काठमाडौः सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएकी हुन्। राष्ट्रपति भण्डारीले भत्ता बढ्ने घोषणा गर्दा सत्तारुढ दलका सांसदले खुशी हुँदै टेलब बजाएका थिए। चालु आर्थिक वर्षमा वृद्ध भत्ता नबढेका कारण आक्रोशित सत्तारुढ सांसदहरु आगामी वर्ष भत्ता…
काठमाडौं : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्टिय क्रिकेट प्रतियोगितामा शुक्रवारको पहिलो खेल वर्षाले प्रभावित बनेको छ। समूह बी अन्तर्गतको प्रदेश १ र २ बीचको खेल वर्षाले प्रभावित गरेपछी खेल रद्द भएको हो। दुबै टिमले १/१ अंक बाँडेका छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा भएको दिनको पहिलो खेलमा प्रदेश २ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्धारित ३० ओभरमा ७ विकेट…
काठमाडौैं : यस वर्षको 'छायाँछवि लाइफटाइम लिजेण्ड्री' अवार्डबाट कलाकार नीर शाहलाई सम्मान गर्ने भएको छ। गायिका देवीका बन्दना र निर्देशक सोभित बस्नेतलाई 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान' प्रदान गर्ने भएको छ। ११ औं 'इएनआई छायाँछवि डि सिने अवार्ड' आगामी वैशाख २१ मा हुने भएको छ। नीरलाई 'लाइफटाइम अवार्ड'सहित उपहारमा नगद रु २५ हजार २५ रुपैँया दिइने अवार्ड आयोजक शान्तिप्रियले बताए।
सुर्खेत : शक्ति गौचनको कप्तानीमा रहेको न्यु होराइजन दवस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपीएल २ को फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको पहिलो सेमिफाइनलमा आयोजक कर्णाली-११ लाई ३ विकेटले पराजित गर्दै न्यु होराइजन बुटवल फाइनलमा स्थान पक्का गरेको हो। होराइजनले अब उपाधिका लागि शसस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। सुर्खेतस्थित कालिन्चोक मैदानमा भएको…
काठमाडौैं: पछिल्लो समय 'जोनी जेन्टलमेन'बाट फिल्म निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज बनाएका छन्। म्यूजिक भिडियो निर्देशनमा लामो अनुभव बटुलेका उनले 'बाजी' शीर्षकको सिरिज निर्देशन गरेका हुन्। यसअघि उनले 'रङ्ग टाइम' वेब सिरिज निर्देशन गरेका थिए। नितिनले हालै 'बाजी'को पोस्टरसहित एक गीत सार्वजनिक गरेका थिए। रोमान्टिक थ्रिलर जनरामा बनेको 'बाजी'ले प्रेम, द्वन्द्व तथा बदलाको कथा समेट्ने चन्दले बताए। वियोन्ड र निर्जला…
काठमाडौँ : नेपाल भलिबल संघ एनभिएले २०७६ सालको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। एनभिएले शुक्रवार राजधानीमा कार्यक्रम आयोजना गर्दै वर्षभरी गर्ने विभिन्न कार्यक्रमहरु घोषणा गरेको हो। संघले कार्यक्रममा २२ बुँदा समावेमा गरेको छ। पहिलो कार्यक्रम अन्तर्गत २०७६ साल जेठ १३ देखि १७ गतेसम्म काठमाडौँमा एफआइभिबी लेभल वान कोचेज कोर्स हुनेछ। यस्तै सबैभन्दा आकर्षण रु मुख्य कार्यक्रमको रुपमा साउन अन्तिमबाट सुरु…
काठमाडौँ : वैशाख १३ गते भारतको मौसम विभाग (आइएमडी) ले इन्डोनेसियाको सुमात्रा द्विपको पश्चिमपट्टी एउटा डिप्रेसनलाई ट्रयाक गर्यो। तातो हावा र चीसो हावाको जम्काभेट भएपछि यस्तो डिप्रेसन उत्पन्न हुन्छ। त्यतिबेला आइएमडीले यसलाई बब ०२ मा वर्गीकरण गरेको थियो। त्यही दिन अमेरिकी जलसेनाले चलाउने ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले ट्रपिकल साइक्लोन फर्मेसन अलर्ट जारी गर्यो। डिप्रेसन गहिरो हुन थाल्यो र उत्तरतिर जान…
नेपाल आइडल सिजन दुईका प्रतिस्पर्धी कृशल कँडेल र मिनराज पौडेलले संयुक्त गीत सार्वजनिक गरेका छन्। दुबैले स्वर दिएको ‘बरिलै’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीत नृपेश उप्रेतीले लेखेका हुन् भने संगीत पनि उनैको रहेको छ। लोक फ्युजन शैलीको गीतका लागि युवा संगीतकर्मी पुरुषोत्तम सुवेदीले वाद्यवादनको संयोजन गरेका छन्। म्युजिक भिडियोमा मोडल करिश्मा ढकालसँगै कृशल र मिनराज फिचर्ड…
काठमाडौं: आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो। आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको हो। आइसीसीले जारी गरेको र्याङकिङमा ८० देश सहभागी छन्। वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन्। अष्ट्रेलिया चौथो, भारत पाँचौ र…
काठमाडौँ: प्रहरीले अवैध सुनसहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका ५ बस्ने २१ वर्षीय अनुकेशकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साहको साथबाट प्रहरीले १ किलो २ सय ५० ग्राम सुन बरामद गरेको हो। शुक्रवार बिहान प्रहरीले लु.४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहले लुकाएको अवस्था सुन फेला गरेको प्रहरीको…
काठमाडौ: मौसम प्रतिकूल भएपछि शुक्रबार विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएको छ। दिउँसो साढे एक बजेदेखि हेलिकप्टर उडान बन्द गर्नका लागि सबै कम्पनीलाई अलर्ट म्यासेज दिइसकेको हेलिकप्टर समाज नेपालले जनाएको छ। पश्चिम र दक्षिण भेगमा उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडानमा भने प्रभाव नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। विहान पोखरा, विराटनगर, भद्रपुर, सुर्खेत, नेपालगञ्ज, जनकपुर…
काठमाडौ : नेपाल प्रहरीमा साहसी अफिसरका रूपमा चिनिएका डिएसपी कुमोद ढुङ्गेल निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले बिहीवार डिएसपी ढुङ्गेललाई निलम्बन गरेको हो। इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर (रौतहट)मा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आधारमा अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। ‘अनुसन्धानका क्रममा निलम्बन गर्नुपर्ने भएकाले निलम्बन गरिएको…
काठमाडौैं: यो साता शुक्रवार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'दाल भात तरकारी' छ। बक्स अफिस कलेक्सनले विश्वलाई चकित बनाइरहेको हलिउड फिल्म 'एभेन्जर्स इन्ड गेम'सँग यो फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने हो। प्रदर्शनको दोस्रो सातामा रहेको 'एभेन्जर्स इन्ड गेम'लाई मल्टिप्लेक्समा अत्याधिक सो दिइएको छ। दर्शक अकुपेन्सीका हिसाबले 'दाल भात तरकारी'ले शुक्रवार हलिउड फिल्मलाई उछिनेको छ। फिल्मको अधिकांश सोमा दर्शकको अकुन्पेन्सी बढ्दो छ। मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्स…
इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा दोस्रो पटक सुपर ओभरबाट नतिजाको छिनोफानो हुँदा मुम्बई इन्डियन्स भाग्यमानी बन्यो। यस सिजन दोस्रो पटक सुपरओभरबाट खेलको नतिजा निकालिएको हो। मुम्बई र सनराइजर्स हैदरावादबीच बिहीवार राती भएको खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १६२ रन बनाएपछि वान ओभर एलिमिनेसनबाट खेलको नतिजा टुङ्गो लागेको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ रन मात्र…
काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन्। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ। संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति कार्यक्रम पेस हुनेछ। वर्तमान सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेस गर्न लागेको हो। अघिल्लो वर्ष सङ्घीय संरचना अनुसार…
युरोपा लिगको सेमिफाइनल पहिलो लेगमा लण्डन क्लब आर्सनलले जित हात पार्दा अर्को लण्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ। आर्सनलले एक गोलले पछि परेपनि पुनरागमन गर्दै भ्यालेन्सियालाई पराजित गरेको हो। एलेक्जान्डर लाकाजेटले दुई गोल गरेपछि आर्सनलले स्पानिस क्लबलाई ३-१ ले पराजित गरेको हो। आर्ननलको मैदानमा भएको खेलको ११औँ मिनेटमा माउटर डियाखबीले गोल गर्दै भ्यालेन्सियलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो अग्रता…
सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा प्रवेश गरेको छ। मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नाइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसकेका छन्। प्लेअफमा अब एक टोलीको स्थान बाँकी छ। मुम्बईमा गएराति सम्पन्न खेलमा निर्धारित २० ओभरमा दुबै टोलीले समान १६२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। जसप्रित बुमराहको कसिलो बलिङको मद्दतले…
काठमाडौः सरकारले आगामी आर्थिक वर्षभित्र कब्जा भएका सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेको छ। सरकारी जग्गा अनियमिततामा संलग्न सम्पूर्णमाथि कारबाही गर्ने घोषणा पनि सरकारले गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण जग्गाको डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाउने बताइन्। उनले भूमि बाँझो राख्न नदिने नीति सरकारले लिने पनि कार्यक्रममा प्रस्तुत गरिन्।
काठमाडौं : क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने भनेको महिला क्रिकेटको फ्रेन्चाइज लिग 'वुमन्स च्याम्पियन्स लिग' (डब्लुसिए) को मिति चार महिना पछि सरेको छ। यसअघि जेठ पहिलो सातादेखि गर्ने भनिएपनि अब असोज ३ गतेबाट सुरु गर्ने गरी मिति सारिएको बयोजकले बिहीवार प्रेस विज्ञप्ती मार्फत जनाएको छ। २०७५ साल अन्त्यमा गर्ने गरी लिगको घोषणा भएपनि आयोजकले पहिलो पटक मिति सार्दै २०७६ साल…
काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको भाउ बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १११…