PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • स्थानीय तहका पदाधिकारीलाई सेवासुविधा दिने कानुन सर्वोच्चद्वारा बदर

    स्थानीय तहका पदाधिकारीलाई सेवासुविधा दिने कानुन सर्वोच्चद्वारा बदर

    काठमाडौं : स्थानीय तहले पदाधिकारीका लागि पारिश्रमिक दिने गरी प्रदेशसभाले बनाएको कानुन बदर भएको छ। शुक्रवार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले संविधानको नियम विपरीत भएको भन्दै बदर गर्ने निर्णय गरेको हो। प्रदेश नम्बर १ बाहेक अन्य ६ वटा प्रदेशले स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक दिने गरी कानुन बनाएका थिए। संविधानको धारा २२० विपरीत भएकाले बदर गरेको अदालतले जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • गैरआवासीय नेपाली संघको अध्यक्षमा पन्त १ सय ४७ मतान्तरले विजयी

    गैरआवासीय नेपाली संघको अध्यक्षमा पन्त १ सय ४७ मतान्तरले विजयी

    काठमाडौं: गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्।  कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। पन्तले १२ सय १७ भोट पाएका थिए। अर्का अध्यक्षका प्रत्यासी आचार्यले भने १ हजार ७० भोट मात्र ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी  र विना थापा  बिजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय फुटसल टिमको बिदाइ, पहिलो प्रतिस्पर्धा ताजकिस्तानसँग

    नेपाली राष्ट्रिय फुटसल टिमको बिदाइ, पहिलो प्रतिस्पर्धा ताजकिस्तानसँग

    काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्सका लागि इरान जाने नेपाली फुटसल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ। नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ गरेका हुन्। प्रतियोगिता २३ अक्टोबर देखि २५ अक्टोबर सम्म इरानमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्।  त्यस्तै समूह बी मा इरान,…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके 'बाघे' पक्राउ : १८ वटा गिट्टी बालुवा डिपोमा प्रहरी छापा

    गुन्डा नाइके 'बाघे' पक्राउ : १८ वटा गिट्टी बालुवा डिपोमा प्रहरी छापा

    काठमाडौं : गुन्डा सन्देश (बाघे) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दी गर्दै आएका लामालाई शुक्रवार नियन्त्रणमा लिएको हो। स्वयम्भू, बालाजु लगायतका क्षेत्रमा तामाङले गुन्डागर्दी गर्दै आएका थिए। प्रहरीले तामाङलाई ठगी अभियोगमा नियन्त्रणमा लिएको हो। 'बालुवा, गिटीलगायतमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो,' महाशाखाका एसएसपी सहकुल थापाले भने। तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो। तामाङ दीपक मनाङ्गे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : बिराटनगर टाइटन्सको पोखरा पल्टनमाथि सहज जित

    डब्लुसिएल : बिराटनगर टाइटन्सको पोखरा पल्टनमाथि सहज जित

    काठमाडौं : महिला क्रिकेट लिग (डब्लुसिएल)को आज भएको पहिलो खेलमा बिराटनगर टाइटन्सले पोखरा पल्टनमाथि ६ विकेटको शानदार जित निकालेको छ। टस जितेर ब्याटिङमा उत्रिएको पोखरा पल्टनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो। पोखराका लागि कविता कुँवरले सर्वाधिक २२ रनको योगदान दिइन्। त्यस्तै सीताराना मगरले १६ रन, अञ्जली चन्दले १५ रन, रेवती धामीले १२ रन तथा सरस्वती मगरले १०…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार हो, उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छ : प्रचण्ड

    मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार हो, उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छ : प्रचण्ड

    कैलालीः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले तत्काल मन्त्रिमण्डल हेरफेर नहुने बताएका छन्। शुक्रवार बिहान धनगढी विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तत्कालका लागि मिडियामा चर्चा भए अनुसार मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन्। अध्यक्ष दाहालले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, यो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका होटेलमा बालश्रम, महानगरले गर्‍यो चार बालबालिकाको उद्धार

    वीरगंजका होटेलमा बालश्रम, महानगरले गर्‍यो चार बालबालिकाको उद्धार

    वीरगंजः वीरगंज महानगरपालिकाका बालश्रम अन्त्यका लागि अनुगमन र उद्धार कार्य अघि बढाएको छ। बालमैत्री महानगर बनाउने अभियान अन्तर्गत सरोकारवालाको संलग्नतामा अनुगमन र उद्धार थालिएको हो। मेयर विजय सरावगीले बालश्रम गराउनेलाई कारबाही गर्ने बताएका छन्। पटक-पटक बालश्रम अन्त्य गर्न होटेल, रेस्टुरेन्टलाई सूचित गरे पनि सञ्चालकहरूले अटेर गरेको महानगरको भनाई छ। बालश्रम अन्त्य नभएपछि बिहीबारदेखि महानगरले अनुगमन र बालबालिकाको उद्धार कार्य सुरु…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका दुई कार्यकर्ता नवलपुरबाट पक्राउ

    विप्लव समूहका दुई कार्यकर्ता नवलपुरबाट पक्राउ

    कावासोतीः जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो। नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको पाँचपोखरीमा एक युवकको विभत्स हत्या

    सिन्धुपाल्चोकको पाँचपोखरीमा एक युवकको विभत्स हत्या

    मेलम्चीः सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराति एक युवकको विभत्स हत्या गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र  २४ वर्षीय बमबहादुर स्याङबो फरार छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए। शव परीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • फलो अप : बहुविवाहको केसमा समातिएका प्रविनबाबुलाई ५ दिनको हिरासत अनुमति

    फलो अप : बहुविवाहको केसमा समातिएका प्रविनबाबुलाई ५ दिनको हिरासत अनुमति

    काठमाडौं : प्रहरीले मेलमिलापमा सुल्टाउन खोजेको बहुविवाहको केस मिडियाबाट सार्वजनिक भएपछि म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त लैनचौरले प्रविनबाबु ढकालविरुद्ध बहुविवाहको केसमा पाँच दिनको म्याद थप गरेको हो। 'बुहुविवाहमा मेलमिलाप गर्न हुँदैन। पाँच दिनको म्याद थप गरिसकेका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी किरण बज्राचार्यले भनिन्। ढकालले गत चैत २९ गते बहुविवाह गरेको प्रमाणसहित उनकी जेठी…

    विस्तृतमा पढ्नुस्

  • तीन अग्रणी महिला अधिकारकर्मी सम्मानित

    तीन अग्रणी महिला अधिकारकर्मी सम्मानित

    काठमाडौं : महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन अग्रणी महिला अधिकारकर्मीहरु सम्मानित भएका छन्। बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलन समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सञ्जाल नेपाल (एनएनबिएन) ले महिला अधिकारकर्मी दुर्गा घिमिरे, डा. बिना प्रधान र उद्यमी अम्बिका श्रेष्ठलाई सम्मान गरेको हो। उनीहरुले महिला अधिकार, शसक्तिकरण लगायतका क्षेत्रमा योगदान पुर्‍याएकाले सम्मान गरिएको बताइएको छ। महिला बालबलिका तथा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो हुनेछ चन्द्रमामा पुग्ने पहिलो महिलाले लगाउने 'स्पेससुट'

    यस्तो हुनेछ चन्द्रमामा पुग्ने पहिलो महिलाले लगाउने 'स्पेससुट'

    नासाले सन् २०२४ मा चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। 'आर्टेमिस' नाम दिइएको नासाको सो मिसन अन्तर्गत चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले अहिले तयारी गरिरहेका छन्। यस्तोमा बुधबार नासाले चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले लगाउने 'स्पेससुट' सार्वजनिक गरेको छ। सो अत्याधुनिक सुट विशेष रुपमा आर्टमिस प्रोग्रामको लागि तयार पारिएको…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् आजको मन्त्रिपरिषदका ११ निर्णय

    यस्ता छन् आजको मन्त्रिपरिषदका ११ निर्णय

    काठमाडौं: मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न ११ निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनकि गरेको छ।   बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय १. व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत, २. कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल-बंगलादेश बाणिज्य महाचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर फाल्कनमाथि बिराटनगर टाइटन्सको सानदार जित, ज्योती पाण्डेको अर्धशतक

    ललितपुर फाल्कनमाथि बिराटनगर टाइटन्सको सानदार जित, ज्योती पाण्डेको अर्धशतक

    काठमाडौं : महिला क्रिकेट लिग (डब्लुसिएल)को आज भएको दोस्रो खेलमा बिराटनगर टाइटन्सले ललितपुर फाल्कनमाथि ४ विकेटको शानदार जित निकालेको छ। आज कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा ललितपुरले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो। ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रनको योगदान दिँदा करुणा भण्डारीले २१ रन बनाइन्। त्यस्तै कृती सेन र सम्झना…

    विस्तृतमा पढ्नुस्

  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेश

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं : मधेश आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएको घटनाका बारेमा पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। तीन महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्न तथा गर्न नसकिने भए कारण सार्वजनिक गर्न आदेश दिएको हो। बिहीवार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले तीन महिनाभित्र प्रतिवेदन सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • थिएटर मल कीर्तिपुरमा जापानी रंगकर्मीको पपेट कार्यशाला शुरु

    थिएटर मल कीर्तिपुरमा जापानी रंगकर्मीको पपेट कार्यशाला शुरु

    काठमाडौं : जापानी कलाकारहरुको समूहका साथमा कीर्तिपुरमा थिएटर मलको पपेट कार्यशाला शुरु भएको छ। ११ दिनसम्म चल्ने उक्त कार्यशाला दशैंलगत्तै शुरु भएको हो। जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कुल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना गरेको हो। कार्यशालामा १५ नेपाली रंगकर्मी र १० जना स्कुले विद्यार्थी सहभागी छन्। जापानका पपेट थिएटरका…

    विस्तृतमा पढ्नुस्

  • बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटबारे नयाँ सम्झौता

    बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटबारे नयाँ सम्झौता

    बेलायत र युरोपियन युनियनबीच नयाँ ब्रेक्जिट सम्झौता भएको छ। ब्रसेल्समा युरोपियन युनियन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच भएको वार्तामा नयाँ सम्झौता भएको हो। जोनसनले ट्वीट गर्दै ब्रेक्जिटबारे भएको नयाँ सहमतिका बारेमा जानकारी दिएका हुन्। उनले लेखेका छन्, 'हामीले ब्रेक्जिटबारे नयाँ सम्झौता गरेका छौं। अब संसदले शनिवारसम्म ब्रेक्जिटका बारेमा निर्णय लिनुपर्छ। यसरी हामीले अरु प्राथमिक विषयहरु जस्तै हिंसा, अपराध, वातावरणमा ध्यान…

    विस्तृतमा पढ्नुस्

  • भारत पाकिस्तान क्रिकेट सिरिज, गांगुली भन्छन् : दुई देशका प्रधानमन्त्रीले यसको निर्णय गर्नेछन्

    भारत पाकिस्तान क्रिकेट सिरिज, गांगुली भन्छन् :  दुई देशका प्रधानमन्त्रीले यसको निर्णय गर्नेछन्

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का अध्यक्ष बन्ने निश्चित प्रायः भएका सौरभ गांगुलीले पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने या नखेल्ने भन्ने निर्णय भारत र पाकिस्तानका प्रधानमन्त्रीले गर्ने बताएका छन्। गांगुलीले अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सरकारको सहमति आवश्यक भएको बताए। उनले कोलकातामा पत्रकारहरुसँग कुरा गर्दै भारत र पाकिस्तानबीचको सिरिज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मात्रै तय गर्न सक्ने उनले बताए। 'भारत…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : पहिलो खेलमा रुविनाको अर्धशतकमा काठमाडौंको जित

    डब्लुसिएल : पहिलो खेलमा रुविनाको अर्धशतकमा काठमाडौंको जित

    काठमाडौं : महिला क्रिकेट लिग (डब्लुसिएल)को आज भएको पहिलो खेलमा क्याट काठमाडौंकी कप्तान रुविना क्षत्रीले कीर्तिमानी अविजित ८३ रनको सहायतामा क्याट क्वीन काठमाडौंले पोखरा पल्टनलाई पराजित गरेको छ। उत्कृष्ट प्रदर्शन गरेको काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको हो। पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। काठमाडौंका लागि रुविनाको ८३ सँगै रोमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सुदुर पश्चिम प्रदेशले माग्यो पर्यटकीय पूर्वाधारमा बजेट

    नेकपा सुदुर पश्चिम प्रदेशले माग्यो पर्यटकीय पूर्वाधारमा बजेट

    कैलाली : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सुदुरपश्चिम प्रदेशले भ्रमण वर्ष २०२० का लागि सुदुरपश्चिममा रहेका पर्यटकीय स्थल तथा पूर्वार्धार विकासका लागि बजेट माग गरेको छ। प्रदेश कमिटीको बैठकले सुदुरपश्चिममा रहेका पर्यटकीय स्थल तथा पूर्वार्धार विकासका लागि आवश्यक बजेट र जनशक्ति उपलब्ध गराउन माग गरेको हो। बैठकले प्रदेशको राजधानीका विषयमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रदेश सरकारको प्रस्तावको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell