राजविराजः सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन्। मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन। प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत…
काठमाडौँः बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतले दिएको म्याद सकिएको छ। असोज १९ गतेबाट लागू हुनेगरी १३ दिने म्याद थप भएकोमो उक्त अवधि सकिएको हो। तर, प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो। असोज २८ गते म्याद…
काठमाडौँः काठमाडौँको टोखाबाट प्रहरीले दुई लाख चार हजार रुपैयाँ नगदसहित ९ जुवाडेलाई पक्राउ गरेको छ। शनिबार राति सर्च अपरेसनका क्रममा प्रहरीले टोखा नगरपालिका १० भण्डारी टोलमा जीत बहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित जुवाडे पक्राउ गरेको डीएसपी उमेश लम्सालले जानकारी दिए। यस्तै, महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले चलाएको अपरेसनका क्रममा टिचिङ अस्पताल पछाडि कान्तिमार्गमा किराना पसलबाट ३२ प्याकेट पटाकासहित…
काठमाडौं : अथक योद्धा अम्बिका साँवाबारे लेखिएको स्मृति ग्रन्थको आज लोकार्पण गरिएको छ। अम्बिका साँवा स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले सो ग्रन्थको लोकार्पण गरेका हुन्। सम्पादक राजेश्वर थापा, टंक श्रेष्ठ, चित्रगुप्त साँवा र डा चन्द्र लक्सम्बाद्वारा सम्पादित सो ग्रन्थमा साँवाले नेपाली समाज र नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा…
चीन : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा आज भएको खेलमा नेपालले म्यान्मारलाई पराजित गरेको छ। नेपाली सेनाका जमदार तेजबहादुर देउवा म्यान्मारका खेलाडी माउङक्याव हलालाई ४–१ अंकले पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए। देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन्। यहाँस्थित स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा भएको खेलमा देउवाले प्रतिद्वन्द्वी हलालाई पराजित गरेपछि…
मंगलबार राति अस्पताल भर्ना भएका अमिताव बच्चन शुक्रवार छोरा अभिषेकसँगै घर फर्के। सोसल मिडियामा सक्रिय बलिउडका यी हस्तीले आफ्ना शुभचिन्तकलाई लक्षित गर्दै केही फोटोहरु पोस्ट पनि गरे। फोटोमा उनी आफ्नी नातिनीसँग देखिएका छन्। अमितावले आफ्ना शुभचिन्तकहरुलाई उनको स्वास्थ्यप्रति राखेको चासोलाई लिएर धन्यवाद समेत दिएका छन्। त्यतिमात्र होइन उनले गोपनीयताको विषयलाई ख्याल राख्न पनि सुझाए। 'डकुमेन्टेसनको व्यवसायिक मर्यादा नबिर्सिउँ...विरामी र त्यसको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवारको आफ्नो अभिव्यक्तिलाई सच्याउँदै मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुने जनाएका छन्। 'अस्पष्टता र अन्यौल निवारणार्थ' भन्दै देउवाले जारी गरेको प्रेस विज्ञप्तीमा 'कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा…
हेटौँडा : बहुचर्चित हेटौँडा–काठमाडौं सुरुङमार्ग प्रदेश नम्बर ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौंलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको…
नयाँ दिल्ली : भारतमा १४ वर्ष पुरानो दैनिक पत्रिका डेली न्युज एण्ड एनालाइसिस (डिएनए) बन्द भएको छ। डिएनए दैनिकले आफ्नो प्रिन्ट एडिसन गएको साता बन्द गरेको घोषणा गर्यो। १४ वर्षअघि टाइम्स अफ इन्डियाको संभावित प्रतिस्पर्धी र विकल्पका रुपमा मुम्बईबाट यो पत्रिका सुरु भएको थियो। मुम्बईबाट सुरु भए पनि बिस्तारै यसले दिल्ली, बैगलुरु, पुने, जयपुर र अहमदाबादबाट पनि आफ्नो संस्करण निकाल्न…
भक्तपुरः नेपाली कांग्रेेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधिलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन्। मध्यपुरथिमिको बोडेमा आज कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट शुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, “कम्युनिष्ट र कांग्रेस फरक हो भनेर…
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैंकले सहायता राशीमा उल्लेखनीय बृद्धि गर्न आवश्यक रहेको बताएका छन्। डा खतिवडाले अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा बोल्दै नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्याउने लक्ष्यका लागि…
बलिउड सुपर हिरो फिल्म 'क्रिश ४'को राकेश रोशनले निर्देशन गर्ने भएका छन्। यसअघि सञ्जय गुप्ताको निर्देशन रहँदै आएको फिल्मको चौथो संस्करणमा छोरा ऋतिक रोशनसँग राकेशले टिमअप गर्न लागेका हुन्। फिल्मको कथा तथा संवाद लेखनमा भने राकेश र सञ्जयले सहकार्य गरिरहेका छन्। विषयमाथि राकेश रोशनले बलिउड हंगामासँग भनेका छन्,'सञ्जय र मेरो विचार र काम गर्ने तरिका मिल्छ। मलाई यस प्रोजेक्टमा उसँग…
काठमाडौं : काठमाडौंमा जारी महिला क्रिकेट लिग (डब्लुसिएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गरेको छ। सुरुवाती ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। चितवनका लागि रितु कनौजियाले ५८ रन बनाउँदै टिमको स्कोर उकासेकी थिइन्। उनी खेलको प्लेयर अफ द म्याच समेत बनिन्। उनको अर्धशत जारी प्रतियोगितामा तेस्रो हो। यस अघि…
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाको हकमा कार्तिक २१ गते उम्मेद्वारको मनोनयन दर्ताको मिति तोकिएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको हकमा २१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरेको छ। आयोगले असोज १५ गते स्वीकृत…
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत एउटा नेपाली फिल्म ‘लक्ष्मी रानी’ सार्वजनिक भएको छ। नायिका, निर्माता तथा लेखक शुभेच्छा थापा निर्देशित उक्त फिल्मले सिंगल थिएटरमा मात्र सो पाएको छ। गाउँबाट शहर आउँदा एक महिलाले गर्नुपर्ने संघर्षको कथा फिल्मले बोलेको छ। फिल्ममा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भूमिका रहेको छ। त्यस्तै बलिउडतर्फ नेपालका लागि…
मुस्लिम समुदायको विरोधपछि फिल्म 'बादशाह जुट' युनिटले ट्रेलर परिवर्तन गरेको छ। ट्रेलरमा राखिएका केहि दृश्य र संवादले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश कार्यसमितिले फिल्म युनिटको ध्यानाकर्षण गराएको थियो। ट्रेलरमा ३ सेकण्डदेखि बज्ने 'अजान'को अवाज, ८ सेकेण्डमा देखाइएको हात-हतियार र १३ सेकण्डमा बज्ने 'आइएसआइएस'को आवाजले मुस्लिम समुदायमा ठेस् पुगेको बताइएको थियो। संघले सार्वजनिक ट्रेलरलाई सामाजिक संजाल र…
फिल्म 'छ माया छपक्कै' युनिट मोफसल यात्रामा छ। दर्शकसँग प्रत्यक्ष भेट तथा अन्तर्क्रियाका लागि टोली काठमाडौं बाहिरका शहरको यात्रामा निस्किएको हो। दिपक राज गिरी, सुपुष्पा भट्ट, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले पहिलो दिन हेटौंडाका दर्शकसँग प्रत्यक्ष भेट गरेर प्रतिक्रिया लिए। कार्तिक १ गते (आज) चितवन पुग्नेछन्। त्यस्तै टोलीको आगामी कार्यक्रम पोखरा, बटुवल र भैरहवामा २ गते हुने निर्माता…
पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट टिमका सर्फराज अहमदलाई कप्तानबाट हटाएको छ। श्रीलंकासँगको सिरिजलगायत पछिल्ला खेलमा हार र खराब फर्मबाट गुज्रिरहेका ३२ वर्षे सर्फराज अहमदलाई पिसिबीले कप्तानबाट हटाएको हो। पिसिबीले सन् २०१९/२० को लागि पाकिस्तानको टेस्ट फर्म्याटमा अजहर अलीलाई कप्तान नियुक्त गरेको छ। त्यस्तै अस्ट्रेलियामा हुने टी-२० विश्वकप लगायत अन्य टी-२० मा बाबर आजमले कप्तानी गर्नेछन्। यसअघि नै पाकिस्तानका पूर्व खेलाडीहरु…
रसुवा : नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको संख्या दिनानुदिन बढ्न थालेको छ। जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशैँ सकिएसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ। वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज…
काठमाडौं : नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने चेतावनी दिएको छ। महासचिव विप्लवले राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षणका क्रममा बुधवार राती आफ्ना दुई दर्जन नेता-कार्यकर्ता पक्राउको विरोध गरेका हुन्। विप्लवद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको…