PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • अनमोल केसी: आफैले बोलेको कुरामा मलाई पछुतो छैन

    अनमोल केसी: आफैले बोलेको कुरामा मलाई पछुतो छैन

    काठमाडौँ: मिलन चाम्सले निर्देशन गर्ने 'ब्याचलर बन्टी' छाडेपछि अभिनेता अनमोल केसीले फिल्मका लागि प्रदीप खड्का, पल शाह र सलिनमान बानियाँ फिट हुने कुरा गरेका थिए। आफ्नो भुमिका चित्त नबुझेर फिल्म छोडेको बताएका उनले 'ब्याचलर बन्टी'का लागि तीन कलाकारको नाम लिएपछि यो चर्चाको विषय बन्यो। उनलाई 'ब्याचलर बन्टी' अब, कुन अभिनेताले गर्दा हुन्छ भनेर प्रश्न गरिएको थियो। उनले जवाफमा भनेका थिए 'अब…

    विस्तृतमा पढ्नुस्

  • 'केपीको पाराले दु:ख पाए साराले' भन्दै कांग्रेसले निकाल्यो वाइड बडी विमानको पुत्लासहितको जुलुस

    'केपीको पाराले दु:ख पाए साराले' भन्दै कांग्रेसले निकाल्यो वाइड बडी विमानको पुत्लासहितको जुलुस

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन थालेको छ। राजधानीको शान्ति वाटिकामा कांग्रेसले प्रदर्शन गरिरहेको छ। 'केपीको पाराले दु:ख पाए साराले' भन्दै आन्दोलनमा कांग्रेस उत्रिएको हो। सडक निर्माणदेखि चिकित्सा शिक्षा विधेयकसम्मका विषयलाई मुद्दाका रुपमा उठाउँदै कांग्रेसले विरोध र्यामली निकालेको हो। महँगी नियन्त्रणको माग गर्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामासमेत माग गरेको छ। त्यस्तै नेपाल वायुसेवा निगमको वाइड…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राजनीतिमा लेट नाइट ड्रामा : मोदी सरकारविरुद्ध पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीको सत्याग्रह 

    भारतीय राजनीतिमा लेट नाइट ड्रामा : मोदी सरकारविरुद्ध पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीको सत्याग्रह 

    कोलकाता : भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी केन्द्र सरकारविरुद्ध कोलकाताको मेट्रो च्यानलमा गएराति देखि अनशन बसिरहेकी छिन्।  ममताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध 'सत्याग्रह' भन्दै संघीय स्वाधिनतामाथि गरिएको हस्तक्षेपका सम्बन्ध निर्णय नभएसम्म धर्नाबाट नहट्ने बताएकी छिन्।  आज पश्चिम बंगालको विधानसभामा बजेट प्रस्तुत हुने बेलामा समेत ममता विधान सभामा उपस्थित नहुने र फोनबाटै सभामा सम्बोधन गर्ने बताइएको छ।  आइतवार बेलुकी केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट ल्याउँदा एयरपोर्टमा जफत मदिरा लिलामीमा, आइफोन र मार्लबोरो चुरोट पनि बिक्रीमा

    विदेशबाट ल्याउँदा एयरपोर्टमा जफत मदिरा लिलामीमा, आइफोन र मार्लबोरो चुरोट पनि बिक्रीमा

      काठमाडौं : विदेशबाट घर फर्कँदा नेपालीले ल्याएको मदिरा जफत गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लिलामीमा राखेको छ। भन्सारले जफत गरेको मदिराको ब्राण्ड भने खुलाइएको छैन। इच्छुकहरुले फागुन ६ गतेसम्म मदिरा बोलकबोलमार्फत् उठाउन सक्नेछन्। भन्सारले मदिराका साथै आइफोन, यार्सागुम्बा, ट्रेकिङ जुत्ता, मोटर ट्रान्सफर्मर, कुर्तासुरुवाल, ड्रोन क्यामेरा, लिथिनियम ब्याट्री, स्मार्ट वाच, कार्बनको मोबाइल, मार्लबोरो चुरोट लिलामीमा राखेको छ। मदिराको लिलामी सात वटा…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो 'आर्ट फर नेचर'

    सुरु भयो 'आर्ट फर नेचर'

    काठमाडौँ: बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चौथो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी 'आर्ट फर नेचर' सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले प्रदर्शनीको उद्घाटन गरेका हुन्। पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित कला शिविरका क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएका छन्। १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृतसमेत गरिएको छ। सविता डंगोलले 'बेस्ट आर्टिस्ट अवार्ड' प्राप्त गरिन्। प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई चित्रकलामा…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारमा स्थानीय तहका उजुरी बढे, क्षेत्रीय कार्यालय सुर्खेतमा ६ महिनामा ६२१ उजुरी

    अख्तियारमा स्थानीय तहका उजुरी बढे, क्षेत्रीय कार्यालय सुर्खेतमा ६ महिनामा ६२१ उजुरी

    सुर्खेतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महिनामा ६२१ उजुरी परेको छ। चालू आव २०७५/७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ वटा फर्छ्यौट गरिएको छ। चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। सङ्घीय मामिला अन्तर्गत १८८ उजुरी परेकामा ५१ फछ्र्यौट तथा १३७ बाँकी छ। शिक्षा सम्बन्धी १८०, वन तथा वातावरणतर्फ ५८,…

    विस्तृतमा पढ्नुस्

  • सोनाम ल्होसारमा प्रदेश ३ ले दियो सार्वजनिक बिदा

    सोनाम ल्होसारमा प्रदेश ३ ले दियो सार्वजनिक बिदा

    हेटौँडाः प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ। गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो। तामाङ बाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पूर्वको सदरमुकाम विवाद, आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

    रुकुम पूर्वको सदरमुकाम विवाद, आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा

    रुकुम (पूर्व):  सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ। सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो। रुकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो। सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। प्रशासनले पूर्वमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै, सन्दीप युएईबाटै अष्ट्रेलिया जाने

    राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै, सन्दीप युएईबाटै अष्ट्रेलिया जाने

    काठमाडौँः युएई टुरमा रहेको राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कँदैछ। युएईविरुद्धका एक दिवसीय र टी– २० दुबै सिरिज जितेको क्रिकेट टोली आज स्वदेश फिर्ता हुन लागेको हो। नेपालले युएईविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ र टी २० सिरिज पनि २-१ ले नै जितेको थियो। नेपालले दुबै फर्म्याटमा सिरिज जितेको पहिलोपटक हो। नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार टोली…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : दुबै म्यानचेष्टर क्लब विजयी, अगुएरोको ह्याट्रिक, आर्सनल हार्दा युनाइटेडलाई फाइदा

    प्रिमियर लिग : दुबै म्यानचेष्टर क्लब विजयी, अगुएरोको ह्याट्रिक, आर्सनल हार्दा युनाइटेडलाई फाइदा

    प्रिमियर लिगमा आइतवार दुबै म्यानचेष्टर क्लबले जित हात पारेका छन्। सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले लण्डन क्लब आर्सनललाई ३-१ ले पराजित गर्‍यो। जितपछि सिटी टोटनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ भने शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी २ मा झारेको छ। २५ खेलबाट सिटीको ५९ अंक छ भने एक खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ। सिटीका लागि…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल विजयी एट्लेटिको पराजित

    ला लिगा : रियल विजयी एट्लेटिको पराजित

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड विजयी भएको छ। त्यसअघि आइतवार भएको खेलमा छिमेकी एट्लेटिको मड्रिड रियल बेटिससँग पराजित भएको थियो। त्यसैको फाइदा उठाउँदै रियलले अलाभेजलाई ३-० ले पराजित गर्दै दोस्रो स्थानमा रहेको एट्लेटिकोसँगै अंक दूरी २ मा झारेको छ। घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जामा, भिनिसिअस जुनियर र मारियानो डियाजले गोल गरे। जितपछि २२ खेलबाट ४२…

    विस्तृतमा पढ्नुस्

  • ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोली सोमवार नेपाल फर्कँदै, सन्दिप लामिछाने युएईबाटै अष्ट्रेलिया जाने

    ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोली सोमवार नेपाल फर्कँदै, सन्दिप लामिछाने युएईबाटै अष्ट्रेलिया जाने

    काठमाडौँ : युएई टुरमा डबल सिरिज जितेको नेपाली राष्ट्रि क्रिकेट टोली सोमवार नेपाल फर्कँदै छ। युएई विरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको नेपालले आइतवार टी २०आई सिरिज पनि २-१ ले नै जित्दै युएई टुरलाई फलदायी बनाएको हो। नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाको६ीका अनुसार टोली सोमवाल दिउँसो ३:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थतलमा अवतरण गर्नेछ। दुवै सिरिजमा…

    विस्तृतमा पढ्नुस्

  • एपीएफले जित्यो ढोरपाटन महिला भलिबलको उपाधि

    एपीएफले जित्यो ढोरपाटन महिला भलिबलको उपाधि

    काठमाडौं : विभागीय टोली एपीएफले ढोरपाटन महिला भलिबल लिगको उपाधि जितेको छ। आइतवार भएको विभागीय खेलमा एपीएफले पुलिसलाई ३-१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। एपीएफले २५–१८, २५–२०, १९–२५, २५–१५ को सेटमा खेल जित्यो। घरेलु महिला भलिबलको चर्चित र एपीएफलाई टक्कर दिने टोलीको रुपमा रहेको न्यू डायमण्डले प्रतियोगिता नखेलेपछि सुरुवात देखि नै एपीएफलाई उपाधिको बलियो दादेदार मानिएको थियो। एपीएफले पनि…

    विस्तृतमा पढ्नुस्

  • नेपालले पहिलो टी २० सिरिज जित्दा अभिनाश बोहरा 'म्यान अफ दि सिरिज'

    नेपालले पहिलो टी २० सिरिज जित्दा अभिनाश बोहरा 'म्यान अफ दि सिरिज'

    आइतवार नेपालले युएईलाई १४ रनले पराजित गर्दै तीन खेलको सिरिज २-१ ले जित्यो। नेपालको यो पहिलो टी २० आई सिरिज जित हो। पहिलो खेल हारे पनि त्यसपछि लगातार दुई खेल जित्दै नेपालले ऐतिहासिक सिरिज जितेको हो। नेपालको लागि तीन वटै खेलमा विकेट लिएका फास्ट बलर अभिशान बोहरा टी २० सिरिजको म्यान अफ दि म्याच घोषित भए। युएई टुरबाटै पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • टी २० आई सिरिज पनि नेपालले जित्यो, अन्तिम खेलमा युएई १४ रनले पराजित

    टी २० आई सिरिज पनि नेपालले जित्यो, अन्तिम खेलमा युएई १४ रनले पराजित

    इस्लामावाद (पाकिस्तान) : युएई विरुद्धको तीन खेलको टी २० अन्तर्राष्ट्रि सिरिज पनि नेपालले जितेको छ। आइतवार भएको तेस्रो तथा निर्णायक खेल १४ रनले जित्दै नेपालले सिरिज २-१ ले जितेको हो। यसअघि नेपालले ओडिआई सिरिज पनि २-१ ले नै जितेको थियो। दुवै सिरिजमा नेपालले पहिलो खेल हारेपनि पुरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जितेको हो। नेपालले समग्रमा युएईसँग ६ खेल…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो फिल्म 'सरौतो'

    बन्ने भयो फिल्म 'सरौतो'

    काठमाडौँ: फिल्म 'सरौतो' बन्ने घोषणा भएको छ। फिल्मलाई सिनिमेटोग्राफर हरी हुमागाईंले निर्देशन गर्ने भएका छन्। एक्सन विधामा बन्ने फिल्मलाई स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण गर्ने भएको हो। फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांकलगायतको अभिनय रहनेछ। फिल्ममा राघव कृष्ण गौतमको…

    विस्तृतमा पढ्नुस्

  • भियतनाममा प्रदीप र जसिताको 'लभ स्टेशन'

    भियतनाममा प्रदीप र जसिताको 'लभ स्टेशन'

    काठमाडौँ: फिल्म 'लभ स्टेशन' टिम भियतनाममा गीत छायाँकन गरेर नेपाल फर्केको छ। फिल्मको 'घाम जुन नै चाहिँदैन'को छायाँकन गरिएको हो। फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ। निर्माण टिमले आगामी चैत २२ लाई फिल्मको प्रदर्शन टार्गेट राखेको हो। फिल्ममा 'लिलिबिली'को स्क्रिन जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको अभिनय छ। आगामी प्रेम दिवसमा गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा छन् टिम। …

    विस्तृतमा पढ्नुस्

  • 'टाइटानिक' र 'अवतार'का निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म 'एलिटा' नेपालमा यसरी देखाइँदै

    'टाइटानिक' र 'अवतार'का निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म 'एलिटा' नेपालमा यसरी देखाइँदै

    काठमाडौँ: 'टाइटानिक' र 'अवतार' निर्देशन गरिसकेका जेम्स क्यामरुनले बनाएको नयाँ फिल्म 'एलिटा : ब्याटल एन्जल' प्रदर्शनअघि नै नेपालमा देखाइने भएको छ। फेब्रुअरी १४ (भ्यालेन्टाइन डे)मा रिलिज हुने फिल्मको नेपालमा 'पेड प्रिभ्यू' सोज फेब्रुअरी १० मा हुँदैछ। फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट र ट्वेन्टिथ सेन्चुरी फक्सले सो आजोजना गर्ने भएको हो। दर्शकले ५ सय रुपैया खर्चेर प्रदर्शन अगावै फिल्म हेर्न पाउनेछन्। ‘पेड…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको आरोप लागेका आलोक नाथसँग अब 'फ्वाइस'ले कुनै सम्बन्ध नराख्ने

    बलात्कारको आरोप लागेका आलोक नाथसँग अब 'फ्वाइस'ले कुनै सम्बन्ध नराख्ने

    'द फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोइज(फ्वाइस)'ले आगामी छ महिनासम्म कलाकार आलोक नाथसँग कुनैपनि सम्बन्ध नराख्ने भएको छ। टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले १९ वर्षअघि आलोकले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनीसँग फ्वाइसले कुनै पनि सम्बन्ध नराख्ने घोषणा भएको हो। पछिल्लो समय आलोकले घट्नाको खोज अनुसन्धान गर्न इन्कार गरेपछि भारतको फिल्म र टेलिभिजन निर्देशक संघसँग आवद्ध रहेको 'फ्वाइस'ले यस्तो निर्णय लिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'मिस हिमालय लिटल एन्जल'को अडिसन सम्पन्न

    'मिस हिमालय लिटल एन्जल'को अडिसन सम्पन्न

    काठमाडौँ: कथा इभेन्टको आयोजनमा 'मिस हिमालय लिटल एन्जल'को अडिसन सम्पन्न भएको छ।  अडिसनका निर्णायकमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्य थिए। अडिसन दिने ९२ जनामा ५० जनालाई छनौट गरिएको आयोजक आकृति राजभण्डारीले जानकारी दिइन्। अब, प्रतियोगीहरुको प्रशिक्षण सुरु भएको छ। प्रतियोगिताको विजेताले नगद ५० हजारसहित फिलिपिन्समा हुने 'लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनल'मा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell