PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • आज बुद्ध जयन्ती र उभौली, प्रधानमन्त्री ओलीले दिए शुभकामना

    आज बुद्ध जयन्ती र उभौली, प्रधानमन्त्री ओलीले दिए शुभकामना

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।  किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

    प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

    लुम्बिनी: प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्। लुम्बिनीबाट सुरु भएको शान्ति र्‍यालीमा करिव २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी भए। त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गरेका थिए भने अशोक स्तम्भ, लिटिल बुद्ध…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको मुस्लिम संघमा १० वर्षपछि महाधिवेशन: विवादकाबीच नेतृत्वमा सत्तार नै दोहोरिए

    कांग्रेसको मुस्लिम संघमा १० वर्षपछि महाधिवेशन: विवादकाबीच नेतृत्वमा सत्तार नै दोहोरिए

    काठमाडौं: नेपाली का‌ग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा अब्दुल सत्तार नै दोहोरिएका छन्।  वैशाख १५ र १६ मा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतवार राति विवादकाबीच सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो । कूल ७५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी २३ जना मनोनीत गरिनेछ। २०६४ मा सत्तारकै नेतृत्वमा गठन भएको मुस्लिम संघको पहिलो महाधिवेशन २०६६…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : हैदरावाद शीर्ष स्थानमा, कोलकताले बैंगलोरलाई हरायो

    आइपीएल : हैदरावाद शीर्ष स्थानमा, कोलकताले बैंगलोरलाई हरायो

    बलिङमा पुन: एक पटक उत्कृष्ट प्रदर्शन गरेको सनराइजर्स हैदरवाद राजस्थान रोएल्सलाई पराजित गर्दै आइपीएलको शीर्ष स्थानमा उक्लेको छ। हैदरावादले १५१ रन डिफेण्ड गर्दै राजस्थानलाई ११ रनले हरायो। उता क्रिस लिन र आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरेको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हरायो। यस सिजन कोलकताको यो चौथो जित हो। आइतवारको पहिलो खेलमा हैदरावादले टस जितेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • चेखवको ‘तीन बहिनी’ शिल्पीमा 

    चेखवको ‘तीन बहिनी’ शिल्पीमा 

    काठमाडौं: रसियन नाटककार एन्टोन चेखवको प्रसिद्ध  नाटक ‘थ्री सिस्टर्स’ को मन्चन हुने भएको छ। मेघराज अधिकारीद्वारा नेपालीमा अनूदित नाटक ‘तीन बहिनी’को परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्। नाटकमा घिमिरे युवराज,सुषमा कोइराला,श्याम खड्का,शान्ति गिरी, विकास जोशी,सुनिसा बजगाई, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल श्रेष्ठ, सुरेश जिसी र श्रीओम रोदनले अभिनय गरेका छन्।  उक्त नाटक आगामी वैशाख १९…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य चौकीमा औषधि अभाव, 'एक चक्की सिटामोलको सात रुपैयाँ'

    स्वास्थ्य चौकीमा औषधि अभाव, 'एक चक्की सिटामोलको सात रुपैयाँ'

    ललित सिंह  बझाङः औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन्।  “ज्वरो आउन थालेको तीन दिन भयो, सुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर अहेबले एक चक्की सिटामोल छैन, किनेर लिनु…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलः शीर्ष स्थानमा रहेको चेन्नाई मुम्बईसँग ८ विकेटले पराजित

    आइपीएलः शीर्ष स्थानमा रहेको चेन्नाई मुम्बईसँग ८ विकेटले पराजित

    इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत शीर्ष स्थानमा रहेको चेन्नाई सुपर किङ्ग्स मुम्बईसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा मुम्बईले चेन्नाईमाथि ८ विकेटको जित हात पारेको हो। मुम्बईको जितमा कप्तान रोहित शर्माले नटआउट ५६ रनको योगदान दिए।  पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नाईको इनिङमा सुरेश रैनाले नटआउट ७५ रनको…

    विस्तृतमा पढ्नुस्

  • माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

    माइक्रोबस र ट्रक ठोक्किँदा एकको मृत्यु

    राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति माइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ फूलबारी बस्ने माइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। काठमाडौँबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय…

    विस्तृतमा पढ्नुस्

  • ‘संयोगका पानाहरू’ लेख्दै गोपाल पराजुली

    ‘संयोगका पानाहरू’ लेख्दै गोपाल पराजुली

    काठमाडौँः पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले संस्मरण कृति लेखन सुरु गरेको जनाएका छन्। फेसबुकमा जन्मदिनको सन्देश लेख्दै पराजुलीले पुस्तक लेखन थालनी गरेको जनाएका हुन्। ‘संयोगका पानाहरू’ नामक कृति लेखन सुरु गरेको उनले जनाएका हुन्। ०७५ वैशाख १६ गतेसम्म आफ्नो कार्यकाल दाबी गरिरहेका पराजुलीले चैत १ गते प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए। राजीनामाअघि उनलाई न्याय परिषद् सचिवालयले ०७४ साउन २१ गतेदेखि लागू हुनेगरी अवकाश पत्र…

    विस्तृतमा पढ्नुस्

  • 'मेट्रोरेल आयोजना लगानी बोर्डबाट अगाडि बढ्यो'

    'मेट्रोरेल आयोजना लगानी बोर्डबाट अगाडि बढ्यो'

    काठमाडौँः सरकारले आफ्नै स्रोतबाट निर्माण गर्नेगरी पाँच आयोजनाको सम्भाव्यता अध्ययनका लागि वातावरणीय प्रभाव मूल्यांकन (इओआइ) सम्बन्धी कागजात स्वीकृत गरेको छ। लगानी बोर्डको शनिबार बसेको बैठकले सिसा उद्योग, से-फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा र खेलकुद शरहरको सम्भाव्यता अध्ययनका लागि इओआइ सम्बन्धी कागजात स्वीकृत गरेको हो। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो जलविद्युत आयोजनाको…

    विस्तृतमा पढ्नुस्

  • डिजिएमटी क्रिकेट : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

    डिजिएमटी क्रिकेट : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

    काठमाडौं : दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मीलाई ३४ रनले हराउँदै नेपाल पुलिसले तेस्रो दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट क्रिकेटको उपाधि जितेको छ। फाइनलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले ११४ रनको सामान्य लक्ष्य डिफेण्ड गर्दै च्याम्पियन बनेको हो। ११५ रनको लक्ष्य पछ्याएको आर्मी पुलिसको कसिलो बलिङसामु टिक्न नसक्दा ८० रनमै अलआउट भयो। खेलमा टस जितेर आर्मीले पहिले फिल्डिङ रोज्दै पुलिसलाई…

    विस्तृतमा पढ्नुस्

  • अरुण तेस्रो आयोजनाको भवनमा बम विस्फोट, सामान्य क्षति

    अरुण तेस्रो आयोजनाको भवनमा बम विस्फोट, सामान्य क्षति

    संखुवासभाः अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ।   गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए। बम विस्फोट गराउनेको खोजी भइरहेको पनि जोशीले बताए।

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

    प्रिमियर लिग : चेल्सी विजयी, लिभरपुल बराबरीमा रोकियो

    प्रिमियर लिगअन्तर्गत शनिवार भएको खेलमा तेस्रो स्थानको लिभरपुल स्टोक सिटीसँग बराबरीमा रोकिँदा चेल्सीले भने स्वान्सी सिटी विरुद्ध साँघुरो जित हात पारेको छ। जितपछि चेल्सीले लिभरपुल बराबरीमा रोकिएको फाइदा उठाउदै अंक तालिकामा शीर्ष चारमा रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ। लिभरपुल घरेलु मैदानमै स्टोकसँग गोलरहित बराबरीमा रोकिएपछि ३६ खेलबाट ७२ अंकका साथ तेस्रो स्थानमा छ। सेस फाब्रेगासले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड विजयी

    ला लिगा : रियल मड्रिड विजयी

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा तेस्रो स्थानको रियल मड्रिड र छैटौँ स्थानको भियारियल विजयी भएका छन्। घरेलु मैदान सान्टियागो वर्नाबेउमा रियलले दश खेलाडीमा जरेको लेगानेसलाई २-१ ले हरायो। रियलका लागि गारेथ बेल र बोजा मोयारेलले पहिलो हाफमा गोल गरे। डार्को ब्रासानाकले दोस्रो हाफमा एक गोल फर्काए। इन्जुरी टाइममा लेगानेसका गाब्रीएलले रातो कार्ड पाएका थिए। जितपछि रियलको ३४ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा डण्डीबियोको 'ठ्याक लाउने’ च्यालेन्ज

    टुँडिखेलमा डण्डीबियोको 'ठ्याक लाउने’ च्यालेन्ज

    काठमाडौं: नेपालको पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित फिल्म ‘डमरुको डण्डीबियो’ टिमले टुँडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज सम्पन्न गर्‍यो। फिल्मका कलाकारसँगै उपस्थित सयौं प्रतिस्पर्धी उक्त च्यालेन्जमा सहभागी थिए ।  च्यालेन्जमा सिठ्ठो (सात),छैंटो,पाँचो ठ्याक लगाउनेलाई निर्माण टिमले क्रमश रु. २५००, १५००, ५०० बराबरको फूड/कफी, कुपन वा टिसर्ट/क्याप र इनर्जी ड्रिंक्स पुरस्कार दिएका थिए। त्यस्तै, तियो/चारो लगाउनेलाई टिसर्ट/पेन पुरस्कार दिइयो। कलाकारहरु खगेन्द्र लामिछाने, आशान्त शर्मा,…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको त्रिपुरासुन्दरीमा कांग्रेसको छायाँ सरकार

     डोल्पाको त्रिपुरासुन्दरीमा कांग्रेसको छायाँ सरकार

    डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसको छाँया सरकार गठन गरिएको छ।  नेपाली कांग्रेस डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो।  त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो।  छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • गायक धितालको 'चिसो चिसो' सार्वजनिक

    गायक धितालको 'चिसो चिसो' सार्वजनिक

    काठमाडौं: गायक नारायण धितालको स्वरमा 'चिसो चिसो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन रत्न भिकारिको शब्द, चेतन सापकोटाको संगीत रहेको गीतमा कलाकार विल्सन र सोनी फिचर्ड छन्। तेन्जु योञ्जनको निर्देशनमा तयार भएको यस गीत ‘जय माया प्रेम’ नामक एल्वममा समावेश छ। सुदिप बरालको छायाँकन रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीतमा मुस्ताङका रमणीय दृश्य देखाइएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिको 'फाइनल' अझै अनिश्चित

    कांग्रेस केन्द्रीय समितिको 'फाइनल' अझै अनिश्चित

    काठमाडौं: नेपाली कांग्रेसको चुनावी समीक्षाका लागि बसेको केन्द्रीय समितिको फाइनल बैठक आज पनि शुरु हुन सकेको छैन। आइतबार बिहान ९ बजेका लागि बोलाईएको बैठक यो समाचार तयार पार्दासम्म शुरु भएको छैन। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिएसँगै आजको बैठक पनि अनिश्चित बनेको छ। पार्टीको भावी कार्यक्रम र प्रस्तुति कस्तो रहने भन्ने विषयमा महामन्त्री शशांक कोइरालाको प्रतिवेदनलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘हरी’ को पोस्टरमा बिपिनको तीन लुक्स

    फिल्म ‘हरी’ को पोस्टरमा बिपिनको तीन लुक्स

    काठमाडौं: जेठ ४ मा प्रदर्शन हुने फिल्म ‘हरी’ को तीन पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा भर्सटायल अभिनेता बिपिन कार्कीको फरक-फरक अवतार देख्न सकिन्छ। यस फिल्मबारे दर्शक त्यति जानकार छैनन्। केहि समयअघि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेपनि बिपिनका फ्यानबीच मात्र फिल्मको चर्चा छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचार गरेका छैनन्। सस्पेन्स कमेडी विधामा बनेको फिल्ममा बिपिनसँगै 'नाका'मा देखिएकी कलाकार…

    विस्तृतमा पढ्नुस्

  • जब ड्र्यागन र बाघ मिलेर काम गर्छन्...

    जब ड्र्यागन र बाघ मिलेर काम गर्छन्...

    लरेन्स ब्राह्म- ड्र्यागन र बाघ एसियाका दुई प्राचीन प्रतीकहरू हुन्। यी दुईले चीन र भारतको गतिशीलता र सामर्थ्वलाई जनाउँछन्।  प्राचीन चिनियाँ जियोमेन्सी विज्ञान (फेङ सुई)ले समृद्धि र शान्तिलाई प्रत्याभूत गराउन दुवैबिचको सन्तुलन र तालमेललाई कायम राख्न ड्रयागन र बाघको आवश्यकतालाई जोड दिएको छ। हिन्दु परम्परा अनुसार भगवान विष्णुले नाग अथवा साँप ड्र्यागनको विस्तार बनाएर सपना देख्दै स्थिरता र समृद्धिको सबै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell