काठमाडौँः उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज औपचारिक रूपमा एकीकरण हुँदैछ। एकीकरणका लागि दुबै दलबीच सैद्धान्तिक सहमति भइसकेको छ। सोमबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच एकीकृत भएको घोषणा हुँदैछ। एकीकृत दलको नाम समाजवादी पार्टी नेपाल हुनेछ। यादव र भट्टराई दुबैले पार्टीको संयुक्त नेतृत्व गर्नेछन्। विगतमा पनि पटक-पटक दुई दलबीच एकीकरणको प्रयास…
प्रिमियर लिगमा आइतवार वाटफोर्डलाई पराजित गरेपछि चेल्सीले शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। आइतवार भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गरेको हो। जितपछि चेल्सीले ३७ खेलबाट ७१ अंक जोडेको छ। घरेलु मैदानमा चेल्सीको लागि रुबेन लुफ्टस चिक,डेविड लुइज र गोन्जालो हिग्वेनले एक-एक गोल गरे। उता बराबरी हडर्शफिल्ड टाउनसँग १-१ को बराबरी…
इन्डियन प्रिमियर लिग आइपीएल २०१९ को प्लेअफ समिकरण पूरा भएको छ। आइतवार भएको लिग चरणको अन्तिम दुई खेलपछि क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने सबै टिमको टुङ्गो लागेको हो। अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि सनराइजर्स हैदरावाद प्लेअफ पुग्ने चौथो टिम बनेको हो। हारपछि कोलकता भने हैदारावादसँग समान १२ अंक भएपनि रनरेटमा पछि पर्दै लिग…
वेस्ट इन्डिजका ब्याट्सम्यानद्वय साइ होप र जोन क्याम्पवेल एकदिवसीय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। आयरल्याण्ड, बंगलादेश र वेष्टइन्डिज समावेश त्रिकोणात्मक सिरिज अन्तर्गत आइतवार भएको पहिलो खेलमा यी दुई खेलाडीले पहिलो विकेटका लागि तेहेरो शतकको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए। आयरल्याण्ड विरुद्धको खेलमा होप र क्याम्पवेलले पहिलो विकेटका लागि ३६५ रनको साझेदारी गरे। डब्लिनमा टस हारेर पहिले ब्याटिङ गरेको…
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सर्वाधिक गोलकर्ता अनु लामाले सन्यासको घोषणा गरेकी छिन्। अखिल नेपाल फुटबल संघ एन्फाले आइतवार एन्फा डे को अवसरमा स्पेसल कन्ट्रिबुसन अवार्डबाट सम्मान गरेपछि अनुले सन्यास घोषणा गरेकि हुन्। एन्फाले पहिलो पटक आयोजना गरेको एन्फा अवार्डमा अनु नगद १५ लाखबाट सम्मानित भएकी थिइन्। अवार्ड पाएलगत्तै आफूलाई यो स्थानसम्म पुर्याउन मद्दत गर्ने सबैलाई धन्वाद दिँदै अनुले राष्ट्रको लागि…
काठमाडौं : ललितपुरको च्यासल युथ क्लबले दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा सरस्वती युवा क्लबलाई २-० ले पराजित गर्दै च्यासल च्याम्पियन बनेको हो। च्यासललाई च्याम्पियन बनाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले गरे। म्याक्सवेल दोस्रो हाफको सुरुमै अर्मान्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो…
काठमाडौँ : नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यद्वय जुमानु राई र अनु लामालाई एन्फाले विशेष योगदानको अवार्डबाट सम्मानित गरेको छ। अखिल नेपवाल फुटबल संघले आइतवार एन्फा डे को अवसरमा जुलानुलाई पुरुष र अनुलाई महिलातर्फ सम्मान गरेको हो। विशेष योगदान अवार्ड पाएक दुवै खेलाडीले नगद १५-१५ लाख प्राप्त गरे। जुमानुले एक थान मोटरबांइक र अनुले एक थान स्कुटर प्राप्त गरिन्। महिला राष्ट्रिय…
काठमाडौैं: बलिउड हिरो सलमान खानका डान्स ट्रेनर रहेका साजन सिंहले निर्देशन गरेको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ। फिल्म 'सानो मन'को गीत युट्युब रिलिज भएको हो। निर्माण टिमले फिल्मको 'रानु कम्मर'बोलको गीत सार्वजनिक गरेको हो। रवि मल्ल र रोमन बज्रचार्यको शब्द रहेको गीतमा कल्याण सिंह र रोमनकै संगीत छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आयुष्मान देशराज जोशी श्रेष्ठ र शिल्पा मास्केसँगै गौरी मल्ल…
काठमाडौैं: भुमेथान फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म 'भुइँफूल' बन्ने भएको छ। अभिनेत्री करिश्माको एक्सन कटसहितको निर्देशनमा फिल्मको हालै काठमाडौंमा शुभ मुहूर्त सम्पन्न भयो। फिल्ममा कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापाको मुख्य अभिनय रहनेछ। नेत्र सन्त्यालको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अन्य कलाकार चन्दा राई, पुर्णिमा लामाको अभिनय रहनेछ। सन्त्यालको यो डेब्यू निर्देशन हो। फिल्मले द्वन्द्व कालमा विस्थापित भएर मधेसमा…
काठमाडौँ : राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा आयोजना हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १ गतेदेखि हुने भएको छ। आयोजकले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म हुने घोषणा गरेको हो। तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता हुने प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। दश…
काठमाडौैं: भोजपुरी स्टार बिराज भट्टले निर्देशन गर्ने फिल्म 'साङ्लो'लाई सुरुमा पूर्व मिस नेपाल नीकिता चाण्डकले नगर्ने निर्णयमा पुगेकी थिइन्। तर, स्क्रिप्ट सुनिसकेपछि नीकिता फिल्म गर्न तयार भइन्। हालै, एक कार्यक्रममा उनले भनिन् 'फिल्म नगर्ने निर्णय सुनाउन बिराजलाई भेट्न गएँ। फिल्ममा अभिनय सिकेर आउने मन थियो। तर, उहाँसँग स्क्रिप्ट सुन्न बसेपछि मलाई कथा मन पर्यो। स्क्रिप्ट सुनेपछि म रोएँ पनि।' 'साङ्लो' बिराजको डेब्यू निर्देशकिय…
काठमाडौः गोरु काटेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मकवानपुर हात्तीसार गाउँपालिका १० घर भएका २८ वर्षीय मिलन स्याङ्ताङ सहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रदर्शनको दोस्रो सातामा रहेको 'एभेन्जर्स इन्ड गेम'ले विश्वभरबाट २ अर्ब डलर कमाएको छ। घरेलु बक्स अफिसमा फिल्मले दोस्रो सातामा १४ करोड ५० लाखको व्यापार गर्यो। प्रदर्शनको दोस्रो साता फिल्मले बलिउडबाट भारतीय २७२ करोड माथिको व्यापार गरेको कोइमोइमा उल्लेख छ। अधिकतम व्यापार गर्ने पाँच फिल्महरुको लिस्टमा पर्न सफल भएको छ रुसो ब्रदर्श निर्देशित 'इन्ड गेम'। यसअघि 'अवतार', 'स्टार वार्स: द फोर्स अवेइकन्स', 'टाइटानिक'ले…
काठमाडौः उच्च अदालत तुलसीपुरका नायव सुब्बा घूस रकम सहित पक्राउ गरेका छन्। अदालतका टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा घूस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। पाठकलाई सेवाग्राहीसँग तीन लाख रुपैयाँ घूस बापतको रकम लिदै गर्दाको अवस्थामा चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको हो।
गौशालाः महोत्तरीको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले परिवारका सदस्यलाई नियन्त्रणमा लिई रु पाँच लाख बढीको लुटपाट गरेको छ। जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करिब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार/पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन्। उनका अनुसार मुखमा…
भद्रपुरः झापाको मेचीनगर नगरपालिका –९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईँको मृत्यु भएको छ। मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ६ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईँ बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए। खबर…
डिभोक ओरिगीले खेल सकिन चार मिनेट अगाडि गरेको गोलको मद्दतमा लिभरपुलले प्रिमियर लिगमा न्युकासलमाथि कठिन जित हात पारेको छ। न्युकासलको मैदान भएको खेलमा ३-२ को जित हात पार्न सफल लिभरपुल अंक तालिकामा फेरि शीर्ष स्थानमा फर्किएको छ। लिगमा अब १ खेल मात्र खेल्न बाँकी रहेको लिरभपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग २ अंकको अग्रता बनाएको छ। ३७ खेलबाट लिभरपुलको ९४ अंक छ भने…
स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिड एकै दिन पराजित भएका छन्। कप्तान लियोनल मेसीसहित मुख्य खेलाडीहरुलाई आराम दिँदा बार्सिलोना सेल्टा भिगोसँग २-० ले पराजित भएको हो। सेल्टाको लागि घरेलु मैदानमा म्याक्सि गोमेज र आएगो असपासले गोल गरे। यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाले च्याम्पियन्स लिगमा बुधबार लिभरपुलसँग खेल्दैछ। यस्तै एट्लेटिकोलाई इस्पानयोललाई ३-० ले पराजित गरेको…
काठमाडौँः सरकारका तर्फबाट संघीय संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल हुँदैछ। शुक्रबार पेस भएको कार्यक्रममा शनिबार संशोधनका लागि समय दिइएको थियो। संशोधन दर्ता अवधिमा प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन्। प्रमुख दलका शीर्ष नेताहरुबाट छलफलको प्रारम्भ गर्ने तयारी संसद् सचिवालयको छ। छलफलमा संशोधनकर्ताले प्राथमिकता पाउनेछन्। सरकारले चालु वर्षको कार्यक्रम समीक्षासहित पूर्वाधार, शिक्षा,…
इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ अन्तर्गत शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ३ विकेटले पराजित गरेको छ। लिग चरणबाटै बाहिरिसकेको बैंगलोरसँग पराजित भएपछि हैदराबादले प्लेअफमा स्थान बनाउन लिगको अन्तिम खेल कुर्नुपर्ने भएको छ। हैदराबाद हार्दा त्यसको फाइदा भने कोलकता नाइट राइडर्सलाई पुगेको छ। लिगको सबे १४ खेलपछि हैदराबाद १२ अंकसहित चौथो स्थानमै यथावत छ। एक खेल कम खेलेको कोलकताको…