काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सांसद राजेन्द्र गौतमको कोठामा चोरी भएको छ। नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट चोरी भएको हो। नगद र सुन चाँदी गरेर करिव ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। 'सांसदको कोठामा चोरी भएको हो। हामी चोरलाई खोज्दै छौं। केही दिनमा नै पत्ता लाग्छ',…
बंगलादेशका कप्तान शकिब अल हसनमाथि केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एक वर्षको निलम्बनसहित २ वर्षको प्रतिबन्ध लगायो। जसको कारण थियो सट्टेबाज (बुकी) ले पटक-पटक सम्पर्क गर्दा पनि यसको जानकारी सम्बन्धित निकायलाई नदिनु। बुकी दीपक अग्रवाल र शकिबबीचको चार वटा कुराकानीले हसनलाई प्रतिबन्धतर्फ डोहोर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आइसिसीको 'प्रेस रिलिज' अनुसार नै शकिबको बुकी दीपक अग्रवालसँग सम्पर्क सन्…
काठमाडौँः निवर्तमान सभामुख कृष्णबहादुर महराको अदालतको थुनछेकको प्रक्रिया आजबाट प्रारम्भ हुँदैछ। बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण प्रक्रिया प्रारम्भ भएको थिएन। शुक्रबार महराको अदालतमा बयान हुनेछ। प्रहरीले बिहीबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। महरासँगको बयान सकिएपछि थुनछेक बहस प्रारम्भ हुनेछ। थुनछेक बहसको प्रक्रिया लम्बिएमा महरा शुक्रबार पनि न्यायिक हिरासतमा नै रहनेछन्। बहस सकिएर आदेश भएमा अदालतले…
तम्घासः आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ। गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए। सिञ्जाली सोही वडाका वडासदस्य हुन्। उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए। नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको…
नेपाली क्रिकेटका सफल कप्तान पारस खड्काको राजीनामापछि रिक्त रहेको पदमा ज्ञानेन्द्र मल्ल चयन भएका छन्। नेपाल क्रिकेट संघ क्यानले उनलाई नेपाली क्रिकेटको नेतृत्वका लागि रोजेको हो। लामो समयदेखि उपकप्तानको भूमिकामा रहेका मल्लले अब नेपाली राष्ट्रिय टोलीको नेतृत्व लिनेछन्। यसअघि मल्लले पारस खड्काको अनुपस्थितमा कप्तानी गर्दै आएका थिए। क्यानमा नयाँ पदाधिकारी भर्खरै निर्वाचित भएका छन् भने आइसीसीको निलम्वनबाट सशर्त फुकुवा पनि…
कायरो : स्लामिक स्टेट मिलिटेन्ट समूहले आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएको स्वीकार गरेको छ। अमेरिकी ‘रेड’मा उनको मृत्यु भएको आइएसको समाचार संस्था अमेकले अडियो टेपमार्फत् जनाएको हो। इराकी जेहादी नेता बग्दादीलाई अमेरिकी सेनाको 'स्पेसल फोर्स'ले सिरियामा मारेको अमेरिकी राष्ट्रपतिले गत आइतबार सार्वजनिक गरेका थिए। अमेरिकी राष्ट्रपतिको दावी आए पनि उनको मृत्युको विषयमा यो संगठनले भने कुनै प्रतिक्रिया जनाएको…
काठमाडौं: सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। उनीहरुको प्रहरीले उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना ग्रस्त भएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए। निरिक्षक पन्थीले भने,'तीन जनाको मृत्यु भइसकेको छ। २५ जना घाइते भएका छन्। हाम्रो टोलीले उद्धार गरिरहेको छ।' शंकरापुर नगरपालिका–४…
काठमाडौं : मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परेका तीन जना यात्रुको अवस्था भने चिन्ताजनक भएको प्रहरीले जानकारी दिएको छ। हेलम्बू यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटना भएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए। शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदी नजिकैको मोडमा बस दुर्घटनामा परेको हो।
फिलिपिन्समा आज गएको साढे ६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा यसै महिना यसभन्दा पहिलेका भूकम्पका दुई ठूला धक्काबाटै सम्हालिने प्रयास गरिरहेका बेला आज फेरि अर्को भुइँचालो गएको हो। आजको भुइँचालोले पहिलेका भूकम्पबाट क्षतिग्रस्त घर तथा भवनहरुलाई भत्काएको छ। उत्तरी प्रान्त कोटाबाटोको टुलुनान शहरबाट ३३ किलोमिटर उत्तरपश्चिममा आजको भूकम्प गएको थियो। भूकम्प जाँदा…
काठमाडौं : प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको सचिवालय र ग्रान्डी अस्पतालले अपूरो सूचना दिइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली आज बालुवाटार फर्किने सम्भावना रहेको बताएका छन्। मलिन अनुहार लिएर प्रधानमन्त्री ओलीको अवस्था बुझ्न ग्रान्डी अस्पताल पुगेका प्रचण्डको मुहार अस्पतालबाट बाहिरिँदा भने केही फेरिएको थियो। दुई बजे ग्रान्डी पुगेका प्रचण्ड तीन बजे त्यहाँबाट बाहिरिएको ग्रान्डीमा…
काठमाडौं : एशियाली विकास बैंक (एडिबी)ले पोखरा-मुग्लिन सडक स्तरोन्नति गर्नका लागि करिब २२ अर्ब (१९ करोड ५० लाख डलर) रुपैयाँ सहुलियत ऋण दिने भएको छ। मनिलामा रहेको एडीबी मुख्यालयमा बुधवार भएको बैठकले ऋण स्विकृत गरेको हो। हालको सडकलाई चार लेनमा स्तरोन्नति गर्न ऋण दिन एडीबी सहमत भएको हो। यो सडकको विस्तारले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने एडिबीको विश्वास छ।…
काठमाडौं : राजनीतिक दलहरु अहिले उपनिर्वाचनको तयारीमा जुटिरहेका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुबीच अहिले छलफल भइरहेको छ। निर्वाचनमा उम्मेदवारी दिन चाहने आकांक्षीहरु धेरै हुँदा दलहरुलाई उम्मेदवार छनोट गर्न सकिरहेका छैनन्। मंसिर १४ गते हुने उप निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको संख्या धेरै भएपछि दलहरुलाई उम्मेदवार चयन गर्न सकस परेको एउटा स्थान हो– प्रदेश सभाको भक्तपुर क्षेत्र नं…
काठमाडौं : महाराजगञ्जबाट पक्राउ परेका 'हाइप्रोफाइल' जुवाडेहरुलाई सात दिन हिरासतमै राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। तिहारको बिदापछि बिहीवार कार्यालय खुलेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको थियो। उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। 'आज हामीले सिडिओ कार्यालयबाट सात दिनको म्याद पाएका छौं,' महानगरीय प्रहरीवृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने। प्रहरीले गत शनिवार महानगरको…
काठमाडौं : दक्षिण भारतीय अभिनेत्री गीताञ्जली रमाकृष्णको निधन भएको छ। उनको हृदयघातको कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको बिहीवार हैदराबाद अपस्पतालमै निधन भएको हो। गीताञ्जलीले ५ सयभन्दा बढी हिन्दी, तेलगु, तमिल लगायतका फिल्महरुमा अभिनय गरेकी छिन्। उनले सन् १९६१ मा तेलगु फिल्म 'सीताराम कल्याणम' बाट फिल्मी करियर सुरु गरेकी थिइन्। त्यो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ छन्। उपचारका लागि उनलाई धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ। तर, देशको प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे यकिन जानकारी भने सार्वजनिक भएको छैन। बुधवार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंह र उपचाररत् अस्पताल ग्रान्डी अस्पतालको तर्फबाट विज्ञप्ति जारी भयो जसमा उनी सामान्य उपचारका लागि अस्पताल पुगेको जनाइएको थियो। विज्ञप्तिमा ओलीको परीक्षण पूरा गरी बुधवार रातिसम्ममा…
काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन्। प्रधानमन्त्रीको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्। प्रधानमन्त्री सचिवालय र ग्रान्डी इन्टरनेसनल अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अपूरो सूचना प्रवाह गरिरहेको छ। अस्पताल पुगेका नेताहरुले पनि उनको अवस्थाबारे जानकारी मिडियालाई दिएका छैनन्। यसैबीच प्रचण्ड ओलीको अवस्था बुझ्न ग्रान्डी पुगेका हुन्। आज…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफूलाई ठूलो उत्तरदायित्व आएको प्रतिक्रिया दिएका छन्। बुधवार नेपाली टिमको कप्तानमा चयन भएसँगै बिहीवार सामाजिक सञ्जालमार्फत् नेपाली टिमको कप्तानीसँगै आफूलाई ठूलो उत्तरदायित्व आएको प्रतिक्रिया दिएका हुन्। मल्लले लेखेका छन, 'नेपाली क्रिकेट टिमको कप्तान बन्न पाउनु सम्मानको विषय हो।' उनले पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टिमले गति लिएको स्मरण गर्दै आफूमाथि ठूलो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले डायलासिस जारी छ। धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा उनको डायलासिस जारी रहेको त्यहाँबाट हाम्रा संवाददाता कुञ्जरमणि भट्टराईले जनाएका छन्। उनका अनुसार प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेताहरु डायलासिस प्रकृया जारी रहेकाले फर्किएका छन्। नेकपाका नेता भीम रावलले प्रधानमन्त्रीको डायलासिस भइरहेकाले भेट्न नमिलेको बताए। 'माथि राखेर डायलासिस भइसकेको छ। डायलासिस सकिएपछि उहाँलाई तल वार्डमा ल्याइने छ,'…
पाकिस्तानमा बिहीवार एउटा रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। रेलमा यात्रुका लागि बिहानको खाजा पकाउन ग्यास बाल्दा सिलिन्डर पड्किएर आगलागी भएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ। पन्जाब प्रान्तको दक्षिणमा रहेको शहर रहिम यार खान नजिकै उक्त दुर्घटना भएको हो। आगलागीबाट रेलका ३ वटा डिब्बा जलेर खरानी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँका जिल्ला प्रहरी प्रमुख आमिर तैमुर खानले…
काठमाडौं : धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ टनिखोलामा आज बिहान जिप दुर्घटना भएको छ। दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ। मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बलेरो जीप दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केहीलाई…