रियल मड्रिड अवे गोलका आधारमा पछि पर्दै स्पानिस कोपा डेल रे बाट बाहिरिएको छ। गएराती भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा रियललाई २-१ ले पराजित गरेको लेगानेस अवे गोलको आधारमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो। घरेलु मैदानमा भएको पहिलो लेग लेगानेसले १-० ले हारेको थियो। तर दोस्रो लेगमा रियलकै मैदानमा २-१ को शानदार जित हात पारपछि अवे मैदानमा बढी गोल…
इंगलिस लिग कप इएफएल कप को उपाधिका लागि म्यानचेष्टर सिटी र आर्सनल भिड्ने भएका छन्। गएराती भएको दोस्रो सेमिफाइनलमा चेल्सीलाई हराउँदै आर्सनल फाइनल प्रवेश गरेको हो। पहिलो लेग गोलरहित बराबरीमा सकियो थियो। दोस्रो लेगमा एक गोलले पछि परेको स्तिथि उल्टाउँदै आर्सनलले चेल्सीलाई २-१ ले पराजित गरेको हो। लण्डन क्लबको भिडन्तमा खेलको सातौँ मिनेटमै एडेन हाजार्ड गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका…
धनगढीः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ…
काठमाडौँः सरकारले सातवटै प्रदेशमा प्रदेशको प्रमुख सचिव तोकेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको प्रमुख सचिव तोकेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार हाल क्षेत्रीय प्रशासक रहेका पाँच जना क्षेत्रीय प्रशासक र एक वरिष्ठ सहसचिवको बढुवा गरी प्रदेशको प्रमुख सचिव चयन गरिएको हो। यस्तै राष्ट्रिय सूचना आयोगका सचिवलाई पनि प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। सरकारको निर्णय अनुसार प्रदेश १ को…
पाल्पाः पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। जिप…
काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि भोलिबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई समेत लागू हुनेछ। आचारसंहिता नेपाल सरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ। यस्तै, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता…
काठमाडौं: राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बुधबार मनोनयन सकिएको छ। एकल संक्रमणीय मतदान प्रणालीका कारण कुनै पनि गठबन्धनले निर्वाचित हुने ५६ सिटका लागि पूरै उम्मेदवारी दिएनन्। जित्ने सम्भावना भएका समूहमा मात्र दलहरुले उम्मेदवारको मनोनयन गराएका छन्। कूल ५९ सदस्यीय सभामा ५६ सदस्य निर्वाचनबाट चयन हुने संवैधानिक व्यवस्था छ। तीन सदस्य भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था छ। बुधबार सम्पनन मनोनयन अनुसार…
काठमाडौं: नेकपा एमाले वर्तमान सरकारका गतिविधिबारे धारणा राख्न दिउँसो चार बजे पत्रकार सम्मेलन गर्ने भएको छ। सरकारको पछिल्ला निर्णयहरुमा असन्तुष्ट एमालेले विज्ञप्ति जारी गर्दै सम्मेलन गर्ने जनाएको हो। बुधबार मन्त्रिपरिषद्ले ६५ बर्ष पुगेका बृद्ध भत्ता पाउने र भूकम्पपीडितलाई एक लाख उपलब्ध गराउने निर्णय गरेको थियो। एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार वर्तमान सरकारको गतिविधि र समसमायिक विषयमा धारणा राख्न सम्मेलन…
काठमाडौं: फागुन ११ गते रिलिज तयारी गरिरहेको फिल्म 'पञ्चेबाजा'को ट्रेलर रिलिज भयो। ट्रेलरमा गाउँले परिवेशको प्रेमकथा केन्द्रमा देखाइएको छ। फिल्म युनिटले प्रचारका लागि यसअघि गीत सार्वजनिक गरेको थियो। न्यू भेनस फिल्मसको ब्यानरमा बनेको फिल्मलाई राजेश शाहीले निर्माण गरेका हुन्। त्यस्तै फिल्ममा प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद रहेको छ भने कालिप्रसाद बाँस्कोटा/विकास चौधरीले संगीत दिएका छन्। फिल्ममा सौगात मल्ल, कर्मा, सिर्जना सुब्बा, बुद्धी…
काठमाडौं: रुचाइएका डान्स ग्रुप कार्टुन्ज क्रुसँग अभिनेत्री प्रियंका कार्की देखिएकी छिन्। क्रु सदस्यसँग प्रियंकाको फिचरिङ रहेको ‘माछीले खाने खोलीको लेऊ’ सार्वजनिक भएको हो। क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग प्रियंकाको दोस्रो भिडियो हो। यसअघि फिल्म पुरानो डुङ्गाको 'नीर जैले रिसाउने' बोल गीतको कभर भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्। सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको छायांकन…
काठमाडौं : अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ। बिहीवार घोषणा भएको टोलीमा अनिल कुमार शाह र रोहित कुमार पौडेलले पनि स्थान बनाएका छन्। यू-१९ राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्न सफल अनिल र रोहितले इपीएल टी-२० मा पनि राम्रो प्रदर्शन गरेका थिए। अनिल शाह प्रशिक्षणका क्रममा…
काठमाडौं: विहीबारदेखि बहु प्रतिक्षित बलिउड फिल्म 'पद्मावत' रिलिज भयो। लामो समयको सामाजिक, प्राविधिक विवादपछि फिल्म प्रदर्शनमा आएको हो। फिल्मको नेपाल रिलिजपनि विहीबार नै भयो। प्रदर्शनको पहिलो दिननै नेपाली सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा पद्मावतको वर्चश्व रहेको छ। पद्मावत रिलिजसँगै गत शुक्रबार मात्र प्रदर्शनमा आएका नेपाली फिल्महरु लालपुर्जा र पिंजडा ब्याक अगेन प्राय मल्टिप्लेक्सबाट उत्रिए। तीन साताअघि प्रदर्शनरत 'मिस्टर झोले'ले भने बिग मुभिज…
काठमाडौं: लामो विवाद र छलफल पश्चात नेपालमा बक्सअफिस लागु हुने भएको छ। निर्माता एवं निर्देशक आकाश अधिकारीले बक्सअफिस लागु गर्ने बारे बैठकको निस्कर्ष फेसबुकमार्फत जानकारी दिएका हुन्। चलचित्र बिकास बोर्डका सदस्य तथा वक्स अफिस कार्यन्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरूसँगको छलफल पछि २०७५ देखि बक्सअफिस लागु गर्ने भएको हो। २०७५ वैशाख १ गतेबाट बक्सअफिसको परिक्षण हुनेछ। र २०७५…
काठमाडौं: प्रदेश सभा सरकारमा सबैभन्दा पहिले सानो मन्त्रिमण्डल बनाउने वाम गठबन्धनबीच सहमति भएको छ। पार्टी एकता, सरकार गठन र राष्ट्रियसभा सदस्य निर्वाचनको गृहकार्य गर्न कार्यदल गठन भएको वाम गठबन्धनको संयुक्त कार्यदलको सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। 'अाज बसेको बैठकमा सुरुमा सानो मन्त्रिमण्डल बनाउने एमाले र माओवादीबीच सहमति भएको छ,' पाण्डेले भने। यसबारे अन्तिम…
काठमाडौः प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका लागि नवनियुक्त चार जना मुख्य न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले उच्च अदालतका नवनियुक्त चार जना मुख्य न्यायाधीश नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। न्याय परिषद्ले गत पुस २० गते रिक्त रहेका ४ मुख्य न्यायाधीशमा…
काठमाडौं : आगामी चैत १४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनका लागि सी डिभिजनबाट पाँच क्लबले मताधिकारको अधिकार पाएका छन्। एन्फाका अनुसार सी डिभिजनमा रहेका ओएसिस क्लब, प्लानिङ ब्वाइज क्लब, सानो गौचरन युवा क्लब, खालीबारी युवा क्लब र समाज कल्याण खेलकुद केन्द्रले चुवानमा भोट हाल्न पाउनेछन्। यसअघि सी डिभिजनबाट ३ वटा क्लबले मात्र भोट हाल्ने अधिकार पाउँथे। गत…
केही नबोली स्टोर्मी डेनियल्सले मन्द मुस्कान मात्र दिइन्। प्रश्न यौनसँग जोडिएको थियो जुन उनले टेलिभिजन च्यानलमा दावी गरेकी थिइन् – डोनाल्ड ट्रम्पसँग सेक्स भएको थियो। डेनियल्स जसको सहि नाम हो स्टेफनिक क्लिफोर्ड, पोर्न स्टार। राष्ट्रपतिसँगको यौन सम्बन्धको विषय एकाएक चर्चामा जब ट्रम्पका वकिल मिखेल कोहेनले चुनावको एक साताअघि १ लाख ३० हजार अमेरिकी डलर तिरेर पोर्नस्टारको मुख बन्द गराएको सार्वजनिक…
काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले उत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको 'एनएनआईपीए स्पोर्ट्स अवार्ड-२०७३' माघ २७ गते प्रदान गर्ने भएको छ। काठमाडौंको टोखामा हुने अवार्ड कार्यक्रममा विभिन्न ३५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिने खेलाडी एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। आयोजकका अनुसार पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश भएको खेलका खेलाडीलाई…
काठमाडौं: नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। गत पुष १४ गते बुद्धनगर स्थित आफन्तको घरमा १४ बर्षीया बालिकासँग यौन गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जबर्जस्ती करणी मुद्दाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। बालिका आफन्तले महानगरीय प्रहरी वृत बानेश्वरमा उजुरी दिएपछि पक्राउ गरि…
काठमाडौं : भारतको नयाँ दिल्लीमा हुने इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका ६ महिला र ६ पुरुष गरी कूल १२ खेलाडीले सहभागिता जनाउने भएका छन्। नयाँ दिल्लीमा माघ १३ देखि १९ गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागि हुने नेपाली बक्सिङ टोलीलाई बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले बदाई गरे। नेपालबाट महिलातर्फ ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५४…