबाट निस्कासित हुन्छ। मृगौलाले यही काम गर्न नसक्ने अवस्थामा डायलासिस गर्ने गरिन्छ। मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मृगौला फेल भएको पनि भन्ने गरिन्छ। के…
काठमाडौं : सरकारले लगानी प्रतिबन्ध लगाए पनि उत्तर कोरियाली व्यवसायीले टेरेका छैनन्। लगानी फिर्ता लैजान सरकारले तीन पटक पत्राचार गरिसकेको छ तर उत्तर कोरियाका ब्यवसायीले सुनेको नसुनै गरेर बसेका छन्। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनजस्तै त्यहाँका व्यवसायी पनि जिद्धि देखिएका छन्। लगानी फिर्ता लैजान सरकारले दिएको अन्तिम मिति गएको बिहीवार सकिएको छ। तर, कुनै पनि कम्पनीले लगानी फिर्ताको…
सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा शान्ति सदाको स्वरमा परम्पारिक छठी मैया सम्बन्धि गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ। सुर्यनारायाण सिंहद्वारा रचित छठी मैयाके महिमा महिमा अगम अपार... बोल रहेको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदा अफिसियल युट्युव मार्फत् शुक्रवार सार्वजानिक गरिएको हो। गीतका रचियताकार सुर्यनारायण सिंहले छठी मैयाको महिमा अगम अपार र मैयाको महिमा अर्थात शक्तिलाई दुनियाँ…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा गार्ड राजेन्द्र शाही पक्राउ परेका छन्। उनी नेपाली सेनाका मेजर हुन्। जुवाखालमा समातिएका उनीसँगै प्रहरीले १ लाख ५९ हजार रुपैयाँ पनि जफत गरेको छ। हिजो प्रहरीले टोखाबाट उनीसहितका जुवाडेलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले मेजर शाहीलाई भने नेपाली सेनाकहाँ बुझाइसकेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।
ललितपुर : कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका बेला शुक्रबार नेविसंघले सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजी र प्रदर्शन गरेको छ। नेविसंघको विधान विपरीत पार्टीले ३२ वर्ष उमेर माथिको व्यक्तिलाई अध्यक्ष चयन गर्न लागेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन्। प्रदर्शनको नेतृत्व गरेका नवराज त्रिपाठीले नेविसंघको विधान विपरीत पार्टीले निर्णय गर्न लागेकाले विरोध गरेको बताए। ‘नेविसंघका बुबा उमेरको अध्यक्ष बनाउने तयारी भएको सूचना पाएका…
काठमाडौं : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी पद्मरत्न तुलाधरको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकार सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्। पद्मरत्न लुमन्ति गुठीले आज मन्त्रालयमा मन्त्री भट्टराईलाई तुलाधरको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न ज्ञापनपत्र दिएको थियो। गुठीका सचिव नरेशवीर शाक्यले मन्त्री भट्टराईलाई ज्ञापनपत्र दिएका थिए। ज्ञापनपत्र बुझ्दै भट्टराईले पद्मरत्न तुलाधरले भाषिक…
पन्ध्र हजार रुपैयाँ फिर्ता नगरेको भन्दै दिल्लीको दरियागञ्जमा एकजना नेपालीले आफ्नै काकाको हत्या गरेका छन्। प्रहरीले बाजुराका टेकराज साउदलाई पक्राउ गरेको हो। उनी यसअघि विभिन्न पाँचवटा अपराधसँग जोडिएको घटनामा संलग्न रहेको प्रहरीलाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएको छ। मंगलवार दरियागञ्जको चिया पसल नजिकै मृत अवस्थामा दधिबहादुर साउदको शव भेटिएको थियो। प्रहरीका अनुसार कैलालीका उनको पोस्ट मार्टम रिपोर्टमा घाँटी थिचेर मरेको देखाएको…
काठमाडौं : पाँच वर्षअघि एसिड प्रहार गरि फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र बाराको टोलीले बिहीवार भारत महाराजगन्ज, अमरपर्वन वडा नम्बर ६ बस्ने राज भन्ने दिलिपराज केशरीलाई पक्राउ गरेको हो। केशरीले २०७० वैशाख ९ गते बिहान करिब साढे ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने एक युवतीलाई अनुहारमा एसिड छ्यापेका थिए।…
बलिउड अभिनेता सलमान खानलाई इद निकै फापेको छ। त्यसैले उनी अधिकांश फिल्म इदको अवसर पारेर रिलिज गर्छन्। इदमा रिलिज भएका सलमान अभिनित अधिकांश फिल्महरुले बक्स अफिसमा सय करोडभन्दा बढी कमाइ गरेका छन्। त्यसो त यो वर्षको इदमा रिलिज भएको सलमानकै लिड रोल रहेको फिल्म 'भारत' ले पनि बक्स अफिसमा व्यापारिक सफलता पायो। यसैबीच आगामी वर्षको इदलाई लक्षित गर्दै फिल्म 'राधे'…
फिल्म 'नाइँ नभन्नु ल ४' बाट एकसाथ नेपाली रजतपटमा डेब्यु गरेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको जोडीलाई दर्शकले निकै रुचाए। दुवैले सँगसँगै केही फिल्ममा काम गरिसकेपछि पल र आँचल प्रेम सम्बन्धमा रहेको अफवाहहरु मिडियामा छाए। त्यसो त पल र आँचलका फ्यानहरुले उनीहरुलाई 'आँप' जोडीको उपमासमेत दिएका थिए। तर पछिल्लो समय आँचलले फिल्म 'दाल भात तरकारी' मा अभिनेता पुष्प…
वीरगंज : किशोर गियरले ल्याएको पाँच वटा हाइब्रिड रेन्ज रोभर गाडी वीरगंजस्थित सुख्खा बन्दरगाहमा रोकिएका छन्। घटस्थापनाको तीन दिन अघि भन्सारमा आएका ती गाडीको अहिलेसम्म पनि जाँचपास भएको छैन। सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार आधिकारिक बिक्रेताबाट किनेको कागजात पेश गर्न नसकेको कारण जाँचपास नभएको हो। ‘हामीले गाडी मगाउने किशोर गियरसँग बिक्रेता वा डिलर भएको आधिकारिक कागजात पेश गर्न भनेका छौं।…
जनकपुर : नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण यही कात्तिक २२, २३ र २४ मा आयोजना हुने भएको छ। सन् २०११ मा सुरू भएको अन्तर्राष्ट्रिय स्तरको साहित्य महोत्सवको यो पहिलो जनकपुर संस्करण हो। जनकपुर संस्करणबारे जानकारी दिन शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिभल सुरू गरेको केही वर्षदेखि नै आफूहरुलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन…
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'बादशाह जुट' सँगै हलिउड फिल्म 'टर्मिनेटर डार्क फेट' प्रदर्शनमा आएको छ। 'बादशाह जुट' र 'टर्मिनेटर' गरि यो साता दुईवटा फिल्म सिनेमा हलमा प्रदर्शनमा आएका छन्। कमेडी र एक्सन जनरामा निर्माण भएको फिल्म 'बादशाह जुट' लाई जोनीसिंह राणाले निर्देशन गरेका हुन्। फिल्ममा सुशील श्रेष्ठ, अमिर गौतम, रोबिन तामाङ, रोशी खड्का, दीपक क्षत्री,…
काठमाडौं : आगामी मंसिर १४ गते हुने लागेको उपनिर्वाचनको लागि चारवटै सुरक्षा निकायहरुले एकीकृत सुरक्षा योजना तयार पारिसकेका छन्। शुक्रवार सुरक्षा निकायहरुले तयार पारेको सुरक्षा योजनाबारे गृह मन्त्रालयमा छलफल भएको छ। बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो। कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुको एकीकृत परिचालनको खाका तयार पारिएको छ। बैठकमा…
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अदालतमा थुनछेकको प्रक्रिया सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा महराको बयान सुरु भएको हो। न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान भइरहेको छ। महराको बयान सकिएपछि थुनछेक बहस हुनेछ। सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। थुनछेक बहसको प्रक्रिया लम्बिएमा महरा शुक्रबार पनि न्यायिक हिरासतमा नै रहनेछन्। बहस सकिएर आदेश…