काठमाडौं : फुटबलको लिगमा खेलाडी किनबेच हुनु सामान्य नै बनिसकेको छ। वर्षमा दुई पटक खेलाडीको ट्रान्सफर हुन्छ फुटबलमा। अब यो नियम क्रिकेटमा पनि लागू हुँदैछ। भारतमा भइरहेको ११औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा यो नयाँ नियम लागू हुन लागेको हो। डेढ महिना चल्ने लिगमा म्याच नम्बर २८ देखि म्याच नम्बर ४२ को बीचमा यो ट्रान्सफर प्रक्रिया लागू हुनेछ। आइतवारबाट यो नियम लागू भएको हो।…
काठमाडौं: फिल्म ‘डोली’को छायाँकन सुरु भएको छ। निर्माण टिमका अनुसार नुवाकोट रारा, जुम्ला तथा काठमाडौंमा फिल्मको छायाँकन हुनेछ। राज बहादुरको निर्देशनमा बन्ने फिल्ममा कलाकारहरू किशोर खतिवडा, अर्जुन गुरुङ(भंगेरी डन), हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान, संगिता नापित , सतिस खत्री तथा बिरने डिसी लगायतको अभिनय रहनेछ। फिल्ममा भने किरण नेपालीको लगानी, जय राम थापाको सिनेमाटोग्रोफी, सि डि बिजय अधिकारी,…
काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको प्रोफेसनल बक्सिङ इभेन्ट 'च्याम्प अफ दी च्याम्पियन्स(सीओसी)' को बेल्ट मनिष डंगोलले जितेका छन्। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मनिषसँगै सरोज सेवा पुगेका थिए। सेमिफाइनलमा मनिष डंगोलले सुरेन्द्र कार्कीलाई तथा सरोज सेवाले यादव थापालाई पराजित गरेका थिए। तर, फाइनल हुने बेला पारिवारिक कारण देखाउँदै…
काठमाडौँ : प्रहरी प्रधान कार्यालयले चार एसपीको सरुवा गरेको छ। धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा भएको हो। केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ। एसपी डम्वरबहादुर विकलाई धादिङ,लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो। चारै जनालाई काजमा सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाले बताए। मकवानपुरका एसपी विकासराज खनाल ३३ केजी…
बेइजिङः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन्। मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएका छन्। उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको सिन्ह्वाले जनाएको छ। पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेका बेला विदेशमन्त्री यीको भ्रमणलाई…
काठमाडौं: गायिका अस्मिता पाण्डेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। डाक्टर अच्यूत अधिकारीको शब्द रचनामा बनेको ‘तिम्रो जति आँसु झर्यो’ बोलको गीतको भिडियोमा सुवर्ण शम्सेर, प्रतिक, रुसा र दिपा फिचर्ड छन्। निरज तिमल्सिनाको निर्देशनमा यो गीत तयार भएको हो। गायिका अस्मिता गायनसँगै अस्पतालमा काम गर्छिन्।
काठमाडौंः मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुने भनिएको नेपाल भ्रमणको विरोध गरेको छ। मसालले नेपालमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्न नहुने समेत बताएको छ। पार्टी महासचिव सिंहले विज्ञप्ति जारी गर्दै मोदीलाई नेपालमा स्वागत गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्। सिहंले मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमान र सम्मान विरुद्ध हुने बताएका छन्। मोदीले…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरे पनि संसदको नियमावलीको मस्यौदा तयार हुन सकेको छैन। चालु संसदको दोस्रो अधिवेशन आउँदो आइतबारका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट पनि पेश गर्नेछ। तोकिएको समयभित्र नियमावलीको मस्यौदा तयार पार्न असफल संसदको नियमावली मस्यौदा समितिले बजेट अधिवेशन आह्वान हुँदासमेत नियमावलीलाई अन्तिम रुप दिन सकेको…
काठमाडौं: ‘किड्स क्यापिटल –२०१८’ को उपाधि ९ वर्षीय प्रकृति भट्टराई र १३ वर्षीय प्राप्ती थापाले जितेका छन् । काठमाडौंमा सम्पन्न प्रतियोगितामा प्रनिशा भट्टराई तथा प्राजु तामाङ फस्ट रनर्सअप हुँदा डेनियल प्रधान र मायेशा शर्मा सेकेण्ड रनर्सअप भए। सर्वांणी चौलागाईं तथा स्तुती श्रेष्ठले थर्ड रनर्स अपको उपाधिमा चित्त बुझाए। टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजनामा गरेको बालबालिकाहरुको प्रतिभा तथा सौन्दर्य सम्बन्धि…
क्ले कोर्टका बादशाह राफेल नाडाले ११औँ पटक बार्सिलोना टेनिसको उपाधि जितेका छन्। फाइनलमा ग्रीसका स्टेफानोस टिट्सिपासलाई ६-२, ६-१ ले पराजित गर्दै विश्व नम्बर वान नाडालले ५५औँ पटक क्ले कोर्टमा उपाधि जितेका हुन्। ६३औँ वरीयताका टिनएज खेलाडी स्टेफानोसलाई नाडालले पहिलो सेटमा ४० तथा दोस्रो सेटमा ७७ मिनेटमा हराए। ३१औँ वर्षीय नाडालले फाइनल पुग्ने क्रममा क्ले कोर्टमा चार सयौँ खेल जितेका थिए।…
अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा परी कम्तिमा पनि ७ पत्रकारहरु मारिएका छन्। समाचार संस्था एएफपीले काबुल ब्युरोमा रहेका आफ्नो चिफ फोटोग्राफर शाह मराईको मृत्यु भएको कन्फर्म गरेको छ। एएफपीले ट्विट गर्दै भनेको छ : ‘अफगानिस्तानको राजधानीमा भएको आत्मघाती बम हमलाको रिपोर्टिङ गर्न हतारिएका पत्रकारमाथि लक्षित गरी भएको विस्फोटमा उनी मारिए।’ आत्मघाती हमलाका लागि तयार भएका वम्बरले आफूलाई पत्रकारकै रुपमा…
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहानको लागि बोलाएको बैठक स्थगित भएको छ। निर्वाचन समीक्षा सम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक बोलाएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकप्रति असन्तुष्टि देखाएपछि बैठक स्थगित भएको हो । १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा…
काठमाडौं : टोकियो ओलम्पिक-२०२० को तयारीका लागि नेपाली जुडो खेलाडी फुपूल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन्। ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत १२औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता फुपू २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन्। त्यहाँ रहँदा फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ लमा आफ्नो तयारी प्रशिक्षणका साथै अध्ययनलाई पनि निरन्तरता दिने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन्। अध्यक्ष…
प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानेचष्टर सिटीले वेष्टहमलाई ४-१ ले पराजित गर्दै यस सिजन प्रिमियर लिगममा १०० गोल पुरा गरेको छ। वेष्टहम विरुद्ध दोस्रो गोल गरेसँगै सिटीले उक्त उपलब्धी हासिल गरेको हो। सिटीको जितमा लरे साने, गाब्रसिएल जेसस र फर्नान्डोन्होले गोल गरे। सिटीकै पूर्व खेलाडी पाब्लो जाबालेटाले आत्मघाती गोल उपहार दिए। यस सिजन सिटीले ३५ खेलबाट ९३ अंक जोडिसकेको छ। लिगमा…
काठमाडौं: फिल्म 'हैरान'ले प्रचार प्रसारलाई तिव्र बनाएको छ। गीत, टिजर र पोस्टरलाई प्रचार अस्त्र बनाएको फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गर्यो। सार्वजनिक ’हिरो’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गीतमा संगीत र स्वर राजन इशानको रहेको छ भने गीतलाई गम्भीर विष्टले लेखेका हुन्। गीतको भिडियोमा फिल्मका कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मी फिचर्ड…
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पदाधिकारी मनोनयनका लागि बिहान ८: ३० बजे बोलाएको बैठक ११ बजे स्थगित भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अर्को बैठक २१ गते दिउँसो २ बजेका लागि बोलाइएको छ। पदाधिकारी मनोनयनमा विवाद कायमै रहेपछि बैठक रोकिएको एक केन्द्रीय सदस्यले बताए। आजको केन्द्रीय समितिमा उपसभापति, महामन्त्री…
बार्सिलोनाले यस सिजनको ला लिगाको उपाधि जितेको छ। लियोनल मेसीको ह्याट्रिक मद्दतमा डेपोर्टिभा ला कुरानालाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले ४ खेल अगावै उपाधि जितेको हो। मेसीले ३८औँ, ८२औँ र ८५औँ मिनेटमा गोल गरे। त्यसअघि सातौँ मिनेटमै फिलिप काउटिन्होले गोल गर्दै बार्सलाई अग्रता दिलाएका थिए। ला कुरानाका लागि घरेलु मैदानमा लुकास पेरेज र इम्रे कोलाकले गोल गरे। क्लब र देशका…
काठमाडौं: गायिका निलम रोजु रार्इको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निलम कै शब्द तथा संगीत रहेको ‘मलार्इ हजूरले लगाएको’ बोलको गीतमा कलाकारहरु ऋचा थापा, दक्षकुमार राई, निर्मला पुलामी मगर र देविकाश्री मगरसँगै निलम फिचर्ड छन्। कमल रार्इको निर्देशनमा तयार भएको गीतमा युवराज रार्इको छायाँकन रहेको छ।
काठमाडौं: लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा आज बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ। केही दिन अघिमात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो। माथिल्लो तहको बढुवा नियमित भएपनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको…
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज बैठक डाकेका छन्। निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्। पदाधिकारी प्रस्तावका लागि आज बिहान ८ः ३० मा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ। १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएन।…