काठमाडौं: नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघको आयोजनामा १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ साल असारमा नेपालमा हुने भएको छ। आयोजकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै दक्षिण एसियाली स्तरको प्रतियोगिता २०७६ साल असार ५ देखि ८ गतेसम्म नेपालमा आयोजना गर्न लागेको जानकारी दिएको हो। तेस्रो पटक नेपालमा हुन लागेको यस प्रतियोगितामा दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका…
काठमाडौं: चैत १ गते प्रदर्शनमा आउने फिल्म 'पुरानो बुलेट'को टाइटल गीत सार्वजनिक भएको छ। फिल्मको 'मेरो पुरानो बुलेटैमा'मा बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। गीतमा जयन जे. वाइवाको स्वर, शब्द तथा संगीत छ। गीतको भिडियोमा फिल्मका दृश्यहरु समेटिएका छन्। क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको 'पुरानो बुलेट'लाई भीषण राईले निर्देशन गरेका हुन्। फिल्ममा अनुप बिक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले,…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले गत साउन ११ गते कञ्चनपुरमा मृत अवस्थामा फेला परेकी ११ वर्षीय बालिका निर्मला पन्त घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। सुदूरपश्चिमको सुरक्षा गोष्ठीको क्रममा धनगढी पुगेका गृहमन्त्री थापाले पत्रकारसँग कुरा गर्दै भने,’ अनुसन्धान जारी छ। केही हाम्रा निकायको लापरबाहीको कारणले अनुसन्धानमा जटिलता पैदा भयो। तर छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा ल्याउछौं।‘ निर्मला पन्तको बलात्कारपछि हत्या…
नेपालगञ्जः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ। नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घूससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो। अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान…
गोरखाः भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ। काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो। “गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने, “काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छौँ।” अहिले दरबारको जग निर्माणको काम सकिएकाले इलम ढुङ्गामा थाम राख्न तयारी गरेको भए पनि काठ…
इंग्लिस क्लब टोटनहम हट्सपर ८ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४-० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो। पछिल्लो पटक टोटनहमले सन् २०११ मा क्वाटरफाइनल खेल्दा रियल मड्रिडसँग दुई लेगमा ५-० ले पराजित भएको थियो। यस पटक क्वाटरफाइनल पुग्ने क्रममा टोटनहमले डर्टमण्डमाथि शानदार जित हात पार्यो। घरेलु मैदानमा पहिलो लीग ३-० ले…
सर्वाधिक १३ पटकको विजेता स्पानिस जायन्ट रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। पहिलो लेगमा २-१ को जित हात पारेको रियल मड्रिड दोस्रो लेगमा ४-१ ले पराजित भएपछि अन्तिम १६ बाटै बाहिरिएको हो। पहिलो लेग हारेपनि रियलको मैदान सान्टियागो वर्नावेउमा भएको दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै अयाक्सले ४ गोल गरेको हो। शानदार जितपछि अयाक्स समग्रमा ५-३ ले विजयी हुँदै…
काठमाडौंः सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि ग्यास उद्योगीले हड्तालका कार्यक्रम स्थगन गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच भएको वार्तामा उद्योगीको मागका बारेमा अध्ययन गर्न गठित समितिले १६ दिनभित्र सुझाब दिने र त्यही सुझाबका आधारमा माग पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम स्थगित भएको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र…
काठमाडौँ: नेपाल क्रिकेट खेलाडी संघ सिप्यानले क्रिकेटहरहरुकै सम्मान स्वरुप पहिलो पटक एनसिसिएस सिप्यान क्रिकेट अवार्ड आयोजना गर्दै ५ विधामा अवार्ड प्रदान गर्यो। अहिले विश्वमै चर्चित भइरहेका युवा लेगस्पिनर सन्दीप लामिछाने वर्षको उत्कृष्ट खेलाडी घोषित भए। राजधानीको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मंगलबार आयोजित अवार्ड कार्यक्रममा सन्दीपले राष्ट्रिय टिमका कप्तान पारस खड्कासँगै दिपेन्द्र ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे। क्रिकेट…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शहिद स्मारक सी डिभिजन लिग बुधवारबाट सुरु हुँदैछ। सी डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन्। सहभागि ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा ६ र समूह बी मा ५ क्लब रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। समूह ए मा स्वयम्भु क्लब, कशामदेवी प्लानिङ ब्वाइज…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको मधेश यात्रा अनिश्चित कालका लागि स्थगित भएको छ। ज्ञानेन्द्रकी आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजाको सचिवालयले जनाएको छ। ९१ वर्षकी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार साँझ ५ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल मंगलबारै पुगेका…
काठमाडौँ : रानीपोखरी कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगको उपाधि जितेको छ। लिग अन्तर्ग मंगलवार भएको अन्तिम खेलमा श्री भगवतीलाई १-० ले पराजित गर्दै आरसिटी च्याम्पियन बनेको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा बरसिटीका लागि लोकेन्द्र बहादुर कार्कीले एक मात्र गोल गरे। १२ टोली सहभागि लिगम दोस्रो चरणमा ४ टोली पुगेका थिए। जसमा आरसिटीले ३ वटै खेल जित्दै ९…
काठमाडौँ : नेपालमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) २०१९ को डिसेम्वरमै हुने नेपाली खेलकुदका सरोकावाल निकायहरुले दावी गरेका छन्। गत शनिवार थाइल्याण्डमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औँ सागको नयाँ मिति तोकेको थियो। ओलम्पिक काउन्सिल अफ एसियाको बैठक भइरहेको अवसरमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक भएको हो। त्यसपछि नेपाल ओलम्पिक कमिटीले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अब…
काठमाडौँ: प्रहरीले अवैध हतियारसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले चारै जनालाई सोमबार नियन्त्रणमा लिएको हो। कास्की रुपा गाउँपालिका वडा नम्बर ७ तालवेसी तथा सौर्यवासका विभिन्न स्थानहरूमा अवैध रूपमा हातहतियार राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। पक्राउ पर्नेहरूमा रुपा गाउँपालिका ७ घर भएका ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ…
काठमाडौँ : युवा लेगस्पिनर सन्दीप लामिछाने र सीता राना मगर नेपालको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले पहिलो पटक आयोजना गरेको 'एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८-१९' मा सन्दीप पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्। यस्तै महिला राष्ट्रिय टिमकी उपकप्तान सीता महिला वर्ष खेलाडी घोषित भए। सन्दीपले गत वर्ष नेपालका लागि खेलेका सबैखाले क्रिकेटमा गरी कूल…
काठमाडौं : मुमा बडामहारानी (पूर्व) रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको छ। आज साझ ५ बजे उनलाई उपचारका लागि अस्पताल पुर्या्इएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल पुगेका छन्। 'उहाँलाई छातीको खरावी र कफ जम्ने समस्या थियो,' नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले पहिलोपोस्टसँग भने, 'आज भने डायरिया र पिसाव कम भएकाले यहाँ…
काठमाडौं: फिल्म 'आफ्नो मान्छे'को चर्चित गीत 'चट्ट रुमाल'को रिमेक गीत बनेको छ। फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को संगीत टिमले गीतको रिमेक बनाएको हो। गीतको रिमेकमा सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा फिचर्ड छन्। निर्माण टिमले एक कार्यक्रम गर्दै सर्जकलाई सम्मानसमेत गर्यो। कार्यक्रममा गीतका सर्जक शम्भुजित बास्कोटा र नृत्य निर्देशक राजु शाह,…
काठमाडौं: 'मिस्टर एन्ड मिस रोटराक्ट सिजन २'को फाइनल आगामी शनिबार हुँदैछ। फाइनलमा ३६ प्रतियोगीले प्रतिस्पर्धामा छन्। पोखरा, भैरहवा, चितवन, इटहरी र काठमाडौंका पहिलो अडिसनमा २०० सहभागी थिए। दोस्रो चरणमा ७७ प्रतिस्पर्धी पुगेका थिए। त्यसपछि फाइनलका लागि प्रतिस्पर्धा सम्पन्न भयो। गायक निर्णय श्रेष्ठ, मेगा बैंकको सिइओ रबिना देशराज जोशी, रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराई प्रतियोगिताका निर्णायक हुन्। कार्यक्रममा गायिका केन्जल मेहर श्रेष्ठले…
काठमाडौं: फिल्म 'लभ स्टेशन'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा प्रेम, एक्सन, द्वन्द्व र सस्पेन्स देखाइएको छ। फिल्ममा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय छ। यो जोडीले यसअघि 'लिलिबिली'मा सँगै काम गरेकाे थियाे। चैत २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री जसिताले निर्देशक उज्जवललाई गुरु सम्बोधन गरिन्। उनले भनिन् 'उहाँ मेरो गुरु नै…
कञ्चनपुर: कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्। ब्यारेकभित्रै खड्काले गर्दनमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्। आत्महत्याको कारण भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए।‘आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौं,‘ उनले भने। खड्काको शव परीक्षणका…