PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • 'ब्वाइफ्रेण्ड' फागुनमा आउने

     'ब्वाइफ्रेण्ड' फागुनमा आउने

    काठमाडौं : फिल्म निर्माण भएको लामो समयपछि 'ब्वाइफ्रेण्ड'को प्रदर्शन मिति तय भएको छ। हालै, निर्माण टिमले फिल्मको पोस्टरसँगै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो। फिल्म फागुन १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। पोस्टरमा फिल्मका कलाकार फिचर्ड छन्। यसअघि निर्माण टिमले दुईपटक प्रदर्शन मिति फेरबदल गरिसकेका छन्। बुढाथोकी फिलम्स प्रोडक्शनको ब्यानरमा  निर्माण भएको फिल्ममा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला,…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभकर विवादको सुनुवाइ अन्तिम चरणमा, दुवै पक्षले आज जवाफ दिने

    एनसेल लाभकर विवादको सुनुवाइ अन्तिम चरणमा, दुवै पक्षले आज जवाफ दिने

    काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको सुनुवाइ आज पनि हुँदैछ। सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा आज पक्ष र विपक्ष दुबैका कानुन व्यवसायीले जवाफ पेस गर्दैछन्। जवाफ पेसपछि बहस सकिनेछ। इजलासले तत्कालै वा अर्को दिनका लागि निर्णय सुनाउने मिति तय गर्न सक्नेछ। यसअघि तीन दिनसम्म सुनुवाइ भइसकेको छ। चार मुद्दामध्ये चारै पक्षका निवेदकका तर्फबाट मंगलबारसम्म बहस सकिएको छ। जवाफी बहस पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री राईमाथि बम हानेको अभियोगबाट विप्लव र प्रकाण्डले पाए सफाइ

    प्रदेश १ का मुख्यमन्त्री राईमाथि बम हानेको अभियोगबाट विप्लव र प्रकाण्डले पाए सफाइ

    भोजपुरः प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो। गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको तीन…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा अधिकांश सरकारी कार्यालयमा अपारदर्शी, सार्वजनिक खरिदको नियम पालना भएन

    बाँकेः महालेखा परीक्षकको प्रतिवेदन अनुसार बाँकेका अधिकांश सरकारी कार्यालयको अवस्था सन्तोषजनक छैन। स्थानीय तहको अवस्था झन् उदेकलाग्दो छ। केही सरकारी कार्यालय र स्थानीय तहले सामान खरिद गर्दा बोलपत्र आह्वानबिना नै गर्ने गरेका पाइएको छ। बोलपत्र आह्वान गर्ने निकायले प्रतिस्पर्धा गराउनुपर्ने हुन्छ। सीमित फर्म र संस्थालाई मात्र प्रतिस्पर्धा गराउने गरिएको छ। यसले आर्थिक चलखेलको आँकलन गर्न सक्ने प्रशस्त ठाउँ देखिएको उक्त…

    विस्तृतमा पढ्नुस्

  • चैत अन्तिम साता सातदोबाटोमा एसी मिलान फुटबल क्याम्प हुने, उत्कृष्ट एकलाई प्रशिक्षणका लागि इटाली लगिने

    चैत अन्तिम साता सातदोबाटोमा एसी मिलान फुटबल क्याम्प हुने, उत्कृष्ट एकलाई प्रशिक्षणका लागि इटाली लगिने

    काठमाडौँ : युरोपियन च्याम्पियन एसी मिलान फुटबल क्लबको नामबाट चैत अन्तिम साता ललितपुरमा एसी मिलान फुटबल क्याम्प हुने भएको छ।  एटलान्टिक स्पोर्टस म्यानेजमेन्ट प्रालिले चैत २४ देखि ३० गतेसम्म क्याम्प सञ्चालन गर्ने बताएको हो। यस क्याम्पमा नेपालभरका १७ बर्ष भन्दा मुनिका किशोरहरुले सहभागिता जनाउने छन्।  अखिल नेपाल फुटवल संघको स्वीकृति र राष्ट्रिय युवा परिषदको सहकार्यमा संघको सातदोबाटोस्थित खेल मैदानमा क्याम्प संचालन…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा

    चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलको राजीनामा

    काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन्। नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण पदमा पहिलो महिला अध्यक्ष भएकी पौडेलले प्रेस वक्तव्य जारी गर्दै राजीनामा दिएकी हुन्। माघ २३ देखि लागू हुने गरी उनले अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।  वक्तव्यमा उनले आफ्नो कार्यकालमा भएका उपलब्धीलाई समावेश गरेकी छिन्। बक्स अफिस पनि आफ्नै कार्यकालमा संचालनमा आएको उनले लेखेकी छिन्। उनले विभिन्न कार्ययोजना बनाएकी थिइन्। तर सबै…

    विस्तृतमा पढ्नुस्

  • हिजो फर्केको क्रिकेट टिम प्रचण्ड निवासमा

    हिजो फर्केको क्रिकेट टिम प्रचण्ड निवासमा

    ललितपुर : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्। ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन्। अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए। देश समृद्धिको यात्रामा अघि बढेको…

    विस्तृतमा पढ्नुस्

  • ह्वात्तै महँगियो सुन, डलर कमजोर हुँदा लगानीकर्ता सुनतिर झुम्मिए

    ह्वात्तै महँगियो सुन, डलर कमजोर हुँदा लगानीकर्ता सुनतिर झुम्मिए

    काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा डलरको अवस्था कमजोर बन्दै गएपछि पछिल्लो एक हप्तामा सुनको भाउ प्रति तोला ११ सय रुपैयाँले बढेको छ। मंगलबार पनि प्रतितोला १०० रुपैयाँले बढेर ६२ हजार ६ सय रुपैयाँमा काराोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै प्रति १० ग्राम ५३ हजार ६७० रुपैयाँमा कारोबार भएको छ। सुनसँगै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ७८५…

    विस्तृतमा पढ्नुस्

  • बावु र छोरासँग निरुता सिंहको रोमान्स

    बावु र छोरासँग निरुता सिंहको रोमान्स

    काठमाडौँ: फिल्म 'क्याप्टेन'को एक गीतमा अभिनयका लागि अनमोल केसीले अभिनेत्री निरुता सिंहको नाम सिफारिस गरेका थिए। त्यसपछि भुवन केसीले निरुतालाई अतिथि भुमिकाका लागि नेपाल बोलाए। अहिले निरुता नेपालमा छिन्। हालै, फिल्मको उक्त गीतको छायाँकन सम्पन्न भयो। छायाँकनका तस्वीरहरु पनि सार्वजनिक भएका छन्। फिल्मको 'कर्ली कर्ली'बोलको गीतमा निरुताले २५ वर्षपछि फेरी भुवनसँग पनि अभिनय गरेकी हुन्। डेब्यू फिल्म नै भुवनसँग गरेकी उनले अहिले…

    विस्तृतमा पढ्नुस्

  • 'स्वप्निल स्वप्न नगरी'मा मोफसलका सपनाहरु

    'स्वप्निल स्वप्न नगरी'मा मोफसलका सपनाहरु

    स्वप्निल अस्ट्रेलियाबाट फर्किएको युवक हो। पढाई सकेर नेपालमै केही गर्छु भनेर आएको। उसले काठमाडौंमा क्याफे संचालन गरेको छ। ऊ काममा रमाएको छ। व्यवसाय राम्रो भए धादिङमा पनि शाखा खोल्ने योजना हो उसको। स्वप्निल एक्लो छैन। उसँगै प्रत्यक्ष जोडिन्छन् क्याफेमा काम गर्ने अन्य दुई युवा। उनीहरु आफ्नो सांगीतिक रुचीभन्दा पर रहेर काम गरिरहेका छन्। क्याफेमै पनि प्रेम वियोगमा लेखेको गीत गाउने,…

    विस्तृतमा पढ्नुस्

  • बाँदरलाई मकैबारीको गोठालो बनाएपछि के हुन्छ? दुई तिहाईको सरकार त्यस्तै : खगेन्द्र संग्रौला

    बाँदरलाई मकैबारीको गोठालो बनाएपछि के हुन्छ? दुई तिहाईको सरकार त्यस्तै : खगेन्द्र संग्रौला

    ठूलो आशा र अपेक्षासहित नयाँ संविधान बनिसकेपछिको पहिलो चुनावमा दुई तिहाईको सरकार बन्यो। तर एक वर्ष नपुग्दै सर्वसाधारण निराश हुन थालेका छन्। सरकारप्रति सकारात्मकभन्दा नकारात्मक धारणा बलियो बन्दैछ। किन भयो यस्तो? सरकारलाई खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कदमप्रति पनि सर्वसाधारण सकारात्मक देखिएका छैनन्। के तेस्रो विकल्पको उदय हुँदै गरेको अवस्था हो? पहिलोपोस्टका वीपी साहले राजनीतिक विश्लेषक खगेन्द्र सँग्रौलासित गरेको कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध प्रदर्शन गर्दा नैनसिंह महर पक्राउ

    सरकारविरुद्ध प्रदर्शन गर्दा नैनसिंह महर पक्राउ

    काठमाडौं : सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन्। नयाँ बानेश्वरमा सरकारको विरोधमा नाराजुलुस गरेपछि प्रहरीले अध्यक्ष महर सहित अन्य पर्दशनकारीलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गरिरहेको छ। सडक निर्माणदेखि चिकित्सा शिक्षा विधेयकसम्मका विषयलाई मुद्दाका रुपमा उठाउँदै कांग्रेसले सरकारको विरोध गरेको हो। महँगी नियन्त्रणको माग र…

    विस्तृतमा पढ्नुस्

  • एक अर्काका नजिक पर्न नचाहनेहरु अब एउटै प्रोजेक्टमा

    एक अर्काका नजिक पर्न नचाहनेहरु अब एउटै प्रोजेक्टमा

    पूर्व प्रेमी/प्रेमिका दीपिका पादुकोण र रणवीर कपूर एकसाथ देखिने भएका छन्। यसअघि 'ऐ जवानी हे दीवानी', 'तमासा' जस्ता फिल्ममा एकसाथ देखिएका दीपिका र रणवीर नयाँ प्रोजेक्टमा आवद्ध भएका छन्। उनीहरु एक ब्राण्डका लागि कपल फोटोसुट गर्देछन्। उनीहरुको स्क्रिन जोडीलाई दर्शकले रुचाएका पनि छन्।  लामो समय बलिउडमा उनीहरुको प्रेम र ब्रेकअपको चर्चा चल्यो। हालै, रणवीरसँग विवाह गरेकी दीपिकाले घाँटीमा खोपेको रणवीर…

    विस्तृतमा पढ्नुस्

  • समर लभमा 'गुनासो छैन'

    समर लभमा 'गुनासो छैन'

    काठमाडौँ: सुबिन भट्टराईको उपन्यासमा बनेको फिल्म 'समर लभ'को नयाँ गीत सार्वजनिक भएको छ। माघ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्मको 'गुनासो छैन' बोलको लिरिकल गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरी फिचर्ड छन्। पुस्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको स्वर छ। मुस्कान ढकाल निर्देशित फिल्ममा अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन छ।…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर साहकी दुई वर्षीया बालिका अपहरण गर्ने गुप्ता पक्राउ

    डाक्टर साहकी दुई वर्षीया बालिका अपहरण गर्ने गुप्ता पक्राउ

    काठमाडौः थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरीको अपहरण गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मनिष गुप्तालाई नियन्त्रणमा लिएको हो। परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले गुप्तालाई पक्राउ गरेको पुष्टि गरे। यसअघि नै प्रहरीले गुप्ताकी श्रीमती  र एक जनालाई नियन्त्रणमा लिएको थियो। गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट स्थित शाहको घरबाट बालिका अपहरणमा…

    विस्तृतमा पढ्नुस्

  • चाइनिज पेस्तोल र गोलीसहित धादिङमा तीन जना पक्राउ

    चाइनिज पेस्तोल र गोलीसहित धादिङमा तीन जना पक्राउ

    धादिङः उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशीष थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन्। उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए। विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • फनपार्क भाडा प्रकरणः मिलेमतोमा न्यून भाडा तय, ३१ करोडको अनियमिततामा दुई पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध मुद्दा

    फनपार्क भाडा प्रकरणः मिलेमतोमा न्यून भाडा तय, ३१ करोडको अनियमिततामा दुई पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध मुद्दा

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित फनपार्क क्षेत्रको भाडा लगाउँदा अनियमितता गरेको अभियोगमा दुई पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०६० सालदेखि एकै कम्पनीलाई भाडामा लगाएको, स्वच्छ प्रतिस्पर्धा नगरेको तथा मिलेमतोमा भाडा रकम तय गरी राज्यकोषमा हानी पुर्‍याएको अभियोगमा मुद्दा चलाइएको हो। पूर्वमन्त्रीद्वय बद्री न्यौपाने र टेकबहादुर गुरुङलाई मुद्दामा विपक्षी बनाइएको छ। फनपार्क क्षेत्रमा रहेको ६० रोपनी…

    विस्तृतमा पढ्नुस्

  • ह्वाट्सएपको प्रयोगबाट हुन्डीको कारोबारः राजस्वद्धारा आठ जनाविरुद्ध मुद्दा दायर, जनही साढे १२ अर्ब बिगो दाबी

    ह्वाट्सएपको प्रयोगबाट हुन्डीको कारोबारः राजस्वद्धारा आठ जनाविरुद्ध मुद्दा दायर, जनही साढे १२ अर्ब बिगो दाबी

    काठमाडौँः राजस्व अनुसन्धान कार्यालय पथलैयाले विदेशी विनिमय ऐन २०१९ विपरीत हुन्डीको कारोबार गरेको अभियोगमा ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। कार्यालयले सबै प्रतिवादीसँग जनही तीन गुणा बढीले बिगो दाबी गरेको छ। दुई फरार प्रतिवादीसहित ८ जनाविरुछ सोमबार जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिएको छ। ह्वाट्सएपको प्रयोग गरी हुन्डीको कारोबार गरेको अभियोगमा कार्यालयले विजय यादव, मोख्तर अहमद, नरेश महतो, नरेश महतो,…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४औँ स्थानमा, युएई र हङकङभन्दा अगाडि

    आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४औँ स्थानमा, युएई र हङकङभन्दा अगाडि

    युएईलाई पराजित गर्दै ऐतिहासिक सिरिज जितेको नेपाल आइसीसीको टी २० अन्तर्राष्६रिय वरीयतामा समावेश भएको छ। तीन खेलको ओडिआई २-१ ले जितेपछि पहिलो पटक ओडिआई वरीयतामा पर्दै १५औँ स्थानमा रहेको नेपाल टी २० तर्फ भने १४औँ स्थानमा छ। आइसीसीले सोमवार जारी गरेको वरीयता अनुसार नेपालको ७ खेलबाट ३०३ अंक र ४३ रेटिङ छ। वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा नेपाल भन्दा पछाडि…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारका लागि रणवीर सिंह र्‍याप नै गाउँछन्

    फिल्म प्रचारका लागि रणवीर सिंह र्‍याप नै गाउँछन्

    'गल्ली बोई' प्रदर्शनको तयारीमा रहेको रणवीर सिंहको नयाँ फिल्म हो। फिल्ममा रणवीरसँगै आलिया भट्टको अभिनय छ। फिल्ममा रणवीर र्‍यापरका रुपमा प्रस्तुत भएका छन्। फिल्मले स्ट्रीट र्‍यापरको कथा समेटेको छ। फिल्ममा भारतमा चलेका र्‍यापर नेजी र डिभाइनको गीत पनि समावेश गरिएका छन्। पछिल्लो समय कतिले यो डिभाइन र नेजीको जिवनीमा आधारित फिल्म भनेर चर्चा गरेका थिए। तर, निर्देशक जोया अख्तरले फिल्म उनीहरुका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell