काठमाडौं: गौरव पहारी अभिनित फिल्म 'साइँली'ले समीक्षात्मक हिसाबमा चर्चा कमायो। हालै, प्रदर्शनमा आएको फिल्मबाट उनले पनि आफ्नो अभिनयको सकरात्मक प्रतिक्रिया बटुले। अब उनी अभिनित फिल्म 'पसिना' प्रदर्शनको तयारीमा छ। फिल्मको फस्ट लुक पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएका तीन पोस्टरमा फिल्मका मुख्य अभिनेता गौरवसँगै अनु शाह,सरोज खनाल चित्रित छन्। फिल्मलाई आर.बि खत्रीले निर्देशन गरेका हुन्। फिल्ममा अन्य कलाकार रवि गिरी,…
काठमाडौं: गायक शिव परियाले नयाँ गीत सार्वजनिक गरेका छन्। नयाँ वर्षको अवसरमा उनले 'ह्याप्पी ह्याप्पी' बोलको गीत सार्वजनिक गरेका हुन्। गीतलाई सुरेश वाग्लेले लेखेका हुन्। हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा 'कार्टुन क्रुज'का सरोज अधिकारी र आस्मा वि.क. फिचर्ड छन्। गीतमा राम केसीको छायाँकन छ। राजिव समरको कोरियोग्राफी रहेको गीतमा टेकेन्द्र शाहको निर्देशन र सम्पादन छ।
फिल्म 'कलंक' बलिउडमा प्रतिक्षित फिल्म हो। प्रदर्शनको तयारीमा रहेको फिल्ममा मल्टिस्टारहरुको अभिनय छ। अभिषेक वर्माले निर्देशन गरेको फिल्ममा आलिया भट्ट, वरुण धवन, संजय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपुर र सोनाक्षी सिन्हाको प्रमुख भूमिका छ। करण जोहर निर्मित फिल्मले टिकट मूल्य बढाउन हल संचालकलाई माग गरेका छन्। टिमले आमिर खानको 'ठग्स अफ हिन्दूस्तान'ल] लिएको टिकेट मूल्यमा १० प्रतिशत बढाउन माग गरेका…
काठमाडौँ : नयाँ वर्ष २०७६ को पहिलो दिन लुक्लामा दुर्घटना भएको समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान गत वर्ष पनि सोही विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको थियो। २०७५ वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना यात्रु लिएर लुक्ला उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्यामा परेको थियो। ह्विल लक भएको विमान रनवेको दायाँ पट्टी चिप्लिएको थियो। घटनामा कसैलाई…
काठमाडौँः लुक्ला दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइएको छ। कैलाश एयरको हेलिकोप्टरबाट शव परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको हो। दुर्घटनामा समिट एयरका को–पाइलट सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो। यस्तै, उपचारका क्रममा अर्का असई रुद्र बहादुर श्रेष्ठको पनि निधन भएको थियो। अन्य तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ ।…
काठमाडौँः लुक्ला दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। उपचारका लागि ग्रान्डी अस्पतालमा पु¥याइएका नेपाल प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो। अन्य तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ । मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा र समिट एयरका पाइलट रवीन्द्र रोकायाको उपचार भइरहेको छ। यसअघि दुर्घटनामा दुई जनाको निधन भएको थियो। दुर्घटनामा समिट…
काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान आइतबार बिहान टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा भएको दुर्घटनापछि विमानमा आगो लागेको थियो। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ। हेर्नुस् दुर्घटनापछि खिचिएको भिडियो (सौजन्य : सागर भण्डारी) -
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लागि आफू निरन्तर क्रियाशील रहेको बताएका छन्। नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू दैनिक १८ घण्टा सक्रिय रहेको बताए। प्रधानमन्त्रीले जनतासँगको सम्बादका लागि आफू एक वर्षमा ७७ मध्ये २९ जिल्लाको भ्रमण गरेको सम्बोधनमा उल्लेख गरे। यस अवधिमा ३१४ वटा औपचारिक कार्यक्रममा सहभागी भएको रिपोर्ट कार्ड समेत सम्बोधनमार्फत सुनाए। प्रधानमन्त्रीको…
सोलुखुम्बुः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ। पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन। प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ। विस्तृत विवरण आउन बाँकी छ । रासस
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुन नसक्ने बताएका छन्। नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारका विषयमा आफू मुखमा पानी हालेर नबोल्ने बताएका छन्। भ्रष्टाचारका विषयमा हुने कारबाहीलाई यो वा त्यो नाममा मुख नहेर्ने पनि प्रधानमन्त्रीको भनाई छ। ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने, भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने मेरो दृढ…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर व्यक्तिका नाममा कायम गरिएका सरकारी जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिको अनधिकृत दोहन गर्नेलाई छुट नदिइने बताए। उनले विदेशी विनियम कारोबार, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अनुचित कामको छानबिन जारी रहेको बताए। देशवासीलाई सम्बोधन गर्दै उनले भने ‘जालझेल गरेर कब्जा गरिएका…
स्पानिस ला लिगामा लिग लिडर बार्सिलोना हुएस्कासँग गोलरहित बराबरीमा रोकिएको छ। कप्तान लियोनल मेसीसहित पहिलो रोजाईमा १० खेलाडीलाई आरम दिँदा बार्सिलोनाले हुएस्कासँग अंक बाँड्नु परेको हो। दुई दिनअघि च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको टोलीमा रहेका ११ मध्ये गोलकिपर मार्क टेर स्टेगनले मात्र हुएस्का विरुद्ध पहिलो रोजाईमा खेलेका थिए। बराबरीपछि ३२ खेलबाट ७४ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ। यस्तै बार्सिलोना…
लुकास माउराले ह्याट्रिक गरेपछि हडर्शिफल्ड टाउनलाई ४-० ले पराजित गर्दै टोटनहम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ। यस्तै पउल पोग्वाले दुई पेनाल्टी गोल गरेपछि म्यानचेष्टर युनाइटेडले वेष्टहमलाई २-१ ले पराजित गरेको छ। घरेलु मैदानमा टोटनहमका लागि लुकासले २७औँ, ८७औँ मिनेट र इन्जुरी टाइममा गोल गरे। यस्तै भिक्टोर वानयमाले २४औँ मिनेटमा गोल गरे। जितपछि टोटनहमले ३३ खेलबाट ६७ अंक जोडेको छ।…
विराट कोहलीको कप्तानीमा रहेको रोएल चयालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आइपीएलमा पहिलो जित हात पारेको छ। कप्तान कोहली र ए डिभियर्सले अर्धशतक प्रहार गरेपछि बैँगलोरले शनिवार किंग्स एलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको हो। यस सिजन लगातार ६ हार बेहोरेपछि बैंगलोरले पहिलो जित हात पारेको हो। बैंगलोरको लागि कोहलीले ६७ रन बनाए। यस्तै डे भिलियर्सले नटआउट ५९ रन बनाए। यी…
जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन बनाएपछि राजस्थान रोएल्सले इन्डियन प्रिमियर लिग (आइपीएल २०१९) मा दोस्रो जित हात पारेको छ। शनिवार भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै सिजनको दोस्रो जित हासिल गरेको हो। मुम्बईको भने यो तेस्रो हार हो। हारपछि ७ खेलबाट ८ अंक रहेको मुम्बई तेस्रो स्थानमै यथावत छ। यस्तै ७ खेलमा दुई जितबाट ४…
काठमाडौँ : धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहोगार्थ शनिवार कीर्तिपुरमा बयोजना गरेको मातृभूमि कप क्रिकेटमा नेपाली अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरुबीचको खेलमा ज्ञानेन्द्र मल्लको टोलीले राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोलीलाई पराजित गरेको छ। पारसको टिम ए लाई ज्ञानेन्द्रको टिम बी ले २४ रनले पराजित गरेको हो। टिम बी का लागि सुशन भारीले उत्कृंष्ट बलिङ गर्दै ४ विकेट…
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्बल च्याम्पियन भएको छ। आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो। फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगिताको शनिबारसम्मको नतिजामा आर्मीले सर्वाधिक ६ वटा स्वर्ण छ। प्रदेश ३ ले ३ स्वर्ण तथा एपीएफ क्लबले दुई स्वर्ण हात पारे। शनिबारको खेलमा फोइल पुरुष समूहमा आर्मीले प्रदेश ३ लाई ४५–२२ को…
पोखरा : आठौं राष्ट्रिय खेलकूद अन्तर्गत पोखरामा भएको ट्रायथलनमा विभागीय क्लब आर्मी र एपीएफले वर्चस्व जमाएका छन्। ट्रायथलन अन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभवन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन्। यसैगरी स्पर्धामा त्रिभुवन क्लबका बसन्त थारुले १ घन्टा ९ मिनेट…
दाङ : आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा भएको टेबल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। प्रतियोगिताका सात स्पर्धामा ६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै विभागीय क्लब नेपाल पुलिस राष्ट्रिय टेवल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो। त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात दोस्रो बन्यो। तेस्रो भएको…
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोभिच र अश्लेषा लिसोनोभिच दिदीभाईको जोडीले स्वर्ण जितेका छन। शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे। प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए।…