PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • इँटाभट्टामा 'सामूहिक व्यक्ति हत्या'को आरोप लागेका कांग्रेस सांसद् आलम १२ वर्षपछि पक्राउ

    इँटाभट्टामा 'सामूहिक व्यक्ति हत्या'को आरोप लागेका कांग्रेस सांसद् आलम १२ वर्षपछि पक्राउ

    काठमाडौं: ०६४ को संविधानसभा निर्वाचनका दौरान रौतहटमा भएको एक बम काण्डमा घटनाको अनुसन्धानका लागि नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलम पक्राउ परेका छन्। आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्। आइतबार बिहान निवासबाटै आलम पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले आलम पक्राउ परेको पुष्टि गरे।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता शुरु

    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता शुरु

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सोल्टी होटलमा द्वीपक्षीय वार्ता सुरु भएको छ। आज दुवै पक्षबीच केरुङ-लुम्बिनी, टोखा-छहरे सुरुङमार्ग, अरनिको राजमार्ग स्तरोन्नति, तातोपानी नाकासम्म पुग्ने सडक दुई लेनमा विस्तारका विषयमा छलफल हुनुका साथै विभिन्न द्वीपक्षीय सन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सी नेपालमा रहँदा भारतीय मिडियामा रेलमार्गको चासो

    चिनियाँ राष्ट्रपति सी नेपालमा रहँदा भारतीय मिडियामा रेलमार्गको चासो

    चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले नेपाल भ्रमणमा छन्। दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौं आएका सीले नेपाललाई ठूलै सरप्राइज दिन सक्ने आकलन भइरहेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने 'वान टु वान' वार्ताका साथै दुवै राष्ट्रका प्रतिनिधिसँगको संयुक्त बैठकमा अनुमान गरिएको सरप्राइज घोषणा हुन सक्छ। यद्यपि, शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सीको सम्मानमा आयोजना गरेको 'स्टेट डिनर' लाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ने क पा सचिवालय सदस्यसँग राष्ट्रपति सीको सामूहिक भेटवार्ता

    ने क पा सचिवालय सदस्यसँग राष्ट्रपति सीको सामूहिक भेटवार्ता

    काठमाडौँः दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सचिवालय सदस्यहरूले सामूहिक भेटवार्ता गरेका छन्। आइतबार बिहान ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा होटल सोल्टीमा सचिवालय सदस्यहरुले भेटवार्ता गरेका हुन्। सचिवालय सदस्यहरुको सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच एक्ला/एक्लै वार्ता पनि भएको छ। ने क पा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • बोलेरो र बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    बोलेरो र बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

    दमौलीः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक बस दुर्घटना : ८१ घाइते उपचारपछि घर फर्किए, ६ जनाको अवस्था अझै चिन्ताजनक

    सिन्धुपाल्चोक बस दुर्घटना : ८१ घाइते उपचारपछि घर फर्किए, ६ जनाको अवस्था अझै चिन्ताजनक

    मेलम्चीः बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ। प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन्। त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा साढे ९ अर्बको नोट साटियो

    दशैंमा साढे ९ अर्बको नोट साटियो

    काठमाडौँः नेपाल राष्ट्र बैंकले दशैंमा साढे नौ अर्ब रुपैयाँ बराबरको 'खुद्रा' नोट सटही गरेको छ। सुकिला र नयाँ गरेर केन्द्रीय बैंकले नोट सटही गरेको हो। ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गरेको हो। यो गत बर्षको भन्दा तीन अर्ब कम हो। नयाँ नोट छापिएर समयमा आइनपुग्दा राष्ट्र बैंकले सटही सीमा यो पटक घटाएको थियो। साथै नोटलाई जतन…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १५ : उपाधि होडबाट बाहिरिएको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    साफ यू १५ : उपाधि होडबाट बाहिरिएको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १५ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दै छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल र भुटान दुवैले यसअघिनै समान २/२ खेलमा पराजय भोगिसकेका छन्। आजको खेलमा नेपाल र भुटान दुवै टिम सान्त्वना जितको खोजीमा हुनेछन्। यसअघिको खेलमा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलान्तरले पराजित भएको…

    विस्तृतमा पढ्नुस्

  • सिपिएल: सन्दीप आबद्ध बार्बाडोस च्याम्पियन

    सिपिएल: सन्दीप आबद्ध बार्बाडोस च्याम्पियन

    क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने आबद्ध  बार्बाडोस ट्रिडेन्ट्सले उपाधि हात पारेको छ। आज भएको फाइनल खेलमा बार्बाडोसले ग्युनिया अमेजोन वारियर्सलाई २७ रनले पराजित गर्दै सिसिएलको उपाधि हात पारेको हो। सुरुवाती ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो। बार्बाडोसका लागि जोनाथन कार्टरले आक्रामक अर्धशतक बनाए भने ओपनर जोनसन चाल्र्सको ३९…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि दशैँ सकिँदै, कात्तिक स्नान शुरु  

    आजदेखि दशैँ सकिँदै, कात्तिक स्नान शुरु  

    काठमाडौँः नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको…

    विस्तृतमा पढ्नुस्

  • तीन लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

    तीन लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

    जलेश्वरः महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए। शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज ७ प ३३९५ नंको मोटरसाइकलमा तीन लाख भारतीय रुपैयाँ बोकेर मटिहानीबाट जलेश्वर…

    विस्तृतमा पढ्नुस्

  • १९ लाख रुपैयाँ नगदसहित कपनबाट २१ जुवाडे पक्राउ

    १९ लाख रुपैयाँ नगदसहित कपनबाट २१ जुवाडे पक्राउ

    काठमाडौँः नेपाल प्रहरीले १८ लाख ९२ हजार रुपैयाँ नगदसहित २१ जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिए। “ठूलो हारजित हुनेगरी जुवा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सी’को नेपाल भ्रमणः उच्चस्तरीय राजनीतिक परामर्श र सम्झौता हुँदै, आजै स्वदेश फर्कने

    चिनियाँ राष्ट्रपति सी’को नेपाल भ्रमणः उच्चस्तरीय राजनीतिक परामर्श र सम्झौता हुँदै, आजै स्वदेश फर्कने

    काठमाडौँः शनिबारदेखि नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन्। राष्ट्रपति सीले आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सी’बीच शनिबार साँझ नै भेटवार्ता भइसकेको छ। बिहान ८ः३० बजेदेखि सी’ले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • चीनका नाकामा सहज प्रवेशको व्यवस्था गर्न व्यवसायीको माग

    चीनका नाकामा सहज प्रवेशको व्यवस्था गर्न व्यवसायीको माग

    काठमाडौँः नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो। हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउन सहयोग गर्ने राष्ट्रपति सीको घोषणा, रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

    नेपाललाई भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउन सहयोग गर्ने राष्ट्रपति सीको घोषणा, रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

    काठमाडौँः चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। दुई दिने नेपाल भ्रमणमा आएका सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गरेको 'स्टेट डिनर' मा सम्बोधन गर्दै सीले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नहुने बताएका हुन्। भने, 'भूपरिवेष्ठित राष्ट्र हुनुको पीडाबाट मुक्त हुने नेपालको सपनामा चीनले सहयोग गर्नेछ।' यस्तै, राष्ट्रपति सीले…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति काठमाडौंमा, विमानस्थलमै गार्ड अफ अनर

    चिनियाँ राष्ट्रपति काठमाडौंमा, विमानस्थलमै गार्ड अफ अनर

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आएका हुन्। एयर चाइनाको विशेष विमानबाट राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति चढेको विमान काठमाडौंमा ल्यान्डेड

    चिनियाँ राष्ट्रपति चढेको विमान काठमाडौंमा ल्यान्डेड

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आइपुगेका हुन्। एयर चाइनाको विशेष विमानबाट राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका…

    विस्तृतमा पढ्नुस्

  • यो भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ : प्रम ओली

    यो भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ : प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक हुने बताएका छन्। सीको भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ हुँदै नयाँ उचाइमा पुग्ने ओलीको दावी छ। चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै ओलीले भने सन् १९९५ देखि नेपाल र चीनबीच कुटनीति सम्बन्ध स्थापना भएको सम्झँदै त्यसबखतदेखि दुई देशबीचको मित्रता बलियो हुँदै गएको बताए। भने, 'नेपाल र चीन राम्रा छिमेकी…

    विस्तृतमा पढ्नुस्

  • इलियुड किपचोगे बने २ घन्टा भित्रै म्याराथन पुरा गर्ने पहिलो खेलाडी

    इलियुड किपचोगे बने २ घन्टा भित्रै म्याराथन पुरा गर्ने पहिलो खेलाडी

    इलियुड किपचोगेले अष्ट्रियामा सम्पन्न म्याराथन रेस २ घन्टा अगावै पुरा गर्दै कम समयमा रेस पुरा गर्ने धावक बनेका छन्। उनले ४२ दशमलव २ किलोमिटरको दौड १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पुरा गर्दै २ घन्टा अगावै म्याराथन रेस पुरा गर्ने खेलाडी बनेका हुन्। ३४ वर्षीय केन्याका धावक किपचोगेको यो रेकर्ड अफिसियल म्याराथन रेकर्ड भने बन्ने छैन। किनभने उनी दौडेको प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • धुँवाबाट बच्न लगाइने कालो रङको मास्क दुई दिनलाई निषेध!

    धुँवाबाट बच्न लगाइने कालो रङको मास्क दुई दिनलाई निषेध!

    काठमाडौं : राजधानीका सडकमा उड्ने धुलोबाट बच्न मास्क लगाउने गर्नु भएको छ? छ भने आज र भोलि कालो रङको चाहिँ प्रयोग नगर्नुहोला। चिनियाँ राष्ट्रपति नेपाल रहुन्जेल कालो मास्क लगाउन नदिन प्रहरीलाई सर्कुलर जारी नै भएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी कार्यालयहरुमा सर्कुलर जारी गरेर - कालो मास्क प्रयोगमा रोक लगाउन आग्रह गरेको छ। आज र भोलि यात्रुहरुलाई कालो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell