काठमाडौं: अभिनेत्री पूर्णीमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’को नयाँ प्रदर्शन मिती तय भएको छ। पछिल्लो समय प्राविधिक कारण देखाउँदै निर्माण टिमले चैत्र २३ मा प्रदर्शन गर्ने भनिएको फिल्म सारेका थिए। अब यो फिल्म बैशाख २८ मा प्रदर्शन हुनेछ। एक्सन, लव, कमेडी विधामा आधारीत फिल्ममा कलाकारहरु करिश्मा मानन्धर, जयकिशन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतको मुख्य अभिनय छ। एनवी…
काठमाडौं: संघीय समाजवादी फोरम नेपालको चुनावी समीक्षा बैठक शुरु भएको छ। काठमाडौंको शान्तिनगरस्थित ओम पार्टी प्यालेसमा चुनावी बैठक शुरु भएको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउने प्रयास गर्नुपर्ने प्रस्ताव राखेका छन्। त्यसैगरी यादवले पार्टीलाई ७७ वटै जिल्लामा संगठनलाई द्रुत गतिमा विस्तार गर्दै सशक्त बनाउने बताएका छन्। यादवले २ प्रदेश सरकारलाई काम गर्नमा पार्टीले सहयोगात्म…
काठमाडौं: बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। दाहालले उपचाररत देवकोटाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको अस्पताल प्रशासनले जनाएको छ। १० मिनेट अस्पतालमा बसेका दाहालले डा देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएका हुन्। बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत शनिवार नेपाल ल्याइएको…
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि तयारी तीव्र पारिएको छ। प्रदेश २ को अस्थायी मुकाम रहेको जनकपुरमा मोदीको स्वागतका लागि रंगरोगनसमेत सुरु भएको छ। सहरका पर्खालहरू मिथिला संस्कृतिको झल्को दिने कलाकृतिहरूले रंगिन थालेका छन्। मोदीको स्वागतमा जानकी मन्दिरदेखि वाह्रविघा रंगभूमि मैदानसम्मका पर्खालहरु राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकलाहरुले रंगिदैँ छन्।
काठमाडौं: संचारकर्मी दीपेन्द्र लामाको निर्देशनमा फिल्म 'गोपी' बन्ने घोषणा भएको छ। अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे फिल्मका लागि फार्इनल भएका छन्। दीपेन्द्र कै कथामा बन्ने फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा रहनेछ। आरोही र्इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन्। फिल्मले मनोरञ्जनसँगै स्वदेशमै सपनाको खेती गर्ने युवाहरुको कथा बोल्ने निर्देशक दीपेन्द्रले बताए।…
काठमाडौं: त्रिपुरेश्वरमा रहेको कन्सुलर विभाग सरेको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको विभाग हाल राहदानी विभाग रहेको नारायणहिटी दरबार क्षेत्रमा सरेको हो। कन्सुलर विभागको भवन २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति पुगेपछि अस्थायी भवन निर्माण गरी सेवा प्रदान गरिँदै आएको थियो। त्रिपुरेश्वरस्थित परिसरमा सरकारले नयाँ बहुउद्देश्यिक भवन निर्माण थालेको छ। सोही कारण विभागको कार्यालय स्थानान्तर गरिएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले…
काठमाडौं: सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन्। यातायात व्यवसायीको छाता सङ्गठनहरू गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझावका रूपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन्। बिहीबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायभित्र…
काठमाडौं: एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको एमाले पार्टी कार्यालयले जनाएको छ। साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको गोप्य वार्ताको विषयमा ब्रिफिङ गर्ने बताइएको छ। पछिल्लो समय पार्टी एकताको…
सोलः दक्षिण कोरियाका ७८ प्रतिशत जनताले उत्तर कोरियाली नेता किम जोङ उनप्रति विश्वास भएको बताएका छन्। कोरियन रिसर्च सेन्टरले गरेको अनुसन्धानमा ७८ प्रतिशत दक्षिण कोरियाली जनताले उनप्रति विश्वास रहेको बताएका हुन्। शुक्रवार सम्पन्न अन्तरकोरियाली शिखर सम्मेलन पछि सेन्टरले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा अनुसन्धानमा सहभागी दक्षिण कोरियाली उत्तरदातामध्ये ७८ प्रतिशतले उनप्रति विश्वस्त भएको बताएका हुन्। त्यस्तै १० प्रतिशत उत्तरदाताहरुले किमलाई अनुमोदन…
इन्डियन प्रिमियर लिग (आइपीएलमा) साविक विजेता मुम्बई इन्डियन्सको खराब प्रदर्शनले निरन्तरता पाउँदा रोएल च्यालेन्जर्स बैंगलोरले सिजनको तेस्रो जित हासिल गरेको छ। गएराती भएको खेलमा बैंगलोरले मुम्बईलाई १४ रनले पराजित गर्यो। बैंगलोरले १६८ रनको लक्ष्य पछ्याएको मुम्बईलाई १५३ रनमा रोक्दै स्कोर डिफेण्ड गरेको हो। तेस्रो वजितपछि ८ खेलबाट ६ अंक जोडेको बैंगलोर रनरेटमा राजस्थान रोएल्सलाई पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ। ८ खेल खेल्दा…
साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल दोस्रो लेगमा वायर्न म्युनिखसँग २-२ गोलको बराबरी खेलेको रियल समग्रमा ४-३ ले विजयी हुँदै उपाधि नजिक पुगेको हो। घरेलु मैदान सान्टियागो वर्नावेउमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको थियो। जोसुअ किमिचले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। तर करिम बेन्जामाले दुई गोल गर्दै रियललाई २-१ को…
बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङका आर्थिक सल्लाहकार मध्येका एक तथा चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री लिउ हेले अमेरिकी ट्रेड डेलिकेटसँग यही साता भेट गर्ने भएका छन्। चिनियाँ सरकारी सञ्चार माध्यमलाई उदृत गर्दै रोयटर्सले जनाए अनुसार दुई ठुला आर्थतन्त्रबीच पछिल्लो व्यापार विवादका विषयमा छलफल हुन लागेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५० विलियन अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनमा कर लगाउने चेतावनी दिएपछि…
काठमाडौंः पार्टी एकता लगायतका विषयमा छलफल गर्नका लागि नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बस्दै छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा एमालेसँग पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ। माओवादी नेता देवेन्द्र पौडेलका अनुसार पार्टी एकताको विषयमा भएका प्रगतिको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सचिवालयलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ। प्रचण्डले यसअघि पार्टी एकताका विषयमा प्रधानमन्त्री तथा एमाले…
काठमाडौँ : केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदैछ। सरकारले गठन गरेको उच्चस्तरिय छानबिन समितिले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको थियो। नियन्त्रणामा लिएका र फरार रहेका व्यक्तिहरुलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान मिसिल…
काठमाडौँ: अनलाइनबाट जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइपिएल खेलमा अनलाइनबाट ठुलो धनराशि बाजी राख्ने दुई युवालाई महानगरीय बृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक ४२ वर्षीय मुकेश जैसवाल र २१ वर्षीय संजिव कुमार जैसवाल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले १ लाख ४० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ।
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नम्बर ३ हरेक किसिमले महत्वपूर्ण भएकाले विशेष सुरक्षा अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधवार हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘तस्कर, भष्ट्राचारी, फटाहा, डन लगायत अपराधीहरुको बसोबास भएकाले सुरक्षा कडा बनाउन’ निर्देशन दिएका हुन्। बैठकमा सहभागी सुरक्षा निकायका एक अधिकारीले गृहमन्त्रीलाई उदृत गर्दै भने, ‘तीन नम्बर प्रदेशबाट जाने सन्देशले…
काठमाडौं : प्रदेश नम्बर ७ र प्रदेश नम्बर २ प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका भिड्ने भएका छन्। मंगलवार भएको सेमिफाइनलमा प्रदेश ७ ले प्रदेश १ तथा प्रदेश २ ले प्रदेश ३ लाई हराउँदै फाइनल भेट पक्का गरेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा प्रदेश ७ ले प्रदेश १ लाई ५ विकेटले हरायो। प्रदेश १ ले…
हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले आफ्नो सम्पतिमा ठूलो 'म्यान्सन' थपेका छन्। ओस्कर विजेता डिक्याप्रियोले संगितकार मोविसँग ४९ लाख १० हजार यूयस डलर*मा उक्त घर किनेका हुन्। लस एन्जेल्स टाइम्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प आबद्ध रियल स्टेटको एक म्यान्सन उनले आफ्ना परिवारका लागि किनेका हुन्। जसलाई उनी व्यक्तिगत रुपमा प्रयोग गर्ने छैनन्। डिक्याप्रियो स्वयंम पनि रियल स्टेट एजेन्ट हुन्। * समाचारमा ४९ लाख १० हजार डलर…
काठमाडौंः वल्र्ड ट्रेड युनियन फेडेरेसन (डब्लुएफटीयु)का अध्यक्ष मिखाइल माकवाइवाले नेपालमा कम्युनिस्टहरूको एकता आवश्यक रहेको बताएका छन्। विश्वमा कम्युनिस्टहरूको विभाजित भइरहेको अवस्थामा कम्युनिस्टहरू एकतावद्ध हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमा कम्युनिस्टहरू एक हुनुपर्छ, यसका लागि विश्वभरका मजदुतरहरुको ऐक्यवद्धता छ।’ नेपालमा रहेका ८ वटा ट्रेड युनियन संगठनले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस)मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। दक्षिण अफ्रिकी कम्युनिस्ट…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनको लागि तोकिएको वैशाख २२ गतेको मिति असंवैधानिक भएको एन्फाको अध्यक्षा उम्मेदवार मणि कुँवरले बताएका छन्। मंगलवार राजधानीमा आफ्ना प्यानलका उम्मेदवारहरुको उपस्थितीमा वर्तमान कमिटिका उपाध्यक्ष समेत रहेका कुँवरले विभिन्न पक्ष मिलेर २२ गते निर्वाचन मिति तोकिएको दावी गरेका हुन्। 'हाम्रो माग भनेको विधि र विधान अनुसार निर्वाचनको मिति तोक्नुपर्छ भन्ने हो। म आफै…